• May 17 2021 | २०७८, जेठ ३गते

२०७८, जेठ ३गते

नेपाललाई भारतको उपहार, एक लाख डोज कोरोनाविरुद्धको खोप 

चैत्र १७ २०७७
  • 652
    SHARES
  • नेपाललाई भारतको उपहार, एक लाख डोज कोरोनाविरुद्धको खोप 

    काठमाडौं । भारतले उपहार स्वरुप नेपाललाई एक लाख डोज कोरोनाभाइरस (कोभिड १९)विरुद्धको खोप हस्तान्तरण गरेको छ ।

    आफ्नो मुलुकमा कोरोनाविरुद्धको खोप लगाउने अभियान थालेको छैटौँ दिनमै नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा उपलब्ध गराएको भारतले मंगलबार एक लाख डोज उपहार स्वरुप प्रदान गरेको हो । 

    vaccine 1.jpg

    भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरभाणेले आफ्नो नेपाल समकक्षी पूर्णचन्द्र थापालाई मंगलबार एक लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराएको काठमाडौंस्थित भारतीय दूतावासले जानकारी दिएको छ । 

    दूतावासकाअनुसार नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा आयोजित एक समारोहकाबीच नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले उक्त खोप नेपाली सेनालाई हस्तान्तरण गरेका हुन् । 

    vaccine.jpg

    भारतले गत जनवरी १६ देखि कोरोनाविरुद्धको खोप लगाउन अभियान सुरु गरेको थियो । यसको छैटौँ दिनमै जनवरी २१ (माघ ८)मा भारतले १० लाख डोज कोरोनाविरुद्धको खोप नेपाल पठाएको थियो । सोही खोपबाट नेपालले पनि माघ १४ गतेबाट खोप अभियान सुरु गरेको थियो । 


    चैत्र १७, २०७७ मंगलवार १८:०४:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • अर्कोसमाचार

    कोरोनाका कारण नेपालमा मृत्यु हुनेको सङ्ख्या ५ हजार नाघ्यो

    बीबीसी

    जेठ २

  • 144
    SHARES
  • कोरोनाका कारण नेपालमा मृत्यु हुनेको सङ्ख्या ५ हजार नाघ्यो

    काठमाडौँ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ७,३६८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। उक्त अवधिमा कोभिड-१९ सँग सम्बन्धित कारणले १४५थप जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाउँछ।

    पीसीआर र एन्टिजन विधि गरी जम्मा १९,८८३ जनाको परीक्षण गरिएको थियो। काठमाण्डू, भक्तपुर र ललितपुरमा २ हजार ६०९ सङ्क्रमित थपिएका हुन्। देशभर १ लाख १० हजार २ सय ६३ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    होम आइसोलेशनमा १ लाख २ हजार ४५५ र संस्थागत आइसोलेशनमा ७,८०८ जना रहेका छन्। गत २४ घण्टामा ६६४८ जना सङ्क्रमणमुक्त भएका छन्।
    अहिले देशभर आईसीयूमा १,३१३ जना र भेन्टिलेटरमा ३८० जना रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो तथ्याङ्क अनुसार आइतवार पनि काठमाण्डू उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ।

    बागमती र कर्णाली प्रदेशको अवस्था के छ ?

    कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या वृद्धि हुँदै गएपछि कोरोनाभाइरस सङ्क्रमण भएका बिरामीलाई शय्या पाउन निकै कठिन हुने गरेको बिरामीका आफन्तहरूले बताएका छन्। बिरामीलाई एम्बुलेन्समा राखेर ४ घण्टासम्म अस्पतालहरू घुमाउँदा बल्ल बल्ल शय्या पाएको सैनिककुमार महतोले बताए।

