• May 10 2021 | २०७८, बैशाख २७गते

२०७८, बैशाख २७गते

खर्बुजाका खाँदा हुने यी ७ आश्चर्यजनक फाइदाबारे जान्नुहोस्

चैत्र १९ २०७७
  • 3.3K
    SHARES
  • खर्बुजाका खाँदा हुने यी ७ आश्चर्यजनक फाइदाबारे जान्नुहोस्

    काठमाडौं - गर्मी मौसममा सजिलै पाइने फल हो खर्बुजा ।  खर्बुजामा ९२ प्रतिशत पानी हुन्छ । जसले हाम्रो शरीरमा आवश्यक पानिको मात्रा पुरा गर्छ । 

    रसीलो र मिठो हुने खर्बुजामा भिटामिन ए र बी, एन्टिअक्सिडेन्टको साथै फोलिट एसिड र फाइबर पनि पाइन्छ । खर्बुजाको सेवन गर्ने व्यक्तिमा उच्च रक्तचाप र मुटु सम्बन्धी समस्या हुँदैन । 

    kharb.jpg

    यी हुन् खर्बुजा खाँदाका फाइदा

    छालालाई स्वस्थ - खर्बुजामा भिटामिन ए  पाइने हुनाले यसले छालालाई स्वस्थ राख्न सहयोग गर्छ । शरीरका तन्तुहरु, छाला तथा रौंको बृद्धिको लागि पनि भिटामिन ए आवस्यक पर्छ । 

    प्रशस्त पानी - खरबुजामा प्रशस्त पानी पाइन्छ । यसको सेवन गर्नाले शरीरबाट बाहिर जाने पानीलाई सन्तुलित गर्छ । यसमा ९२ प्रतिशत पानी र प्रसस्त मात्रामा खनिज हुन्छ । 

    क्यान्सरबाट बचाउँने - खर्बुजामा पाइने भिटामिन सी तथा अन्य एक्सिडेन्टले क्यान्सरबाट बचाउँछ । यसमा पाईने लाइकोपिन नामक तत्वले क्यान्स हुन पनि दिदैन । 

    रक्तचाप नियन्त्रण - खर्बुजा सेवन गरेमा रक्तचाप पनि नियन्त्रण हुन्छ । खर्बुजा खाने ब्यक्तिमा उच्च रक्तचाप तथा मुटु सम्बन्धी समस्या हुँदैन । 
     
    दमको रोगबाट बचाउने - यसमा प्रसस्त मात्रामा भिटामिन सी पाइन्छ । जसले दम रोगी हुन दिदैन । 

    पाचन प्रणाली - यसमा प्रशस्त पानी हुने हुनाले पाचन प्रणलीलाई सन्तुलित राख्छ ।  

    शरीरमा थकाइ - खर्बुजाको सेवनले शरीरमा थकाइको दुखाई कम गर्छ । चिल्लो पदार्थलाई सोस्ने कोलिन खर्बुजामा पाइन्छ । 
     


    चैत्र १९, २०७७ बिहिवार २२:०३:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # खर्बुजा
  • अर्कोसमाचार

    मुला एक, फाइदा अनेक 

  • 468
    SHARES
  • मुला एक, फाइदा अनेक 

    काठमाडौँ।  नेपालको खेतबारीमा सजिलै उमार्न सकिने मुला तरकारी र सलादको रुपमा प्रयोग गरिन्छ। मुुलाका अनेक प्रजातिहरू छन् जुन आकार, रंग एवं उम्रिने लाग्ने समयको आधारमा फरक–फरक हुन्छन्। मुलाका केहि प्रजातिहरू तेल उत्पादनको गर्नका लागि पनि प्रयोग गरिन्छ। 

    कतिपय मानिसहरुले मुलामा पाइने गुणकारी तत्व थाहा नपाई, यसलाई हे दृष्टिले हेर्ने गर्छन्।  यद्यपि, यसको फाइदा थाहा हुनेलाई यसले धेरै रोगहरूको उपचारमा औषधिको भूमिका खेल्दछ।  आयुर्वेदमा मुलाकाबारे धेरै वर्णन गरिएको छ। यसको नियमित सेवनले पायल्स, उच्च रक्तचाप, मधुमेह देखि कफ र मृगौलालाई समेत फाइदा गर्छ। 

