• May 17 2021 | २०७८, जेठ ३गते

२०७८, जेठ ३गते

ब्राजिलमा कोरोना कहर, एकै दिनमा चार हजारभन्दा बढीको मृत्यु

चैत्र २५ २०७७
  • 498
    SHARES
  • ब्राजिलमा कोरोना कहर, एकै दिनमा चार हजारभन्दा बढीको मृत्यु

    काठमाडौं । ब्राजिलमा कोरोनाभाइरस संक्रमणबाट एकैदिन चार हजार एक सय ९५ जनाको मृत्यु भएको छ ।

    ब्राजिलमा मंगलबार ज्यान गुमाएका चार हजार एक सय ९५ सहित हालसम्म कोरोना संक्रमणबाट तीन लाख ६६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । 

    पछिल्लो समय फैलिएको कोरोनाको नयाँ प्रकार कोरोना संक्रमण तीव्र भइरहेका बेला मंगलबार मात्रै चार हजार एक सय ९५ संक्रमितको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको छ । 

    संक्रमणसँगै मृत्युदर बढ्न थालेपछि ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले जनस्वास्थ्यको मापदण्ड पालना कडाइका साथ गराउन निर्देशन दिएका छन् ।  

    ब्राजिलमा कोरोना भाइरस संक्रमितको कुल संख्या एक करोड ३० लाख नाघेको छ । 


    चैत्र २५, २०७७ बुधवार १५:४४:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • अर्कोसमाचार

    विश्वभर कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ लाख ८३ हजार, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?

    जेठ २

  • 322
    SHARES
  • विश्वभर कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ लाख ८३ हजार, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?

    काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण पुन बढ्न थालेको छ । विभिन्न देशमा नयाँ भेरियन्टसहितको कोरोनाभाइरस देखिएको छ ।

    कोरोना संक्रमणका बीच विभिन्न देशमा कोरोना खोप पनि लगाइएको छ । वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले भारत लगायत केही देशमा संक्रमितको संख्या तिव्र रुपमा बढेको देखिन्छ ।

    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमितको संख्या १६ करोड ३१ लाख ६५ हजार ५ सय ७३ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३३ लाख ८३ हजार २ सय ३० पुगेको छ ।

    त्यस्तै हालसम्म विश्वमा १४ करोड १४ लाख ६२ हजार १ सय ४६ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् । त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ५ लाख ९९ हजार ८ सय ६३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ३ करोड ३६ लाख ९५ हजार ९ सय १६ पुगेको छ । यस्तै अमेरिकामा २ करोड ७० लाख ९८ हजार ६ सय २० कोरोना संक्रमित निको भइसकेका छन् । 

    त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ४ लाख ३४ हजार ८ सय ५२ पुगेको छ भने संक्रमितको संख्या १ करोड ५५ लाख ९० हजार ६ सय १३ पुगेको छ । यस्तै एक करोड ४० लाख ६२ हजार ३ सय ९६ निको भइसकेका छन् । 

    ss.PNG


    जेठ २, २०७८ आइतवार ०८:४३:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • होक्काइडोमा भूकम्पको धक्का

    जेठ २

  • 182
    SHARES
  • होक्काइडोमा भूकम्पको धक्का

    टोकियो – जापानको होक्काइडो प्रिफेक्चरमा आइतबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको जापानी मौसम विज्ञान विभाग (जेएमए) ले जनाएको छ । 

    जमिनको सतहभन्दा करिब ६० किमि गहिराईमा रहेको उक्त भूकम्प स्थानीय समय अनुसार आइतबार दिउँसो १२ बजेर २४ मिनेटमा गएको थियो । 

    भूकम्प त्यति शक्तिशाली नभएको भन्दै सुनामीको चेतावनी नदिइएको विभागले जनाएको छ ।सिन्ह्वा
     


    जेठ २, २०७८ आइतवार १३:५१:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भूकम्प
  • विश्वको सबभन्दा व्यस्त विमानस्थलका प्रमुख भन्छन् - खोप राहदानीको विकल्प छैन

    बीबीसी

    जेठ २

  • 384
    SHARES
  • विश्वको सबभन्दा व्यस्त विमानस्थलका प्रमुख भन्छन् - खोप राहदानीको विकल्प छैन

