• Apr 13 2021 | २०७७, चैत्र ३१गते

२०७७, चैत्र ३१गते

ज्वालामुखी विस्फोट भएको स्थानमा नडराई खेलाडीहरूले खेले भलिबल (भिडियोसहित)

क्यानाडानेपाल चैत्र १७ २०७७
  • 1.2K
    SHARES
  • ज्वालामुखी विस्फोट भएको स्थानमा नडराई खेलाडीहरूले खेले भलिबल (भिडियोसहित)

    काठमाडौं - पछिल्लो समय आइसल्यान्डमा खिचिएको एक भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । आइसल्यान्डको रेकजाभिक नजिक निस्किएको ज्वालामुखीलाई खिचिएको भिडियोलाई धेरैले मनपराएका छन् । भिडियोमा ज्वालामुखी नजिक खेलाडीहरूले भलिबल खेलेका छन् । 

    ज्वालामुखीलाई नजिक खेलेको भलिबलको भिडियो धेरैले शेयर पनि गरेका छन् । यो अद्भुत भिडियो रट आइनार्सडोट्टिरले खिचेकी हुन् । उनले यो भिडियो सामाजिक सञ्जालमा शेयर गर्दै त्यहाँको बारे छोटो जानकारी दिएकी छिन् । 

    उनले क्याप्समा लेखेकी छिन् - "फाग्रादाल्सफालमा ज्वालामुखी विस्फोट भएको ठाउँनजिक मानिसहरू आरामले भलिबल खेल्दै ।" विगत ६ हजार वर्षदेखि सुषुप्त रहेको ज्वालामुखी अहिले विस्फोट भएको हो ।

     


    चैत्र १७, २०७७ मंगलवार १३:०१:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ज्वालामुखी विस्फोट

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    यो हो विश्वकै आकर्षण र महँगो ह्याण्ड ब्याग, जसको मूल्य ८ अर्ब पर्छ !

    क्यानाडानेपाल

    चैत्र ३०

  • 162
    SHARES
  • यो हो विश्वकै आकर्षण र महँगो ह्याण्ड ब्याग, जसको मूल्य ८ अर्ब पर्छ !

    काठमाडौं - बजारमा ह्याण्ड ब्यागको मुल्य कति सम्म पर्छ भन्ने धेरैलाई थाहाँ नै छ । एउटा ह्याण्ड ब्यागको मुल्य ७/८ सय देखी १५/२० हजारसम्म पर्ने गर्छ । तर एउटा ह्याण्ड ब्यागको मुल्य करोडौं परेको सुन्दा अचम्म लाग्न सक्छ । 

    एउटा ह्याण्ड ब्यागको मुल्य तपाईले सोचेको भन्दा पनि धेरै नै महँगो परेको छ । इटालियन लग्जरी ब्राण्ड बोयरिनी मिलानेसीले बनाएका एक ब्याग करौडौं मूल्यमा बिक्रि पनि भएको छ । 

    उक्त ह्याण्ड ब्यागको मुल्य  नेपाली मुल्य ८ अर्ब ३२ करोड २९ लाख बढि परेको छ । उक्त ब्याग किन महँगो भयो भन्ने धेरैको मनमा लाग्न सक्छ ।  यो ब्यागका धेरै बिशेसताहरु रहेका छन् । 

    यो ब्यागमा १० वटा सुनको पुतली बनाइएको हुन्छ भने हिरा लगायतका महंगा महंगा जवाहरातले सजाइएको हुन्छ । यो महँगो ब्याग मनाउन मात्र करिब एक हजार घण्टा लागेको थियो । यो ब्यागका बारेका कुनैले प्रशंसा गरेका छन् भने कुनैले आलोचना पनि । 
     


    चैत्र ३०, २०७७ सोमवार २१:३९:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # महँगो ह्याण्ड ब्याग

  • क्यानाडानेपाल डेस्क

    लकडाउन उल्लंघन गरेको भन्दै ३ सय पटक उठबसको सजाय, भोलिपल्टै गयो ज्यान 

    क्यानाडानेपाल

    चैत्र २४

  • 454
    SHARES
  • लकडाउन उल्लंघन गरेको भन्दै ३ सय पटक उठबसको सजाय, भोलिपल्टै गयो ज्यान 

    सांकेतिक तस्बिर

    काठमाडौं - अहिले विश्वका विभिन्न देशमा कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम गर्न विभिन्न देशमा लकडाउन पनि गरिएको छ । 

    लकडाउनको समयमा अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कन र मास्क अनिवार्य लगाउन भनिएको छ । यस्तै फिलिपिन्समा पनि कोरोना नियन्त्रणको लागि गरिएको लकडाउन गर्दा एक अनौठो घटना भएको छ । 

    बिहिबार लकडाउनको नियम पालना नगरेको भन्दै  कभाइट प्रान्तमा प्रहरीले एक व्यक्तिलाई कारबाही गर्यो । तर उक्त व्यक्तिको भोलिपल्ट नै मृत्यु भएको बीबीसी नेपालीमा जनाइएको छ । 

    कभाइट प्रान्तमा पानी किन्दै गरेका ड्यारेन मानाओग पेनारेडोन्डोलाई प्रहरीले रोक्यो । उनलाई क्वारन्टीन नियमको अवज्ञा गरेको भन्दै प्रहरीले दण्डस्वरूप ३०० पटक उठबस गरायो । प्रहरीको दण्ड पाएका ती व्यक्ति भोलिपल्ट अचेत भएर लडे र त्यसको केही समयमै उनको ज्यान गयो । 
     


    चैत्र २४, २०७७ मंगलवार १२:१६:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # लकडाउन उल्लंघन
  • # कोरोनाभाइरस

  • क्यानाडानेपाल डेस्क

    करोडौँको ज्यान बचाएका यि रक्तदाता, जसले धेरै पटक रक्तदान गरेर वर्ल्ड रेकर्ड राखेका छन्

    क्यानाडानेपाल

    चैत्र २३

  • 292
    SHARES
  • करोडौँको ज्यान बचाएका यि रक्तदाता, जसले धेरै पटक रक्तदान गरेर वर्ल्ड रेकर्ड राखेका छन्

    काठमाडौँ – रक्तदान गर्नु निकै राम्रो काम हो । धेरै मानिसहरुले धेरैपटक रक्तदान गरेका पनि छन् । रक्तदान गरेर अरुको ज्यान बचाउनु ठुलो धर्म पनि हो । 

    यस्तै अष्ट्रेलियाका एक यस्ता ब्यक्ति जनाले धेरै पटक रक्तदान गरेर गिनिज बुकमा रेकर्ड समेत राखेका छन् । अष्ट्रेलियाका रक्तदाता जेम्स हेरिसनले अहिलेसम्म धेरै पुन्यको काम गरिरहेका छन् । उनले ८१ वर्षको उमेरदेखि रक्तदान गर्न रोकेका छन् । 

    उनले दाँया हातबाट १ हजार १ सय ६३ पटक ब्लड डोनेशन गरेका छन् भने बाँया हातबाट १० पटक रक्तदान गरेका छन् । अत्याधिक पटक रक्तदान गरेर गिनिस वर्ल्ड रेकर्ड बनाएका उनले १८ वर्षको उमेरदेखि रक्तदान गर्न शुरु गरेका थिए । 

    उनी म्यान विथ द गोल्डेन आर्म’को उपनामले पनि चिनिएका छन् । उनले रक्तदान गरेर करोडौँको ज्यान बचाएका छन् । उनले ११ मे २०१८ मा अन्तिम रक्तदान गरेका थिए।


    चैत्र २३, २०७७ सोमवार २१:२५:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रक्तदान

  • क्यानाडानेपाल डेस्क

    पृथ्वीका लागि खतरनाक मानिएको क्षुद्रग्रहबारे पत्ता लाग्यो नयाँ तथ्य 

    क्यानाडानेपाल

    चैत्र १६

  • 598
    SHARES
  • पृथ्वीका लागि खतरनाक मानिएको क्षुद्रग्रहबारे पत्ता लाग्यो नयाँ तथ्य 

    अमेरिकी अन्तरिक्ष निकाय नासाले पृथ्वीमा ठोक्किन आइपुगेर क्षति पुर्‍याउने हो कि भन्ने एकप्रकारको त्रास पैदा गरेको एस्टेरोइड एपोफिसले कम्तीमा १०० वर्ष ठक्कर नदिने भन्ने हिसाब निकालेपछि पृथ्वीवासीले सन्तोषको सास फेर्न पाउने भएका छन्।

    सन् २००४ मा पत्ता लागेपछि नासाले एपोफिसलाई पृथ्वीका लागि एक असाध्यै खतराजन्य क्षुद्रग्रह भएको बताएको थियो।

    सन् २०२९ र २०३६ मा एपोफिस नजिकै आउनसक्ने अनुमान गरिएको थियो तर पछि त्यसो हुन नसक्ने बताइएको थियो। पछि सन् २०६८ मा खतरा हुनसक्ला भन्ने अनुमान पनि गरिएको थियो।

    तर अहिले नासाले उक्त एस्टोरोइडबारे गरेको नयाँ विश्लेषणपछि कुनै पनि प्रकारको ठक्करको सम्भावना नरहेको बताएको छ।