    मुलाका फाइदा 

    बाडुल्की लाग्दा– यदि कसैलाई धेरै बाडुल्की लाग्ने समस्या छ भने यस्तो अवस्थामा मुलाको जुस बनाएर पिउँदा राहत पाउन सकिन्छ। अथवा सुकाएको मुलाको काडा पानी बनाएर १–१ घण्टाको अन्तरालमा ५० देखि १०० मिलिलिटर पिउँदा पनि बाडुल्की लाग्ने समस्याबाट राहत पाउन सकिन्छ।  

    दाद तथा चिलाउने रोग – दाद तथा चिलाउने रोगका लागि मुला उपयोगी हुन सक्छ। यदि कसैलाई यस्तो समस्या छ भने मुलाको बियाँलाई कागतीको रसमा पिसी चिलाउने तथा दाद आएको ठाउँमा लगाउँदा यस्तो समस्याबाट निको हुन् सक्छ।  

    सुन्निएको ठाउँमा– मुला खाँदा सुन्निएको समस्याबाट राहत पाउन सकिन्छ। सुन्निएको उपचार गर्नका लागि ५ ग्राम तिल र १ देखि २ ग्राम मुलाको बियाँ सेवन गर्दा सुन्निएको समस्या बिस्तारै निको हुँदै जान्छ। यसको सेवन दिनमा दुई देखि तिन पटक सम्म गर्न सकिन्छ। 

    ४. पायल्समा हुँदा – पायल्सबाट पीडित भएकाले यसलाई काँचै सलादकोरुपमा सेवन गर्न सक्छन् भने यसलाई किच्याएर अचारको रुपमा खान सक्छन्। त्यसैगरी, मुलालाई जुस बनाएर पनि पिउँन सकिन्छ।  यद्यपि, यसको जुस बनाएर पिउँदा चिकित्सकको उचित परामर्शको आवश्यक पर्छ।  त्यसैगरी, मुलाको जुसलाई संक्रमित भएको ठाउँमा पोलेको समस्यालाई ठिक पार्न पनि मद्दत गर्दछ।  
     
    ५. आँखाको समस्या–  आँखाको समस्या भएकालाई मुलाले चमत्कारिक ढंगले काम गर्दछ। आँखामा कुनैपनि समस्या आउँदा मुलाको रस बनाइ यसलाई गाजल लगाए जस्तो आँखा वरीपरि लगाउँदा शितलता प्रदान गर्नुका साथै आँखाको स्वास्थ्यलाई लाभदायक हुन्छ।  

    ६. घाँटीको समस्याको लागि मुला – मुलाको ५ देखि १० ग्राम बिउँलाई पिसेर, मनतातो पानी दिनको ३–४ पटकसम्म पिउँदा घाँटीको समस्या ठिक हुने गर्छ।  यसैगरी, यस्तो नियमित गर्नाले घाँटी पनि सफा हुन्छ।  

    ७. खोकीको आयुर्वेदिक औषधि – मुलामा पाइने एन्टीअक्सिडेन्ट तथा एन्टीव्याक्टेरियल गुणका कारण यसले रुघा खोकीलाई पनि ठिक पार्दछ। तर, यसको उच्च प्रभावकारिता पाउन यसलाई बिहान वा दिउँसो सेवन गर्नुपर्दछ।


    बैशाख ८, २०७८ बुधवार १६:०६:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मुला

  • क्यानाडा नेपाल

    अनुहारमा लगाउनै नहुने यी १० चिज

  • 1.5K
    SHARES
  • अनुहारमा लगाउनै नहुने यी १० चिज

    काठमाडौँ।  घाँटीदेखि माथि नाक, मुख, आँखासहितका  अङ्ग समेत टाउकाको अगाडिको भागलाई अनुहार भनिन्छ। कुनै पनि व्यक्तिको पहिचान तथा परिचयका लागि अनुहारले महत्वपूर्ण भूमिका खेल्दछ। अनुहारले नै हो, मानिसको व्यक्तिवलाई सकारात्मक र नकारात्मक प्रभाव पार्ने। 

