• Apr 13 2021 | २०७७, चैत्र ३१गते

२०७७, चैत्र ३१गते

सौन्दर्य प्रतियोगिताको मञ्चमै उपाधि खोसाखोस, विजेता प्रतियोगी घाइते

क्यानाडानेपाल चैत्र २६ २०७७
  • 372
    SHARES
  • सौन्दर्य प्रतियोगिताको मञ्चमै उपाधि खोसाखोस, विजेता प्रतियोगी घाइते

    मञ्चमै झगडा भएपछि श्रीलङ्कामा एउटा सौन्दर्य प्रतियोगिताकी विजेताको टाउकोमा चोट लागेको छ। आइतवार पुष्पिका डिसिल्भाले "मिसेस् श्रीलङ्का"को उपाधि जितेकी थिइन्।

    त्यसको केही समयपछि सन् २०१९ की विजेताले डिसिल्भाको ताज खोसिन्। सम्बन्धविच्छेद भइसकेको दाबी गर्दै डिसिल्भालाई उपाधि दिइन नहुने ती पूर्वविजेताको भनाइ थियो।

    तर उनको सम्बन्धविच्छेद नभएको पुष्टि भएको भन्दै आयोजकहरूले उक्त उपाधि डिसिल्भालाई फिर्ता दिएका छन्। आइतवार साँझ कोलम्बोमा भएको एउटा समारोहमा निर्णायकहरूले उनलाई सन् २०२१ की विजेता घोषित गरेका थिए।

    तर सन् २०१९ की विजेता क्यारलाइन जुरीले प्रतियोगिताको नियमानुसार प्रतिस्पर्धी विवाहित हुनुपर्ने भन्दै उनको ताज खोसिन्।

    "पारपाचुके भएका महिलाले प्रतियोगितामा भाग लिन नपाउने नियम छ। त्यस कारण यो ताज दोस्रो स्थानमा रहेकी प्रतियोगीलाई दिनका लागि म यो कदम उठाउँदैछु," उनले दर्शकहरूलाई भनिन्।

    त्यसपछि उनले रनरअपको शिरमा मुकुट लगाइदिइन्। आँखाभरि आँसु पार्दै डिसिल्भा मञ्चबाट बाहिरिएको उक्त कार्यक्रमको भिडिओमा देखिएको छ।

    आफू छुट्टै बसे पनि सम्बन्धविच्छेद नभएको बताउने डिसिल्भासँग आयोजकहरूले माफी मागेका छन्। फेसबुक पोस्टमा डिसिल्भाले टाउकोमा लागेको चोटका कारण आफू अस्पताल जानुपरेको उल्लेख गरेकी छन्।

    आफूमाथि भएको "अनुचित र अपमानजनक" व्यवहारका लागि कानुनी कदम चाल्ने पनि उनले बताएकी छन्। "श्रीलङ्कामा मजस्तै कैयौँ एकल आमाहरू छन् जो पीडित छन्," उनले एउटा पत्रकार सम्मेलनमा भनिन्।

    "यो ताज ती महिलाहरूलाई समर्पित गर्न चाहन्छु, ती एकल आमा जसले आफ्ना बच्चाहरूलाई एक्लै हुर्काउन दुःख गरिरहेका छन्।"मिसेस श्रीलङ्काका राष्ट्रिय निर्देशकले बीबीसीसँग मङ्गलवार डिसिल्भालाई ताज फिर्ता दिइने बताए।

    "हामी निराश छौँ," उनले भने। "मञ्चमा क्यारलाइन जुरीले जुन व्यवहार गरिन त्यो अपमानजनक थियो र मिसेस वर्ल्ड संस्थाले यो विषयमा छानबिन सुरु गरिसकेको छ।"

    प्रहरीले जुरीसँग सोधपुछ गरिरहेको छ। मिसेस श्रीलङ्का उक्त देशको प्रमुख सौन्दर्य प्रतियोगितामध्ये एक हो। यसपालि देशका प्रधानमन्त्रीकी पत्नी पनि अतिथिका रूपमा उपस्थित थिइन्।यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । 


