• Apr 13 2021 | २०७७, चैत्र ३१गते

२०७७, चैत्र ३१गते

अन्जु पन्त र प्रमोद खरेलको 'उडायो पछ्यौरी'

क्यानाडानेपाल चैत्र ८ २०७७
  • 530
    SHARES
  • अन्जु पन्त र प्रमोद खरेलको 'उडायो पछ्यौरी'

    काठमाडौं । अन्जु पन्त र प्रमोद खरेलको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । उडायो पछ्यौरी बोलको गीतको भिडियोमा गरीमा शर्मा र मोडल सुरज श्रेष्ठ फिचर्ड छन् । सार्वजनिक गीतमा बाल के न्यौपानेको शब्द रचना तथा संगीत रहेको छ। गीतमा पुस्कर सुनुवारको संगीत संयोजन रहेको छ ।

    गीतको भिडियो रोमान्टिक बनेको छ। सार्वजनिक भिडियोमा निर्देशन सिरेन बराल नृत्य निर्देशन सुबोल थापा छायांकन दीपक गिरि र सम्पादन अमृत चापागाईंको रहेको छ। भिडियोलाई बिके क्रिएसन युट्युब च्यानलमा मार्फत सार्वजनिक गरिएको छ ।


    चैत्र ८, २०७७ आइतवार १४:१३:४४ बजे : प्रकाशित


    क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    ‘फ्याट्टै’मा आश्माको पछि राहुल, सरोज र जिबेश (भिडियो)

    क्यानाडानेपाल

    चैत्र २३

  • 238
    SHARES
  • ‘फ्याट्टै’मा आश्माको पछि राहुल, सरोज र जिबेश (भिडियो)

    काठमाण्डौ। चर्चित गीत ‘ओए’को सफलतापछि ‘ओए-२’को भिडियो रिलीज भएको छ । ‘फ्याट्टै’ बोलको यस गीतमा नबिन रावल, बादल थापा र स्मिता दाहालको स्वर रहेको छ । नबिन रावलको संगीत तथा मिलन बिष्टको शब्द रचना रहेको छ ।

    यस गीतको भिडियोमा युवापुस्ताका चर्चित कलाकारहरुको नृत्यसहितको अभिनय रहेको छ । राहुल शाह, सरोज अधिकारी, आश्मा विश्वकर्मा र जिबेश गुरुंगको अभिनय रहेको भिडियोका निर्देशक, कोरियोग्राफर तथा कथाकार राहुल शाह हुन् । भिडियोमा राहुलले संचालन गर्दै भाईव एण्ड वेभ ग्रूपको नृत्य रहेको छ । गीतमा ट्रयांगल लभ स्टोरी देखाउन खोजिएको छ ।

    सुप्रिम पराजुलीले सम्पादन गरेको यस गीतको भिडियोलाई पवन सुस्लिंगले छायांकन गरेका छन् । निर्माता मनोज बस्नेत हुन् ।


    चैत्र २३, २०७७ सोमवार १०:१२:३५ बजे : प्रकाशित


    क्यानाडानेपाल

    सहिमा र बिक्रमको गीतमा दुर्गेश, विजय, गीता र सजिना (भिडियो)

    क्यानाडानेपाल

    चैत्र २२

  • 134
    SHARES
  • सहिमा र बिक्रमको गीतमा दुर्गेश, विजय, गीता र सजिना (भिडियो)

    काठमाडौं । गायिका सहिमा श्रेष्ठ र बिक्रम रानाको स्वरमा रहेको गीत ‘मोटर सरर’को भिडियो रिलीज भएको छ । अमर वन्तुको शब्द रचना रहेको यस गीतमा राजनराज सिवाकोटीको संगीत रहेको छ ।

    सुव्रतराज आचार्यको निर्देशनमा बनेको भिडियोमा दुर्गेश थापा, विजय पुन, गीता ढुंगाना र सजिना श्रेष्ठको अभिनय रहेको छ । सजीनाले यसै भिडियोबाट अभिनयमा डेब्यू गरेकी हुन् । गायक दुर्गेश थापाले यस गीतमा आकर्षक नृत्य गरेका छन् । दुर्गेशको साथमा विजय, गीता र सजीनाको नृत्य पनि उत्तिकै आकर्षक रहेको छ ।

    यात्राको क्रममा भेटिएका युवायुवतीहरुबीच शुरु भएको प्रेमलाई गीतको कथामा समेटिएको छ । यो गीतको भिडियोमा प्रमोद के. भण्डारीको कोरियोग्राफी रहेको छ । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । भिडियोकी क्रियटिभ डाईरेक्टर जया शर्मा हुन् । भिडियोका प्रोडक्शन डिजाईनर दिपेन गौतम ‘माईकल’ हुन् ।