    यदि व्यक्तिको अनुहारमा थुप्रै दाग, पोतो, डण्डीफोर छन् भने यसले उसको मानसिक स्वास्थ्यमा पनि नकारात्मक असर गर्ने गर्छ। यस्ता व्यक्तिहरु आफ्नो अनुहारलाई लिएर धेरै संवेदनशील हुने गर्छन्। जसकारण सामाजिक भेटघाटमा नजाने, एक्लै बस्ने, साथीभाइ नभेट्ने अनि अन्ततः डिप्रेसनको सिकार हुने गर्दछन्। 

    त्यसैगरी, यस्ता समस्याबाट मुक्ति पाउन उनीहरुले चिकित्सकको परामर्श बिना अनेकौँ रसायन उक्त क्रिम, पाउडरदेखि लिएर अन्य थुप्रै घरेलु उपचारको सहारा लिन थाल्छन्। जसले अनुहारको छालालाई प्रत्यक्ष र अप्रत्यक्षरुपमा थुप्रै नोक्सानी पुर्याइरहेको हुन्छ।  

    जानिराखौँ अनुहारमा लगाउनै नहुने १० चिज

    साबुन र स्याम्फू  –  साबुन र स्याम्फूमा सल्फेट भन्ने रसायानिक पर्दाथ पाइन्छ। यस पदार्थले फिज निकाल्ने काम गर्छ। यदि साबुन वा स्याम्फू अनुहारमा लगाइयो भने यसले अनुहारको चिल्लोपनलाई सुख्खा बनाउँछ ।  साथै अनुहारको चिल्लोपनालाई घटाई छालाको पीएचको मात्रालाई पनि गडबड गर्दिन्छ, जसले अनुहारको छालामा अन्ततः क्षति पुग्दछ।    

    धेरै तातो र चिसो पानी – अनुहारमा धेरै तातो पानी पनि प्रयोग गर्नुहुँदैन। यसले छालामा भएको पिएच मात्रालाई कम गरी छालामा भएको चिल्लोपन वा मोइस्चरलाई पनि कम गर्दछ।  जसले छाला सुख्खा र फुस्रो हुने गर्दछ। त्यसैगरी, धेरै चिसो पानी पनि अनुहारमा प्रयोग गर्नु हुँदैन। त्यसैले, अनुहारलाई मनतातो पानी वा  ठिक्क चिसो पानीले मुख धुँदा उपयुक्त हुन्छ।    

    स्टेरोइड भएका क्रिम – बजारमा पाईने स्टेरोइड भएका क्रिम वा मल्हमहरुको लामो समयसम्म प्रयोग गर्नाले यसले छालालाई पातलो बनाई मुखको छालालाई संवेदनशील बनाउँछ र रगतका नसाहरु देखिएर मुख रातो हुने गर्दछ । त्यसैले, स्टेरोइड भएका क्रिमहरु प्रयोग गर्दा धेरै सावाधानी अपानाउनु पर्ने हुन्छ। 
     
    कागती – घरेलु उपचार गर्न धेरै मानिसहरुले कागतीको रसलाई अनुहारमा लगाउने गर्छन्। कागतीको रसमा भिटामिन ’सी’ को मात्रा बढी हुन्छ र यसको रस मुखमा लगाउँदा यसले छालालाई नकारात्मक असर पुर्याउँछ। जब कागतीको रस लगाएको अनुहार सूूर्यको प्रकाशको सम्पर्कमा आउँछ, यसले रियाक्सन गर्दै एलर्जी हुने गर्दछ। र यस्ता एलर्जीका दागहरु लामो समयसाम्म अनुहारमा बस्ने गर्दछ।  

    बडीलोसन वा  बडी मोइस्चराइजर – बजारमा पाइने बडीलोसन तथा मोइस्चराइजर पनि अनुहारमा धेरै लगाउँनु हुँदैन। यी उत्पादनहरु विशेषगरी जिउँका लागि बनाइएको हुन्छ र  यसमा भएका थुप्रै रासायनिक पदार्थले अनुहारको छालालाई जर्रो, सुख्खा बनाउँछ। जुन, छालाको लागि पनि त्यति फाइदाजनक हुँदैन।  

