• May 17 2021 | २०७८, जेठ ३गते

२०७८, जेठ ३गते

अभिनेत्री फातिमालाई देखियो कोरोना संक्रमण

चैत्र १७ २०७७
  • 634
    SHARES
  • अभिनेत्री फातिमालाई देखियो कोरोना संक्रमण

    काठमाडौं - बलिउडकी चर्चित अभिनेत्री फातिमा सना शेखलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । दंगल गर्ल नामले पनि चिनिएकी फातिमाले आफुलाई संक्रमण भएको बारे सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत जानकारी गराएकी छिन् । 

    उनले आफ्नो कोरोना रिपोर्ट पोजेटिभ आएको र अहिले सबै सावधानी पालना गरी घरमै बसिरहेको बताएकी छिन् । 

    fatimaa.jpg

    उनले आफ्नो चिन्ता तथा प्रार्थनाको लागि धन्यवाद दिदै सुरक्षित रहन भनेकी छिन् । पछिल्लो समय उनी अनिल कपुरसँग एक फिल्मको सुटिङमा व्यस्त रहेकी छिन् । 

    भारतमा कोरोना महामारी तिब्र गतिमा बढीरहेका बेला आमिर खान, आर धाधवन, परेश रावल, मिलिंद सोमन, रेश ३ का डाइरेक्टर रमेश तेरानी लगायतका कलाकारमा पनि संक्रमण देखिएको छ । 
     


    चैत्र १७, २०७७ मंगलवार २०:४४:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • अर्कोसमाचार

    सर्वाधिक महँगो मूल्यमा बिक्री भयो सलमान खानको फिल्म 'राधे'

    बैशाख २९

  • 428
    SHARES
  • सर्वाधिक महँगो मूल्यमा बिक्री भयो सलमान खानको फिल्म 'राधे'

    काठमाडौं - कोरोना महामारीबीच प्रदर्शनमा आउन लागेको फिल्म 'राधे : योर मोस्ट वान्टेड भाई'को पछिल्लो समय निकै चर्चा छ । 

    यो फिल्मलाई अभिनेता सलमान खानले आउँदो इदमा प्रदर्शनमा ल्याउदैछन् । भारतिय मिडियाका अनुसार हालै यस फिल्म सर्वाधिक महँगो मूल्यमा बिक्री भएको छ । 

    pashupati chaulagain.jpg

    फिल्मलाई जी कम्पनिले १९० करोड भारुमा खरिद गरेका् बताइएको छ । २३० करोडमा खरिद गर्ने चर्चा चलेपनि अन्त्यमा १ करोड ९० मा कुरा मिलेको बताइएको छ । 

    यो मूल्य सर्वाधिक महँगो मूल्य हो । प्रभु देवा निर्देशित यस फिल्ममा सलमान प्रहरीको भूमिकामा देखिएका छन् । 

    pashupati chaulagain.jpg

    यस फिल्म थिएटरसँगै डिजिटल प्लेटफर्ममा रिलिज हुनेछ । फिल्ममा सलमान र दिशासँगै रण दीप हुण्डा, ज्याकी श्रोफ लगायतका कलाकारको अभिनय रहेको छ ।  


    बैशाख २९, २०७८ बुधवार १२:०६:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सलमान खान
  • # राधे
  • साउथ अभिनेता मारनको कोरोना संक्रमणबाट निधन

    बैशाख ३०

  • 1.6K
    SHARES
  • साउथ अभिनेता मारनको कोरोना संक्रमणबाट निधन

    काठमाडौं - साउथ फिल्मका अभिनेता मारनको कोरोनाभाइरसको संक्रमणबाट निधन भएको छ । 

    उनको बिहिबार बिहान ४८ वर्षको उमेरमा निधन भएको भारतिय मिडियामा जनाइएको छ । कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका उनको बिहिबार बिहान निधन भएको हो । 

    maran.jpg

    उनले साउथका चर्चित अभिनेताहरुसँग काम गरेका थिए । गिल्ली, कुरुवी, डिशुम, थल्यानगरम लगायतका उनका फिल्म चर्चित छन् । उनको निधनको खबरले साउथ अभिनेताले सामाजिक सञ्जालमार्फत दुख व्यक्त गरेका छन् । 

     


    बैशाख ३०, २०७८ बिहिवार १२:३८:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # मारन
  • कोरोना महामारीबीच सलमान खानको फिल्म 'राधे' रिलिज, कति कमायो ?