    चैत्र २६, २०७७ बिहिवार ०९:३४:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सौन्दर्य प्रतियोगिता

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    म्यानमार आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७ सय नाघ्यो, ३१ सय बढी थुनामा

    क्यानाडानेपाल

    चैत्र ३०

  • 148
    SHARES
  • म्यानमार आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७ सय नाघ्यो, ३१ सय बढी थुनामा

    क्वालालमपुर - सैनिकले सत्ता नियन्त्रणमा लिएपछि भएको आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म कम्तिमा ७०१ जनाको मृत्यु भएको छ । आन्दोलनमा लागेकै आरोपमा अरु तीन हजार एक सयभन्दा बढीलाई सुरक्षाकर्मीहरुले थुनामा राखेको विवरण सार्वजनिक भएको छ । गत फेब्रअरी १ तारिखका दिन म्यानमारको सेनाले सत्ता नियन्त्रणमा लिएको घोषणा गर्दै नेताहरुलाई थुनामा राखेको छ । सेनाले सत्ता हातमा लिएदेखि नै म्यानमारमा विरोध प्रदर्शन भइरहेको छ । 

    अनुगमनकर्ताहरुले सार्वजनिक गरेको विवरणअनुसार अरु सयौँ व्यक्ति आन्दोलनका क्रममा घाइते भएका छन् भने कतिपयको अवस्था अझै अज्ञात रहेको छ । पछिल्लो पटक गत शुक्रबार मात्रै एकै दिनमा सुरक्षाकर्मीहरुको आक्रमणमा परी देशको बागो क्षेत्रमा कम्तीमा ८२ जनाको मृत्यु भएको थियो । केही हप्ता अगाडि म्यानमारमा प्रदर्शनकै क्रममा एकैदिनमा सयभन्दा बढीको हत्या भएको थियो । 

    गत वर्ष सन् २०२० को नोभेम्बर ८ का दिन भएको निर्वाचन र त्यसको नतिजाप्रति असन्तुष्टि जनाउँदै सेनाले म्यानमारको सत्ता नियन्त्रणमा लिएको हो । सेनाले निर्वाचनका बेला ब्यापक धाँधली भएको दाबी गर्दै आएको छ । उक्त चुनावमा आङ सान सुकी र उहाँको ‘नेशनल लिग फर डिमोक्यासी’ दल निर्वाचित भएको थियो । निर्वाचन आयोगले धाँधलीको उक्त दाबीलाई खारेज गरिदिएको थियो ।

    सेनाले सो निर्वाचन निश्पक्ष नभएको दाबी गर्दै फेरि निर्वाचन गराउन भन्दै सत्ता नियन्त्रणमा लिनुपरेको जनाएको छ । सेनाले निर्वाचन गराउने उद्देश्यका साथ एक बर्षका लागि संकटकालसमेत घोषणा गरेको छ । तत्कालीन नयाँ संसद्को पहिलो बैठक बस्न लागेकै दिन सेनाले सत्ता नियन्त्रणमा लिएपछि अहिले म्यानमारको राजनीति थप संकट तर्फ धकेलिएको छ । 

    सेनाले नियन्त्रणमा रहनु भएकी नेतृ आङ सान सुकीलाई सोमबार नयाँँ फौजदारी अभियोग लगाइएको उहाँका वकीलले जानकारी दिएका छन् । उहाँमाथि ६ वटा थप मुद्दामा अभियोग लगाइएको छ । न्यापिटअ पाँच र याङ्गु एउटा मुद्दा लगाइएको उहाँका वकील मीन मीन सो एएफपीलाई बताएका छन् ।  पछिल्लो आरोप मुलुकको प्राकृतिक प्रकोप व्यवस्थापन कानून अन्तर्गत रहेको पनि वकीलले थप जानकारी दिएका छन् ।एएनआई 


    चैत्र ३०, २०७७ सोमवार २१:१०:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # म्यानमार