    चैत्र २२, २०७७ आइतवार १४:०७:३६ बजे : प्रकाशित


    क्यानाडानेपाल डेस्क

    सेल्फी हानौँला’ गायकको ‘सार्टनैको चोली’मा सरोज र आश्मा (भिडियो)

    क्यानाडानेपाल

    भाद्र १७

  • 2.7K
    SHARES
  • सेल्फी हानौँला’ गायकको ‘सार्टनैको चोली’मा सरोज र आश्मा (भिडियो)

    काठमाण्डौ। ‘सेल्फी हानौँला’, ‘ट्यूसन पढाउँछु’, ‘क्यालेण्डर’ जस्ता कैयन गीतबाट चर्चित बनेका गायक तथा संगीतकार शंकर थापा ‘स्माईल’को नयाँ रोमान्टिक गीत रिलीज भएको छ । गीतमा अम्बिका गुरुंगको शब्द, शंकरको संगीत तथा स्वर रहेको छ भने महिला स्वर दीपा लामाले दिएकी छन् ।

    विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ८७ हजार नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ? विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ८७ हजार नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ? बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गयो बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गयो भारतमा एकैदिन ११ सय बढीको कोरोना संक्रमणबाट मृत्यु भारतमा एकैदिन ११ सय बढीको कोरोना संक्रमणबाट मृत्यु

    ‘सार्टनैको चोली’ नामक यस गीतको सार्वजनिक भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा बिश्वकर्माको अभिनय रहेको छ । एक समारोहमा कारणवश सहयोगी बनेका सरोजले आश्मालाई मन पराएको र प्रेम दोहोरो हुन गएको भिडियोमा देख्न सकिन्छ । यो भिडियोलाई सुब्रत राज आचार्यले निर्देशन गरेका छन् भने गम्भीर बिष्टले कोरियोग्राफी गरेका छन् ।

    आफ्ना पहिलेका गीतहरु जसरी नै यो गीतलाई पनि दर्शक श्रोताले अत्याधिक मन पराउने गायक तथा संगीतकार थापाको बिश्वास छ । ‘सेल्फी हानौँला पछि धेरै रमाईला गीतहरुमा काम गरियो त्यो मध्ये यो एक हो । यो गीतबाट धेरै अपेक्षा गरेको छु’, थापाले बताए ।

    यो गीतको भिडियोमा नवराज उप्रेतीको छायांकन तथा नबिन निरौलाको सम्पादन तथा कलर ग्रेडिंग रहेको छ ।


    भाद्र १७, २०७७ बुधवार ०१:५२:२३ बजे : प्रकाशित


    क्यानाडानेपाल डेस्क

    आलिया र सञ्जयको 'सडक-२' को ट्रेलर बन्यो सर्वाधिक डिसलाइक पाउने भिडियो

    क्यानाडानेपाल

    श्रावण २९

  • 3.5K
    SHARES
  • आलिया र सञ्जयको 'सडक-२' को ट्रेलर बन्यो सर्वाधिक डिसलाइक पाउने भिडियो

    काठमाडौं - अभिनेता सञ्जय दत्त र अभिनेत्री आलिया भट्ट अभिनित फिल्म 'सडक-२' को ट्रेलर सर्वाधिक डिसलाइक पाउने भिडियो बनेको छ । बुधबार युट्युबमा सार्वजनिक भएको  'सडक-२' को ट्रेलर ट्रेलरलाई धेरैले रुचाएनन् । 

    यस ट्रेलरमा लाइक भन्दा धेरै गुणा डिस्लाइक आएको छ । यस समाचार तयार पार्दासम्म यस भिडियालाई ३ लाख २७ हजारले लाइक गरेका छन् भने ६० लाखले डिस्लाइक गरेका छन् । 

    Mukesh-Ambani-TikTok-960x540.jpg

    यस्तै धेरै डिस्लाइक पाएको भिडियो हेर्दा सन् २०१८ को डिसेम्बर ६ मा सार्वजनिक भएको ‘यूट्युब रिवाइन्ड २०१८ : एभ्रिवान कन्ट्रोल्स रिवाइन्ड’ रहेको छ । यसले एक करोड ८१ लाख भन्दा बढी डिस्लाइक पाएको छ । 

