• Jul 24 2021 | २०७८, श्रावण ९गते

२०७८, श्रावण ९गते

बेलायती प्रधानमन्त्री जोन्सनलाई गोर्खा सङ्गठनहरूले पठाए पत्र

चैत्र २५ २०७७
  • 1.3K
    SHARES
  • बेलायती प्रधानमन्त्री जोन्सनलाई गोर्खा सङ्गठनहरूले पठाए पत्र

    लण्डन - भूतपूर्व गोर्खाहरूको हकहितका लागि भनी गठित भूपू गोर्खाका पाँच सङ्गठन र गैरआवासीय नेपाली सङ्घ बेलायतले संयुक्तरूपमा बेलायतका प्रधानभमन्त्री बोरिस जोन्सनलाई पत्र पठाएका छन् । लामो समयदेखि भूपू गोर्खाहरूको असमान पेन्सन तथा अन्य समस्याहरूका सम्बन्धमा पटकपटक आन्दोलन गर्दै आइरहेका सङ्गठनहरूले यसपटक एकजुट भई मङ्गलबार पत्र पठाएका हुन् ।

    पत्रमा यही जुलाई १ तारिखभित्र नेपाल र बेलायत सरकारबीच वार्ता समिति गठन गरी भूपू गोर्खालाई दिँदै आएको असमान पेन्सनलगायतका समस्याहरू समाधान गर्न आग्रह गरिएकोछ । संयुक्तपत्रका एक हस्ताक्षरकर्ता मेजर टिकेन्द्र दल देवानले पत्रको जवाफ बेलायत सरकारले जुन रूपमा फर्काउँछ सोहीअनुरुप आफूहरूले थप अन्य कार्यक्रम तयार पार्ने बताउनुभयो ।

    उक्त संयुक्तपत्रमा ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान यूकेका संयोजक थर्क राना, गेसोका कार्यवाहक सभापति धर्म तामाङ, गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, ब्रिटिस गोर्खा नेपाल भूपू सैनिक सङ्घका अध्यक्ष केशबहादुर गुरुङ, ब्रिटिस गोर्खा वेलफेयर सोसाइटीका अध्यक्ष मेजर (रि.) टिकेन्द्र दल देवान र गैरआवासीय नेपाली सङ्घ यूकेका उपाध्यक्ष एवं गोर्खा विभागका प्रमुख संयोजक प्रेम गाहा मगरको हस्ताक्षर रहेको मेजर देवानले जानकारी दिनुभयो ।

    यसैगरी सङ्गठनहरूले संयुक्तरूपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि केही समयभित्रै एक छुट्टै पत्र लेखी पठाउने कार्यक्रम रहेको बताएका छन् ।रासस 


    चैत्र २५, २०७७ बुधवार ०८:०८:४२ बजे : प्रकाशित

    अर्कोसमाचार

    बेलायतमा साइकलबाट लडेर एक नेपालीको मृत्यु

    आषाढ १२

  • 640
    SHARES
  • बेलायतमा साइकलबाट लडेर एक नेपालीको मृत्यु

    काठमाडौं - बेलायतमा एक नेपाली युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाग्लुङको गल्कोट नगरपालिकास्थित बडागाउँ स्थायी घर भएका ३४ वर्षीय बद्री चालिस रहेका छन् । 

    हाल बेलायतको नटिङघ शहरमा बस्दै आएका चालिसको शुक्रबार साइकलबाट लडेर मृत्यु भएको हो । उनी भलिबल खेलेर फर्केने क्रममा रोबिनहुड विद्यालय नजीक साइकलबाट लडेका थिए । 

    साइकलबाट लडेर गम्भीर घाइते भएका उनको क्विन्स मेडिकल सेन्टर नटिङघमको सघन उपचार कक्षमा उपचारको क्रममा मृत्यु भएको हो । उनी श्रीमतीसहित बेलायतमा बस्दै आएका थिए।  


    आषाढ १२, २०७८ शनिवार १३:३९:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बेलायत
  • कुवेतमा प्रेम सम्बन्धमा रहेका दुई नेपाली युवायुवतीले पासो लगाएर ज्यान फाले

    आषाढ १६

  • 1.3K
    SHARES
  • कुवेतमा प्रेम सम्बन्धमा रहेका दुई नेपाली युवायुवतीले पासो लगाएर ज्यान फाले

