• May 17 2021 | २०७८, जेठ ३गते

२०७८, जेठ ३गते

महन्थ ठाकुरको कुरा क्लियर, कांग्रेससंग सहकार्य हुँदैन

चैत्र २३ २०७७
  • 2.0K
    SHARES
  • महन्थ ठाकुरको कुरा क्लियर, कांग्रेससंग सहकार्य हुँदैन

    काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष महन्थ ठाकुरले नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाको कुरामा भर नभएकोले कांग्रेससंग सहकार्य नहुने संकेत गरेका छन् ।

    पत्रकार ऋषि धमलासंगको कुराकानीमा नेता ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीसंग जसपाको माग पूरा गर्नेगरि सहकार्य हुने बताएका छन् । प्रधानमन्त्री ओलीले जसपाको एजेण्डाहरु सम्बोधन गर्ने तयारी भएकोले गर्दा अहिले ओलीको सरकारलाई नै समर्थन गर्न सक्ने नेता ठाकुरले उल्लेख गरेका छन् ।

    जसपा पार्टीको मागहरु जेलमा रहेका नेताहरूको मुद्धा फिर्ता, संविधान संशोधन, नागरिकता, जातीय आधारमा राज्य पुनःसंरचनालगायत छन् जुन प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने वाचा गरेको नेता ठाकुरले भनेका छन् । अहिलेको अवस्थामा नेपाली कांग्रेसले बोली फेरिरहेकोले गर्दा विश्वास गर्न नसकिने नेता ठाकुरले जनाएका छन् ।

    कार्यक्रममा नेता ठाकुरले भने, "संसद विघटन गरेर जुन गल्ती प्रधानमन्त्री ओलीले गर्नुभयो त्यसलाई अदालतले सच्याईसकेको छ । अहिले संसद राम्रो संग चलिरहेको छ त्यसैले त्यहिँ कुरालाई लिएर अल्झिरहनु भएन नि । अहिले शेरबहादुर देउवा कुरा फेरेर बोल्ने अनि प्रचण्ड ज्यु सरकारको समर्थन फिर्ता नलिने अनि जसपालाई दोष लाउने ? हाम्रो माग प्रधानमन्त्रीले सम्बोधन गर्ने गरि अघि बढ्नु भएको छ भने हामी किन ओलीलाई साथ नदिनु ?"

    कुराकानीको क्रममा महन्थ ठाकुरले आफू सरकारको नेतृत्व गर्न समेत तयार रहेको बताएका छन् । सरकारको नेतृत्व गर्नु भन्दा मुख्य कुरा जसपाको माग रहेकोले माग पूरा भए सरकारमा जाने वा सरकार बाहिर बसेर ओलीलाई समर्थन गर्न सक्ने नेता ठाकुरको भनाई रहेको छ ।

    डा. बाबुराम भट्टराईले गरेको टिक्का टिप्पणी बारे नेता ठाकुरले चर्किदैं भने, "बाबुराम जी चाँही बन्दुक बोकेर आन्दोलन गर्दै आउनु भयो र अहिले प्रधानमन्त्रीको लाईनमा हुनुहुन्छ तर थारु आन्दोलन गरेकाहरु चाँही जेलमा बस्नुपर्ने ? यो माग हेर्नुपर्दैन नेता भट्टराईले ?"


    चैत्र २३, २०७७ सोमवार ११:२९:०५ बजे : प्रकाशित

    अर्कोसमाचार

    सीसीएमसीको बैठकमा प्रधानमन्त्रीको निर्देशन– पैसाको अभावले कसैको ज्यान नजाओस् 

    सीसीएमसीको बैठकमा प्रधानमन्त्रीको निर्देशन– पैसाको अभावले कसैको ज्यान नजाओस् 

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस संक्रमित नागरिकको पैसाको अभावले ज्यान जाने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन् । 

    आइतबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘क्वीक रेस्पोन्स टिम बनाउनुस् । हर हालतमा नागरिकको ज्यान बचाउने काममा लाग्नुप¥यो । पैसाको अभावले कसैको ज्यान जान हुँदैन ।’ 

