• Jun 18 2021 | २०७८, आषाढ ४गते

२०७८, आषाढ ४गते

म्यान्मार कूविरुद्ध विदेशमा प्रदर्शन नेपालीभाषी के भन्छन् ?

चैत्र २१ २०७७
  • 632
    SHARES
  • म्यान्मार कूविरुद्ध विदेशमा प्रदर्शन नेपालीभाषी के भन्छन् ?

    म्यान्मारको सेनाले सत्ता हत्याएको विरोधमा देशभित्र मात्रै हैन, विदेशमा पनि विरोध प्रदर्शनहरू हुन थालेका छन्।

    बिहीवार लन्डनस्थित पार्लियामेन्ट स्क्वायरबाहिर नेपाली मूलका लगायत सैयौँ बर्मेलीहरूले म्यान्मारको सेनाले सर्वसाधारण जनताको हत्या गरेको भन्दै विरोध प्रदर्शन गरे।

    लन्डनमा भेला भएका बर्मेलीहरूमा नेपाली भाषी बाहेक मुसलमान र अन्य समुदायका सदस्य पनि सम्मिलित थिए।

    "हामी सबै बर्मामा सैनिक शासन अन्त्य होस्, हत्या हिंसा बन्द होस् र हाम्रा नेताहरूलाई रिहा गरियोस् भन्ने चाहन्छौँ," गएको दुई वर्षदेखि आफ्ना श्रीमान् सहित ब्रिटेनमा बसोबास गर्दै आएकी पूजा पाण्डेले भनिन् ।

    'दुखी र आक्रोशित'
    म्यान्मारको मोगोक सहरमा हुर्किएकी पाण्डे पनि प्रदर्शनमा सहभागी थिइन्।उनी गत फेब्रुअरी १ मा म्यान्मारको सेनाले सत्ता हातमा लिए पछि लगातार समाचारहरू हेरिरहेकी छन्।

    "सेनाले ससाना नानीदेखि सर्वसाधारण जनतालाई गोली हानेर हत्या गरिरहेको समाचार सुन्दा, हेर्दा साह्रै दुखी र आक्रोशित भएका छौं," उनले भनिन्।"बर्मा (म्यान्मार) मा रहनु भएका बाबा, आमा र भाइको चिन्ता लागिरहन्छ।"

    फेब्रुअरी १ मा के भएको थियो?
    फेब्रुअरी १ का दिन एकाबिहानै सेनाले नोबेल शान्ति पुरस्कार विजेता नेत्री, स्टेट काउन्सिलर आङ सान सू ची, राष्ट्रपति विन मिन्ट लगायत नेताहरूलाई उनीहरूकै निवासमा नजरबन्द गरेको थियो।

    त्यसयता भएका शान्तिपूर्ण विरोध प्रदर्शनहरूमा सेनाले गोली चलाउँदा ५०० भन्दा बढी सर्वसाधारणको ज्यान गइसकेको राष्ट्रसङ्घीय अधिकारीहरूले जनाएका छन्।\

    लन्डनमा भेला भएका प्रदर्शनकारीहरुले ब्रिटेनको परराष्ट्र, राष्ट्रमण्डल तथा विकास मन्त्रालयमा एक ज्ञापनपत्र पनि बुझाएका थिए।

    ब्रिटेनले एक सय वर्षभन्दा बढी समय बर्मामा शासन चलाएको थियो। सन् १९४८ मा मात्रै बर्मा (हाल म्यानमार) ब्रिटिस शासनबाट स्वतन्त्र भएको थियो।

    ऐतिहासिक सम्बन्ध
    "नेपालको जस्तै हाम्रो पनि ब्रिटेनसँग ऐतिहासिक सम्बन्ध छ । ब्रिटेन संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को सदस्य पनि हो। त्यसैले हामीले ब्रिटिस सरकारलाई म्यानमारको सेनाले गरेको ज्यादतीविरुद्ध बोल्न आग्रह गरेका छौँ," युकेस्थित गोर्खा म्यान्मार समाजका उपाध्यक्ष नमराज ज्ञवालीले भने।

