शुक्रबार
२० मङ्सिर
२०७६

२ महिना छुट्टी लिँदै ज्ञानेन्द्र शाही, जादाजादै सिमा विवादलाई अन्तराष्ट्रिय अदालत र राष्ट्रसंघ पुर्याउने उदघोस (भिडियो)

बुधबार कार्तिक २७, २०७६/ Wednesday 11-13-19

काठमाडौ । ज्ञानेन्द्र शाही दुई महिनाको लागि बेडरेस्टमा जाने निधो गरेका छन् । एक कार्यक्रममा शाहीले आफु आराम गर्न खोजेको कुरा उल्लेख गरेका छन् ।

चितवनको घटनामा आफ्नो टाउको पछाडी गहिरो चोट लागेकोले गर्दा दुइ महिना जति आराम गर्नुपर्ने सल्लाह चिकित्सकले दिएकोले आराम गर्नुपरेको कुरा उनले उल्लेख गरेका छन् । नेपालका लागि नेपालि भन्ने अभियानकर्ता संग शाहीको सम्बन्ध बिग्रिएको हो भन्ने जिज्ञासामा शाहीले नेपालका नेपाली संग आफ्नो कुनैपनि सम्बन्ध नबिग्रेको भन्दै स्पष्टिकरण समेत दिएका छन् । जादा जादै ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिमानाको भारतसंग छिनोफिनो गर्न अनुरोध गरेका छन् । सिमा विवादलाई अन्तराष्ट्रिय अदालत तथा राष्ट्रसंघ सम्म पुर्याउनु पर्ने उनको धारणा रहेको थियो। 

हेर्नुहोस भिडीयो