    प्रधानमन्त्री ओली सहभागी सो बैठकले कोरोना संक्रमण नियन्त्रणका लागि राज्यको सबै शक्तिलाई  प्रयोग गर्ने निर्णय गरेको छ । 

    देशको स्वास्थ्य प्रणालीलाई एकीकृतरूपमामहामारीविरुद्ध लगाउने निर्णय गरेको सो बैठकले कानुनी जटिलता फुकाएर भए पनि स्वास्थ्य मन्त्रालय, प्रादेशिकसहितका सबैलाई अस्पताल सञ्चालन गर्ने निर्णय भएको हो । 

    लिक्विड अक्सिजन ल्याउन भारतसँग आग्रह गर्ने निर्णय गरेको सो बैठकले देशभित्रका अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा चलाउने र उद्योगलाई बिजुलीमहसुललगायतमा सहुलियत दिने पनि निर्णय गरेको छ । 


    जेठ २, २०७८ आइतवार १५:२९:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सीसीएमसी

  • क्यानाडा नेपाल

    ओली र माधवकुमारको सम्बन्ध सुध्रिँदै, विवाद समाधान गर्न कार्यदल गठन

    ओली र माधवकुमारको सम्बन्ध सुध्रिँदै, विवाद समाधान गर्न कार्यदल गठन

    काठमाडौं । सत्तारुढ नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सम्बन्ध सुुध्रिँदै जान थालेको छ । उनीहरुबीच भएका भेटवार्ता सकारात्मक र उपलब्धीमूलक बन्न थालेको छ ।

    गत बिहीबारबाट ओली र नेपालबीचको सम्बन्ध सुध्रिने बाटोमा अघि बढ्दा आइतबारसम्म आइपुुग्दा विवाद समाधानका लागि कार्यदल गठनसमेत गरिएको छ । 

    अध्यक्ष ओलीले माधवकुमारसहितका नेतामाथि गरिएको कारबाही फिर्ता लिएका थिए । करिब डेढ वर्षयताका छलफल र बैठक उपलब्धीविहीन बनिरहेका बेला गत बिहीबार यता भने एमाले एकताबद्ध हुने बाटोमा अघि बढेको छ । 

    आइतबार करिब दुई घण्टा भएको ओली र नेता नेपालबीचको वान अन वान वार्तामा पार्टीभित्रको विवाद समाधान गर्न दुवै समूहमा पाँच पाँच जना सदस्य रहने गरी १० सदस्यीय कार्यदल गठन गर्न सहमत भएका छन् । 

    सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको सो वार्तामा दुई शीर्ष नेताले ओली समूहबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने नेपाल समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त र गोकर्ण विष्ट रहेको १० सदस्यीय कार्यदल गठन गरेका हुन् । 

    गत शुक्रबार सिंहदरबारमा भएको वार्तामा जेठ २ लाई आधार बनाएर पार्टीभित्रका समस्या समाधान गर्ने सहमति भएको थियो ।


    जेठ २, २०७८ आइतवार १५:४४:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कार्यदल गठन

  • क्यानाडा नेपाल

    सरकार कोरोना नियन्त्रणमा असफल भएको भन्दै देउवाले गरे स्वास्थ्यकर्मीको प्रशंसा 

    जेठ २

  • 130
    SHARES
  • सरकार कोरोना नियन्त्रणमा असफल भएको भन्दै देउवाले गरे स्वास्थ्यकर्मीको प्रशंसा 

    काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा दिनरात बिरामीका उपचारमा लागिपरेका चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकलगायत  सबैप्रति कृतज्ञता व्यक्त गर्दै प्रशंसा गरेका छन् ।

    सामाजिक सञ्जालमार्फत देउवाले फ्रन्टलाईनमा खटिएका स्वास्थ्यकर्मीको प्रशंसा गरेका हुन् । 

    सरकार कोरोना नियन्त्रणमा लगभव असफल भएको भन्दै उनले फ्रन्टलाइनरको मेहनतले बिरामीमा आशाको किरण देखिएको जनाएका छन् । एक दिन राज्यले पक्कै पनि फ्रन्टलाइनरले यो कठिन अवस्थामा गरेको योगदानको कदर गर्ने उनले बताए । 

    उनले भनेका छन् - कोरोना महामारीको अहिलेको कठिन समयमा दिनरात विरामीहरुको उपचारमा लागिपरेका चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मीहरु, एम्बुलेन्स चालक लगायत फ्रन्टलाईनमा काम गर्ने सबैप्रति म हार्दिक कृतज्ञता व्यक्त गर्दै उहाँहरुको उच्च प्रशंसा गर्न चाहन्छु । 

    सरकार कोरोना नियन्त्रणमा लगभव असफल भएको अहिलेको अवस्थामा तपाई फ्रन्टलाईनरहरुको मेहनतले विरामीहरुमा आशाको किरण  देखिएको छ। एक दिन राज्यले पक्कै पनि तपाईहरुको यो कठिन अवस्थामा गरेको योगदानको कदर गर्नेनै छ। फ्रन्टलाईनमा खटिएका स्वास्थ्यकर्मीहरुलाई सलाम!


    जेठ २, २०७८ आइतवार १८:३६:३५ बजे : प्रकाशित

    ओलीले भने: ''यस रूपमा नेपालमा कोभिड बढ्छ भन्ने मैले ठानेको थिइनँ'' 

    बीबीसी

    जेठ २

  • 192
    SHARES
  • ओलीले भने: ''यस रूपमा नेपालमा कोभिड बढ्छ भन्ने मैले ठानेको थिइनँ'' 

    काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाभाइरस सङ्क्रमण 'यो तहसम्म बढ्छ भन्ने आफूले नठानेको' बताएका छन्। एक सामूहिक छलफलका क्रममा उनले नेपालमा यस रूपमा कोभिड बढ्छ भन्ने नसोचेको बताएका छन्। विभिन्न अनलाइन सञ्चार माध्यमले सार्वजनिक गरेका भिडि‌ओ क्लिपमा उनले भनेका छन्, ''यस रूपमा नेपालमा कोभिड बढ्छ भन्ने मैले ठानेको थिइन। मैले के ठानेको थिएँ भने हाम्रो इम्युन सिस्टम (प्रतिरोध प्रणाली) धेरै बलियो छ त्यस कारण अलि अलि सर्ला तर यस तहमा चाहिँ वृद्धि हुन सक्दैन जस्तो लागेको थियो। तर यस तहमा वृद्धि भयो" ।

    ''सामान्य इम्युन सिस्टमले (साधारण प्रतिरोधी क्षमताले)पनि यसलाई रेजिस्ट (रोक्न) गर्न सक्दो रहेनछ। यद्यपि इम्युन सिस्टमको (रोग प्रतिरोधी क्षमताको) काम छैन होइन। त्यो जति मात्रामा मानिसहरू रिभाइभ (निको) भएका छन् त्यसमा इम्युन सिस्टमको अवश्य नै भूमिका हुन्छ। यससँग इम्युन सिस्टमको भूमिका नहुने होइन।''

    कोरोनाभाइरस महामारी फैलिएका बेला शरीरको रोग प्रतिरोधी क्षमता सुदृढ बनाउन बेसार पानी खान र अम्बाको पात उमालेर पानी खाने गर्नुपर्ने सुझाव उनले बारम्बार दिने गरेका थिए । उनको भनाइको वैज्ञानिक आधार नरहेको बताउँदै कतिपय विज्ञ लगायत सामाजिक सञ्जालमा ओलीको आलोचना र उपहास हुँदै आएको छ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा कोभिड-१९ सँग सम्बन्धित कारण ५ हजार भन्दा बढी सर्वसाधारणहरुले ज्यान गुमाएका छन्। नेपालमा साढे ४ लाखका हाराहारीमा मानिसहरू कोभिडबाट सङ्क्रमित भएका छन्।


    जेठ २, २०७८ आइतवार १८:५८:४३ बजे : प्रकाशित

    उपेन्द्र यादवले भने - प्रधानमन्त्री ओलीले फेरि शपथग्रहण गर्नुपर्छ

    जेठ २

  • 562
    SHARES
  • उपेन्द्र यादवले भने - प्रधानमन्त्री ओलीले फेरि शपथग्रहण गर्नुपर्छ