    जेठ १

  • 600
    SHARES
  • कोरोना महामारीबीच सलमान खानको फिल्म 'राधे' रिलिज, कति कमायो ?

    काठमाडौं - कोरोना महामारीबीच फिल्म 'राधे : योर मोस्ट वान्टेड भाई' प्रदर्शनमा आएको छ । इदको अवसर पारेर प्रदर्शनमा आएको अभिनेता सलमान खान अभिनित फिल्म राधे दर्शकले निकै रुचाएका छन् । 

    थिएटरसँगै डिजिटल प्लेटफर्ममा रिलिज भएको यस फिल्म प्रभु देवाले निर्देशन गरेका हुन् । कोरोना महामारीमा मनोरञ्जन लिन पाउदा दर्शक खुशी भएका छन् । फिल्मलाई जी कम्पनिले १९० करोड भारुमा खरिद पनि गरेको छ । 

    salman khan.jpg

    यस फिल्मले पहिलो दिन अस्ट्रेलियामा ३५.७१ लाख, न्युजिल्याण्ड ५.९० लाख कमाई गर्को छ । 

    सलमानकै प्रोडक्सन हाउसबाट निर्माण गरिएको फिल्ममा उनी प्रहरीको भूमिकामा देखिएका छन् । फिल्ममा सलमान र दिशासँगै रण दीप हुण्डा, ज्याकी श्रोफ लगायतका कलाकारको अभिनय रहेको छ ।  

    salman.jpg


    जेठ १, २०७८ शनिवार १३:३२:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सलमान खान
  • पहिलो डेटमै युवतीसँग नवाजुद्दीन रोएपछि ...

    जेठ १

  • 312
    SHARES
  • पहिलो डेटमै युवतीसँग नवाजुद्दीन रोएपछि ...

    काठमाडौं - बलिउडका चर्चित अभिनेता हुन् नवाजुद्दीन सिद्दीकी । धेरै फिल्ममा अभिनय गरेर चर्चा कमाएका नवाजुद्दीन बलिउडकै सफल अभिनेता हुन् । 

    धेरैजसो आफ्नो नयाँ फिल्मका कारण चर्चामा आउने नवाजुद्दीन कहिलेकाही पुराना कुराले पनि चर्चामा आउने गर्छन् । तपाईलाई थाहा छ, नवाजुद्दीन पहिलो पटक डेटमा जाँदा निकै भावुक भएका थिए । 

    एक लाइभ कार्यक्रममा पुराना कुरा खोतल्दै जाँदा उनले पहिलो डेटको बारेमा कुरा खोलेका थिए । उनका अनुसार उनी पहिलो डेटमै रोएका थिए । मुम्बईमा बस्दै जाने क्रममा उनी एक केटी साथिसँग नजिक भए । उनी ती युवतीसँग नजिक हुन थालेपछि एकदिन डेटमा लाने निर्णय गरे । 

    दुवै लिहाजामा एक पार्कमा घुमिरहेका थिए । आधा घण्टासम्म दुवै जना बोलेनन् । नवाजुद्दीन नबोलेपछि युवती लाई दिक्क लागेर घर जाने कुरा गरिन् । युवतीको कुरा सुनेपछि नवाजुद्दीनले युवतीको हात समाते । तर युवती बिना अनुमति हात समातेको भन्दै रिसाइन् । 

