• May 10 2021 | २०७८, बैशाख २७गते

२०७८, बैशाख २७गते

पृथ्वीका लागि खतरनाक मानिएको क्षुद्रग्रहबारे पत्ता लाग्यो नयाँ तथ्य 

चैत्र १६ २०७७
  • 774
    SHARES
  • पृथ्वीका लागि खतरनाक मानिएको क्षुद्रग्रहबारे पत्ता लाग्यो नयाँ तथ्य 

    अमेरिकी अन्तरिक्ष निकाय नासाले पृथ्वीमा ठोक्किन आइपुगेर क्षति पुर्‍याउने हो कि भन्ने एकप्रकारको त्रास पैदा गरेको एस्टेरोइड एपोफिसले कम्तीमा १०० वर्ष ठक्कर नदिने भन्ने हिसाब निकालेपछि पृथ्वीवासीले सन्तोषको सास फेर्न पाउने भएका छन्।

    सन् २००४ मा पत्ता लागेपछि नासाले एपोफिसलाई पृथ्वीका लागि एक असाध्यै खतराजन्य क्षुद्रग्रह भएको बताएको थियो।

    सन् २०२९ र २०३६ मा एपोफिस नजिकै आउनसक्ने अनुमान गरिएको थियो तर पछि त्यसो हुन नसक्ने बताइएको थियो। पछि सन् २०६८ मा खतरा हुनसक्ला भन्ने अनुमान पनि गरिएको थियो।

    तर अहिले नासाले उक्त एस्टोरोइडबारे गरेको नयाँ विश्लेषणपछि कुनै पनि प्रकारको ठक्करको सम्भावना नरहेको बताएको छ।

    "सन् २०६८ मा त्यस्तो कुनै खतरा छैन हाम्रो विश्लेषणले कम्तीमा आगामी १०० वर्षसम्म कुनै खतरा छैन," नासाका लागि पृथ्वी नजिक रहेका ग्रह र वस्तुहरूको अध्ययन गर्ने वैज्ञानिक डेभिड फार्नोचियाले शुक्रवार एक विज्ञप्ति मार्फत भनेका छन्।

    अव्यवस्था र अन्धकारका प्राचीन इजीप्टेली देवताका नाम दिइएको एपोफिस करिब ३४० मिटर ब्यासको अर्थात् यूकेको तीनवटा फुटबल पीच जत्रो रहेको छ।

    उक्त एस्टोरोइड हालै पृथ्वीको १ करोड १७ लाख किलोमिटर नजिक आएको थियो।

    त्यसैबेला खगोलशास्त्रीहरूले राडार पर्यवेक्षण मार्फत उक्त एस्टोरोइडले सूर्यलाई घुम्ने कक्षको हिसाब गर्न सफल भका थिए। त्यसैका आधारमा उनीहरूले पृथ्वीमाथि आगामी १०० वर्ष कुनै खतरा नरहेको बताएका हुन्।

    फार्नोचियाले भने, "मैले कलेज सकेर काम गर्न थाल्दा एपोफिसलाई खतराजन्य एस्टोरोइडको प्रमुख उदाहरणका रूपमा प्रस्तुत गरिन्थ्यो। अहिले त्यसलाई खतरा सूचिबाट निकाल्न पाउँदा सन्तोष महसुस भएको छ।"

    उनले भने, "नासा सन् २०२९ मा एपोफिस पृथ्वीको अलि नजिक आउँदा अरू विभिन्न कुरा पत्ता लगाउने प्रतीक्षामा छ।"

    अभूतपूर्व नजिकपन
    फार्नोचियाले भनेको एपोफिस नजिक हुने दिन सन् २०२९ को १३ एप्रिल हुनेछ। त्यसबेला उक्त एस्टेरोइड पृथ्वीबाट ३२ हजार किलोमिटर नजिकैबाट गुज्रिनेछ। त्यो भनेको पृथ्वी र चन्द्रमाबीचको दूरीको एकका मुनि आठ भाग हो ।

    सन २०२९ मा पृथ्वीको पूर्वी गोलार्द्धमा पर्ने एसिया, अफ्रिका र यूरोपबाट देख्न सकिनेछ। त्यो देख्न टेलिस्कोप वा बाइनोकुलर आवश्यक पर्नेछैन।

    तीन सम्भावित खतरनाक एस्टेरोइडहरू

    नासाले पृथ्वीमा खतरा पुर्‍याउन सक्ने एस्टेरोइडबारे अध्ययन गरिरहन्छ। तीमध्ये तीन प्रमुख खतराजन्य एस्टेरोइड हुन्:

    १९५० डीए
    - यो एस्टेरोइड सन् १९५० को २३ फेब्रुअरीका दिन पत्ता लागेको थियो
    - यो १.३ किलोमिटरको एस्टेरोइडबारे आधा शताब्दीपछि फेरि देखिएको थियो
    - त्यसबेला वैज्ञानिकहरूले नयाँ गणना गरेका थिए
    - यो १६ मार्च २८८० मा पृथ्वीको नजिक आइपुग्ने सम्भावना छ भनिएको छ
    - यसले पृथ्वीलाई हान्ने झिनो सम्भावना छ, करिब ०.०१२ प्रतिशत

    २०१० आरएफ १२
    - २०१०आरएफ १२ पृथ्वीलाई हान्न सक्ने सूचीका हिसाबले सबभन्दा माथि छ
    - पृथ्वीलाई ठक्कर दिनसक्ने सम्भावना ४.७ प्रतिशत छ
    - यसको ब्यास ७ मिटर छ
    - यसको पहिलो असर ५ सेप्टेम्बर २०९५ मा हुन सक्छ
    - यसले हान्न सक्ने समय नजिकै भएकाले डर लागे पनि यो असाध्यै सानो भएकाले पृथ्वीका लागि धेरै ठूलो खतरा नभएको वैज्ञानिकहरू बताउँछन्

    २०१२ एचजी २
    - नासाको अनुमान अनुसार यो एस्टेरोइड सन् २०५२ को १२ फेब्रुअरीमा पृथ्वीमा ठोक्किन आइपुग्न सक्छ
    - १४ मिटर ब्यास भएको २०१२ एचजी २ ले नासाको अनुमान अनुसार सबभन्दा धेरै सङ्ख्यामा पृथ्वीमाथि असर पार्न सक्छ त्यसैले यो नासाको अनुगमन सूचीमा छ
    - फेरि पनि यो एस्टेरोइड तुलनात्मक रूपमा सानो भएकाले यो पृथ्वीका सतहमा ठोकिएर शायद जलेर नष्ट हुन्छ - यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । 


    चैत्र १६, २०७७ सोमवार २१:०६:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # क्षुद्रग्रह
  • अर्कोसमाचार

    यो हो विश्वकै आकर्षण र महँगो ह्याण्ड ब्याग, जसको मूल्य ८ अर्ब पर्छ !

    चैत्र ३०

  • 752
    SHARES
  • यो हो विश्वकै आकर्षण र महँगो ह्याण्ड ब्याग, जसको मूल्य ८ अर्ब पर्छ !

    काठमाडौं - बजारमा ह्याण्ड ब्यागको मुल्य कति सम्म पर्छ भन्ने धेरैलाई थाहाँ नै छ । एउटा ह्याण्ड ब्यागको मुल्य ७/८ सय देखी १५/२० हजारसम्म पर्ने गर्छ । तर एउटा ह्याण्ड ब्यागको मुल्य करोडौं परेको सुन्दा अचम्म लाग्न सक्छ । 

    एउटा ह्याण्ड ब्यागको मुल्य तपाईले सोचेको भन्दा पनि धेरै नै महँगो परेको छ । इटालियन लग्जरी ब्राण्ड बोयरिनी मिलानेसीले बनाएका एक ब्याग करौडौं मूल्यमा बिक्रि पनि भएको छ । 

    उक्त ह्याण्ड ब्यागको मुल्य  नेपाली मुल्य ८ अर्ब ३२ करोड २९ लाख बढि परेको छ । उक्त ब्याग किन महँगो भयो भन्ने धेरैको मनमा लाग्न सक्छ ।  यो ब्यागका धेरै बिशेसताहरु रहेका छन् । 

    यो ब्यागमा १० वटा सुनको पुतली बनाइएको हुन्छ भने हिरा लगायतका महंगा महंगा जवाहरातले सजाइएको हुन्छ । यो महँगो ब्याग मनाउन मात्र करिब एक हजार घण्टा लागेको थियो । यो ब्यागका बारेका कुनैले प्रशंसा गरेका छन् भने कुनैले आलोचना पनि । 
     