    काठमाडौं। जनता समाजवादी पार्टी  (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि शपथग्रहण गर्नुपर्ने बताएका छन्। 

    आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवले प्रधानमन्त्रीको सपथग्रहणमा राष्ट्रपतिद्वारा वाचन भएको सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दछु भन्ने वाक्याशमा प्रतिज्ञा गर्दछ नभनी ’सत्यनिष्ठापूर्वक त्यो पर्दैन’ भनेर शपथग्रहण गरेकाले यसले देशको राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आंच पुगेकोले उक्त शपथग्रहण वदर गरी पुनः शपथग्रहण गर्न माग गरेका छन् । 

    कोरोनाभाइरसको दोश्रो लहरले नेपाली जनताहरू आक्रान्त भएको भन्दै उनले स्वास्थ्यकर्मी, डाक्टर, आवश्यक जनशक्ति बेड, अक्सिजन, भेन्टिलेटर र औषधीको यथाशिघ्र व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

    उनले राजदूतहरुको नियुक्ति संविधानअनुसार र समावेशीताका आधारमा नभएको पनि बताएका छन् । 

    उनले भनका छन् - 'नेपालको संविधानको धारा २८२ र २८३ मा समावेशी सिद्धान्तबमोजिम राजदुतहरू नियुक्ति गर्नुपर्ने व्यवस्था भएकोमा पटक–पटक राजदुतहरू नियुक्ति गदा समावेशी आधारमा नगरेको र त्यस्को मापदण्ड समेत उल्लङ्घन भए गरेको छ। यस्ता राजनीतिक नियुक्तिहरूमा वर्तमान सरकारले मधेशी, आदिवासी जनजाति, महिला, दलित, थारु लगायतका समुदायहरूको संविधानको व्यवस्था विपरित न्यून प्रतिनिधित्व गराई उपेक्षा र विभेद गरेका छन् । अतः राज्यका सबै अंग, तह र निकायमा समानुपातिक समावेशी मान्यता तथा त्यस सम्बन्धी मापदण्डका आधारमा नियुक्ति गर्न हाम्रो पार्टी माग गर्दछ ।'

    jasapa.jpg
     


    जेठ २, २०७८ आइतवार १९:३२:५९ बजे : प्रकाशित

    पार्टीलाई नयॉ ढंगले अगाडी बढाउने सोच राखेको भन्दै प्रचण्डले मागे सल्लाह सुझाव 

    जेठ २

  • 208
    SHARES
  • पार्टीलाई नयॉ ढंगले अगाडी बढाउने सोच राखेको भन्दै प्रचण्डले मागे सल्लाह सुझाव 

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी दिनमा पार्टीलाई नयाँ ढंगले अगाडी बढाउने सोच राखेको बताएका छन् । आइतबार साझँ सामाजिक सञ्जालमार्फत प्रचण्डले सो कुरा बताएका हुन् । 

    उनले पार्टीद्वारा आगामी दिनका लागि विचार, राजनीतिक, संगठनात्मक संरचना, घाइते अपॉग एवं शहिद परिवार लगायत नेता कार्यकताको आचरण अनि व्यवस्थापन र जिम्मेवारीको बारेमा नयॉ ढंगले अगाडी बढाउने बताएका छन् । पार्टीलाई नयॉ ढंगले अगाडी बढ्न उचित राय सल्लाह सुझावको अपेक्षा गरिएको पनि उनले बताएका छन् । 

    उनले भनेका छन् - 'हाम्रो गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र) द्वारा आगामी दिनका लागि विचार, राजनीतिक, संगठनात्मक संरचना, घाइते अपॉग एवं शहिद परिवार लगायत नेता कार्यकताको आचरण अनि व्यवस्थापन र जिम्मेवारीको बारेमा नयॉ ढंगले अगाडी बढाउने सोच राखेकोले उचित राय सल्लाह सुझावको अपेक्षा गरिएको छ। आफ्नो राय सल्लाह सुझाव तलको ईमेल ठेगानामा पठाऊनुहुन अनुरोध छ। धन्यवाद!! ईमेल ठेगाना: [email protected]'


    जेठ २, २०७८ आइतवार २१:५५:५४ बजे : प्रकाशित

    images
    images
    ताजा खबर