• Sep 29 2021 | २०७८, आश्विन १३गते

२०७८, आश्विन १३गते

होली विशेष फोटो शुटमा मोडल पुनम (फोटो फिचर)

चैत्र १६ २०७७
  • 2.6K
    SHARES
  • होली विशेष फोटो शुटमा मोडल पुनम (फोटो फिचर)

    काठमाडौँ। कोरोना भाइरस कोभिडको कारण यस बर्षको होलीको रमझम छैन। रङहरुको पर्व होलीको माहोल सुनसान भए पनि फोटोग्राफर हरि न्यौपानेले होली बिसेष फोटो शुट गरेका छन्। उनको केहि तस्विरहरु हामीले यहाँ प्रस्तुत गरेका छौं।

    images

    punamvideo1.jpeg

    punam2.jpeg

    फोटोशुटको भिडियो :

    punam3.jpeg

    punam4.jpeg

    punam5.jpeg

    punam6.jpeg

    punam7.jpeg


    चैत्र १६, २०७७ सोमवार ०७:५७:०४ बजे : प्रकाशित

    images
    अर्कोसमाचार

    सैनिक मञ्च टुँडिखेलमा घोडेजात्रा सम्पन्न, सेनाले देखायो यस्ता रोमान्चक कला (तस्बिरसहित)

    चैत्र २९

  • 2.6K
    SHARES
  • सैनिक मञ्च टुँडिखेलमा घोडेजात्रा सम्पन्न, सेनाले देखायो यस्ता रोमान्चक कला (तस्बिरसहित)

    काठमाडौँ - यस वर्षको घोडेजात्रा सैनिक मञ्च टुँडिखेलमा सम्पन्न भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा आइतबार भएको घोडेजात्रा समारोहमा राष्ट्रपतिको सम्मानमा सेनाले सलामी अर्पण गरेको थियो ।

    images

    ghode jatra.jpg

    उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सेनाले त्यहाँ आयोजना गरेको अश्वकला र साइकल खेललगायतका प्रदर्शनी अवलोकन गरेका थिए । 

    gho1.jpg

    त्यहाँ अश्वकलाका विविध रोचक कार्यक्रम राईड पास, ब्यानर डिस्प्ले, टांगन र चार्जर घोडा दौड, साईकल रेश, शो–जम्प, ड्रिल राईड, क्रस टेण्ट पेगिङ्ग, सुईरो, स्वर्ड एण्ड वाटर मेलन र रिङ्ग एण्ड लान्स, एक्रोब्याटिस, घोडा लडाउने, म्यूजिकल राइड, क्रसकन्ट्री जम्प, हंगेरियन पोष्ट र कम्बाइन्ड फायर जम्प प्रदर्शन गरिएको थियो । 

    gho3.jpg

    यस्तै कार्यक्रममा कुकुरको कौशल अन्तर्गत विविध रोमाञ्चक कला पनि प्रदर्शन गरिएको थियो । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन टुँडिखेलमा घोडेजात्रा मनाइँदै आएको परम्परा छ । घोडेजात्रा हेर्न टुँडिखेल वरपर नरनारीको घुँइचो देखिन्थ्यो ।  

    ghao.jpg

    जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिणमा रहेको रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेकामा पीडित शहरवासीले विभिन्न उपायबाट त्यसलाई मारेपनि प्रेतात्मा फेरी जागा भई बालबालिकालाई अनिष्ट गर्छ कि भन्ने भयसँग जोडेर जात्राको प्रारम्भ गरिएको भनाइ छ । गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने सोच अनुरुप घोडोजात्रा आयोजना गरिदैँ आएको भनिएको छ । तस्बिर - रासस

    5.jpg

    4.jpg

    7.jpg

    6.jpg

    gho.jpg


    चैत्र २९, २०७७ आइतवार १९:३७:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # घोडेजात्रा
  • # तस्बिर
  • राष्ट्रिय धान दिवस,  रोपाइँ गर्नेदेखि हिलो छ्यापाछ्याप गरेर मनाइयो (फोटो/भिडिओ)

  • 3.0K
    SHARES
  • राष्ट्रिय धान दिवस,  रोपाइँ गर्नेदेखि हिलो छ्यापाछ्याप गरेर मनाइयो (फोटो/भिडिओ)

    काठमाडौं । राष्ट्रिय धान दिवसको अवसरमा मंगलबार विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम गरेर मनाइएको छ ।

    images

    किसानको समस्या समाधानमा सम्बन्धित् निकाय निकायको ध्यानाकर्षण गराउने कार्यसमेत भएको छ । सरकारी तथा गैरसरकारी संघ संस्थाहरु किसानमाझ पुुगेर धान रोपेर धान दिवस मनाएका छन् । 