    नरिवलको तेल –  विशेषगरी जसको छाला सुख्खा छ, उसले नरिवलको तेल लगाउनु केहि हद सम्म राम्रो पनि हुन्छ । धेरै छाला रोग विशेषगज्ञहरुले यसको सल्लाह पनि दिने गर्छन। तर, नरिवलको तेल मुखमा लगाउनु उत्तम मानिँदैन, विशेषगरी जसलाई डण्डीफोरको समस्या छ र जसको अनुहारको छालामा चिल्लोपन आउँछ, त्यस्ता व्यक्तिले नरिवलको तेल अनुहारमा लगाउनु हुँदैन। नरिवलको तेल अनुहारका लागि बाक्लो हुन्छ र यसले चिल्लोपन निस्कासित गर्ने ग्रंथीहरुलाई रोकिदिन्छ।  

    परफ्युम र हेयर स्प्रे –  परफ्युम र हेयर स्प्रेमा पाइने केमिकलहरुले गर्दा मुुखको छालालाई असर गर्ने गर्छ।  यसमा भएको झोल पर्दाथले छालाको तेल निस्कासित गर्ने ग्रथीहरुलाई ब्लक गर्दिन्छ र डण्डीफोरको समस्या भएका बिरामीहरुलाई नराम्रो असर गर्दछ।  

    पेट्रोलियम जेली –  नरिवलको तेल जस्तै पेट्रोलियम जेली अनुहारमा लगाउनु त्यति उचित वा उपयुक्त हुँदैन। यसले नरिवलको तेल जस्तै अनुहारमा भएका तेल निकाल्ने ग्रन्थीहरुलाई ब्लक गर्दिन्छ र चिल्लो अनुहार भएका व्यत्तिहरुको लागि यसले नराम्रो असर गर्छ। 

    हेयर कलर – हेयर कलरमा एलर्जी गराउने तत्वहरु हुन्छ जसले गर्दा हाम्रो आँखाको वरीपरी एलर्जी हुन्छ । 

    टुथपेस्ट – टुथपेस्टमा पाइने रासायनिक पदार्थमा अनुहारको छालामा कालो दाग बनाउने पदार्थ हुन्छ। जुन लामो समयसम्म रहन्छ।


    बैशाख ९, २०७८ बिहिवार १३:३७:२९ बजे : प्रकाशित

    अत्याधिक पानी पिउनाले शरीरमा कस्तो साइड इफेक्ट देखिन्छ ?

  • 1.5K
    SHARES
  • अत्याधिक पानी पिउनाले शरीरमा कस्तो साइड इफेक्ट देखिन्छ ?

    काठमाडौँ। पानी एक रंगविहीन, स्वादविहीन र गन्धविहीन रसायनिक पदार्थ हो। यसले कुनै क्यालोरी वा जैविक पोषण प्रदान गर्दैन । तर, पनि यो सबै ज्ञात प्राणीहरूको जीवनको आधार हो। हरेक प्राणीहरूको जीवन पानीले नै धानेको हुन्छ। सम्पूर्ण प्राणीहरूको जीवन प्रक्रियाहरूमा पानीले महत्त्वपूर्ण भूूमिका खेल्नेगर्दछ।

    खानेकुराको पाचन प्रक्रियामा पनि पानीको प्रचुरमात्रा उपयोग हुन्छ। मानव शरीरको बोसो बाहेकको पिण्ड मध्ये लगभग ७२ प्रतिशत पानीले ओगटेको हुन्छ। शरीरले दैनिक कार्यहरू सहजरूपमा गर्न एकदेखि ७ लिटरसम्म पानीको आवश्यकता पर्छ।

    जलवियोजनबाट बच्न दैनिक क्रियाकलाप, आद्र्रता, तापक्रमअनुसार फरक मात्रामा पानीको सेवन गर्नु जरुरी हुन्छ। शरीरमा भएको पानी पिसाव, पसिना, दिसा र सास फेर्दा बाफको रूपमा बाहिर जाने गर्दछ। पानीले शरीरका कोशीकाहरुमा पोषक तत्व पुर्याउँछ । शरीरबाट विषाक्त पदार्थलाई हटाउँछ । आन्तरिक तापक्रमलाई नियमित गर्दछ। त्यसैले, राम्रो स्वास्थ्य कायम गर्न दिनमा पर्याप्त र उचित मात्रामा पानी पिउनु आवश्यक छ ।

    यद्यपि, दिनमा अत्यधिक पानी पिउँदा भने शरीरमा गम्भीर स्वास्थ्य जटिलताहरू निम्त्याउन सक्ने विज्ञहरु बताउँछन् । त्यसैगरी, दिनमा कति मात्रामा पानी पिउनुपर्छ भन्नेमा स्वास्थ्य स्थिति वा अवस्था, उमेर, जीवनशैली र दैनिक आनीबानीमा निर्भर गर्दछ ।

