• Jun 18 2021 | २०७८, आषाढ ४गते

२०७८, आषाढ ४गते

पहिलो पटक अमिताभ र अभिषेकको भीडन्त 

चैत्र ८ २०७७
  • 1.3K
    SHARES
  • पहिलो पटक अमिताभ र अभिषेकको भीडन्त 

    काठमाडौं। बलिउड महानायक अमिताभ बच्चन र उनका छोरा तथा अभिनेता अभिषेक बच्चनबीच व्यवसायिक टक्कर हुने भएका छ । 

    amitab abhishek.jpg

    बाबुछोराकै फिल्म एकसाथ रिलिज हुने भएपछि उनीहरुबीच भीडन्त हुने भएको हो । उनीहरुको छुट्टाछुट्टै फिल्म एकैपटक रिलिज हुँने भएपछि दर्शक पनि बाडिने भएका छन् । रिलिज भएपछि कुन फिल्मले राम्रो कमाई गर्छ भन्ने त हेर्न बाकीँ नै छ ।

    अमिताभको मूख्य अभिनय र रूमी जाफरीले निर्देशनमा बनेको फिल्म 'चेहरे' ९ अप्रिलमा हलमा प्रदर्शनमा आउने तयारीमा रहेको छ । यस्तै अभिषेकको फिल्म द बिग बुल पनि अप्रिल ८ मा डिज्नी हटस्टारमा रिलिज हुँदैछ । यसि फिल्मलाई कूकी गुलाटीले निर्देशन गरेका छन् ।  

    768-512-11070603-451-11070603-1616136517938.jpg

    फिल्म 'चेहरे' मा अमिताभ, इमरान, रियासहित अन्नू कपूर, क्रिस्टल डिसूजा, धृतिमान चटर्जी लगायतका कलाकारको अभिनय रहेको छ । 
     

     


    चैत्र ८, २०७७ आइतवार १२:५०:०७ बजे : प्रकाशित

    अर्कोसमाचार

    अक्षय र वाणीको फिल्म 'बेल बटम' को प्रदर्शनमा आउँदै

    आषाढ १

  • 202
    SHARES
  • अक्षय र वाणीको फिल्म 'बेल बटम' को प्रदर्शनमा आउँदै

    काठमाडौं - बलिउड अभिनेता अक्षयकुमारको फिल्म ुबेल बटमुको रिलिज मिति सार्वजनिक भएको छ । कोरोना महामारीका कारण रिलिज हुन नसकेको फिल्म बेल बटम आउँदो २७ जुलाइ मा रिलिज गरिने भारतिय मिडियामा जनाइएको छ । 

    यसअघि यस फिल्म अप्रिल २ मा रिलिज गर्ने भनिएको थियो । भारतमा कोरोना संक्रमण कम हुँदै गएपछि अहिले विभिन्न राज्यमा हलहरु खुल्न थालेका छन् । 

    हालै सलमानको फिल्म राधे हलमा रिलिज भएको थियो । अक्षयले फिल्मको रिलिज मिति घोषण गर्न पाउनु ठुलो खुशीको कुरा भएको बताएका छन् । अक्षयको फिल्म रिलिज हुने भएपछि दर्शकहरु पनि उत्साहित भएका छन् । 

    रञ्‍जित तिवारीले निर्देशन गरेको यस फिल्ममा अक्षयसँगै वाणी कपुरको मूख्य अभिनय रहेको छ ।  यस फिल्ममा अक्षय एक जासुसको भुमिकामा देखिदैछन् । फिल्ममा अक्षयसँगै अभिनेत्री हुमा कुरेशी, लारा दत्त, वाणी कपुर लगायतका कलाकारको अभिनय रहेको छ । 


    आषाढ १, २०७८ मंगलवार २१:०७:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बेल बटम
  • 'बाहुबली २' को रेकर्ड तोड्दै प्रभासकै आउँदो फिल्म 'आदिपुरुष'  

    आषाढ १

  • 446
    SHARES
  • 'बाहुबली २' को रेकर्ड तोड्दै प्रभासकै आउँदो फिल्म 'आदिपुरुष'  

    काठमाडौं - फिल्म 'तन्हाजी : द अनसुन वारियर' का निर्देशक ओम राउतको नयाँ फिल्म 'आदिपुरुष' को पछिल्लो समय निकै चर्चा छ । कोरोना कम भएपछि यस फिल्म सुटिङ गर्ने तयारी गरिएको छ ।