    काठमाडौँ।  अन्तर्राष्ट्रिय यात्रुहरूको लागि विश्वको सबैभन्दा व्यस्त विमानस्थलका प्रमुखले कोभिड राहदानीहरू नै अब व्यापक रूपमा वैदेशिक यात्रा पुन: निरन्तर गर्ने बाटो भएको बताएका छन्।  दुबई विमानस्थलका प्रमुख कार्यकारी पल ग्रिफिथले बीबीसीलाई भने, "मलाई लाग्दैन यसको अन्य विकल्प छ।"  

    डिजिटल प्रणालीहरूका आलोचकहरूले त्यसले खोप पाउन नसक्नेहरूप्रति विभेद हुने मत राखेका छन्। ग्रिफिथले आफू त्यस्तो दस्ताबेजको पूर्ण समर्थक भएको बताउँदै त्यसलाई 'अपरिहार्य' बताएका छन्।  

    "मलाई लाग्छ समस्या खोप राहदानी र त्यसको विभेदको होइन। विश्वव्यापी समतामूलक खोप कार्यक्रम आवश्यकता हो," उनले भने।  विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र विश्व यात्रा तथा पर्यटन परिषद् भने खोप राहदानी विरोधी मत राख्नेमध्येका हुन्।

    त्यसले 'दुई तहको समाज' सिर्जना गर्छ भन्ने यतिखेर धेरैको चिन्ता पाइन्छ। गत महिना डब्ल्यूएचओका डा. माइक रायनले खोप राहदानीका विषयमा उठ्ने नैतिक र निष्पक्षताको चासो दोहोर्‍याएका थिए। उनको भनाइ थियो, "पुरै असमान रूपमा विश्वमा खोप वितरण भइरहेका बेला यी कुराबारे सोच्नुपर्छ।"

    आर्थिक पीडा

    सरकारहरूले लगाइरहेका प्रतिबन्धहरू र यात्रुले गुमाएका आत्मविश्वासका माझ थलिएको उड्डयन क्षेत्र निकै व्यग्रतापूर्वक तङ्ग्रन खोजिरहेको छ। एयर ट्रान्सपोर्ट कार्य समूहका अनुसार महामारीअघि यस क्षेत्रले विश्वको अर्थतन्त्रमा वार्षिक ३५ खर्ब डलर योगदान पुर्‍याउँथ्यो।

    त्यसले यस क्षेत्रका विश्वका अन्य ठाउँझैँ दुबई विमानस्थलसमेत नराम्ररी थलिन पुग्यो। त्यसका बाबजुद पनि सन् २०२० मा लगातार सातौँ वर्ष दुबई अन्तर्राष्ट्रिय यात्रुको लागि विश्वको सबैभन्दा व्यस्त विमानस्थल हुन पुग्यो। सन् २०१४ मा दुबईले लन्डन हिथ्रो विमानस्थललाई उछिनेको थियो।


    जेठ २, २०७८ आइतवार १५:३८:१७ बजे : प्रकाशित

    भारतले उत्पादन गरेको कोरोनाविरुद्धको खोप प्रभावकारी

    भारतले उत्पादन गरेको कोरोनाविरुद्धको खोप प्रभावकारी

    काठमाडौँ। भारत बायोटेकले कोभाक्सिनको सम्बन्धमा ठूलो दावी गरेको छ। उसले कोभाक्सिन भारत र बेलायतमा फेला परेको कोरोनाको स्ट्रेनविरुद्ध प्रभावकारी रहेको जनाएको छ। भारत बायोटेकले आइतबार कोभाक्सिन भारत र बेलायतमा फेला परेको कोरोनाको स्ट्रेनविरुद्ध प्रभावकारी रहेको बताएको छ।

    भारतमा कोरोनाको दोस्रो लहरका कारण दैनिक तीन लाख भन्दा बढी नयाँ संक्रमित फेला परिरहेका छन्। विगत १५ दिनदेखि हजारौं संख्यामा मानिसहरूले ज्यान गुमाउनु परेको छ। अहिलेको स्थितिलाई ध्यानमा राख्दै कोरोनासँग लड्न खोप नै महत्वपूर्ण तरिका मानिएको छ। भारतमा अहिलेसम्म करिब १८ करोड व्यक्तिलाई खोप लगाइएको छ।