    दिनमा कति अन्तरालबीच पानी पिइन्छ, त्यसले महत्त्वपूर्ण भूमिका खेल्दछ। किनभने मिर्गौलाले प्रति घण्टा १ लिटर अतिरिक्त पानी निकाल्न सक्छ। छोटो अन्तराल वा अवधिमा ३ देखि ४ लिटर पानी पिउँदा हाइपोनाट्रेमिया हुने गर्दछ। यो एक यस्तो अवस्था हो, जब रगतमा सोडियमको स्तर धेरै कम हुन्छ।

    यसका लक्षणहरुमा भ्रम, सुस्तता, टाउको दुखाई, थकान र कम ऊर्जा, वाक्वाकी लाग्नु, बेचैनी हुने समस्या हुन्छ। रगतमा सोडियमको स्तरबाट उत्पन्न स्वास्थ्य समस्या निकै घातक हुन सक्छ। पानीको अत्यधिक सेवनले मात्र होइन यस्तो समस्या निम्त्याउने, हाइपोनाट्रेमिया विभिन्न अरु कारणले पनि हुनसक्छ। यद्यपि, अत्याधिक पानी पिउँदा पनि यो समस्या देखिन सक्छ।

    त्यसैगरी, पानीको अत्यधिक सेवन गर्दा पानीको लत पनि हुन सक्छ । यस्तो अवस्थामा पनि रगतमा सोडियमको स्तर खतरनाकरूपमा घट्छ। जसले थुप्रै स्वास्थ्य जटिलताहरु निम्त्याउन सक्छ। सोडियमको स्तर घट्दा मस्तिष्क, मिर्गौला लगायत अन्य अंगहरुमा समेत घात हुन सक्छ।

    सोडियम एक इलेक्ट्रोलाइट हो, जसले पानी र शरीरमा अन्य पदार्थहरूको स्तर नियमित गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। त्यसैले, आन्तरिक प्रणालीलाई सामान्य राख्न र दैनिकरुपमा प्रभावकारी ढंगले काम गर्नको लागि प्रत्येक दिन कम्तिमा २ देखि ३ लिटर पानी पिउन चिकित्सकहरु सिफारिस गर्छन् ।


    बैशाख ९, २०७८ बिहिवार १६:४५:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पानी
  • # साइड इफेक्ट

  • क्यानाडा नेपाल

    ग्यास्ट्रिक, प्रोस्टेट क्यान्सरसहितका रोगीलाई अकबरे खुर्सानी अचूक औषधि 

  • 1.6K
    SHARES
  • ग्यास्ट्रिक, प्रोस्टेट क्यान्सरसहितका रोगीलाई अकबरे खुर्सानी अचूक औषधि 

    काठमाडौँ। अकबरे खुर्सानी नेपालमा खेती गरिने एक प्रकारको खुर्सानीको प्रकार हो । नेपालका प्राय सबै भू -भागमा अकबरे खुर्सानीको खेती हुने भए पनि अकबरे खुर्सानी नेपालको पहाडी जिल्लाहरूमा राम्रो उत्पादन हुन्छ। नेपालको पूर्वी पहाडी जिल्ला इलाम, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर लगायतका जिल्लाहरूमा यसको उत्पादन धेरै हुने गर्छ। 

    नेपालबाट अकबरे खुर्सानीको अचारजन्य परिकार बनाएर अमेरिका तथा युरोपका विभिन्न मुलुक, अस्ट्रेलिया र मलेसिया लगायतका देशहरूमा निर्यात हुँदै  आएको छ। साथै यो खुर्सानी ग्यास्ट्रिक तथा चिसो लागेका मानिसहरुको लागि औषधिको रूपमा पनि प्रयोग हुदै आएको पाइन्छ।

    अकबरे खुर्सानीको फाइदा 

    पेन किलरको काम गर्ने -  अकबरे खुर्सानी पेन किलरको काम गर्दछ।  यसको तापले पेट दुख्ने समस्या तथा पेट भित्र भएका अन्य समस्याका लागि एक किसिमको दुखाइ मार्ने काम गर्दछ।  