    भारतिय मिडियाका अनुसार 'आदिपुरुष' ले प्रभासको पछिल्लो एसएस राजामौलीको निर्देशन रहेको फिल्म 'बाहुबली २ : द कन्क्लुजन' को रेकर्ड तोड्ने भएको छ। 

    metro rail.jpg

    'बाहुबली २' मा  करिब २ हजार ५०० भिजुअल इफेक्ट्स समेटिएको थियो। तर 'आदिपुरुष'मा ८ हजार भिएफएक्स समेटिएको बताइएको छ । फिल्म सन् २०२२ को अगस्तमा रिलिज गर्ने तयारी गरिएको छ ।  

    metro rail.jpg

    पौराणीक कथामा आधारीत रहने यस फिल्ममा प्रभासले भगवान रामको भूमिका निभाउनेछन् भने सैफ अली खानले लंकेशको भूमिका निभाउनेछन् । फिल्म ुआदिपुरुषु ओम राउत, भुषण कुमार, कृष्ण कुमार, राजेश नायर र प्रकाश सुतारले निर्माण गर्नेछन् । 

    त्यस्तै यस फिल्म ४ सय करोड लागतमा बन्ने बताइएको छ । फिल्म हिन्दी, तेलुगू, तमिल, मलयालम, कन्नड भाषामा प्रदर्शनमा आउने जनाइएको छ ।

     


    आषाढ १, २०७८ मंगलवार २१:४०:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रभास
  • # बाहुबली
  • १ सय बढी फिल्ममा काम गरेका 'रामायण'का 'आर्य सुमन्त'को निधन

    आषाढ २

  • 862
    SHARES
  • १ सय बढी फिल्ममा काम गरेका 'रामायण'का 'आर्य सुमन्त'को निधन

    काठमाडौं - भारतका चर्चित कलाकार तथा अभिनेता चन्द्र शेखर वैद्यको निधन भएको छ । उनको ९८ वर्षको उमेरमा बुधबार बिहान  निधन भएको हो । 

    कुनै समयका व्यस्त कलाकार रहेका वैद्यको मुम्बईको अन्धेरी आफ्नै निवासमा निधन भएको भारतिय मिडियामा जनाइएको छ ।

    chndra.jpeg

    गएको साता बिहिबारदेखि ज्वरो आएपछि उनलाई क्रिटी केयर अस्पताल भर्ना गरिएको थियो । त्यसपछि भोलिपल्ट नै उनलाई घरमा ल्याइएको थियो । 

    उनी 'रामायण' बाट निकै चर्चामा आएका थिए । उनले रामायणमा राजा दशरथको महामन्त्री 'आर्य सुमन्त' को भूमिका निभाएका थिए । 

    उनले बलिउडका एक सय भन्दा बढी फिल्ममा काम गरेका थिए । उनले फिल्म निर्देशन पनि गरेका थिए । उनले १९६४ मा  फिल्म ‘चा चा चा’ र १९६६ मा फिल्म ‘स्ट्रीट सिंगर’ निर्देशन गरेका थिए । 

     


    आषाढ २, २०७८ बुधवार १२:४६:३८ बजे : प्रकाशित

    ११७ करोड पारिश्रमिक लिएका अक्षयकुमारले 'बेल बटम' मा कति पारिश्रमिक घटाए ?

    आषाढ २

  • 248
    SHARES
  • ११७ करोड पारिश्रमिक लिएका अक्षयकुमारले 'बेल बटम' मा कति पारिश्रमिक घटाए ?

    काठमाडौं - पछिल्लो समय बलिउड अभिनेता अक्षयकुमारको फिल्म बेल बटमको निकै चर्चा छ । कोरोना महामारीका कारण तोकिएको समयमा रिलिज हुन नसकेको यस फिल्म अब रिलिजको तयारीमा छ । 

    फिल्म आउँदो २७ जुलाइ मा रिलिज गर्ने तयारी गरिएको बताइएको छ । यस्तै अक्षयकुमारले यस फिल्ममा आफ्नो पारिश्रमिक घटाएको बताइएको छ।

    rush.jpg  

    यस फिल्ममा शुरुमा अक्षयले ११७ करोड पारिश्रमिक लिएका थिए । अब भने उनले यस फिल्ममा ३० करोड पारिश्रमिक घटाउन तयार रहेको बताइएको छ ।  उनले  सन् २०२२ मा बढाएर पारिश्रमिक १३५ करोड पुर्याएका थिए । 

    तर अहिले उनले बच्चन पाण्डे का लागि पारिश्रमिक घटाएर ९९ करोड पुर्याएका छन् । उनले बच्चन पाण्डेमा ९९ करोड पारिश्रमिक वुझेको भारतिय मिडियामा बताइएको छ । 