    ब्रिटेनले म्यान्मारमा भएको सैनिक सत्ता विद्रोह तथा आङ सान सू ची लगायत अन्य नेताहरूको गिरफ्तारीको निन्दा गरेको छ। उसले तीन जना वरिष्ठ सैनिक अधिकारीहरूको ब्रिटेनमा सम्पत्ति भए त्यस्तो सम्पत्ति रोक्का गर्ने घोषणा पनि गरेको छ।

    यूकेस्थित रोहिङ्गीया समुदाय, कचिन कम्युनिटी यूके, यूके बर्मिज मुस्लिम एसोसिएसन लगायतका संस्थाहरूले बुझाएको एक संयुक्त ज्ञापनपत्रमा ब्रिटिस सरकारलाई म्यान्मारको सेनाले असंवैधानिक तवरबाट स्थापना गरेको सत्तालाई मान्यता नदिन, म्यान्मारको सेनालाई हातहतियार बिक्री गर्न तत्काल विश्वव्यापी रोक लगाउन पहल गर्न तथा निर्दोष जनताको थप ज्यान जानबाट जोगाउन संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्द्वारा 'सुरक्षाको जिम्मेवारी'को सिद्धान्तलाई अनुमोदन गर्न आह्वान गरिएको छ ।

    "म्यान्मारका जनतालाई एउटा क्रूर सैनिक सत्ताबाट रक्षा गर्न अन्तर्राष्ट्रिय साथ र सहयोग आवश्यक छ," ज्ञापनपत्रमा भनिएको छ।

    सैनिक शासनको विरोधमा जनमत बनाउन अमेरिकामा रहेमा नेपाली मूलका समेत बर्मेली समुदायले न्यूयोर्कमा पनि विरोध प्रदर्शन गर्ने तयारी गरिरहेको ज्ञवालीले बताए।

    थाइल्यान्डमा पनि विरोध

    म्यानमारमा रहेको सैनिक सत्तापलट लगत्तै छिमेकी थाइल्यान्डमा रहेका बर्मेली नेपाली समुदायका सदस्यहरूले विरोध जनाएका थिए।

    "सुरुमा हामीले म्यान्मारमा लागू गरिएको सैनिक शासनविरुद्ध बैंकक र विभिन्न सहरहरूमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्‍यौँ," बैंककस्थित थाइल्यान्ड नेपाली समाजका अध्यक्ष कुमार कार्कीले भने।

    "अहिले थाइल्यान्डमा विरोध प्रदर्शनमा रोक लगाइएकाले हामीले पूजाआजा, शान्तिपाठजस्ता कार्यक्रम राखेका छौँ।" म्यान्मारमा जन्मिएका कार्की गएको ३२ वर्षदेखि थाइल्यान्डमा बसोबास र व्यवसाय गरिरहेका छन्।

    "हामीले नेपालीभाषी मात्रै हैन, अहिले विस्थापित भएर थाइ-म्यान्मार सीमा क्षेत्रमा आइपुगेका व्यक्तिहरूलाई पनि सहयोग पठाएका छौँ," उनले भने।

    म्यान्मारमा सेनाले अहिलेसम्म कम्तीमा ३५ जना नेपालीभाषीलाई पक्राउ गरेको र दुई जना नेपालीभाषी मारिएका म्यान्मारस्थित नेपालीभाषीका सङ्घसंस्थाहरुले जनाएका छन्।यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । 


    चैत्र २१, २०७७ शनिवार १९:३६:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # म्यान्मार
  • अर्कोसमाचार

    कोरोनाभाइरस चीनको ल्याबबाट ‘लिक’ भएजस्तो लाग्दैन– बेलायती प्रधानमन्त्री

    आषाढ २

  • 216
    SHARES
  • कोरोनाभाइरस चीनको ल्याबबाट ‘लिक’ भएजस्तो लाग्दैन– बेलायती प्रधानमन्त्री

    लन्डन - बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड १९ को भाइरस चीनको ल्याबबाट लिक भएजस्तो आफूलाई नलागेको बताउनुभएको छ । बेलायतका प्रधानमन्त्री जोन्सनले ग्रुप अफ सेभेन (जि७) को पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको बताइएको छ ।