    प्रतिरक्षा प्रणालीलाई मद्दत् गर्ने -  अकबरे खुर्सानीमा पाइने प्रचुर मात्रामा भिटामिन सी र बीटा क्यारोटीन पाइन्छ।  यसका साथै अकबरे खुर्सानीमा एन्टी ब्याक्टेरियल तथा एन्टी अक्सिडेन्ट तत्व पाइन्छ, जसले गर्दा मानिसको  प्रतिरक्षा प्रणालीलाई सुधार गर्दछ।  

    पाचन प्रणाली तथा ग्यास्ट्रिकका बिरामीका लागि फाइदाजनक - नेपाली समाजमा अकबरे खुर्सानीलाई ग्यास्ट्रिकका बिरामी तथा पाचन प्रणाली औषधिको प्रयोग गरिने गरेको छ।  यसमा पाइने विभिन्न गुणकारी तत्वले खाना छिट्टै पचाउन र पेटका अन्य समस्यामा पनि फाइदा पुर्याउँदछ।  यसैगरी, यसले आँखा तथा तथा छालाको समस्या भएका मानिसलाई फाइदाजनक हुन्छ।  

    प्रोस्टेट क्यान्सरका लागि प्रभावकारी - पुरुषहरुमा प्रोस्टेट क्यान्सरको सम्भावना धेरै हुने गर्दछ । एक शोधका अनुसार खानामा अकबरे खुर्सानी खाँदा प्रोस्टेट क्यान्सरबाट बचाउने गर्दछ । अकबरे खुर्सानीमा यस्तो तत्व पाइन्छ जसले क्यान्सरको जोखिमलाई कम गर्न मद्दत गर्दछ।  

    मधुमेहः अकबरे खुर्सानीले रगतमा भएको चिनीको मात्रालाई पनि कम गर्न मद्दत गर्दछ। यसमा पाइने गुणकारी तत्वले मधुमेहको जोखिमलाई कम गर्छ।  


    बैशाख १४, २०७८ मंगलवार १३:०३:१२ बजे : प्रकाशित

    दुबी, कब्जियत, अल्सर निको पार्ने आँकका अनेकन फाइदा 

  • 15.9K
    SHARES
  • दुबी, कब्जियत, अल्सर निको पार्ने आँकका अनेकन फाइदा 

    काठमाडौँ । आँक खासगरी नेपालको तराई र भित्री मधेश अर्थात उष्ण क्षेत्रको एक हजार मिटरसम्मको खुला ठाउँमा प्राकृतिक रूपले हुर्केने एक प्रकारको वनस्पति हो। यो वनस्पति नेपालभरी पाइएता पनि खासगरी यो पूर्वाञ्चल मध्यमाञ्चल र पश्चिमाञ्चल क्षेत्रका प्रशस्त घामलाग्ने ठाउँहरूमा पाइन्छ।  त्यस्ता ठाउँहरुमा विशेषगरी यो राजमार्ग, बगर तथा बाटो छेउछाउ, बाँझो, पर्ती जग्गा एवं सुक्खा बारीहरूमा हुर्कने गरेको पाइन्छ। 

    आँकलाई संस्कृत भाषामा अर्क, रुद्र तथा मन्दारको नामले चिनिन्छ भने यसले धिमालहरूले आपाङ्गी, नेवारहरूले  मन्दार भन्ने गर्छन्।  त्यसैगरी, यसलाई , जापानीजहरूले आकोन नामले चिन्दछन्। त्यस्तै हिन्दी र मैथिली भाषामा यसलाई आँक नै भनिन्छ। आँकलाई अङ्ग्रेजीमा जायन्ट मिल्क विड तथा क्राउन प्लान्ट आदि नामले चिनिन्छ।

    आँकको उपयोग 

    यसको पात, डाँठ र जरामा कीटनाशक, आन्तरिक बिष र प्रतिकारक पदार्थहरू पाइन्छन्। आँकको बोटको सम्पूर्ण भागलाई धूलो पारी एसिटोनसँग मिसाई त्यसबाट निस्केको रसले उपचार गरेको अनाजलाई धानमा लाग्ने घुनको आक्रमणबाट बचाउँछ। 

