• Apr 13 2021 | २०७७, चैत्र ३१गते

२०७७, चैत्र ३१गते

बिस्केट जात्रा नरोक्न सर्वोच्च अदालतको अन्तरिम आदेश

क्यानाडानेपाल चैत्र २५ २०७७
  • 256
    SHARES
  • बिस्केट जात्रा नरोक्न सर्वोच्च अदालतको अन्तरिम आदेश

    काठमाडौं । सर्वाेच्च अदालतले भक्तपुरमा मनाइने बिस्केट जात्रा नरोक्न अन्तरिम आदेश दिएको छ ।

    जात्रा रोक्ने भिक्तपुर कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको बैठकको निर्णयविरुद्ध दायर रिटमाथि बुधबार सुनुवाइ गर्दै न्यायाधीश पुरूषोत्तम भण्डारीको एकल इजलासले  बिस्केट जात्रा नरोक्न अन्तरिम आदेश दिएको हो ।  

    गत वर्ष पनि कोरोनाका कारण जात्रा हुन सकेको थिएन  भने यस वर्ष पनि रोक्ने निर्णय भएपछि यसविरुद्ध अधिवक्ता राजकुमार सुवालले सर्वाेच्च रिट दायर गरेका थिए । यही चैत्र २८ गतेदेखि जात्रा सुरु हुँदैछ ।


    चैत्र २५, २०७७ बुधवार १८:४३:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अन्तरिम आदेश
  • # बिस्केट जात्रा

  • क्यानाडानेपाल

    अर्कोसमाचार

    उत्पादित वस्तुको बजारीकरणका लागि अध्ययन सुरु : मन्त्री अर्याल

    क्यानाडानेपाल

    चैत्र ३०

  • 66
    SHARES
  • उत्पादित वस्तुको बजारीकरणका लागि अध्ययन सुरु : मन्त्री अर्याल

    मुस्ताङ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि उत्पादनको बजारीकरणका लागि सरकारले शुरु गरेको बताएकी छन् ।

    हिमालपारीको जिल्ला मुस्ताङमा रहेको प्रधानमन्त्री कृषि आधुनिकिरण कार्यक्रम अन्तरगत स्याउ जोन मुस्ताङले जिल्ला भित्रका कृषकहरुलाई हाइब्रिड स्याउका बिरुवा वितरण गर्ने कार्यक्रमको सोमबार शुभारम्भ गर्दै मन्त्री अर्यालले स्याउको नर्सरी बनाउनका लागि बजेट तथा कार्यक्रम स्वीकृत भै सकेकोले आगामी दिनमा स्याउ कृषकलाई बिरुवाको अभाव नखड्किने प्रतिबद्धता जनाइन् । 
    जिल्ला भित्रका प्रतिनिधिहरुले आफ्नो भूमिका उत्कृष्ट तवरले निर्वाह गरेको बताउँदै मन्त्री अर्यालले आगामी दिनमा जिल्ला कृषि तथा पशुपंक्षीको उत्पादकत्व बढाउने कार्यका लागि आफ्नो उपस्थिति र भूमिका मजबुत बनाउन आग्रह गरिन् । 

    जोमसोममा स्याउका बिरुवा कृषकलाई हस्तान्तरण गरेर कृषिमन्त्री अर्यालले विरुवा वितरण कार्यक्रमको शुभारम्भ गरेकी हुन् । स्याउ जोन जोमसोमले युरोपियन मुलुक इटालीबाट ल्याएर हाइडेन्सीटी स्याउका बिरुवा वितरण गर्न लागेको स्याउ जोनका वरिष्ठ कृषि अधिकृत सुधीर थापाले बताए । 

    ९ हजार २ सय ३० बिरुवा वितरण गर्ने योजना अनुरुप पहिलो चरणमा सोमबार ६ हजार २ सय ४० विरुवा वितरण गर्न लागिएको वरिष्ठ अधिकृत थापाले बताए । 

    जिल्ला भित्रका विभिन्न १५ वटा सहकारी तथा समूहले स्याउका बिरुवा माग गरेकोले स्याउ जोन मुस्ताङ मार्फत गोल्डेन डेलिसियस, गाला, फुजी र रेड डेलिसियस जातका बिरुवा ल्याएर बितरण गरिएको हो । नेपालमा बिरुवा उत्पादन नभएको हुनाले हाइडेन्सीटी स्याउ एक मिटरको दुरीमा लगाउन मिल्ने र उत्पादन बढी दिने भएकाले पनि मुस्ताङमा यो स्याउ उत्कृष्ट हुने थापाले बताए । 