  • क्यानाडानेपाल डेस्क

    इरानमा परमाणु केन्द्रमा क्षेप्यास्त्र आक्रमण  

    क्यानाडानेपाल

    चैत्र ३०

  • 226
    SHARES
  • इरानमा परमाणु केन्द्रमा क्षेप्यास्त्र आक्रमण  

    तेहरान - इरानको एउटा परमाणु केन्द्रमा आइतबार क्षेप्यास्त्र प्रहार गरी आक्रमण गरिएको त्यहाँका एक उच्च अधिकारीले बताएका छन् । 

    इरान आणविक ऊर्जा संगठन (आइएइओ)का प्रमुख अली अक्बर सालेहीले सरकारी टेलिभिजनमा जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय समुदायलाई यस आणविक विरोधी आतङ्कवादसँग लड्न आग्रह गर्नुको साथै यस्तो निक्रिष्ट कार्यको कडा शब्दमा निन्दा गरेका छन् ।
     
    उक्त आक्रमण देशको औद्योगिक र राजनीतिक प्रगतिका विपक्षीहरुले गरेका, जसको संवृद्धि परमाणु उद्योगको विकासलाई रोक्ने उद्देश्य रहेको पनि साहेलीले बताएका छन् । यस आक्रमणको पछाडि कसको हात रहेको छ सो भने प्रष्ट नभएको उनले जानकारी दिए । दुर्घटनाका कारणहरुको अनुसन्धान भइरहेको र थप विवरणहरु पछि प्रकाशित गरिने उनले बताएका छन् ।  

    सन् २०१५ मा भएको एउटा परमाणु सम्झौतालाई पुनर्जीवित पार्ने कूटनीतिक पहल भइरहेका बेला यो नयाँ घटना भएको छ । 

    सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई उक्त सम्झौताबाट अलग गरेका थिए । तर हालका राष्ट्रपति जो बाइडेनले त्यसलाई पुनः अघि बढाउने बताउदै आएका छन् । यस घटनामा कसैको पनि मृत्यु नभएको र चुहावट पनि नभएको इरानको फार्स न्यूज एजेन्सीलाई सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।एएफपी 


    चैत्र ३०, २०७७ सोमवार १९:४१:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इरान
  • # क्षेप्यास्त्र

  • क्यानाडानेपाल डेस्क

    म्यान्मारमा सेनाको ‘कू : आङ सान सुकीमाथी ६ ओटा नयाँ फौजदारी अभियोग

    क्यानाडानेपाल

    चैत्र ३०

  • 148
    SHARES
  • म्यान्मारमा सेनाको ‘कू : आङ सान सुकीमाथी ६ ओटा नयाँ फौजदारी अभियोग

    याङ्गुन – म्यान्मारमा सेनाको ‘कू’ पछि अपदस्थ गरिएका नागरिक नेता आङ सान सुकीलाई सोमबार नयाँ फौजदारी अभियोग लगाइएको उहाँका वकीलले जानकारी दिएका छन् ।

    उहाँमाथि ६ वटा थप मुद्दामा अभियोग लगाइएको छ । न्यापिटअ पाँच र याङ्गु एउटा मुद्दा लगाइएको उहाँका वकील मीन मीन सो एएफपीलाई बताएका छन् ।  पछिल्लो आरोप मुलुकको प्राकृतिक प्रकोप व्यवस्थापन कानून अन्तर्गत रहेको पनि वकीलले थप जानकारी दिएका छन् । 

     म्यान्मारको उत्तरपूर्वी बगो सहरमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमा सेनाले प्रत्यक्ष बल प्रयोग गर्दा हिजो मात्र कम्तीमा ८० जनाको मृत्यु भएको थियो । म्यान्मारमा गत माघ १९ मा देशको शासनसत्ता आफ्नो हातमा लिएपछि सेनाको कारबाहीमा ६०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
     
    सेनाले निर्वाचनका बेला ब्यापक धाँधली भएको दाबी गर्दै आएको छ । उक्त चुनावमा आङ सान सुकी र उहाँको ‘नेशनल लिग फर डिमोक्र््यासी’ दल निर्वाचित भएको थियो । निर्वाचन आयोगले धाँधलीको उक्त दाबीलाई खारेज गरिदिएको थियो ।एएफपी