    उनी भन्छन्, "बिरामीलाई शय्या पाउन पनि सोर्सफोर्स चाहिँदो रहेछ नत्र मुस्किल छ। अस्पतालमा कोरोनाभाइरस सङ्क्रमितका बिरामीले भरिएपछि अस्पतालमा बिरामीलाई शय्या र अक्सिजनको अभाव हुँदै गएको भरतपुर अस्पतालका कोभिड संयोजक डाक्टर प्रमोद पौडेलले बीबीसी संवाददाता ईश्वर जोशीलाई बताए। नेपालको सात प्रदेशको तुलनामा बागमती प्रदेशमा कोरोनाभाइरसको सङ्क्रमण उच्च रहेको छ।

    जटिल खालका बिरामी धेरै

    अस्पतालहरूमा शय्याको अभाव हुँदा कतिपय बिरामीको अस्पताल चहार्दा चहार्दै मृत्यु हुने गरेको छ। चितवनमा विभिन्न जिल्लाबाट कोभिडका बिरामीहरू आउने गरेका छन्। दैनिक बिरामीहरू थपिने क्रम छ।

    त्यसैले शय्या र अक्सिजनको अभाव हुन थालेको भरतपुर अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीले बताए। बागमती प्रदेशको राजधानी मकवानपुरमा रहेको हेटौँडा अस्पतालमा पनि बिरामीको चाप बढ्दै गएको र अधिकांश बिरामीलाई अक्सिजनको आवश्यकता पर्ने गरेको कारण अक्सिजनको अभाव हुँदै गएको डाक्टर सागर काफ्ले बताए।

    उता कर्णाली प्रदेशमा पहिला जुम्लाका मानिस नेपालगञ्ज तथा सुर्खेत पठाउने गरिएको भए पनि अहिले सुगमका बिरामी जुम्लामा आउन थालेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

    हुम्ला, कालिकोट, मुगु, .डोल्पा जिल्लामा अक्सिजन तथा विशेषज्ञ डाक्टर नहुँदा त्यहाँका बिरामीहरू जुम्लामा आउने गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सिङ डाइरेक्टर सविना थापाले बीबीसी संवाददाता कृष्णमाया उपाध्यायलाई जानकारी दिइन्।

    उनले भनिन्, "अहिले सुर्खेतमा पनि अक्सिजन र अस्पतालमा शय्या अभाव भएका कारण त्यहाँका बिरामीहरू पनि जुम्ला आउने क्रम बढिरहेको छ।"
    अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३१ जना कोभिडका बिरामी भर्ना गरेर उपचार भइरहेको मध्ये १८ जना जुम्लाका र बाँकी अन्य जिल्लाका बिरामीहरू रहेका छन्।

    कर्णालीमा रहेका १ सय ५३ आईसीयू शय्यामध्ये ९६ बेडमा बिरामी रहेको र ३५ वटा भेन्टिलेटरमध्ये ८ जना बिरामीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले जनाएको छ।

    विकटका बिरामीलाई उद्धारको समस्या

    पछिल्लो तिन हप्तामा कोभिड सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको चिकित्सकहरूले बताएका छन्। भौगोलिक विकटता रहेको कर्णाली प्रदेशमा गम्भीर खालका कोभिडका बिरामीहरूलाई एक ठाउँबाट अर्को ठाउँ लैजान समस्या भइरहेको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निर्देशक डाक्टर रविन खड्काले बताए।

    जहाज मार्फत बिरामीको उद्धार गर्नु पर्ने भए पनि सबै निकायसँग पहल गर्दा पनि कतैबाट सहयोग हुन नसकेको उनले बताए। यसको साथै कर्णालीमा रहेका कर्णाली स्वास्थ्य विज्ञान, प्रदेश अस्पताल सुर्खेत र चौरजहारी अस्पताल रुकुम बाहेकका जिल्लामा रहेको अस्पतालमा जनशक्ति तथा मेसिन अभावका कारण कोभिडका बिरामीहरूलाई समस्या भइरहेको उनले बताए।

