• Aug 05 2021 | २०७८, श्रावण २१गते

२०७८, श्रावण २१गते

फिल्ममा जयललिता बन्न २० केजी तौल बढाइन् कंगनाले

चैत्र ११ २०७७
  • 1.5K
    SHARES
  • फिल्ममा जयललिता बन्न २० केजी तौल बढाइन् कंगनाले

    काठमाडौं - बलिउड अभिनेत्री कंगना रनौत पछिल्लो समय एकपछि अर्को फिल्ममा व्यस्त भइरहेकी छिन् । मंगलबार कंगनाको नयाँ फिल्म 'थलाइवी' को ट्रेलर र  नयाँ लुक सार्वजनिक भएको थियो । 

    उनको जन्मदिनको अवसर पारेर 'थलाइवी' को ट्रेलर युट्युबमा सार्वजनिक गरिएको थियो । जुन ट्रेलर दर्शकले निकै रुचाएका छन् । 

    kangana.jpg

    ए. एल विजयको निर्देशनमा बनेको यस फिल्ममा कंगनाले धेरै नै संघर्ष गरेकी थिइन् । उनले यस फिल्मका लागि २० केजी तौल बढाएकी थिइन् । उनले अभिनेत्री तथा तमिलनाडुकी पूर्व मुख्यमन्त्री स्वं. जयललिता बन्न २० केजी तौल बढाएकी हुन् । 

    यस फिल्मको लागि उनी जे गर्न पनि तयार थिइन् । गर्मीमा पनि बाक्लो सारी लगाएकी थिइन् । अहिले उनको कामको प्रशंसा पनि भइरहेको छ ।  

    फिल्म 'थलाइवी' को ट्रेलर सार्वजनिक, देखाइयो कंगनाको अभिनेत्री करिअरदेखि राजनीतिसम्म पुग्दाका उतारचढाव फिल्म 'थलाइवी' को ट्रेलर सार्वजनिक, देखाइयो कंगनाको अभिनेत्री करिअरदेखि राजनीतिसम्म पुग्दाका उतारचढाव
     
    यस फिल्म मुख्यमन्त्री स्वं. जयललिताको जीवनीमा आधारित रहेको छ । यस फिल्म हिन्दी, तमिल र तेलुगू भाषामा निर्माण भएको छ ।  फिल्ममा कंगनासहित अरविन्द स्वामी, नसर, भाग्यश्री, राज अर्जुन लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म २०२१ को अप्रिल २३ मा रिलिज हुनेछ ।


    चैत्र ११, २०७७ बुधवार १२:१९:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कंगना रनौत
  • अर्कोसमाचार

    शिल्पाका पति राज बारे नयाँ खुलासा, ऐपमा ५१ अश्लिल फिल्म भेटियो

    श्रावण १९

  • 992
    SHARES
  • शिल्पाका पति राज बारे नयाँ खुलासा, ऐपमा ५१ अश्लिल फिल्म भेटियो

    काठमाडौं - पछिल्लो समय अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्राको निकै चर्चा छ । अश्लील फिल्म बनाएको आरोपमा पक्राउ परेका राज अहिले न्यायिक हिरासतमा रहेका छन् । 

    bhaktapur hospital.jpg

    २७ जुलाईमा राजलाई बम्बई उच्च अदालतले १४ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । अश्लील फिल्म बनाएको आरोप लागेका राजबारे पछिल्लो समय नयाँ नयाँ खुलासा भइरहेको छ । 

    भारतिय मिडियाका अनुसार हालै प्रहरीले राज बारे नयाँ कुरा पत्ता लगाएको छ । प्रहरीले ऐपबाट ५१ वटा अश्लिल फिल्म जफत गरेको बताइएको छ । प्रहरीले ऐपबाट ५१ वटा अश्लिल फिल्म जफत गरे पछि राज अफ्ठ्यारोमा परेका छन् । 

     


    श्रावण १९, २०७८ मंगलवार १२:१०:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शिल्पा शेट्टी
  • फिल्ममा मुख्य भूमिकामा देखिने भएपछि राजपाल बढाए पारिश्रमिक, रुबिनासँग रोमान्स गर्ने

    श्रावण १९

  • 1.0K
    SHARES
  • फिल्ममा मुख्य भूमिकामा देखिने भएपछि राजपाल बढाए पारिश्रमिक, रुबिनासँग रोमान्स गर्ने

    काठमाडौं । बलिउडका चर्चित कमेडियन राजपाल यादव अब एक नयाँ फिल्ममा मुख्य भूमिकामा देखिने भएका छन् । 

    निर्देशक पलाश मुच्छलको नयाँ फिल्म अर्ध मा उनी मुख्य भूमिकामा देखिने भएका हुन् । आफु फिल्ममा मुख्य भूमिकामा देखिने भएपछि उनले पारिश्रमिक पनि बढाएका छन् । 

    उनीसँगै फिल्ममा अभिनेत्री रुबिना दिलैक पनि देखिदैछिन् । भा।तकै चर्चित मोडलको रुपमा पनि चिनिएकी रुबिना यसै फिल्ममार्फत बलिउडमा डेब्यू गर्दैछिन् । 

    फिल्ममा मुख्य भूमिकामा देखिने भएका राजपालले आफ्नो पारिश्रमिक १।२५ भारु बढी लिने बताइएको छ । फिल्मको सुटिङ सेप्टेम्बरबाट सुरु हुने जनाइएको छ । 


    श्रावण १९, २०७८ मंगलवार १३:३९:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राजपाल यादव
  • अक्षय र वाणीको फिल्म 'बेल बटम' को ट्रेलर सार्वजनिक

    श्रावण १९

  • 474
    SHARES
  • अक्षय र वाणीको फिल्म 'बेल बटम' को ट्रेलर सार्वजनिक

    काठमाडौं - बलिउड अभिनेता अक्षयकुमारको फिल्म 'बेल बटम' को ट्रेलर सार्वजनिक भएको छ । रञ्‍जित तिवारीले निर्देशन गरेको फिल्म 'बेल बटम' को ट्रेलर मंगलबार सार्वजनिक भएको हो । 
     
    यस फिल्ममा अक्षयसँगै वाणी कपुरको मूख्य अभिनय रहेको छ ।  यस फिल्ममा अक्षय एक जासुसको भुमिकामा देखिदैछन् । फिल्ममा अक्षयसँगै अभिनेत्री हुमा कुरेशी, लारा दत्त, वाणी कपुर लगायतका कलाकारको अभिनय रहेको छ । 


    श्रावण १९, २०७८ मंगलवार २०:३५:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बेल बटम
  • सलमानको स्थानमा करणको इन्ट्री

    श्रावण १९

  • 1.6K
    SHARES
  • सलमानको स्थानमा करणको इन्ट्री

    काठमाडौं - भारतकै चर्चित रियालिटी शो 'बिग बोस' को नयाँ संस्करण शुरु हुने क्रममा रहेको छ । अब प्रदर्शन हुन लागेको 'बिग बोस' को नयाँ सिजनमा होस्ट परिवर्तन हुने भएको छ । 

    हालसम्म शोको होस्ट अभिनेता सलमान खानले गर्दै आइरहेका थिए । अब यस शोमा होस्टको रुपमा निर्देशक करण जोहर आउने भएका छन् । अब प्रदर्शनमा आउने बिगबोसको सिजनमा करण देखिनेछन् । 

    kar.jpg

    शोमा सलमान आउट र करण इन हुने भएपछि दर्शकहरु उत्साहित भएका छन् । भारतिय मिडियाका अनुसार यस शो अगष्ट ८ बाट बुट नामक एपमा प्रदर्शन हुने बताइएको छ । 
     


    श्रावण १९, २०७८ मंगलवार २१:२०:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सलमान खान
  • # करण जौहर
  • दोस्रो पटक जोडी बाध्दै राजकुमार र जान्हवी

    श्रावण २०

  • 306
    SHARES
  • दोस्रो पटक जोडी बाध्दै राजकुमार र जान्हवी

    काठमाडौं - बलिउडका चर्चित अभिनेता राजकुमार राव र अभिनेत्री जान्हवी कपूर एकसाथ एउटै फिल्ममा देखिने भएका छन् । राजकुमार र  जान्हवी दोस्रो पटक एउटै फिल्ममा देखिने भएका हुन् । 

    यसअघि राजकुमार र जान्हवी  हरर-कमेडी फिल्म ‘रूही अफ्जा’ मा देखिएका थिए । अब भने यी दुई शरण शर्माको निर्देशनमा बन्ने नयाँ फिल्ममा देखिनेछन् । दुई फेरि एक साथ देखिने भएपछि दर्शक निकै उत्साहित भएका छन् ।

    फिल्ममा यी दुईले क्रिकेटरको भूमिका निभाउँने बताइएको छ । पछिल्लो समय जान्हवी फिल्म ‘हेलन’ को छायांकनमा व्यस्त हुने तयारीमा छिन् । 
     


    श्रावण २०, २०७८ बुधवार १३:५८:४४ बजे : प्रकाशित

    र्यापर हनी सिंहमाथि पत्नी शालिनीले लगाइन् यस्तो गम्भिर आरोप, अदालतमा मुद्दा दर्ता

    श्रावण २०

  • 380
    SHARES
  • र्यापर हनी सिंहमाथि पत्नी शालिनीले लगाइन् यस्तो गम्भिर आरोप, अदालतमा मुद्दा दर्ता

    काठमाडौं - भारतका चर्चित र्यापर यो यो हनी सिंह समस्यामा परेका छन् । र्यापर सिंहमाथि उनकी पत्नी शालिनीले एक गम्भिर आरोप लगाएकी छिन् । 

    भारतिय मिडियाका अनुसार र्यापर सिंहकी पत्निले घरेलु हिंशाको आरोप लगाएकी हुन् । उनीहरुले १० बर्ष अघि २३ जनवरी २०११ मा विवाह गरेका थिए ।

    शालिनीले आफ्नो कम्प्लेनमा हनी सिंह माथी कुटपीट गरेको र महिलाहरुसँग सम्बन्ध राख्दै हिँडेको आरोप लगाएकी छिन् । शालिनीले आफू लामो समयदेखि सिंहको हिंसामा परिरहेको आरोप लगाउँदै अदालतमा मुद्दा दर्ता गरेको बताइएको छ । 

     


    श्रावण २०, २०७८ बुधवार १९:४४:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # र्यापर हनी सिंह
  • ताजा खबर