     


    चैत्र ३०, २०७७ सोमवार १८:२३:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # म्यान्मार
  • # आङ सान सुकी

  • क्यानाडानेपाल डेस्क

    चीनका खोपहरू कम प्रभावकारी भएको चीनकै स्वास्थ्य अधिकारीको भनाइ

    क्यानाडानेपाल

    चैत्र ३०

  • 182
    SHARES
  • चीनका खोपहरू कम प्रभावकारी भएको चीनकै स्वास्थ्य अधिकारीको भनाइ

    चीनका प्रमुख रोग नियन्त्रण अधिकारीले चीनमा निर्मित कोभिड खोपहरूको प्रभावकारिता कम भएको बताएका छन्। एक पत्रकार सम्मेलनमा गाउ फूले प्रभावकारिता वृद्धि गर्नका लागि खोपहरूको सम्मिश्रण बनाउने विषयमा सोचिएको जानकारी दिए।

    नेपालमा पनि चीनले अनुदानमा दिएको आठ लाख मात्रा कोभिड खोप अहिले लगाउन थालिएको छ।

    चीनले चार प्रकारका खोपहरूलाई स्वीकृति दिएको छ जसमध्ये विदेशमा गरिएको परीक्षणमा केही खोपको प्रभावकारिता ५० प्रतिशतसम्म पनि देखिएको छ।

    पछि गाउले सम्मेलनमा राखेको आफ्नो भनाइलाई गलत व्याख्या गरिएको बताएका छन्। चीनमा १० करोडभन्दा बढी मानिसले स्वदेशमा निर्मित खोपको कम्तीमा एक मात्रा लगाएका छन्।

    चिनियाँ सरकारले भने आफ्ना खोपहरू प्रभावकारी भएको र चिनियाँ खोप लगाएका विदेशीलाई मात्रै चीन प्रवेशाज्ञा दिने बताउँदै आएको छ।

    गाउले के भने?

    चीनका रोग नियन्त्रण केन्द्रका प्रमुख ग्वाओ फुले शनिवार हाल उपलब्ध खोपहरूको सुरक्षा दर उच्च नरहेको बताएका थिए।उनले प्रभावकारिता वृद्धि गर्नका लागि खोपहरू मिसाउने विषयमा विचार गरिएको सङ्केत गरे।

    उनले खोपको प्रभावकारिता वृद्धि गर्न मात्राको सङ्ख्या परिवर्तन गर्ने र दुई मात्राबीच समयावधि बढाउने जस्ता चरणहरूको चर्चा गरेका थिए। तर पछि उनले सरकारी पत्रिका ग्लोबल टाइम्सलाई "संसारभरिका खोपहरूको सुरक्षा दर कुनै बेला कम र कुनै बेला बढी हुने" बताए।

    "तिनीहरूको प्रभावकारिता कसरी बढाउने भन्नेबारे संसारभरिका वैज्ञानिकहरूले सोच्नुपर्छ," उनले पत्रिकालाई भने। उनले चिनियाँ खोपहरूको प्रभावकारिता कम भएको आफ्नो भनाइबारे त्यो "पूर्ण रूपमा गलत व्याख्या" भएको बताए।

    गाउका दुवै भनाइहरूलाई चिनियाँ सञ्चारमाध्यमहरूले खासै स्थान दिएका छैनन्।तर सामाजिक सञ्जालमा भने उनको पहिलो भनाइको आलोचना भएको छ। केही मानिसले उनलाई "चुप लाग्न" सुझाव दिएका छन्।

    चिनियाँ खोपको प्रभावकारिता
    अन्तर्राष्ट्रिय रूपमा कम तथ्याङ्क भएका कारण चिनियाँ खोपको प्रभावकारिताको विषय लामो समयदेखि अस्पष्ट छ।ब्रजिलमा गरिएको परीक्षणमा चीनको सिनोभ्याकको प्रभावकारिता ५०.४ प्रतिशत देखिएको थियो। त्यो विश्व स्वास्थ्य सङ्गठनले स्वीकृति प्रदान गर्न आवश्यक ५० प्रतिशतभन्दा अलिकतिले मात्र बढी हो।