    चैत्र ३०, २०७७ सोमवार २१:३९:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # महँगो ह्याण्ड ब्याग
  • समागमको विषयमा दुई पान्डाबीच भीषण भिडन्त (भिडियो)

    बैशाख ४

  • 596
    SHARES
  • समागमको विषयमा दुई पान्डाबीच भीषण भिडन्त (भिडियो)

    चीनमा दुईवटा पान्डाबीच भीषण लडाइँ  भएको छ । पश्चिमोत्तर चीनको सच्वान प्रान्तमा दुईवटा पान्डाबीच भीषण लडाइँ भएको बीबीसी नेपालीले बताएको छ । 

    दुईवटा पान्डाबीच भीषण लडाइँ भएको भिडियो वन्यजन्तुबारे अध्ययन गरिरहेका अनुन्धानकर्ताहरूले खिचेका छन् । उक्त भिडियोलाई विज्ञहरूले दुर्लभ भनेका छन्। 

    अनुसन्धानहरूको  समागमको विषयमा ती दुईको झगडा परेको हुन सक्ने बताएका छन् । इन्फ्रारेड फुटेजमा दुईबीच १७ मिनेट भिडन्त भएको देखिएको छ । 


    बैशाख ४, २०७८ शनिवार १४:१४:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पान्डा
  • दुबै हातखुट्टा नभएका सीपीले गर्छन् फोटोग्राफर काम, हेर्नुहोस् प्रेरणा दिने यो भिडियो

    बैशाख ९

  • 682
    SHARES
  • दुबै हातखुट्टा नभएका सीपीले गर्छन् फोटोग्राफर काम, हेर्नुहोस् प्रेरणा दिने यो भिडियो

    काठमाडौं - मानिसले कुनै काममा हार मान्नु हुँदैन । कुनै काम गर्न सकिएन भने निरन्तर प्रयास गरिरहनुपर्छ । 

    निरन्तर प्रयासपछि नै सफलता हासिल गर्न सकिन्छ । यस्तै एक उदाहरण हुन् भारतको केरलको मलाप्पुरम निवासी सीपी शिहाबुद्दीन । 

    अपांगले केही गर्न सक्दैन भन्ने गर्छन् । तर सीपीले असम्भव काम गरेर देखाएका छन् । तपाईलाई पत्यार नलाग्ला दुबै हातखुट्टा गुमाएका सीपीले फोटोग्राफर काम गर्छ । 

    उनले एक रोगका कारण आफ्ना दुबै हातखुट्टा गुमाएका थिए । उनलाई टेट्रा अमेलिया सिंड्रोम नामक एक दुर्लभ बिमारी भएको बताइएको छ । शुरुमा उनले जीवनदेखि हार मानेका थिए । 

    पछि उनले आफुले गर्दै आइरहेको फोटोग्राफर काम गर्न छोडेनन् । हातखुट्टा नभएपछि अहिले उनले सजिलै फोटो खिच्छन् । पछिल्लो समय उनको एक भिडियो भाइरल बनेको छ ।

     
     
     
     
     
    View this post on Instagram
     
     
     
     
     
     
     
     
     
     
     

    A post shared by cp shihab (@cp_shihab_)

     


    बैशाख ९, २०७८ बिहिवार २२:२३:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # फोटोग्राफर
  • एक झुप्पाकै ७ लाख पर्ने विश्वकै महँगो अंगूर 

    बैशाख १५

  • 546
    SHARES
  • एक झुप्पाकै ७ लाख पर्ने विश्वकै महँगो अंगूर 

    काठमाडौं - अंगूर स्वास्थ्यको लागि फाइदाजनक फल हो । स्वादमा अमिला या गुलियो हुने अंगूर बजारमा सजिलै पाइन्छ ।

    अंगूर सिजनमा सस्तो र बेसिजनमा महँगो हुन्छ । हामिले अहिले बजारमा किलोको एक सय ५० देखि २ सय सम्म किनेर खाइरहेका छौं । बजारमा पाइने हरियो र कालो अंगुरको मूल्य खासै महँगो हुँदैन ।

    ang.jpg

    तर जापानमा यस्तो अंगूर पाइन्छ, जसको मूल्य निकै महंगो पर्छ । जापानमा पाइने अंगूरको मूल्य सुन्दा साच्चै अचम्म लाग्छ । रुबी नामको अंगूर एक गुच्छाकै ७ लाख बढी पर्छ ।

    धेरैले यो अंगुर किनेर खान नसक्ने हुनाले जापानको विशेष व्यवसाय महोत्सवमा राखिन्छ । महोत्सवमा प्रमोशन भएपछि अंगूरको मूल्य बढ्दै गएको हो । अंगूरको गुच्छा जापानको एक कम्पनी हयाकुराकुसोले महंगो मूल्यमा किनेको बताइएको छ । 

     


    बैशाख १५, २०७८ बुधवार २१:४८:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अंगूर
  • अफ्रिकाको एउटा यस्तो गाउँ, जहाँ अहिले पनि पैसाबिना सामान किनबेच हुन्छ

    बैशाख १८

  • 644
    SHARES
  • अफ्रिकाको एउटा यस्तो गाउँ, जहाँ अहिले पनि पैसाबिना सामान किनबेच हुन्छ

    काठमाडौं - धेरै समयअघि सामान साटेर व्यापार गर्ने प्रचलन थियो । अहिले सामान किनबेच गर्न पैसा आवश्यक पर्छ । तर नाइजिरियाको एउटा यस्तो गाउँ छ, जहाँ अझै पनि सामान साटेर व्यापार-विनिमय गर्ने प्राचीन चलन छ ।  

    दक्षिणी नाइजिरियाको इसकु म्बा गाउँमा अझै पनि साटेर बस्तु विनिमयदर गर्ने चलन रहेको बीबीसीमा जनाइएको छ । पैसाको लेनदेन नगरीकन सामान साटासाट गर्ने पुरानो चलन हो । त्यहाँका मानिसहरुले तरुलसँग माछा साट्ने गर्छन् । धेरै तरुल दिँदा थोरै माछा आउने गर्छ । 

    माछा किन्ने पैसा नभएपछि उनीहरुले तरुलसँग साट्छन् । उनीहरु सधै सामान साटेर नै व्यापार गर्छन् । त्यस गाउँमा शनिवार केही घण्टाको लागि बजार बस्छ । 

    s.PNG

     


    बैशाख १८, २०७८ शनिवार १४:१८:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सामान
  • यी २५ वर्षीया महिलाले जन्माइन् एकैपटक ९ बच्चा, डाक्टर पनि झुक्किए

    बैशाख २२

  • 1.7K
    SHARES
  • यी २५ वर्षीया महिलाले जन्माइन् एकैपटक ९ बच्चा, डाक्टर पनि झुक्किए

    काठमाडौं - अफ्रिकी मुलुक मालीमा एक महिलाले एकैपटक ९ जना बच्चालाई जन्म दिएकी छिन् । 

    सुन्दा अचम्म लाग्ला, तर मालीकी एक २५ वर्षीया महिलाले एकैपटक ९ बच्चालाई  अस्पतालमा जन्म दिएकी हुन् । मोरोक्कोको एक अस्पतालमा हालिमा सिसे नामकी महिलाले ९ जना बच्चा जन्माएको मालीको स्वास्थ्य मन्त्रालयले पनि बताएको छ । 

    मंगलबार मालीकी स्वास्थ्य तथा सामाजिक विकास मन्त्री डाक्टर फान्ता सिबेले एक विज्ञप्ति जारी गर्दै हालिमा सिसेले पाँच छोरी र चार छोरालाई एकैसाथ जन्म दिएको बताएकी हुन् । उनका अनुसार मंगलबार सिसेको अप्रेशन गरिएको थियो। 

    यसअघि गरिएको अल्ट्रासाउन्डमा उनको पेटमा ७ बच्चा रहेको देखिएको थियो । उनको पेटमा धेरै बच्चा रहेको थाहा पाएपछि मालीका अन्तरिम राष्ट्रपतिले सरकारले खर्च व्यहोर्ने बताएको थियो । 

    सरकारले खर्च बेहोर्ने भन्दै मोरोक्को पठाएकोमा अस्पतालमा सिसेले ८ बच्चालाई जन्म दिएकी हुन् । अहिले सिसे र उनका सबै बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले यस्तो घटना दुर्लभ रहेको बताएको छ । 

     


    बैशाख २२, २०७८ बुधवार १२:३१:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # माली
  • # एकैपटक ९ बच्चा