    बिरामीको चिन्ता

    पाँच दिनसम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएर अहिले होम आइसोलेसनमा रहेकी जुम्लाकी शारदा रोकायाले जतिबेला पनि अक्सिजन आवश्यक पर्छ तर भनेको समयमा अक्सिजन पाइँदैन त्यसैले गर्दा मर्ने हो कि भन्ने चिन्ताले सताउने गरेको बताएकी छन्।

    समुदाय स्तरमा कोरोना भाइरस सङ्क्रमण दर तीव्र गतिमा अगाडि बढिरहेको हुन सक्ने भएकाले स्थानीय तहले तत्काल यस विषयमा अनुगमन गर्न आवश्यक रहेको हुम्ला जिल्लाका जनस्वास्थ्य सेवा कार्यालय प्रमुख प्रेमबहादुर सिंहले बताए।

    कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने ?

    कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

    • ११३३

    • ९८५१२५५८३९

    •९८५१२५५८३७

    एम्बुलेन्स सेवाको लागि -

    •१०२

    यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

    नेपालमा शय्या र आईसीयू कति ?

    स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अहिले सबै शय्याको सङ्ख्या १८,९१७ छ। देशका सातैवटा प्रदेशमा गरी आईसीयूको सङ्ख्या १,४८६ र भेन्टिलेटरको सङ्ख्या ६३४ छ। कोरोनाभाइरस महामारी सुरु भएपछि केही थपिएर तिनीहरूको सङ्ख्या अहिले यति पुगेको हो।


    जेठ २, २०७८ आइतवार १७:५६:५८ बजे : प्रकाशित

    काठमाडौं उपत्यकामा एकैदिन २६ सय ९ जनामा कोरोना संक्रमण, कहाँका कति ? हेर्नुहोस्

    जेठ २

  • 488
    SHARES
  • काठमाडौं उपत्यकामा एकैदिन २६ सय ९ जनामा कोरोना संक्रमण, कहाँका कति ? हेर्नुहोस्

    काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । आइतबार काठमाडौं उपत्यकामा थप २ हजार ६०९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । 
     
    काठमाडौं उपत्यकामा थप कोरोना संक्रमित हुनेमा काठमाडौंका १८ सय ८१, ललितपुरका ४ सय ३६ जना र भक्तपुरका २ सय ९२ जना रहेका छन् ।  

    यस्तै पछिल्लो २४ घण्टामा १९ हजार ८ सय ८३ वटा परीक्षण गर्दा ७ हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  यससँगै कोरोना संक्रमितको कूल संख्या ४ लाख ५५ हजार २० पुगेको छ।  
      
    यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ४८ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ३ लाख ३९ हजार ७ सय ५६ पुगेको मन्त्रालयले जानकारी दिएको छ । 

    यसैगरी पछिल्लो २४ घण्टामा मृत्यु भएका र त्यसअघि भएका गरी थप १ सय ४५ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार एक जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    जेठ २, २०७८ आइतवार १८:१५:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • अफगानिस्तानमा तालिबानीको तीन दिने युद्धबिराम समाप्त

    अफगानिस्तानमा तालिबानीको तीन दिने युद्धबिराम समाप्त

    काठमाडौँ।  अफगानिस्तानमा युद्धरत तालिबान समूहले ईद पर्वको अवसरमा गरेको तीन दिने युद्धविराम आइतबार समाप्त भएको छ । ईदका अवसरमा घोषणा गरिएको यस युद्धबिरामको अवधिमा पनि हिंसात्मक झडपहरु र बम हमला भएका थिए, तर अधिकांश हिंसात्मक घटनाको जिम्मेवारी अफगानिस्तानमा सक्रिय अर्को इस्लामिक संगठन इस्लामिक स्टेटले लिएको थियो ।

    युद्धबिराम समाप्त भएसँगै सरकार र तालिबानबीच शान्तिवार्ता पुनः शुरु गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायले दुबै पक्षलाई आह्वान गरेका छन् ।
    तालिबानका राजनीतिक मामिला सम्बन्धी प्रवक्ता सुहेल शाहीनले सरकार र तालिबानका प्रतिनिधिबीच कतारमा पुनः भेटवार्ता भएको बताउनुभयो । दुबै पक्षले शान्तिका प्रति आआफ्ना प्रतिबद्धता व्यक्त गरेको र रोकिएको वार्ता चाँडै शुरु गर्न सहमति जनाएको उनले बताए ।

    संयुक्तराज्य अमेरिकाले दुबै पक्षलाई शान्तिवार्ता जतिसक्दो चाँडो शुरु गर्न दबाब दिइरहेको छ । अमेरिकाले अफगानिस्तानमा तैनाथ करिब २५०० देखि ३००० सेना तथा नेटोले आफ्ना करिब सात हजार सेना आगामी सेप्टेम्बर ११ अघि नै फर्काउन थालेकाले पनि वार्ता प्रक्रिया जतिसक्दो चाँडो टुङ्ग्याउन अमेरिकाले दुबै पक्षलाई दबाब दिएको हो ।

    पछिल्लो समय अफगानिस्तानमा इस्लामिक स्टेट समूह बढी सक्रिय देखिएको छ । देशका विभिन्न भागमा इस्लामिक स्टेटले बम हमला गरेर जनधनको ठूलो क्षति पु–याएको छ । यसैबीच, शनिबार चीनका विदेश मन्त्री वाङ यीले पाकिस्तानी विदेश मन्त्री शाह महमूद कुरेसीलाई टेलिफोन गरी अफगानिस्तानबाट अमेरिकी र नेटो सैनिकको स्वदेश फिर्तापछिको अवस्थाका बारेमा चासो राखेका थिए ।

    चिनियाँ विदेश मन्त्री वाङले विदेशी फौजको फिर्ती हतारमा भइरहेको र यसले अफगानिस्तानको शान्तिप्रक्रियामा गम्भीर असर पर्ने तथा क्षेत्रीय स्थायित्वमा नकारात्मक प्रभाव पर्ने बताएका थिए । उनले राष्ट्रसंघले आफ्नो भूमिका बढाउनुपर्नेमा जोड दिएका थिए।  


    जेठ २, २०७८ आइतवार १८:१६:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # तालिबान लडाकु
  • # अफगानिस्तान

  • क्यानाडा नेपाल

    ट्रमा सेन्टरमा अक्सिजन आपूर्ति सहज, बिरामीलाई औषधि निःशुल्क

    ट्रमा सेन्टरमा अक्सिजन आपूर्ति सहज, बिरामीलाई औषधि निःशुल्क

    काठमाडौँ। चार दिन अघि राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले अक्सिजनको चरम अभाव भएको भन्दै सहयोगका लागि सामाजिक सञ्जालमा हारगुहार गरे । त्यस लगत्तै सञ्चारमाध्यमले सो विषयलाई प्राथमिकताका साथ प्रसारण गरे । चार दिन छि अहिले अवस्था परिवर्तन भयो । अहिले ट्रमा सेन्टरमा लिक्वड अक्सिजनको आपूर्तिपछि उपचारमा सहज भएको छ ।

    चारदिन अघि सहयोगको अपिल गर्नुभएको ट्रमा सेन्टरका प्रवक्ता अर्जुनप्रसाद भेटवाल त्यसबेला निकै तनावमा थिए । आज उनले भने, अहिले अवस्था सहज भएको छ हामीले बिरामीलाई औषधि पनि निःशुल्क गरेका छौं ।

    अक्सिजनको अभाव समाधान भएपछि बिरामीको चाप भने बढेको छ । कुल दुई सय शैया क्षमता भए पनि अहिले ११९ शैयामा बिरामी राख्न सक्ने अवस्था रहेको र रहेको र सबै भरिभराउ रहेको उनले बताए । सरकारले सो सेन्टरलाई कोभिड डेडिकेटेड अस्पताल बनाएपछि बिरामीको चाप बढेको थियो ।

    सो सेन्टरमा नौवटा भेन्टिलेटर सहितको आईसीयू बेड  छ । साथै इमरजेन्सीको रेड जोनमा भेन्टिलेटर सहितका छ शैयामा पनि सबै बिरामी रहेको भेटवालले बताए।


    जेठ २, २०७८ आइतवार १८:२७:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ट्रमा
  • # अक्सिजन आपूर्ति

  • गोरखापत्र अनलाइन

    बिरामीका आफन्तलाई अक्सिजन खोजेर ल्याउन नभन्न अस्पतालहरुलाई आग्रह

    बिरामीका आफन्तलाई अक्सिजन खोजेर ल्याउन नभन्न अस्पतालहरुलाई आग्रह

    काठमाडौँ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितका बिरामीका आफन्तलाई अक्सिजन खोजेर ल्याउन नभन्न अस्पतालहरुलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा कोभिडका बिरामीका आफन्तसँग अक्सिजन नमाग्न अस्पतालहरुलाई आग्रह गरेका हुन् ।

    अक्सिजनको व्यवस्थापन गर्ने काम बिरामीका आफन्तहरुको नभई अस्पतालहरुको भएको समेत उनले बताए । प्रेस ब्रिफिङमा उनले अस्पतालहरुमा अक्सिजनको अभाव हुँदै गरेको भनी चिकित्सकले बिरामीका आफन्लाई अक्सिजन लिएर आउनुस् भनेको सूचना आएको बताए । ‘सम्पूर्ण नर्स, चिकित्सक र स्वास्थ्यकर्मीलाई बिरामीका आफन्तलाई अक्सिजन खोजेर ल्याउनुस् भन्ने अनुरोध नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुरोध गर्दछ,’ उनले भने ।


    जेठ २, २०७८ आइतवार १८:४५:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अक्सिजन
  • # अस्पताल

  • क्यानाडा नेपाल

    एमाले नेता विष्णु रिजाल कोरोना संक्रमणमुक्त

    जेठ २

  • 148
    SHARES
  • एमाले नेता विष्णु रिजाल कोरोना संक्रमणमुक्त

    काठमाडौं - नेकपा एमालेका नेता विष्णु रिजाल कोरोना संक्रमणमुक्त भएका छन् । आइतबार साझँ नेता रिजालले सामाजिक सञ्जालमार्फत आफु कोरोनामुक्त भएको जानकारी दएका छन् । 

    उनलाई २० दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । नेता रिजालले आफु कोरोनामुक्त भएको भन्दै स्वास्थ्यलाभको कामना गर्ने आफन्तजनहरू, नेताहरू, शुभेच्छुकलगायतलाई धन्यवाद दिएका छन् । 

    रिजालले उच्च मनोवल भएमा कोरोनालाई जित्न सकिने बताएका छन् । उनले भने - "यस विपद्को घडीमा उच्च मनोवल र आवश्यक सावधानीका साथ कोभिडविरूद्धको लडाइँ लड्न र त्यसमा सफलता प्राप्त गर्न म सबैलाई अपिल गर्दछु ।"

    उनको स्टाटस यस्तो छ - "बीस दिनपछि आज कोरोना संक्रमणबाट मुक्त भएको छु । यसबीचमा विभिन्न माध्यमबाट मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने प्रिय आफन्तजनहरू, आदरणीय नेताहरू, शुभेच्छुकलगायत सबै मित्रहरूप्रति आभारी छु । यस विपद्को घडीमा उच्च मनोवल र आवश्यक सावधानीका साथ कोभिडविरूद्धको लडाइँ लड्न र त्यसमा सफलता प्राप्त गर्न म सबैलाई अपिल गर्दछु ।"

    rijal.PNG


    जेठ २, २०७८ आइतवार १९:५६:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • images
    images
    ताजा खबर