• May 10 2021 | २०७८, बैशाख २७गते

२०७८, बैशाख २७गते

विदेशमा थप ४ जना नेपालीको कोरोना संक्रमणबाट ज्यान गयो

चैत्र २२ २०७७
  • 520
    SHARES
  • विदेशमा थप ४ जना नेपालीको कोरोना संक्रमणबाट ज्यान गयो

    काठमाडौँ - कोरोना सङ्क्रमणबाट विदेशमा थप चार नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता कतारमा तीन र रुसमा एक गैरआवासीय नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।
     
    सङ्घका अनुसार कोरोना सङ्क्रमणका कारण शनिबार साँझसम्म हालसम्म २३ देशमा रहेका ३४९ नेपालीको निधन भएको  छ । उनका अनुसार  यो साता माल्दिभ्स, मलेसिया, कतार र युएईमा रहेका नेपालीमा थप कोरोना सङ्क्रमण देखिएको छ । 

    हालसम्म ५४ देशमा ६५  हजार २८७  नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये  ६२ हजार  ६६३ कोरोना सङ्क्रमणमुक्त भएका छन् ।पछिल्लो समय नेपालसहित विश्वका विभिन्न मुलुकमा पनि कोरोनाको जोखिम थप बढ्दै गएकाले स्वास्थ्य सावधानी अपनाउन सङ्घले अनुरोध गरेको छ ।रासस  
     


    चैत्र २२, २०७७ आइतवार २०:१८:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • अर्कोसमाचार

    अमेरिकामा सडक दुर्घटनामा परी एक नेपाली युवकको मृत्यु

    चैत्र ३०

  • 674
    SHARES
  • अमेरिकामा सडक दुर्घटनामा परी एक नेपाली युवकको मृत्यु

    काठमाडौं - अमेरिकामा सडक दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुरको चाँगुनारायण नगरपालिका ६, बास्तोला गाउँ घर भएका २४ वर्षका सुविन बास्तोला रहेका छन् । 

    सडक दुर्घटनामा परी घाइते भएका उनको त्यहाँको एक अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको हो । उनी सवार गाडीलाई अर्को एक गाडीले ठक्कर दिएको जनाइएको छ । 

    दुर्घटनामा मृत्यु भएका बास्तोला सपरिवार अमेरिका बसोबास गर्दै आइरहेका थिए । अमेरिकामा उनी आमा, बा, बहिनीसँग बस्ने गर्दथे । 

     


    चैत्र ३०, २०७७ सोमवार १३:२५:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमेरिका
  • कुवेतमा कोरोना संक्रमणबाट २ नेपालीको ज्यान गयो  

    बैशाख ४

  • 490
    SHARES
  • कुवेतमा कोरोना संक्रमणबाट २ नेपालीको ज्यान गयो  

    काठमाडौं - विदेशमा कोरोनाभाइरसको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुवेतमा रहेका विराटनगरका सन्तोष कुमार दर्जी र स्याङ्गजाका बम बहादुर पुलामी रहेका छन् । 

     एनआरएनए कुवेतका महासचिव दिल कुमारका अनुसार पाख्रिन उनीहरु दुवैको बिहिबार उपचारको क्रममा मृत्यु भएको हो । कुवेतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै गएकोले त्यहाँ कार्यरत रहेका नेपालीहरुलाई सचेत रहन  एनआरएनए कुवेतले आग्रह गरेको छ । 

    कुवेतमा हालसम्म २ लाख ५४ हजार बढी कोरोना स.क्रमित पुगेका छन् भने १ हजार ४ सय बढीको मृत्यु भइसकेको छ । 


    बैशाख ४, २०७८ शनिवार १३:१०:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # कुवेत
  • अष्ट्रेलियाद्वारा कोरोनाको कारण भारतबाट हुने उडानहरू घटाउने

    बैशाख ९

  • 422
    SHARES
  • अष्ट्रेलियाद्वारा कोरोनाको कारण भारतबाट हुने उडानहरू घटाउने

    क्यानबरा - अष्ट्रेलियाले भारतमा कोभिड–१९ सङ्क्रमणका घटनाहरूको बढ्दो सङ्ख्याप्रति प्रतिक्रिया जनाउँदै भारतबाट आउने उडानहरू अस्थायी रूपमा कम गर्ने भएको छ।
     
    बिहीबार प्रधानमन्त्री स्कट मोरिसन र राज्य र क्षेत्र नेतासहितको राष्ट्रिय क्याबिनेट बैठकले भारतबाट उडानको मात्रालाई ३० प्रतिशत कम गर्ने निर्णय लिएको हो। 