    आँकको पातको धूलो वा झोलले घरको झिंगा, लामखुट्टेका लार्भा र वनस्पतिका पात खाने धेरै थरीका लाभ्रेहरूको पनि नियन्त्रण हुने बताईएको छ। भारतमा पनि यो वनस्पतिलाई विभिन्न थरीका कीराहरूको नियन्त्रण गर्न प्रयोग गरिन्छ। आँकले सलह र धमिराहरूलाई पनि नियन्त्रण गर्न सक्छ।

    आँकको २०० ग्राम हरियो पातलाई दगल्च्याएर १ लिटर पानीमा १२ देखि १५ घण्टा सम्म ढड्याएर प्राप्त भएको रसले उपचार गरेको प्रत्येक हप्तामा १ पटकको दरले ४ देखि ५ पटक सम्म बन्दाकोपीमा लाग्ने कीराहरूलाई केही मात्रामा नियन्त्रण गर्न सकेको अनुसन्धानबाट प्रमाणित भएककक छ।

    आँकका फाइदा 

    आँकको जराको बोक्रा रगतमासी आउँ परेको निको पार्न, शरीरमा पसिना आउने क्रियालाई बढाई कफ बाहिर निकाल्न प्रयोग गरिन्छ। जराको बोक्रालाई लेदो बनाइ हात्तीपाईले रोग लागेको बेला सुन्निएको भागमा लगाए केहि हदसम्म निको पार्न आँकले मद्दत गर्दछ।  

    आँकको पातको रस केही समयको फरकमा बारम्बार आइरहने ज्वरोलाई पनि निको पार्न प्रयोग गरिन्छ । यसको चोपले पोल्छ तर सिउँडी सँग मिसाएर कब्जियतलाई हटाउन प्रयोग गरिन्छ।

    यसको फूल गुलियो र तीतो हुन्छ र यसलाई धूलो बनाई रुघाखोकी दम जुका परेको र अपचको उपचार गर्न एवंम घाउ निको पार्न प्रयोग गरिन्छ।  आँकको बोट हर्षा, रक्तविकार, टाउको र कान दुखेको, दुबी, कब्जियत, अल्सर, शरीरमा गाँठागुठी आएको कुष्ठरोग, भिरिङ्गी, रगतमासी, आउँ, वान्ता, पखाला, पेटमा जुका परेकोलाई उपचार गर्न य्रयोग गरिन्छ।  

    त्यसैगरी, यसको फूल हातखुट्टाको जोर्नी र मांसपेशी दुखेको सुन्निएको शरीरभित्रका मुटु, कलेजो, पित्तथैली, फोक्सो आदि अङ्गहरू सुन्निएको अवस्थामा उपचार गर्न प्रयोग गरिन्छ। 

    यसको बोटको सुकाइएको भागहरू दुधसँग दैनिकको रूपमा प्रयोगगर्दा कलेजोको लागि राम्रो हुन्छ।  आँकको नयाँ टुसालाई पिंधेर रस निचोरी दाद र अन्य छाला सम्बन्धि रोगमा दल्दा निको हुन्छ।

    यसको चोपलाई आन्तरिक श्राव जम्मा भएको तथा पेटको रोगहरूको उपचार गर्न र पिलोलाई पकाउन प्रयोग गरिन्छ। यसैगरी,  यसको पातबाट पक्षघात जोर्नी दुखेको, सुन्निएको कान दुखेको तथा घाउलाई उपचार गर्न सकिन्छ।


    बैशाख १५, २०७८ बुधवार १९:२०:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आँक
  • # दुबी
  • # कब्जियत
  • # अल्सर

  • क्यानाडा नेपाल

    के नरिवल पानी पिउँदा रोग प्रतिरोधात्मक क्षमता बढ्छ ? जान्नुहोस्, शरीरका यसको फाइदा

  • 412
    SHARES
  • के नरिवल पानी पिउँदा रोग प्रतिरोधात्मक क्षमता बढ्छ ? जान्नुहोस्, शरीरका यसको फाइदा

    काठमाडौँ। मुलुकमा कोरोनाभाइरसको संक्रमण तिव्ररुपमा बढ्ने क्रम जारी छ। देशभरका अस्पतालहरु पनि यति बेला धराशाय बनेको छ। बिरामीहरुले अस्पतालमा शय्या तथा अक्सिजन नपाएर भौतारिने अवस्था छ। देशलाई नै यस्तो संकट परेको बेला सबै नागरिकहरुले स्वास्थ्यका मापदण्ड अपनाउन आवश्यक हुन्छ।

    त्यसैगरी, यस्तो अवस्थामा आफु संक्रमित हुनबाट बच्नु र अस्पताल जानबाट जोगिनका लागि आफू सचेत र सावधानी अपनाउन जोड दिनुपर्ने हुन्छ। यतिबेला, संक्रमण रोकथाम गर्न र प्रतिरोधात्मक क्षमता बढाउन हरेकले थुप्रै किसिममा उपायहरु अपनाइरहेका छन्। स्वस्थ र सन्तुलन आहारको सेवन गर्नुका साथै विभिन्न आयुर्वेदिक तथा घरयासी पेय पदार्थ सेवन गरेर आफ्नो प्रतिरोधात्मक क्षमता बढाउने क्रममा लागेका छन्।

    यस्तो अवस्थामा नरिवल पानी पनि एक प्रतिरक्षा प्रणालीलाई सुधार गर्ने एक पेय पदार्थ मानिएको अध्ययनहरुले देखाएको छ। नरिवल पानीले रोग प्रतिरोधात्मक क्षमता मात्र नबढाएर यसले कोरोनासँग लड्ने क्षमता पनि प्रदान गर्ने तथा अन्य धेरै रोगहरूका लागि पनि यो फाइदाजनक हुने प्रिया पाण्डे डायटिशियन (आहार विशेषज्ञ) ले जानकारी दिईन्।

    जानिराखौँ नरिवल पानीका फाइदाहरु :-

    १. कलेजोको लागि लाभदायक – नरिवल पानी कलेजोको लागि निकै लाभकारी मानिन्छ। यसमा एन्टिअक्सिडेन्ट गुणहरू हुन्छन्, जसले कलेजोबाट धेरै प्रकारका विषाक्त पदार्थ बाहिर निकाल्न र कलेजोलाई स्वच्छ र स्वस्थ बनाउँछ।

    २. उच्च रक्तचापका लागि फाइदाजनक – नरिवल पानीमा प्रचुर मात्रामा भिटामिन सी, पोटाशियम र म्याग्नीशियम लगायतका अन्य महत्वपूर्ण खनिज तत्वहरु पाइन्छ। जसका कारण उच्च रक्तचाप नियन्त्रणको लागि नरिवल पानी लाभदायक मानिन्छ। त्यसैगरी, थुप्रै अध्ययनहरूले पनि नरिवल पानीले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्ने पुष्टि गरेको छ।

    ३. मुटु रोगको जोखिम कम गर्ने – नरिवलको पानीमा यस्ता गुणहरू पाइन्छन्, जसले शरीरमा भएका नराम्रा कोलेस्ट्रोललाई कम गरेर राम्रो कोलेस्ट्रोलको स्तर बढाउन मद्दत गर्दछ । यसको नियमित सेवनले पक्षघात हुने जोखिम पनि कम गर्छ।

    ४. गर्भवती महिलाहरूको लागि लाभदायक – गर्भवती महिलाहरुलाई नरिवल पानी पिउन विशेष सल्लाह दिइन्छ। वास्तवमा, गर्भावस्थामा महिलालाई थुप्रै पोषक तत्वहरूको आवश्यकता हुन्छ। नरिवलको पानी सेवन गर्दा केहि हदसम्म यस्ता आवशयकताको पूर्ति गर्न मद्दत गर्दछ। गर्भावस्थामा नरिवलको पानीले पिउँदा कब्जियत हुने, थकान हुने समस्याबाट राहत प्रदान गर्दछ। यस बाहेक यसले रोग प्रतिरोधात्मक क्षमता पनि सुधार गर्दछ र शरीरमा पानीको अभाव पनि पूरा गर्दछ।

    नरिवल पनि कति बेला सेवन गर्नु उपयुक्त हुन्छ ?

    नरिवल पानी कुनै पनि समयमा सेवन गर्न सकिन्छ। यद्यपि, यसलाई बिहान खाली पेटमा सेवन गर्दा अझ प्रभावकारी र फाइदाजनक हुन्छ। यसले बिहानको सुस्तता हटाइ दिनभरीको लागि ऊर्जा प्रदान गर्दछ।


    बैशाख २०, २०७८ सोमवार १२:३०:३५ बजे : प्रकाशित