    संघीय सरकारको बजेट अनुरुप ५० प्रतिशत अनुदानमा वितरण गरिएको उक्त स्याउको बिरुवा जोमसोम आइपुग्दा प्रतिबोट एक हजार १ सय ७० रुपैंया खर्च लागेको छ ।

    संघिय सरकारको बजेटमा मुस्ताङ जिल्ला भित्र २ करोड ६० लाखमा स्याउको बिरुवा वितरण, नर्सरी, साना सिंचाई लगायतका कार्यक्रम सञ्चालन हुने  प्रधानमन्त्री कृषि आधुनिकिरण कार्यक्रम अन्तरगत स्याउ जोन मुस्ताङका बरिष्ठ कृषि अधिकृत सुधीर थापाले बताए । 


    चैत्र ३०, २०७७ सोमवार १६:३८:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # उत्पादित वस्तु

  • क्यानाडानेपाल

    सिल्क फेसनको वार्षिकोत्सवमा कोमलले गरिन् आफ्नै तारिफ

    क्यानाडानेपाल

    चैत्र ३०

  • 128
    SHARES
  • सिल्क फेसनको वार्षिकोत्सवमा कोमलले गरिन् आफ्नै तारिफ

    काठमाडौंको जमलस्थित मायालु भवनमा रहेको सिल्क फेसनले शनिवार आफ्नो सातौं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सव समारोहमा राष्ट्रिय सभा सदस्य तथा चर्चित गायिका एवं संचारकर्मी कोमल ओली प्रमूख अतिथीको रुपमा उपस्थित थिईन् ।

    कार्यक्रममा शुभकामना दिँदै ओलीले स्थापना कालदेखी नै आफु श्रृजना पोखरेलले संचालन गर्दै आएको सिल्क फेसनसँग जोडिएको बताईन् । 'म शुरुदेखी नै यो फेसन हाउससँग जोडिएकी छु । यहाँका हरेक कस्ट्युम फिट पाएकी छु । म यहाँका कस्ट्युम लगाउन पाउँदा भाग्यमानी ठानेकी छु', कोमलले भनिन् । ओलीले आफ्नो सुन्दरताको तारिफ आँफैले गरिन् । अन्य महिलाहरुलाई प्रेरणा प्रदान गर्ने उद्देश्य सहित उनको भनाई थियो, 'मैले आफुले आफुलाई निकै राम्री देख्छु । बिहानै ऐना हेरेर मुसुक्क हाँस्छु । वाह कोमल ओली तिमी कति राम्री छौ भन्छु', उनले थपिन्, 'आफैले आफैलाई प्रेम गरेन भने अरुलाई पनि प्रेम दिन सकिदैन । आँखाहरुलाई इर्ष्यालु नबनाउन आफैलाई हेरेर दंग पर्नुपर्छ' ।

    नेपाली डिजाईनका कस्ट्युमहरु विकसित देशमा महिला तथा पुरुषहरुले लगाउन थालेको भन्दै ओलीले महिला उद्यमीहरुको सहभागिता र प्रयासले उक्त कुरा सम्भव रहेको बताईन् । 'अहिले महिलाहरुको सहभागितामा विदेशमा नेपालमा गरिएका डिजाईनका कस्ट्युमहरु निर्यात भईरहेको छ । यो उर्जाशिल कुरा हो र राष्ट्र निर्माणमा ठुलो योगदान हो । म हरेक महिला उद्यमीको साथमा छु । केहि पर्‍यो भने सिधै भन्नुहोला, म तपाईँकै प्रतिनिधी हुँ', कोमलले बताईन् ।

    कार्यक्रममा सिल्क फेसनकी संचालक श्रृजना पोखरेलले विगत सात बर्षदेखी आफ्नो डिजाईनका कस्ट्युमहरु ग्राहकले मन पराएको बताईन् । नेपालका चर्चित सेलिब्रेटीहरुको लागि समेत डिजाईन गर्ने पोखरेलले सिल्क फेसनले अब भने पुरुषको कस्ट्युममा समेत काम गर्ने योजना भएको बताईन् ।

