काठमाडौँ। पुरुषको पुरुषोत्व उसको शक्ति र स्वास्थ्यमा निर्भर गर्दछ। शरीरमा कुनै पनि प्रकारको समस्यालाई समयमै उपचार गरेन भने विवाहित तथा अविवाहित पुरुषमा थुप्रै किसिममा मानसिक तनावहरु उत्पन्न हुन थाल्छन्।
हिजोआज अपनाइने जीवनशैली र खानपानले थुप्रै पुरुषहरुको स्वास्थ्य नकारात्मक असर पुर्याइरहेको हुन्छ। अनेकौँ समस्याहरुमध्ये एक हो, पुरुषहरुको शुक्राणुको संख्या पर्याप्त नहुनु र गुणस्तरमा कमि आउनु । हरेक विवाहित दम्पतिका लागि यो समस्याले त अझै धेरै पिरोल्ने गरेको छ।
नेपाली समाजमा सन्तानसुख प्राप्त भएन भने हरेक पटक महिलामाथी प्रश्न उठाइने गरिन्छ। यद्यपि, हरेक पटक महिलालाई दोषी ठहर्याउनु गलत हुन्छ। पुरुषमा यस्ता धेरै समस्या हुन्छन्, जसकारण सन्तानको सुखभोग गर्न दम्पतिले पाउँदैनन्। तर, विश्वभर प्रविधिको विकास र विस्तारले नेपालमा पनि यस्ता अनेकौँ समस्यालाई निर्मूल गरेको थुप्रै उदाहारण छन्।
पुरुषमा हुने शुक्राणु र गुणस्तरको कमिका लागि पनि चिकित्सा विज्ञानमा थुप्रै उपायहरु छन्। यद्यपि, अनेकौँ औषधिको सेवनले पनि यस्तो समस्याबाट पुरुषहरुले निजात पाउन सकेका हुँदैनन्। तर, जीवनशैली र खानपिनमा ल्याइने थोरै परिवर्तनले पनि पुरुषको जीवनमा नयाँ खुसियाली ल्याउन सक्छ।
शुक्राणुको कमि र गुणस्तर विकासका लागि के खाने ?
शुक्राणुको गणना वृद्धि र यसको गुणस्तर विकासका लागि मकै, पुरानो धान वा चामल, गहुँ, कोदो, जौ खान सकिन्छ भने दालमा मुसुरो, सोयाबिन, मुङ, रहरी, चना दाल, मासको दालको सेवन गर्न सकिन्छ।
यसैगरी, आफ्नो दैनिक आहारमा हरियो सागसब्जी तथा फलफूलमा लौका, परवल, करेला, फर्सी, गाँजर, चुकन्दर, ब्रोकाउली, काउली, बदाम, खजुर, आँप, अंगुर, ओखर, फर्सीको बियाँ, अनार लगायतका खानेकुरालाई समावेश गर्न सकिन्छ।
यसैगरी, शुक्राणुको कमि र गुणस्तर विकासका लागि पुरुषले अश्वगन्धा, सतावरी, केसर, सिलाजित, गुर्जो, त्रिफला, ज्वानो, धनियाँ, बेसार, नरिवल, अमला, बदाम, काजु, किसमिस, मिश्रि, डार्क चकलेटको पनि सेवन गर्न सकिन्छ।
के नखाने ?
शुक्राणुको कमि र गुणस्तर विकासका लागि थुप्रै खानालाई आफ्नो दैनिक आहारबाट हटाउनु पर्ने हुन्छ । नयाँ चामल, मैदा, राजमा, मटर, कोल्डड्रिंक्स, बेकरी उत्पादन, सुर्तीजन्य पदार्थ, मदिरा, चुरोट, दहि, अत्याधिक मसला भएका खानेकुरा, जंकफुड, बयमका अचार, अत्याधिक चिल्लो खानेकुरा, अत्याधिक गुलियो तथा नुनिलो लगायतका खानेकुरा खानु हुँदैन।
चैत्र २६, २०७७ बिहिवार
१९:२१:०३ बजे : प्रकाशित