    भारतमा अहिलेसम्म सेरम संस्थान र भारत बायोटेकले तयार पारेको खोप सबैभन्दा बढी प्रयोग भइरहेको छ। कोभाक्सिन भारतले आफैँ उत्पादन गरेको खोप हो। जबकि, कोभिशिल्ड अक्सफोर्ड विश्वविद्यालय र एस्ट्रेजेनाद्वारा उत्पादन गरिएको खोप हो। यो पुणेको सेरम इन्स्टिच्यूटले निर्माण गरिरहेको छ।  


    जेठ २, २०७८ आइतवार १९:०१:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोनाविरुद्धको खोप
  • # भारत

  • क्यानाडा नेपाल

    बालुवाले छोपेको अवस्थामा गङ्गा नदी किनारामा शवको थुप्रो फेला (तस्बिरसहित)

    जेठ २

  • 558
    SHARES
  • बालुवाले छोपेको अवस्थामा गङ्गा नदी किनारामा शवको थुप्रो फेला (तस्बिरसहित)

    प्रयागराज – भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ । कोरोनाको संक्रमणका कारण मृत्यु भएका व्यक्तिलाई गङ्गाका तटमा जथाभावी छाडिएको भन्दै सामाजिक सञ्जालमा तस्वीरहरु पोस्ट भएपछि प्रहरीले अहिले सक्रियता बढाएको हो ।

    ganga3.jpg

    जीप र डुङ्गाबाट गस्ती गरिरहेका प्रहरीले लाउडस्पिकरको सहायताले नदीमा जथाभावी शव नफाल्न र नदी किनारामा अव्यवस्थित रुपमा शव नछाड्न आममानिसहरुलाई अनुरोध गर्न थालेका छन् । प्रहरीले लाउडस्पिकरबाट भनिरहेको थियो, “हामी तपाइँलाई अन्तिम संस्कारका लागि मद्दत गर्न यहाँ आएका हौं ।”शुक्रबार, वर्षाले उत्तर प्रदेश राज्यको प्रयागराज शहरको गङ्गा नदी किनारमा बालुवाले छोपछाप पारेका शव बेरिएका कपडा निकालिदिएको थियो ।

    ganga1.jpg

    उत्तर प्रदेश राज्य सरकारका प्रवक्ता नवनीत सेहगलले आइतबार स्थानीय सञ्चार माध्यममा छापिएका समाचारको खण्डन गर्नु भएको थियो । समाचारमा कोभिड–१९ का कारण मृत्यु भएका एक हजारभन्दा बढी शव विगत दुई सातामा गङ्गा नदी किनारामा बेवारिसे अवस्थामा भेटिएको उल्लेख थियो । तर सेहगलले दाबीका साथ भन्नुभयो, “यी शव कोभिड–१९ बाट पीडित व्यक्तिका होइनन् ।”उहाँले केही मानिसले हिन्दु परम्परा अनुसार गर्नुपर्ने आफ्ना मृतक परिवारजनको दाहसंस्कार यसपटक विभिन्न कारणले विधिपूर्वक नगरेको बताउनुभयो ।

    ganga.jpeg

    एक जना वरिष्ट प्रहरी अधिकृत के.पी. सिंहले कोभिड–१९ का कारण मृत्यु भएकाहरुको दाहसंस्कारका लागि प्रयागराजको नदी किनारामा अलग्ग ठाउँको व्यवस्था गरिएको बताउनुभयो । कसैलाई पनि नदीको सामुन्ने दाहसंस्कार गर्नबाट रोकिएको छ, उहाँले भन्नुभयो ।उहाँले प्रचार गरिएजस्तो नभई नदी किनारामा सानो संख्यामा शव भेटिएका बताउनुभयो, तर उहाँले वास्तविक संख्या दिन इन्कार गर्नुभयो ।

    g.jpg

    दाहसंस्कारका कार्यमा मद्दत गरिरहेको समाजसेवी संस्था बोन्धु महल समितिका सदस्य रमेश कुमार सिंहले ग्रामीण इलाकामा मृत्यु भएका व्यक्तिको संख्या निकै ठूलो रहेको बताउनुभयो । उहाँले दाहसंस्कारको काममा बढी खर्च र काठको अभावका कारण धेरै गरिब परिवारले आफ्ना आफन्तजनलाई नदी किनारामा त्यतिकै गाडिदिने गरेको जानकारी दिनुभयो । हालका दिनहरुमा दाहसंस्कारका लागि तीन गुणा मूल्य बढेको छ अर्थात् एक शवको व्यवस्थापनका लागि भारु १५ हजारसम्म पर्न थालेको छ । 