    गायिका सुनिता दुलालले आफु सिल्क फेसनको पहिलो ब्राण्ड एम्बेसडर भएको सम्झना गरिन् । सिल्क फेसनद्वारा सम्मानित समेत भएकी उनले भनिन्, 'यहाँमा हरेक डिजाईन र गुणस्तर तारिफयोग्य छन् । आज यहिँ सम्मानित हुन पाउँदा खुशी लागेको छ' ।

    कार्यक्रममा बिशिष्ट अतिथीको रुपमा बरिष्ठ कलाकार हरिवंश आचार्यकी पत्नी रमिला आचार्य थिइन् । गायिका सुनिता दुलाल, सौन्दर्यविद रश्मिला श्रेष्ठ, व्यावसायि सपना थापा, शिक्षाविद उर्मिला बस्नेत, समाजसेवी कल्पना क्षेत्री र फेसन व्यावसायि शैलजा अधिकारीलाई सातौं बार्षिकोत्सवको अवसरमा सम्मानित गरिएको थियो । कार्यक्रममा गायिका सहिमा श्रेष्ठ तथा मोडल खुश्बु खड्काको पनि उपस्थिती थियो ।


    चैत्र ३०, २०७७ सोमवार ०९:५२:४३ बजे : प्रकाशित


    क्यानाडानेपाल

    काठमाडौंको नागार्जुन जंगलमा लागेको आगो निभाउन हेलिकप्टरबाट पानी झारियो 

    क्यानाडानेपाल

    चैत्र २९

  • 310
    SHARES
  • काठमाडौंको नागार्जुन जंगलमा लागेको आगो निभाउन हेलिकप्टरबाट पानी झारियो 

    काठमाडौं । काठमाडौं । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगो निभाउन हेलिकप्टरको प्रयोग गरिएको छ । मुलुकभरका जंगलमा डढेलो लागेका बेला आइतबार काठमाडौंकै नागार्जुन जंगलमा लागेको आगो निभाउन हेलिकप्टरको प्रयोग गरिएको हो ।

    दकमलको सहायताले आगो निभाउने प्रयास असफल भएपछि बुढानिलकण्ठ नगरपालिका–१ को जंगलमा लागेको आगो नियन्त्रणमा लिन सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरिएको हो ।

    सुन्दरीजलबाट सिम्रिक एयरको हेलिकप्टरबाट ल्याएको पानी खसालेर आगो निभाउने काम भइरहेको छ । 

    हेलिकप्टरबाट पानी खसाल्नु अघि काठमाडौँ महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रको दमकलमबाट आगो निभाउने प्रयास गरिएको थियो । 


    चैत्र २९, २०७७ आइतवार १६:३०:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नागार्जुन जंगल

  • क्यानाडानेपाल

    काठमाडौंको नागार्जुन जंगलमा आगलागी, हेलिकप्टरबाट पानी खसाल्ने तयारी

    क्यानाडानेपाल

    चैत्र २९

  • 222
    SHARES
  • काठमाडौंको नागार्जुन जंगलमा आगलागी, हेलिकप्टरबाट पानी खसाल्ने तयारी

    काठमाडौं । काठमाडौंस्थित नागार्जुन जंगलमा लागेको आगो निभाउनु प्रयास भइरहेको छ ।

    मुलुकभरका अधिकांश स्थानमा डढेलो लागिरहेका बेला आइतबार नागार्जुन जंगलमा लागेको आगो नियन्त्रणको प्रयास भइरहेको हो । 

    काठमाडौँ महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रको दमकलको सहायताबाट आगो निभाउने प्रयास गरिएको छ ।

    तर, दमकलबाट आगो निभाउन नसकिएमा हेलिकप्टरबाट पनि पानी खसाल्ने तयारी गरिएको छ ।


    चैत्र २९, २०७७ आइतवार १५:४०:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आगलागी

  • क्यानाडानेपाल

    जनयुद्धकी आमा, जसको तस्बिरले मनलाई दुःखी बनायो

    क्यानाडानेपाल

    चैत्र २९

  • 1.3K
    SHARES
  • जनयुद्धकी आमा, जसको तस्बिरले मनलाई दुःखी बनायो

    काठमाडौं । आमा कसैको कुभलो सोच्न सक्दिनन् । सन्तानको सुखका लागि आफू पीडामा बिताउन राजी हुने आमा सन्तानको दुःख हेर्न भने सक्दिनन् ।