    युवतीको रिस देखेर  मानिसहरु भेला हुने डर भएपछि नवाजुद्दीनले फकाउन थाले । फकाउने क्रममा उनी युवतीसँग नै रुन थाले । त्यसपछि युवतीले नरिसाएको कुरा गरिन् । युवतीले नवाजुद्दीनलाई चुम्बन गरिन् र अब नरिसाउने कुरा गरिन् । 
     


    जेठ १, २०७८ शनिवार १८:५७:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नवाजुद्दीन सिद्दीकी
  • फिल्म 'गणपत' मा टाइगर र कृतिको रोमान्स, नोराको पनि इन्ट्री  

    जेठ २

  • 214
    SHARES
  • फिल्म 'गणपत' मा टाइगर र कृतिको रोमान्स, नोराको पनि इन्ट्री   

    काठमाडौं - फिल्म 'गणपत' मा नायिका नोरा फतेहीको इन्ट्री भएको छ । निर्देशन विकास बहलले फिल्ममा दुई नायिकाको अवस्यक पर्ने भन्दै नोरालाई भित्राएका हुन् । 

    ganapat.jpeg

    यसअघि यस फिल्ममा कृति सेनन इन्ट्री भइसकेकी छिन् । फिल्ममा कृति सेननसँग टाइगर श्राफले रोमान्स गर्नेछन् । फिल्ममा नोराको भूमिका बारे भने खुलाइएको छैन । 

    निर्देशक बहलका अनुसार फिल्ममा दुवै नायिकाको दमदार रोल रहेको छ । बक्सिङ रिङको वरिपरि घुम्ने यस फिल्मलाई दर्शकले रुचाउने अपेक्षा गरिएको छ । फिल्ममा टाइगर  गणपतिका भक्त  हुनेछन् ।  


    जेठ २, २०७८ आइतवार १३:३५:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गणपत
  • कोरोना महामारीबीच रिलिज भएको सलमान खानको फिल्म 'राधे' ले तोड्यो रेकर्ड

    जेठ २

  • 254
    SHARES
  • कोरोना महामारीबीच रिलिज भएको सलमान खानको फिल्म 'राधे' ले तोड्यो रेकर्ड

    काठमाडौं - कोरोना महामारीबीच फिल्म प्रदर्शनमा आएको 'राधे : योर मोस्ट वान्टेड भाई' राम्रो कमाई गर्न सफल भएको छ ।

    डिजिटल माध्यमबाट र अन्र्तराष्ट्रिय बजारमा थिएटर्समा रिलिज गरिएको यस फिल्मले इदको अवसर पारेर प्रदर्शनमा आएको थियो । अभिनेता सलमान खान अभिनित फिल्म राधे दर्शकले निकै रुचाएका छन् । 

    ganga3.jpg

    कोरोना महामारीमा मनोरञ्जन लिन पाउदा दर्शक खुशी भएका छन् । भारतिय मिडियाका अनुसार फिल्मको पहिलो दिन बिभिन्न प्लाटफर्ममा ४.२ मिलियनले हेरे ।

    युएईमा थिएटर्सको ५० प्रतिशत क्षमताका साथ ओपनिङकै दिन ३,७९,००० अमेरिकी डलर जम्मा भएको छ । यो कमाई सलमानकै फिल्म दबंग ३ भन्दा बढी हो ।

    ganga3.jpg

    प्रभु देवाले निर्देशन गरेको यस फिल्म सलमान खानकै प्रोडक्सन हाउसबाट निर्माण गरिएको हो । फिल्ममा सलमान प्रहरीको भूमिकामा देखिएका छन् । फिल्ममा सलमान र दिशासँगै रण दीप हुण्डा, ज्याकी श्रोफ लगायतका कलाकारको अभिनय रहेको छ ।  


    जेठ २, २०७८ आइतवार २१:४२:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सलमान खान
  • images
    images
    ताजा खबर