    टर्की र इन्डोनेशियाका अन्तरिम तथ्याङ्कहरूले भने उक्त खोपको प्रभावकारिता ९१ देखि ६५ प्रतिशत देखाएका छन्। पश्चिमा देशहरूमा उत्पादित फाइजर, मोर्डेर्ना र आस्ट्राजेनेका सबै खोपको प्रभावकारिता ९० प्रतिशत वा अझ बढी छ।यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । 


    चैत्र ३०, २०७७ सोमवार १२:५६:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना खोप

  • अमेरिकाद्वारा यूक्रेनविरूद्ध कडा कदम नचाल्न रूसलाई आग्रह

    क्यानाडानेपाल

    चैत्र ३०

  • 146
    SHARES
  • अमेरिकाद्वारा यूक्रेनविरूद्ध कडा कदम नचाल्न रूसलाई आग्रह

    वासिङ्टन - अमेरिकाले यूक्रेनमा विकसित पछिल्लो घटनाक्रमलाई आफूले नजिकबाट नियालेको भन्दै रूसलाई यूक्रेनविरूद्ध कडा कदम नचाल्न रूसलाई आग्रह गरेको छ ।

    अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले आइतबार अमेरिकी समाचार संस्था, एनबीसी टेलिभिजन,लाई दिएको एक अन्तर्वार्तामा रूसलाई चेतावनी दिँदै भन्नुभयो, “यूक्रेनविरूद्ध कडा कदम चालेमा यसको ‘परिणाम’ रूसले ब्यहोर्नुपर्नेछ । 

    उहाँले भन्नुभयो, “मैले भन्नुपर्छ अमेरिका यूक्रेनी सिमानामा रूसी कदमप्रति गम्भीर चासो ब्यक्त गर्दछ ।” अमेरिकाले यूरोप क्षेत्रमा सैन्य व्यवस्थापन विषयमा कुरा गर्ने क्रममा अमेरिकी विदेशमन्त्रीको उक्त भनाइ आएको हो ।

    “अमेरिकी राष्ट्रपति जो बाइडेन यस बिषयमा बहुतै प्रस्ट हुनुहुन्छ । यदि रूसले जथाभावी वा आक्रामक रूपमा प्रस्तुत भएमा यसको ठूलो मूल्य चुकाउनुपर्नेछ,” ब्लिङ्केनले भने ।एएफपी 
     


    चैत्र ३०, २०७७ सोमवार ०९:४२:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमेरिका

  • क्यानाडानेपाल डेस्क

    विश्वभर १० करोड ९८ लाख कोरोना संक्रमित निको भए, कुन देशमा कति मृत्यु र संक्रमित ?

    क्यानाडानेपाल

    चैत्र ३०

  • 236
    SHARES
  • विश्वभर १० करोड ९८ लाख कोरोना संक्रमित निको भए, कुन देशमा कति मृत्यु र संक्रमित ?

    काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण पुन बढ्न थालेको छ ।  कोरोना संक्रमणका बीच विभिन्न देशमा कोरोना खोप पनि लगाइएको छ । वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले भारत लगायत केही देशमा संक्रमितको संख्या बढेको छ ।

    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमितको संख्या १३ करोड ६६ लाख ३९ हजार २ सय ८६ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २९ लाख ४९ हजार ४ सय ८ पुगेको छ ।

    त्यस्तै हालसम्म विश्वमा १० करोड ९८ लाख ६५ हजार ९ सय ७७ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् । त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ५ लाख ७५ हजार ८ सय २९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ३ करोड १९ लाख १८ हजार ५ सय ९१ पुगेको छ ।  

    त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ३ लाख ५३ हजार २ सय ९३ पुगेको छ भने संक्रमितको संख्या १ करोड ३४ लाख ८२ हजार ५ सय ४३ पुगेको छ ।  

    ss.PNG


    चैत्र ३०, २०७७ सोमवार ०९:४०:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क