    ganga2.jpg

    राज्यका स्वास्थ्य अधिकारीहरुले गत साता गङ्गा नदीले छेउ लगाएका ७१ शव फेला पारेका थिए । अधिकारीहरुले ती शवको पोस्टमर्टम गरेका थिए तर शवहरु सडिसकेकाले मृत्युको ठोस कारण ठम्याउन सकेका थिएनन् ।उत्तर प्रदेशकै राजधानी लखनऊबाट करिब ४० किलोमिटर दक्षिणको उन्नाउ जिल्लास्थित गङ्गा नदी तटमा बालुवाले छोपेको अवस्थामा गत साता एक दर्जन शव फेला परेका थिए । जिल्ला मजिस्ट्रेट रवीन्द्र कुमारले मृत्युको कारण पहिल्याउन अनुसन्धान जारी रहेको बताउनु भएको छ ।

    भारतका दुई ठूला राज्यहरु उत्तर प्रदेश र बिहारमा झण्डै ३५ करोड ८० लाख मानिसको बसोबास छ । यी दुई राज्यहरु अहिले कोभिड–१९ बाट सर्वाधिक प्रभावित देखिएका छन् । तुलनात्मक रुपमा गरिब मानिएका यी दुई प्रदेशका मानिसले आफ्ना आफन्तको उपचारका लागि नजिकका शहर, बजारमा लैजाने गरेका छन् । तर धेरैको बाटोमै मृत्यु भइरहेका खबर निरन्तर आइरहेका छन् । केही हप्तादेखि तिब्र गतिमा फैलिएको कोरोनाभाइरस अहिले केही मत्थर हुन लागेको सरकारका स्वास्थ्य सल्लाहकार डा भि.के. पलले बताउनुभयो ।

    भारतीय स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणमा विगत २४ घण्टामा भारतमा तीन लाख ११ हजार व्यक्ति कोभिड–१९ बाट संक्रमित भएका उल्लेख छ । यो संख्या अघिल्लो दिनको भन्दा करिब १५ हजारले कमी हो । तर मृत्यु दरमा भने कमी आएको छ । विगत २४ घण्टामा भारतमा चार हजार ७७ जनाको कोभिडको संक्रमणकै कारण मृत्यु भएको छ । योसहित भारतमा कूल मृतकको संख्या दुई लाख ७० हजार २८४ पुगेको छ । कतिपय विज्ञहरुले यो संख्याभन्दा अझ बढी व्यक्तिको मृत्यु भएको दाबी गरेका छन् ।एपी, तस्बिर - सामाजिक सञ्जाल


    जेठ २, २०७८ आइतवार २१:२९:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गङ्गा नदी
  • दिल्लीमा फेरि एक साता लकडाउन थप, केजरीवालले भने - लकडाउनले नै कोरोना नियन्त्रणमा आउछ

    जेठ २

  • 270
    SHARES
  • दिल्लीमा फेरि एक साता लकडाउन थप, केजरीवालले भने - लकडाउनले नै कोरोना नियन्त्रणमा आउछ

    काठमाडौं - भारतको दिल्लीमा थप एक साता लकडाउन थपिएको छ । कोरोनाभाइरसको संक्रमण घट्दै गए पनि फेरि मे २४ सम्म थप गर्ने मुख्यमन्त्री अरविन्द केजरीवालले निर्णय गरेका हुन् । 

    लकडाउनकै कारण कोरोना नियन्त्रणमा आएको भन्दै लकडाउन लम्बाइएको केजरीवालले बताएका छन् । उनले लकडाउन नै कोरोना नियन्त्रणको मुख्य उपाय भएको बताएका छन् । 

    यसअघि दिल्लीमा मे ३, मे १० र १७ मेमा गरी तीन पटक लकडाउन बढाइएको छ । दिल्लीमा पछिल्लो समय कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सयको आसपास रहेको छ । 


    जेठ २, २०७८ आइतवार २२:१०:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • images
    images
    ताजा खबर