    सोही क्रममा राष्ट्रिय युवा संघ नेपालले पनि भक्तपुरमा रोपाइँ गरेर राष्ट्रिय धान दिवस मनाएको छ । नेकपा एमालेका प्रवक्ता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीको उपस्थितिमा युवा संघले धान दिवस मनाएको हो ।

    6.jpg

    मुलुकभर भित्र कारखाना नबनेसम्म मल आयात गरेर मल अभावको समस्या समाधान गर्न सरकार लागि परेको उनले जानकारी दिए । 

    2.jpg

    कृषिमा आधुनिकरण, कृषि उपजको बजारको सहजता र उचित मूल्यको व्यवस्था गर्न सरकार गम्भीर भएर अघि बढेको जानकारी दिएका पूर्वमन्त्री ज्ञवालीले सरकारी अधिकारी तथा नेताहरु नीति निर्माणमात्रै नभएर किसानमाझ आएर कर्म पनि गर्नुपर्नेमा जोड दिए । 

    5.jpg

    युवा संघले आयोजना गरेको सो कार्यक्रममा कलाकार, खेलाडीसहितको उपस्थिति थियो । गायक गायिकाहरुले गीत गाएर माहौललाई तताएका थिए भने सहभागीहरु एकअर्कालाई हिलो छ्यापाछ्या गर्दै धान रोपेर रमाइलो गरेका थिए । 

    15.jpg

    17.jpg

    14.jpg

    16.jpg

    7.jpg

    10.jpg9.jpg

    18.jpg

    20.jpg

    23.jpg

    22.jpg

    89.jpg

    24.jpg

    फोटो/भिडिओ : बिकाश बखुन्छेँ


    आषाढ १५, २०७८ मंगलवार १८:५२:४८ बजे : प्रकाशित

    विद्यार्थीको प्रदर्शन : नो भ्याक्सिन नो एक्जाम (फोटोफिचर)

  • 904
    SHARES
  • विद्यार्थीको प्रदर्शन : नो भ्याक्सिन नो एक्जाम (फोटोफिचर)

    काठमाडौं । त्रिभुवन विश्व विद्यालयले पूर्वनिर्धारित परीक्षा नरोक्ने निर्णय गरेपछि विद्यार्थीहरुले ‘पहिला कोरोनाविरुद्धको भ्याक्सिन अनि परीक्षा’ भन्दै प्रदर्शन गरेका छन् । 

    images

    कोरोनाभाइरस संक्रमण बढिरहेको भन्दै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२को परीक्षा स्थगित गर्ने निर्णय गरे पनि त्रिविले भने पूर्वनिर्धारित परीक्षा नरोक्ने निर्णय गरेपछि विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् । 

    स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर विद्यार्थीहरुले बल्खुस्थित त्रिविको परीक्षा नियन्त्रण कार्यालय परिसरमा धर्ना दिएका हुन् । उनीहरु ‘नो भ्याक्सिन, नो एक्जाम’ जस्ता लेखिएका प्लेकार्ड बोकेर धर्नामा बसेका थिए । 

    कोरोनाको महामारीमा भौतिक रुपमा उपस्थित भएर परीक्षा दिन नसकिने भन्दै विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालय परिसरमा विरोध जनाएका हुन् । 

    उनीहरुले परीक्षा स्थगित हुनुपर्ने, अनलाइन परीक्षा संचालन गरिनुपर्ने, डिजिटलाइज्ड सिट योजना र परीक्षा केन्द्र निर्मलीकरणलगायतका माग राखेका छन् ।

    तर, यसअघि त्रिविले आउँदो भदौ ५ सम्म निर्धारण गरिएको परीक्षा स्थगित नगर्ने निर्णय गरिसकेको छ । अहिले स्नातकोत्तर तह पहिलो वर्षमा साढे दुई लाख र स्नातकोत्तर तहको सेमेस्टरमा २० हजारभन्दा बढी विद्यार्थीले परीक्षा दिएका छन् ।

    student 9.png

    student 7.png

    student 8.png

    student 6.png

    student 5.png

    student 4.png

    student 3.png

    student 2.png

    student 1.png

    student 10.png

    तस्बिर : बिकास बखुन्छेँ/क्यानडानेपाल


    श्रावण २५, २०७८ सोमवार १४:२८:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विद्यार्थी

  • बिकाश बखुन्छेँ

    धुमधामका साथ मनाइँयो जनैपूर्णिमा, १० तस्बिरमा हेर्नुहोस्

  • 710
    SHARES
  • धुमधामका साथ मनाइँयो जनैपूर्णिमा, १० तस्बिरमा हेर्नुहोस्

    काठमाडौं - मुलुकभर आज जनैपूर्णिमा धुमधामका साथ मनाइँदैछ । जनैपूर्णिमाका दिन रक्षाबन्धन बाँध्ने परपम्परा रहँदै आएको छ । तागाधारीहरु नदी किनारा तथा शिवालयमा गएर जनै फेर्ने र रक्षाबन्धन लगाउने गर्छन् । 

    images

    _MG_5994.jpg

    जनै नलगाउनेहरु गुरूपुरोहितबाट रक्षाबन्धन लगाउने परम्परा छ । तराई मधेशमा जनैपूर्णिमाका दिन दिदीबहिनीहरुले दाजुभाइहरुलाई राखी बाँधेर सुस्वास्थ्य र दीर्घायूको कामना गर्ने चलन छ । 

    _MG_5935.jpg

    आज बिहानैबाट नदी किनारा र शिवालयहरुमा भीड लागेको छ । काठमाडौंको पशुपतिनाथसहित मुलुकभरको शिवालयमा जनै र रक्षाबन्धन लगाउनेको भीड लागेको हो । (तस्बिर-न्युज कारखाना)

    _MG_5942.jpg

    _MG_0046.jpg

    _MG_0119.jpg

    _MG_3531.jpg

    _MG_0315.jpg

    _MG_0191.jpg

    _MG_0129.jpg

    _MG_0090.jpg

    _MG_5872.jpg


    भाद्र ६, २०७८ आइतवार १८:०५:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जनैपूर्णिमा

  • क्यानाडा नेपाल

    टुँडिखेलमा यसरी मनाइँयो संविधान दिवस (तस्बिरसहित)

  • 358
    SHARES
  • टुँडिखेलमा यसरी मनाइँयो संविधान दिवस (तस्बिरसहित)

    काठमाडौँ - सातौं संविधान दिवस आज । संविधान दिवसका अवसरमा आज काठमाडौँको टँुडिखेलमा विशेष कार्यक्रम आयोजना गरी मनाइएको छ । 

    images

    tudhikhel-2.jpg

    उक्त विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा लगायतको उपस्थित रहेको थिए । कार्यक्रममा  प्रधानमन्त्री देउवाले सम्बोधन गरेका थिए । 

    tudhikhel-7.jpg

    संविधान दिवसको अवसरमा नेपाली सेनाले हेलिकप्टरमा संविधान दिवस, राष्ट्रिय दिवस लेखिएको ब्यानर काठमाडौंको आकाशमा फहराउँदै पुष्पवृष्टि गरेको थियो । यस्तै सो अवसरमा नेपाली सेनाले बेलुन उडाउने, शान्तिको प्रतिक परेवा उडाउने लगायतका विभिन्न कार्य गरेर देखाएको थियो ।  

    _MG_1163.jpg

    _MG_1169.jpg

    tudhikhel-15.jpg

    tudhikhel-8.jpg

    tudhikhel-12.jpg

    tudhikhel-17.jpg

    tudhikhel-3.jpg

    tudhikhel-6.jpg

    tudhikhel-1.jpg

    tudhikhel-4.jpg

    tudhikhel-5.jpg


    आश्विन ३, २०७८ आइतवार १२:२९:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # संविधान दिवस

  • क्यानाडा नेपाल

    यसरी धुमधाम गरी मनाइयो इन्द्रजात्रा (तस्बिरसहित)

  • 366
    SHARES
  • यसरी धुमधाम गरी मनाइयो इन्द्रजात्रा (तस्बिरसहित)

    काठमाडौं - यस बर्षको इन्द्रजात्रा धुमधामले मनाइएको छ । गत बर्ष कोरोनाका कारण क्षमा पूजा गरेर सकिएको इन्द्रजात्रा यसवर्ष हनुमानढोकामा धुमधामका साथ मनाइएको छ । 

    images

    indrajatra-1.jpg

    आइतबार इन्द्रजात्राका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत जम्मा भएका थिए । 

    indrajatra-5.jpg

    वसन्तपुरमा आयोजित इन्द्रजात्रामा राष्ट्रपति भण्डारीले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाएर यात्रा शुरु गरेकी थिइन् ।

    indrajatra-14.jpg 

    indrajatra-13.jpg

    indrajatra-9.jpg

    indrajatra-7.jpg

    indrajatra-10.jpg

    indrajatra-2.jpg

    indrajatra-4.jpg

     


    आश्विन ३, २०७८ आइतवार १९:४४:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इन्द्रजात्रा

  • क्यानाडा नेपाल