    आमाको परिभाषा र महत्व शब्दमा वर्णन गर्न सम्भव छैन । वर्णन गर्न असम्भव आमाको पीडा हरेक सन्तानलाई पिडादायी हुन्छ, चाहे ति आफ्नी आमा हुन् वा अरु कसैकी, उनी सबैकी प्रिय हुन्छन् । 

    शनिबार साँझ ७ बजेर १७ मिनेटमा सामाजिक सञ्जाल फेसबुकमा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले आफ्नी आमा सीता दाहालसहितको तस्बिर पोष्ट गरिन् ।  साथमा रेणुकी बहिनी गंगा दाहाल पनि थिइन् । 

    दुई छोरी र आमाको तस्बिरमा देखिएको सीताको अवस्थाले सबैलाई चिन्तित् तुल्यायो नै, उनको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ । 

    विद्यमान राजनीतिक उपलब्धी हासिल गर्न सीताको योगदान अवर्णित छ । पति र छोराछोरीलाई मात्रै होइन स्वयं आफू पनि जनयुद्ध होमिएकी सीतालाई माओवादी युद्धकालमा धेरैले आमा भनेर सम्बोधन गरे । अहिले तिनै आमा बिरामी अवस्थामा छिन् ।

    पति पुष्पकमल दाहाल प्रचण्डले उनको उपचारमा कुनै कमि आउन दिएका छैनन् । जति शरीरलाई रोगले गलायो, त्यो भन्दा बढी उनलाई सन्तान वियोगको पीडा सतायो । एक छोरी र एक छोरा गुमाएकी जनयुद्धकी आमा सीता पार्किन्सन्सजस्तो मस्तिष्कसम्बन्धी जटिल रोग प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी)बाट पीडित छिन् । 

    अमेरिका, सिंगापुर, भारतसहित विभिन्न मुलुकमा उनको उपचार गरिए पनि निको हुन भने सकेको छैन । जनयुद्धमा आफैँ होमिएर हजारौँ योद्धाहरुलाई उत्साह र हिम्मत दिएकी उनै जनयुद्धकी आमा अहिले गलेकी छन्, थाकेकी छन् । उनै गलित आमाको तस्बिर शनिबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरियो । 

    आफ्नै छोरी रेणुले पोष्ट गरिएको उक्त तस्बिरमा सीता निकै दुब्लो र चिन्तित् देखिइन् । छोरी रेणुको अंगालोमा देखिएकी सीता निकै गलेको देखिन्छ । सो तस्बिरमा रेणु र सीतासँगै गंगा पनि देखिन्छिन् ।

    दुई छोरी रेणु र गंगा मुस्कुराउने प्रयास गरेको देखिन्छ । सो तस्बिरले ममतामयी आमा र छोरीहरुबीचको सम्बन्धलाई उजागार पनि गरेको छ । सो तस्बिर पोष्ट गरेको १६ घण्टामा १४ हजार जनाले प्रतिक्रिया जनाउँदै सीताको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छ । 

    renu.PNG


    चैत्र २९, २०७७ आइतवार ११:४३:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जनयुद्धकी आमा

  • क्यानाडानेपाल

    विद्यालय बन्द गर्न र २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाउन सिफारिस

    क्यानाडानेपाल

    चैत्र २७

  • 582
    SHARES
  • विद्यालय बन्द गर्न र २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाउन सिफारिस

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको संक्रमण बढेको भन्दै विद्यालय बन्द गर्न र २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाउन सिफारिस गरेको छ । 

    मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने स्थानमा २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाउन कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)लाई सिफारिस गरेको हो । 

    कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को शुक्रबार बैठक बस्दैछ । तर, बैठक बस्नु अघि मन्त्रालयले शिक्षण संस्था, फिल्म हल र पार्टी प्यालेस बन्दलगायत बढी भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको हो । 

    पठनपाठन भर्चुअल माध्यमबाट गराउन र भौतिक रुपमा विद्यार्थीहरुलाई उपस्थित गराएर पठनपाठन नगराउन मन्त्रालयले सिफारिस गरेको हो । 


    चैत्र २७, २०७७ शुक्रवार १३:२७:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विद्यालय बन्द

  • क्यानाडानेपाल