    Mukesh-Ambani-TikTok-960x540.jpg

    फिल्म सडक २ सन् १९९१ मा प्रदर्शनमा आएको सडक को सिक्वेल हो । फिल्मलाई महेश भट्टले निर्देशन र मुकेश भट्टले निर्माण गरेका छन् । २८ अगष्टमा डिजिटल प्लेटफर्मबाट रिलिज हुने तयारीमा रहेको यस फिल्ममा आलिया भट्ट, सञ्जय दत्त, आदित्यराय कपुरलगायतका कलाकारको अभिनय रहेको छ ।


     


    श्रावण २९, २०७७ बिहिवार २०:१५:५४ बजे : प्रकाशित

    श्रीमान् श्रीमती बीचको नोकझोकले टिकटकमा भाइरल बनेका मनोज आरुशीको जोडी (भिडियो)

    क्यानाडानेपाल

    आषाढ ३०

  • 4.3K
    SHARES
  • श्रीमान् श्रीमती बीचको नोकझोकले टिकटकमा भाइरल बनेका मनोज आरुशीको जोडी (भिडियो)

    काठमाडौ । टिकटकमा भिडियो बनाएर अहिले धेरै युवापुस्ताहरु सामाजिक संजालमा चर्चा बटुलिरहेका छन् । टिकटकमा बढ्दो क्रेजले गर्दा टिकटकका कयौं प्रतिभाहरु अहिले भिडियोदेखि सिरियलसम्म पुगेका छन् । 

    टिकटकमा अहिले एउटा जोडी भाइरल छन् । मनोज केसी र आरुशी भण्डारी केसीको जोडीले बनाएका भिडियोहरुले सामाजिक संजालमा राम्रो चर्चा बटुलेको छ । मनोज र आरुशी श्रीमान् श्रीमती हुन् र यो जोडीले आफ्नो भिडियोमा समेत श्रीमान् श्रीमती बीच हुने नोकझोक र झगडालाई रोचक तरिकाले प्रस्तुत गरेको हुँदा यो जोडीको भिडियोहरु रुचाईएको छ । घर भित्र बसेर श्रीमान् श्रीमती बीच हुने सानो सानो कुरालाई लिएर बनाइएको भिडियोहरु टिकटकमा राखेर यो जोडीले राम्रो फलोवर्स बनाएका छन् ।

    मनोज केसी र आरुशी भण्डारीको प्रेम पश्चात विवाह भएको हो । मनोज केसीले आरुशीलाई सुरुमा ओबामा बनेर पट्याउन खोजेका थिए भने आरुशीले आफू पनि नेपालको रानी हुँ देश निकाला गरौला भन्दै ब्लक गरेकी थिईन । यसरी नोकझोक सहित सुरु मनोज र आरुशीको चिनजान बिस्तारी माया प्रेममा बद्लिएको थियो । मनोजले आरुशीको मन जित्न धेरै नै कठिन भएको र धेरै प्रयास पश्चात आरुशीले प्रेम स्वीकार गरेको क्यानाडा नेपालसंगको कुराकानीमा उल्लेख गरेका छन् ।


    आषाढ ३०, २०७७ मंगलवार १३:५८:०० बजे : प्रकाशित


    पूजा श्रेष्ठ

    आफ्नै देशमा फर्किन आव्हान गर्दै \'बाटो भुलेर\' गीत सार्वजनिक

    क्यानाडानेपाल

    जेठ ३२

  • 3.7K
    SHARES
  • आफ्नै देशमा फर्किन आव्हान गर्दै \'बाटो भुलेर\' गीत सार्वजनिक

    काठमाडौ । संसारभर रहेका तमाम नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई आफ्नै देशमा फर्किन आव्हान गरेको गीत " बाटो भुलेर" आज सार्वजनिक भएको छ ।

    अर्बाजो आर्टसको प्रस्तुती रहेको यो गीतमा शब्द र संगित पुरुषोत्तम ढुंगेलको रहेको छ भने संगित निर्माण र नियन्त्रण किरण भुसालको रहेको छ। परिच्छेद सेनद्वारा निर्देशित भिडियोमा तेज गिरी, पवन भट्टराई, सुन्दर धिताल, गणेश श्रेष्ठ र परिच्छेद सेनको अभिनय रहेको छ ।

    पुरुषोत्तम ढुंगेल किरण भुसाल र चर्चित गायक राज सिग्देलको स्वर रहेको यो गीतले सिमाना मिचिरहेको छिमेकी विरुद्ध सबै नेपालीहरुले एकजुट हुनुपर्ने सन्देश दिएको छ ।

     


    जेठ ३२, २०७७ आइतवार १८:१०:०० बजे : प्रकाशित