    उहाँले सो पत्रकार सम्मेलनमा भन्नुभएको थियो– शुरुमा चीनको वुहान शहरको एक ल्याबबाट कोरोना भाइरसको किटाणु लिग भएर निस्किएको भन्ने सुनिएको थियो, तर अहिले आएर हेर्दा त्यो हो जस्तो लाग्दैन ।सन् २०१९ को डिसेम्बरको अन्त्यतिर आएको एक समाचारमा यसको किटाणु उक्त ल्याबाट निस्किएको भनिएको थियो । विशेष गरेर अमेरिकाले सो कुरा बताएको थियो ।

    तर चीनले भने अमेरिकाको यो दोषारोपण मात्र हो भनेको थियो । विश्व स्वास्थ्य संगठनले पनि चीनमा पुगेरै यस विषयमा अनुसन्धान गरेको थियो । उता केही समय अघि बेलायतका विदेश मन्त्री डोमिनिक राबले कोरोना भाइरस जनावरबाट मानिसमा सरेको देखिएको बताउनुभएको थियो ।

    उहाँले यस विषयमा बेलायतका बैज्ञानिकहरुले गरेको एक विशेष अनुसन्धानबाट कोरोना भाइरस जनावरबाट मानिसमा सरेको पाइएको बताउनुभएको थियो ।सिन्ह्वा


    आषाढ २, २०७८ बुधवार २१:३२:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • भारतमा कोरोना संक्रमण दर घट्दै, एकैदिन ६७ हजार २९४ संक्रमित फेला

    आषाढ ३

  • 282
    SHARES
  • भारतमा कोरोना संक्रमण दर घट्दै, एकैदिन ६७ हजार २९४ संक्रमित फेला

    काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण दर घट्दै गइरहेको छ। दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा पछिल्लो समय संक्रमितको दर घट्दै गइरहेको छ ।  

    भारतमा पछिल्लो २४ घण्टामा १ हजार ४११ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ८१ हजार ९३१ पुगेको छ ।  

    पछिल्लो २४ घण्टामा ६७ हजार २९४ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ करोड ९६ लाख ९९ हजार ५ सय ५५ जना पुगेको छ । हालसम्म २ करोड ८४ लाख ८४ हजार ५ सय ४४ कोरोना संक्रमित निको भइसकेका छन् । 

    भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ । 
    ।  

     


    आषाढ ३, २०७८ बिहिवार ०९:२५:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३८ लाख ४८ हजार नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?

    आषाढ ३

  • 266
    SHARES
  • विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३८ लाख ४८ हजार नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?

    काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय देखिएको नयाँ भेरियन्टसहितको कोरोनाभाइरसको संक्रमण विस्तारै घट्न थालेको छ ।  

    कोरोना संक्रमणका बीच विभिन्न देशमा कोरोना खोप पनि लगाइएको छ । वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले केही देशमा मात्र संक्रमितको संख्या बढेको देखिन्छ ।

    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमितको संख्या १७ करोड ७८ लाख १३ हजार ९ सय ५३ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३८ लाख ४८ हजार ८ सय ७६ पुगेको छ ।

    त्यस्तै हालसम्म विश्वमा १६ करोड २३ लाख १७ हजार ४४० कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् । त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ६ लाख १६ हजार १ सय ५०  जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ३ करोड ४३ लाख ६५ हजार ९ सय ८५ पुगेको छ । यस्तै अमेरिकामा २ करोड ८६ लाख १६ हजार ४ सय ९५ कोरोना संक्रमित निको भइसकेका छन् । 

    त्यस्तै ब्राजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ४ लाख ९३ हजार ८ सय ३७ पुगेको छ भने संक्रमितको संख्या १ करोड ७६ लाख २९ हजार ७ सय १४ पुगेको छ ।  

    cu.PNG


    आषाढ ३, २०७८ बिहिवार १०:१०:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • अन्तरिक्ष केन्द्र निर्माणमा चीनको फड्को, तीन अन्तरिक्ष यात्री लिएर उड्यो शेन्झाउ–१२

    आषाढ ३

  • 154
    SHARES
  • अन्तरिक्ष केन्द्र निर्माणमा चीनको फड्को, तीन अन्तरिक्ष यात्री लिएर उड्यो शेन्झाउ–१२

    जिक्वान, चीन – चीनले बिहीबार आफ्नै अन्तरिक्ष केन्द्र निर्माणका लागि तीन जना अन्तरिक्ष यात्री सहितको शेन्झाउ–१२ रकेट प्रक्षेपण गरेको छ । तियान्हे नाम दिइएको नयाँ अन्तरिक्ष केन्द्र निर्माणमा यी अन्तरिक्ष यात्रीले काम गर्नेछन् । उनीहरु अन्तरिक्ष केन्द्रमा तीन महिना बस्नेछन् । 

    हाल संयुक्तराज्य अमेरिका र रुससँग मात्र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र छन् जहाँ पृथ्वीबाट पठाइएका अन्तरिक्ष यात्रीहरु महिनौं बसेर अध्ययन र अनुसन्धानका कार्यहरु गर्ने गर्दछन् ।

    हुनत, चीनले यसअघि पनि अन्तरिक्षमा मानव पठाइसकेको छ । यो चीनको सातौं मानव सहितको अन्तरिक्ष यात्रा हो । चीनले पाँच वर्ष यता मानव सहितको रकेट अन्तरिक्षमा प्रक्षेपण गरेको थिएन । 

    चीनको अन्तरिक्ष केन्द्र (सीएमएसए) का अनुसार चीनको उत्तरपश्चिम स्थित गोबी मरुभूमिबाट चिनियाँ समयानुसार बिहान ९.२२ बजे रकेट प्रक्षेपण गरिएको थियो । प्रक्षेपण गरिएको करिब ५७३ सेकेन्डपछि शेन्झाउ–२ भूउपग्रह अन्तरिक्ष केन्द्रमा प्रवेश गरेको थियो । 

    सीएमएसएले भूउपग्रह र त्यहाँ यात्रारत सबै अन्तरिक्ष यात्रीको अवस्था राम्रो रहेकाले अन्तरिक्ष कार्यक्रम सफल भएको जनाएको छ । यसपटक अन्तरिक्ष गएका यात्रीहरुमा शेन्झाउ–६ र शेन्झाउ–१० बाट दुई पटक अन्तरिक्ष यात्रा गरिसकेका ५६ वर्षीय निई हाइसेङ, शेन्झाउ–७ अभियानमा संलग्न ५४ वर्षीय लिउ बोमिङ र पहिलो पटक अन्तरिक्ष यात्रा गर्न लाग्नु भएका ४५ वर्षीय टाङ होङ्बो रहनु भएको छ । 

    उहाँहरुले चीनको अन्तरिक्ष कार्यक्रममा तीन महिनासम्म बसेर नयाँ रेकर्ड कायम गर्नु हुनेछ । यसअघि सन् २०१६ मा शेन्झाउ–११ बाट अन्तरिक्ष गएका यात्रीहरु ३३ दिनसम्म अन्तरिक्षमा बस्नु भएको थियो ।

    यसपटक अन्तरिक्षको यात्रामा जानेहरुले यसअघिका भन्दा निकै जटिल र चुनौतीपूर्ण कार्य गर्नु पर्ने चिनियाँ अन्तरिक्ष केन्द्रका सहायक निर्देशक हाओ चुनले बताउनुभयो ।

    यस पटक अन्तरिक्ष यात्रीहरुले खासगरी अन्तरिक्ष केन्द्रको सञ्चालन, सरसफाई, उपकरणको परीक्षण एवं केही वैज्ञानिक अनुसन्धान गर्नेछन् । चीनले गत अप्रिल २९ मा नयाँ अन्तरिक्ष केन्द्रको मुख्य मोड्युल पठाएको थियो ।सिन्ह्वा


    आषाढ ३, २०७८ बिहिवार १४:२७:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अन्तरिक्ष केन्द्र
  • उत्तर कोरियामा खाद्य संकट, एक किलो केराको ४५ अमेरिकी डलर पुग्यो

  • 526
    SHARES
  • उत्तर कोरियामा खाद्य संकट, एक किलो केराको ४५ अमेरिकी डलर पुग्यो

    काठमाडौं । उत्तर कोरियामा खाद्य संकट परेको छ । उत्तर कोरियाली सर्वाेच्च नेता किम जोङ उनले औपचारिकरुपमा आफ्नो देशमा खाद्य संकट रहेको स्वीकारेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

    शीर्ष नेताहरुको बैठकलाई सम्बोधन गर्दै नेता किमले कृषि क्षेत्रले मुलुकको खाद्य माग धान्न नसकेकाले अवस्था तनावपूर्ण बन्दै गएको बताएका हुन् ।

    अघिल्लो वर्ष आएको आँधीका कारण अन्न उब्जनीमा ह्रास आएकाले अहिले माग धान्न नसकेको उनको भनाइ छ ।

    मागअनुसार पूरा गर्न नसकेपछि उत्तर कोरियामा खाद्यान्नको मूल्य निकै बढेको एनके न्यूजले जनाएको छ ।  सो न्यूजकाअनुसार एक किलो केराको मूल्य ४५ अमेरिकी डलरसम्म पुगेको छ । 

     


    आषाढ ३, २०७८ बिहिवार १४:३२:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # उत्तर कोरिया
  • # खाद्य संकट

  • क्यानाडा नेपाल

    अमेरिकी र रुसी राष्ट्रपतिबीच लामो भेटवार्ता, राजदूत पठाउन सहमति 

    आषाढ ३

  • 142
    SHARES
  • अमेरिकी र रुसी राष्ट्रपतिबीच लामो भेटवार्ता, राजदूत पठाउन सहमति 

    वाशिङ्टन - विश्वका शक्तिशाली दुई देशका प्रमुखहरूबीच लामो भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच जेनेभामा झण्डै तीन घण्टा भेटवार्ता भएको हो । 

    दुई देशका राष्ट्रप्रमुखहरूबीच भौतिक उपस्थितिमा सन् २०१८ पछि पहिलो पटक भएकाले पनि उहाँहरुको अहिलेको भेटवार्तालाई धेरै महत्वका साथ हेरिएको छ । 

    वार्ताका लागि तीन घण्टाभन्दा बढी समय छुट्याइएको भएपनि बाइडेनले आफूलाई थप समय नचाहिएको बताएपछि तीन घण्टामा बैठक सकिएको थियो । 

    बैठकपछि अमेरिकी राष्ट्रपति बाइडेनले रूससँग सम्बन्ध सुधारको वास्तविक सम्भावना अहिले देखा परेको प्रतिक्रिया दिनुभएको थियो । उहाँहरूले दुवै देशमा एक अर्काका राजदूतहरू पठाउने सहमति पनि गर्नु भएको जनाइएको छ । यसअघि सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा रूसले हस्तक्षेप गरेको आरोप अमेरिकाले लगाएपछि दुबै देशहरूले छलफलका लागि भन्दै आआफ्ना राजदूत फिर्ता गरेका थिए ।

    त्यसैगरी, दुवै पक्षले परमाणु अस्त्र नियन्त्रणबारे छलफल आरम्भ गर्न सहमति जनाएको पनि समाचारहरूमा उल्लेख गरिएको छ । 
    झण्डै साढे २ बर्षदेखि जेलमा राखिनु भएका विपक्षी नेता अलेक्सी नभाल्नीको बारेमा पनि उहाबीचमा पर्याप्त छलफल भए पनि कुनै सहमति भएको संकेत भने नदेखिएको अधिकारीहरुले बताएका छन् । 

    त्यसैगरी साइबर सुरक्षा, युक्रेनलगायतका विषयमा पनि सकारात्मक उपलब्धि भएको कतै उल्लेख गरिएको छैन । उहाँहरूले कतिपय विषयमा आ–आफ्ना अडानहरू अझै पनि कायमै राखेकाले सन्तोषजनक नभएको टिप्पणी पनि गरिएको छ । एपी
     


    आषाढ ३, २०७८ बिहिवार २०:४४:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भेटवार्ता
  • images
    images
    ताजा खबर