    काठमाडौं - कुवेतमा दुई जना नेपालीको मृत्यु भएकोछ । मृत्यु हुनेमा नुवाकोटका रञ्जित घिमिरे र सोलुखुम्बुकी पेसी शेर्पा रहेका छन् । कुवेतमा बस्दै आएका उनीहरुबीच झगडा भएपछि जुन २५ तारिखमा उनीहरुले पासो लगाएर ज्यान फालेका हुन् ।  

    एकअर्काको प्रेममा रहेका उनीहरुले विवाह गर्ने योजना बनाएका थिए । तर केही समयअघिदेखि उनीहरुबीच झगडा शुरु भएको थियो । 

    कुवेतको एक बहुराष्ट्रिय कम्पनीमा कार्यरत घिमिरेले फर्वानियास्थित आफ्नै कोठामा डोरीले पासो लगाएका हुन् । यस्तै उनकी प्रेमीका शेर्पाले आफुले काम गरिरहेको मालिकको घरमा सलले पासो लगाएकी हुन् । 

    मृतक शेर्पाको शव नेपाल आइपुगेको र घिमिरेको शव आउने तयारीमा रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । 


     


    आषाढ १६, २०७८ बुधवार १३:२४:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कुवेत
  • नेपाली शान्ति सैनिकले गरे कङ्गोमा शारी नदीमाथिको पुल मर्मत 

    आषाढ १७

  • 1.2K
    SHARES
  • नेपाली शान्ति सैनिकले गरे कङ्गोमा शारी नदीमाथिको पुल मर्मत 

    काठमाडौँ – नेपाली शान्ति सैनिकले कङ्गोको बुदनास्थित शारी नदीमाथिको पुल मर्मत गरेको छ । कङ्गोमा तैनाथ नं २४ फिल्ड गुल्म (इञ्जीनियर्स) ले लामो समयदेखि जीर्ण भएर आवागमनमा अप्ठेरो भइरहेको शारी नदीमाथिको पुलको मर्मत गरी सञ्चालनमा ल्याएको हो ।

    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार पुल मर्मतपछि स्थानीयवासी र सुरक्षा फौजलाई आफना काम र हर्कतका लागि आवतजावत गर्न सहज भएको छ ।

    मर्मतपछि त्यहाँ संयुक्त राष्ट्रसङ्घका महासचिवका विशेष प्रतिनिधि एवं त्यहाँ तैनाथ मिसनका उपप्रमुख खासिम देग्नेले सो पुल स्थानीय सरकारलाई हस्तान्तरण गर्नुभएको छ । सो अवसरमा उहाँले नेपाली सेनाले शान्ति स्थापना कार्यमा पु¥याएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुभएको बताइएको छ ।

    जीर्ण पुलको फाइदा उठाउँदै हतियारधारी समूहले स्थानीय बासिन्दालाई बेलाबेलामा दुःख दिने गरेकामा पुल मर्मतपछि सुरक्षा फौज परिचालन र आवतजावत गर्न सहज भएपछि नागरिकले सुरक्षित महसुस गरेको जानकारी दिइएको छ । 

    पुल सञ्चालनमा आएसँगै व्यापारिक केन्द्र बुनियाँसँगको व्यापारमा समेत सकारात्मक प्रभाव परेको छ । पुलमा दोहोरो आवतजावतसँगै नेपाली शान्ति सैनिकप्रति स्थानीयबासीमा अझ बढी सकारात्मक भावना पैदा भएको सेनाले विश्वास गरेको छ ।रासस 


    आषाढ १७, २०७८ बिहिवार १०:००:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली शान्ति सैनिक
  • साउदीमा एक नेपालीको ज्यान गयो

    आषाढ १९

  • 622
    SHARES
  • साउदीमा एक नेपालीको ज्यान गयो

    काठमाडौं - साउदी अरबिया एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको कल्याणपुर नगरपालिका–४ डरौलका विन्देश्वर महरा रहेका छन् । 

    उनको साउदीमा विहिवार राति उच्च रक्तचापको कारण मृत्यु भएको हो । स्वदेश फर्कने क्रममा रहेका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि एक हप्ताअघि अस्पताल भर्ना गरिएको थियो । 

    उनी तीन वर्ष पहिले साउदी पुगेका थिए । उनको शव स्वदेश ल्याउन साउदीस्थित नेपाली राजदुतावाससँग कुरा भएको र प्रक्रिया शुरु गरिएको परिवारले जनाएको छ । 