    "सन् २०६८ मा त्यस्तो कुनै खतरा छैन हाम्रो विश्लेषणले कम्तीमा आगामी १०० वर्षसम्म कुनै खतरा छैन," नासाका लागि पृथ्वी नजिक रहेका ग्रह र वस्तुहरूको अध्ययन गर्ने वैज्ञानिक डेभिड फार्नोचियाले शुक्रवार एक विज्ञप्ति मार्फत भनेका छन्।

    अव्यवस्था र अन्धकारका प्राचीन इजीप्टेली देवताका नाम दिइएको एपोफिस करिब ३४० मिटर ब्यासको अर्थात् यूकेको तीनवटा फुटबल पीच जत्रो रहेको छ।

    उक्त एस्टोरोइड हालै पृथ्वीको १ करोड १७ लाख किलोमिटर नजिक आएको थियो।

    त्यसैबेला खगोलशास्त्रीहरूले राडार पर्यवेक्षण मार्फत उक्त एस्टोरोइडले सूर्यलाई घुम्ने कक्षको हिसाब गर्न सफल भका थिए। त्यसैका आधारमा उनीहरूले पृथ्वीमाथि आगामी १०० वर्ष कुनै खतरा नरहेको बताएका हुन्।

    फार्नोचियाले भने, "मैले कलेज सकेर काम गर्न थाल्दा एपोफिसलाई खतराजन्य एस्टोरोइडको प्रमुख उदाहरणका रूपमा प्रस्तुत गरिन्थ्यो। अहिले त्यसलाई खतरा सूचिबाट निकाल्न पाउँदा सन्तोष महसुस भएको छ।"

    उनले भने, "नासा सन् २०२९ मा एपोफिस पृथ्वीको अलि नजिक आउँदा अरू विभिन्न कुरा पत्ता लगाउने प्रतीक्षामा छ।"

    अभूतपूर्व नजिकपन
    फार्नोचियाले भनेको एपोफिस नजिक हुने दिन सन् २०२९ को १३ एप्रिल हुनेछ। त्यसबेला उक्त एस्टेरोइड पृथ्वीबाट ३२ हजार किलोमिटर नजिकैबाट गुज्रिनेछ। त्यो भनेको पृथ्वी र चन्द्रमाबीचको दूरीको एकका मुनि आठ भाग हो ।

    सन २०२९ मा पृथ्वीको पूर्वी गोलार्द्धमा पर्ने एसिया, अफ्रिका र यूरोपबाट देख्न सकिनेछ। त्यो देख्न टेलिस्कोप वा बाइनोकुलर आवश्यक पर्नेछैन।

    तीन सम्भावित खतरनाक एस्टेरोइडहरू

    नासाले पृथ्वीमा खतरा पुर्‍याउन सक्ने एस्टेरोइडबारे अध्ययन गरिरहन्छ। तीमध्ये तीन प्रमुख खतराजन्य एस्टेरोइड हुन्:

    १९५० डीए
    - यो एस्टेरोइड सन् १९५० को २३ फेब्रुअरीका दिन पत्ता लागेको थियो
    - यो १.३ किलोमिटरको एस्टेरोइडबारे आधा शताब्दीपछि फेरि देखिएको थियो
    - त्यसबेला वैज्ञानिकहरूले नयाँ गणना गरेका थिए
    - यो १६ मार्च २८८० मा पृथ्वीको नजिक आइपुग्ने सम्भावना छ भनिएको छ
    - यसले पृथ्वीलाई हान्ने झिनो सम्भावना छ, करिब ०.०१२ प्रतिशत

    २०१० आरएफ १२
    - २०१०आरएफ १२ पृथ्वीलाई हान्न सक्ने सूचीका हिसाबले सबभन्दा माथि छ
    - पृथ्वीलाई ठक्कर दिनसक्ने सम्भावना ४.७ प्रतिशत छ
    - यसको ब्यास ७ मिटर छ
    - यसको पहिलो असर ५ सेप्टेम्बर २०९५ मा हुन सक्छ
    - यसले हान्न सक्ने समय नजिकै भएकाले डर लागे पनि यो असाध्यै सानो भएकाले पृथ्वीका लागि धेरै ठूलो खतरा नभएको वैज्ञानिकहरू बताउँछन्

    २०१२ एचजी २
    - नासाको अनुमान अनुसार यो एस्टेरोइड सन् २०५२ को १२ फेब्रुअरीमा पृथ्वीमा ठोक्किन आइपुग्न सक्छ
    - १४ मिटर ब्यास भएको २०१२ एचजी २ ले नासाको अनुमान अनुसार सबभन्दा धेरै सङ्ख्यामा पृथ्वीमाथि असर पार्न सक्छ त्यसैले यो नासाको अनुगमन सूचीमा छ
    - फेरि पनि यो एस्टेरोइड तुलनात्मक रूपमा सानो भएकाले यो पृथ्वीका सतहमा ठोकिएर शायद जलेर नष्ट हुन्छ - यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । 


    चैत्र १६, २०७७ सोमवार २१:०६:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # क्षुद्रग्रह

  • यो हो विश्वकै सबैभन्दा महँगो ट्राफिक जाम, कसरी भयो जाम ?

    क्यानाडानेपाल

    चैत्र १२

  • 752
    SHARES
  • यो हो विश्वकै सबैभन्दा महँगो ट्राफिक जाम, कसरी भयो जाम ?

    फुटबल मैदानजत्रो विशाल मालवाहक पानीजहाज इजिप्टको सूइज नहरमा तेर्सो परेर अड्किएपछि संसारको व्यस्त व्यापारिक जलमार्ग अवरुद्ध भएको छ।

    अचानक आएको हावाका कारण छड्के परेको ४०० मिटर लामो जहाजलाई सोझ्याउन कम्तीमा आठबटा डुङ्गाले प्रयास गरिरहेका छन्।

    t.jpg

    पानामामा दर्ता एभरग्रीन शिपिङ कम्पनीको एभर गिभन नामक जहाजका कारण दर्जनौँ अरू पानीजहाजहरू अड्किएका छन्।

    इजिप्टले केही पानीजहाजका लागि पुरानो जलमार्ग खोलेको छ। यो अवरोधले गरेर तेलको मूल्यवृद्धि भएको बताइएको छ।एशिया र युरोपबीच सबैभन्दा छोटो जलमार्ग हुने यो बाटोबाट विश्वको १२ प्रतिशत व्यापार ओहोरदोहोर हुन्छ।

    _117694658_066402904.jpg

    अड्किएको पानीजहाज सन् २०१८ मा बनेको र त्यो दुई लाख टनको रहेको बताइएको छ। झन्डै ५९ मिटर चौडाइको उक्त जहाजले नहर पूरै ढाकेको छ।

    विज्ञहरूले सो जहाज हटाउन केही दिन लाग्न सक्ने बताएका छन्। समाचारसंस्था रोएटर्सका अनुसार यसका कारण कम्तीमा ३३ पानीजहाज अड्किएका छन्।

    सूइज नहरबाट सन् २०२० मा मात्रै १९,००० पानीजहाज ओहोरदोहोर गरेका थिए। सो नहर १९३ किलोमिटर लामो छ।यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । 


    चैत्र १२, २०७७ बिहिवार २०:१२:०६ बजे : प्रकाशित

    बच्चाको भोक मेटाउन आफै आहारा बन्दिने अनौठो जिव 

    क्यानाडानेपाल

    चैत्र ११

  • 2.8K
    SHARES
  • बच्चाको भोक मेटाउन आफै आहारा बन्दिने अनौठो जिव 

    काठमाडौं - संसारमा धेरै अनौठा जिव हरु छन् । तर हामिलाई सबै जिव का बारेमा थाहा छैन । हामिलाई थाहा नै छ, धेरै जिव हरुले मानिसले जस्तै बच्चा जन्माउने गर्छन् । 

    तर प्रजाती अनुसार बच्चा जन्माउने पक्रिया भने फरक हुन्छ । हरेक प्रजातिले आफुले जन्माएको बच्चालाई धेरै नै माया गर्छन् । यस्तै आफ्नो बच्चालाई धेरै नै माया गर्ने प्रजातिमा माकुरा पनि पर्छ ।

    माकुराले आफुले जन्माएको बच्चालाई धेरै नै माया गर्ने गर्छ । माकुराले आफ्नो बच्चलाई सुरक्षित तरिकाले जन्माउछ र धेरै नै ख्याल गर्छ । 

    आफ्नो बच्चाको लागी माकुरोले आहारमा पनि ध्यान पुर्याउछ । स्टेगोडाइफस माकुरो निकै अनौठो माकुरो हो । यसको बच्चाले आफुहरुलाई भोक लागेमा आफ्नै माउलाई पनि खाने गर्छन् ।

    दक्षिण अफ्रीकामा पाइने स्टेगोडाइफस डुमिकोला माकुराले धेरै भोक लागेमा आफ्नै माउलाई खाने गर्छ । माकुराको सम सकिदै जादा माकुरोको झुण्डले बिस्तारै माउलाई खादै जान्छन् ।  


    चैत्र ११, २०७७ बुधवार २२:२०:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अनौठो जिव

  • क्यानाडानेपाल डेस्क