    निर्माता बासु भागनानीले  फिल्म बेल बटमको बजेट कम रहेको भन्दै पारिश्रमिक घटाउन आग्रह गरेका थिए । भारतमा कोरोना संक्रमण कम हुँदै गएपछि अहिले विभिन्न राज्यमा हलहरु खुल्न थालेका छन् । 

    हालै सलमानको फिल्म राधे हलमा रिलिज भएको थियो । अक्षयले फिल्मको रिलिज मिति घोषण गर्न पाउनु ठुलो खुशीको कुरा भएको बताएका छन् । अक्षयको फिल्म रिलिज हुने भएपछि दर्शकहरु पनि उत्साहित भएका छन् । 


    आषाढ २, २०७८ बुधवार २२:१०:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अक्षयकुमार
  • द्रौपदीको भूमिका निभाउन रिया चक्रवर्तीलाई अफर

    आषाढ ३

  • 672
    SHARES
  • द्रौपदीको भूमिका निभाउन रिया चक्रवर्तीलाई अफर

    काठमाडौं - बलिउडकी चर्चित अभिनेत्री रिया चक्रवर्ती एक ठुलो प्रोजेक्टमा काम गर्ने भएकी छिन् । अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि चर्चामा आएकी रियालाई हालै फिल्मको अफर आएको भारतिय मिडियामा बताइएको छ । 

    उनी पौराणिक कथा महाभारतबाट प्रेरित एक फिल्ममा द्रौपदीको भूमिकामा अभिनय गर्ने चर्चा छ । उनलाई यस फिल्मबाट अफर आएको र निर्णय दिन मात्र बाकीँ रहेको बताइएको छ । 

    उनको पछिल्लो फिल्म 'चेहेरे' पनि अहिले चर्चामा छ । दर्शकहरु फिल्म चेहेरेको प्रतिक्षामा छन् । कोरोना महामारीका कारण रिलिज हुन नसकेको 'चेहेरे' अब रिलिज हुने तयारीमा छ । 

    रूमी जाफरीले निर्देशनमा बनेको फिल्म 'चेहरे' मा रियासँगै अमिताभ बच्चन, इमरान हाशमी, अन्नु कपुर, रघुवीर यादवलगायतका कलाकारको अभिनय रहेको छ । 

    अमिताभ, रिया र इमरान अभिनित फिल्म 'चेहरे' को ट्रेलर सार्वजनिक  अमिताभ, रिया र इमरान अभिनित फिल्म 'चेहरे' को ट्रेलर सार्वजनिक 
     


    आषाढ ३, २०७८ बिहिवार १४:५१:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रिया चक्रवर्ती
  • कानुनी झमेलामा फसे सोनु सुद, छानबिन गर्न अदालतको निर्देशन

    आषाढ ३

  • 200
    SHARES
  • कानुनी झमेलामा फसे सोनु सुद, छानबिन गर्न अदालतको निर्देशन

    काठमाडौं - बलिउडका चर्चित अभिनेता हुन् सोनु सुद । कोरोना प्रभावितलाई सहयोग गरेर पछिल्ला्े समय उनी रियल लाईफका हिरो नै बनेका छन् । 

    अहिलेको कोरोना महामारीको बेला उनको सहयोग र खटाई देखेर धेरै छक्क परिरहेका छन् । दुख परेकाहरुका लागि भगवान बनेर आएका सोनुको कार्यको चौतर्फि चर्चा भइरहेको छ । 

    यसैबीच उच्च अदालतले उनीमाथि छानबिन गर्न निर्देशन दिएको छ । भारतिय मिडियाका अनुसार सोनुले कोरोनाभाइरससँग सम्बन्धित औषधिहरु कसरी पाए भन्ने बिषयमा छानबिन गर्न महाराष्ट्र सरकारलाई आदेश दिएको हो । 

    उनीहरुविरुद्ध उजुरी परेपछि अदालतले सो आदेश दिएको हो । अनुसन्धानको क्रममा सोनुले औषधिहरु फरक–फरक फार्मेसीबाट लिएको पत्ता लागेको बताइएको छ । पछिल्लो समय उनले सरकार नपुगेको ठाउँमा पनि पुगेर कोरोना प्रभावितलाई सहयोग गरिरहेका छन् । 


    आषाढ ३, २०७८ बिहिवार २१:५९:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सोनु सुद
  • images
    images
    ताजा खबर