    आषाढ १९, २०७८ शनिवार १८:२६:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # साउदी अरब
  • पाकिस्तानका पूर्व राष्ट्रपति ममनुन हुसेनको निधन

    आषाढ ३१

  • 380
    SHARES
  • पाकिस्तानका पूर्व राष्ट्रपति ममनुन हुसेनको निधन

    कराँची, पाकिस्तान - पाकिस्तानका पूर्व राष्ट्रपति ममनुन हुसेनको बुधवार कराँचीमा निधन भएको छ । लामो समय बिरामी रहनुभएका उहाँको ८० वर्षको उमेरमा निधन भएको हो । 

    पाकिस्तान मुस्लिम लिग (पीएमएल) को तर्फबाट राष्ट्रपति बनेका हुसेनले सन् २०१३ देखि सन् २०१८ सम्म पाकिस्तानको १२ औं राष्ट्रपतिको रूपमा सेवा गर्नुभएको थियो । उहाँपछि पाकिस्तानी राष्ट्रपतिमा आसिफ अली जरदारीले १३ आँै पाकिस्तानी राष्ट्रपति रूपमा काम गर्नुभएको थियो । 

    गत वर्ष फेब्रुअरीमा उहाँलाई क्यान्सर भएको पत्ता लागेको थियो भने केही दिनदेखि उहाँलाई कराँचीको एक निजी अस्पतालमा उपचार चलिरहेको थियो । उहाँको उपचारका क्रममा निधन भएको हो । हुसेनका श्रीमती र तीन छोरा छन् ।

    राष्ट्रपति आरिफ अल्वीले हुसेनको निधनमा दुःख व्यक्त गर्दै शोक व्यक्त गर्नुभएको छ । उहाँले उहाँको परिवारको पीडा पनि साझा बताउनु भएको छ ।

    पीएमएल–एनका राष्ट्रपति शहबाज शरीफले पनि हुसेनको मृत्युमा दुःख व्यक्त गर्नुभएको छ । उहाँको शोक सन्देशमा भनिएको छ, “हामीले अहिले पाकिस्तानलाई माया गर्ने एक असल व्यक्तित्वलाई गुमाएका छौँ ।” 

    त्यसैगरी पीएमएल–एन का अध्यक्ष सेहबाज शरीफ, पाकिस्तानी सेनापति कमार जावेद बाजवालगायत पाकिस्तानी उच्च पदस्थ अधिकारीले हुसेनको मृत्युप्रति दुःख व्यक्त गर्नुभएको छ । 

    अल्लाहले उहाँको आत्माको मुक्तिको लागि कामना गर्नुभएको छ साथै शोक सम्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै उहाँको निधन पाकिस्तानको लागि अपूरणीय क्षति भएको उहाँहरूले बताउनुभएको छ । 

    “अल्लाहले उहाँको आत्मालाई आशिष् दिऊन् र शोक सन्तप्त परिवारजनमा यो अपूरणीय क्षतिलाई सहनको लागि बल दिऊन्,” बाजवालाई उद्धृत गरी आईएसपीआरले लेखेको छ । एएनआई
     


    आषाढ ३१, २०७८ बिहिवार १३:०१:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पाकिस्तान
  • मलेसियामा निधन भएका २४ नेपालीको शव नेपाल ल्याइयो, विमानस्थलमा रुवाबासी  

    श्रावण ९

  • 156
    SHARES
  • मलेसियामा निधन भएका २४ नेपालीको शव नेपाल ल्याइयो, विमानस्थलमा रुवाबासी  

    काठमाडौं । मलेसियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याएको छ । मलेसियामा विभिन्न समयमा मृत्यु भएका २४ नेपालीको शव शनिबार बिहान राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को जहाजले नेपाल ल्याइएको हो । 

    निगमको वाइडबडी ए३३० जहाजले मलेशियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    यसैबीच सरकारले चीनबाट खरिद गरिएको कोभिडविरुद्धको भेरोसेल खोप लिन निगको अन्तिम उडानको जहाज आइतबार चीनको बेइजिङ जाने उडान तालिका रहेको निगमले जनाएको छ । निगमले पछिल्लो पटक तीन उडानमार्फत चीनबाट खोप नेपाल ल्याएको छ ।
     


    श्रावण ९, २०७८ शनिवार १३:२०:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मलेसिया
  • images
    ताजा खबर