    भारतजस्ता उच्च जोखिम भएका देशहरूका यात्रीहरूले उडान गर्नुभन्दा ७२ घण्टा पहिले आफूलाई कोभिड–१९ सङ्क्रमण नदेखिएको पुष्टि हुने स्वास्थ्य प्रमाणपत्र देखाएर मात्र अष्ट्रेलिया आउन पाउने व्यवस्था गरेको हो।

    बैठकपछि प्रधानमन्त्री मोरिसनले पत्रकारसँग भने, “हामी जोखिममा रहेका अष्ट्रेलियामा जाने प्रस्थानका विकल्पलाई पनि थप सीमित गर्नेछौं।”

    उनले भने, “सबै प्रावधान कोभिडलाई मध्यनजर गरी राखिएकोले महामारीको प्रभाव कम हुँदासाथ पहिलेको अवस्थामा आउनेछ।” 

    अष्ट्रेलियाको यो निर्णय भारतमा बुधबार र बिहीबारको २४ घण्टाभित्र कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या तीन लाख १४ हजार कटेपछि आएको हो।रासस   


    बैशाख ९, २०७८ बिहिवार २१:५७:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • कोरोना संक्रमणबाट भारतमा २० सहित २३ जना नेपालीको ज्यान गयो, कहाँ कति ?

    बैशाख १२

  • 494
    SHARES
  • कोरोना संक्रमणबाट भारतमा २० सहित २३ जना नेपालीको ज्यान गयो, कहाँ कति ?

    काठमाडौं - कोरोनाभाइरसको संक्रमणबाट यस साता विदेशमा २३ जनाको नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस साता भारतका २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको हो । 

    पछिल्लो समय भारतलगायत विभिन्न देशमा बढ्दै गएको कोरोनाभाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो । 

    गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता भारतमा २०, कुवेतमा २ जना र कतारमा १ जना नेपालीको कोरोनाभाइरसको संक्रमणका कारण निधन भएको हो ।

    भारतको नयाँ दिल्लीमा १० र भारतका अन्य क्षेत्रमा थप १० गरी कूल २० जना नेपालीको  निधन भएको जनाइएको छ । निधन हुनेमा अधिकांश ५० वर्षभन्दा मुनिका रहेका छन् । योसँगै हालसम्म विश्वका विभिन्न २१ मुलुकमा सङ्क्रमणका कारण ३७२ जना नेपालीको निधन भएको छ । यस्तै हालसम्म मृत्यु भएकामध्ये २४५ जना मध्यपूर्वका रहेका छन् । 

    यस्तै हालसम्म विश्वका ५४ मुलुकमा कोरोनाभाइरसका कारण संक्रमित हुने नेपालीको संख्या ६८ हजार ५०६ जना पुगेको छ । यो साता भारत, कुवेत, कतार, युएई, रोमनिया, रुस, फिनल्यान्ड, डेनमार्क, चेक रिपब्लिक, पोल्यान्ड रहेका नेपालीमा थप कोरोना  संक्रमित फेला परेका छन् ।  


    बैशाख १२, २०७८ आइतवार २०:०७:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • कुवेतमा एक नेपालीको ज्यान गयो

    बैशाख २१

  • 422
    SHARES
  • कुवेतमा एक नेपालीको ज्यान गयो

    काठमाडौं - कुवेतमा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको सूर्यगढी गाँउपालिका(४ दार्मे गाउँका कश्येप लम्साल रहेका छन् ।

    उनको कुवेतको मुबारक अल कबिर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    गत मार्च २१ तारिखमा भूईमा लडेपछि अस्पताल लगिएको थियो । कुवेतमा एक फुड कम्पनीमा कार्यरत रहेका उनको उच्च रक्तचापका कारण मृत्यु भएको जनाइएको छ । नेपाली दूतावासले उनको शव नेपाल पठाउने तयारी गरेको जनाइएको छ । 
     


    बैशाख २१, २०७८ मंगलवार १२:४८:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कुवेत
  • अमेरिकामा एक नेपालीको ज्यान गयो

    बैशाख २६

  • 330
    SHARES
  • अमेरिकामा एक नेपालीको ज्यान गयो

    काठमाडौं - अमेरिकामा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभा खाँदबारी ६ तल्लो पांगाका सागर घिमिरे रहेका छन् । 

    उनको अमेरिकाको मेरील्याण्ड राज्यमा गोली प्रहार तथा आगजनीमा परेर शनिवार मृत्यु भएको हो । उक्त आगजनीमा उनीसहित अन्य ४ जनाको मृत्यु भएको एनबीसी न्युजले जनाएको छ । 

    घिमिरेले साउथ क्यारोलाइनास्थित क्लिफ्टन विश्वविद्यालयबाट स्नातक गरेका थिए ।


    बैशाख २६, २०७८ आइतवार १२:३०:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमेरिका