• Jul 24 2021 | २०७८, श्रावण ९गते

२०७८, श्रावण ९गते

सत्ताको निमित्त प्रतिस्पर्धा गर्ने होडबाजीले देशमा राजनीतिक दुर्घटना निम्तिन्छ - कमल थापा

चैत्र २६ २०७७
  • 716
    SHARES
  • सत्ताको निमित्त प्रतिस्पर्धा गर्ने होडबाजीले देशमा राजनीतिक दुर्घटना निम्तिन्छ - कमल थापा

    काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सबल र समृद्ध नेपाल निर्माणका लागि अबको विकल्प राप्रपा भएको बताएका छन् । हेटौँडामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले सो कुरा बताएका हुन् । 

    उनले भ्रष्टाचार, धर्म परिवर्तन र सर्वसत्तावादलाई सधैँका लागि अन्त्य गर्न मुलुकमा राष्ट्रवादी शक्ति दलगत स्वार्थ त्यागेर अब एकढिक्का हुनुपर्ने बताए । उनले गणतन्त्र, धर्म निरपेक्षता र सङ्घीयताले मुलुकको राष्ट्रिय हित नहुने बताए । 

    उनले प्रमुख दलले सत्ता र शक्तिको निमित्त मात्रै प्रतिस्पर्धा गर्ने होडबाजीले देशमा राजनीतिक दुर्घटना हुने बताए । 


    चैत्र २६, २०७७ बिहिवार ११:३६:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कमल थापा
  • अर्कोसमाचार

    किन ओली र माधवकुमार एमाले विभाजन गर्न चाहन्छन् ?

  • 1.3K
    SHARES
  • किन ओली र माधवकुमार एमाले विभाजन गर्न चाहन्छन् ?

    काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आन्तरिक विवाद समाधानमा शीर्षनेताहरु जिम्मेवार बन्न सकेका छैनन् । दोस्रो तहका नेताहरु विवाद समाधानका लागि क्रियाशील रहँदा शीर्षनेताहरु भने एकता प्रक्रियामा अवरोध सृजना हुने गरी अभिव्यक्ति दिइरहेका छन् । 

    अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको टकरावका कारण एमाले विभाजनको अवस्थामा रहिरहेको छ । साविक नेकपाका बेला दुई शीर्षनेताबीच सुरु भएको ‘इगो’ समस्याले अहिले एमालेलाई समेत विभाजनतर्फ धकेलिरहेको छ । 

    सुवास नेम्वाङ, भीम रावल, गोकर्ण विष्टसहितका दोस्रो तहका नेताहरु एकताका लागि निरन्तर वार्तामा रहँदा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको अभिव्यक्ति भने एकतालाई भाँड्न खालका देखिन्छन् । 

    बिहीबार र शुक्रबार दुई दिनकै अभिव्यक्ति हेर्ने हो भने पनि एकता प्रक्रियामा अवरोध हुने खालका देखिन्छन् । फ्लोर क्रस गरेर देउवा सरकारलाई विश्वासको मत दिएका नेपाल समूहका सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेका अध्यक्ष ओलीले उनीहरुले उल्टै अध्यक्षमाथि प्रश्न उठाएर जवाफ दिए ।

    यसपछि बिहीबार अध्यक्ष ओलीले बाटो बिराएकाहरुलाई आममाफी दिने भन्दै एमालेको मूल प्रवाहमा आउन आग्रह । आममाफी शब्दले नेपाल समूहले अपमानको महसुस गर्‍यो । जवाफ स्वरुप नेता नेपालले ओलीलाई ‘श्री ५ बडामहाराजधिराज’को संज्ञा दिए । 

    बिहीबार ललितपुरको एक कार्यक्रममा अध्यक्ष ओलीले बाटो बिराएका नेताहरूलाई आममाफी दिने घोषणा गर्दै भने, ‘बाटो बिराएका भड्किएका साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, सबैलाई एम्नेष्टी इज ग्रान्टेड । जे सुकै भएको होस्, एम्नेष्टी । आउनुस् मिलेर काम गरौं ।’

    यसको जवाफ दिँदै नेता नेपालले ओलीलाई श्री ५ महाराजअधिकारको संज्ञा दिएका हुन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसका सन्दर्भमा शुक्रबार आयोजित कार्यक्रममा नेता नेपालले भने, ‘हिजो  श्री ५ बडामहाराजधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायतका माननीय सदस्यहरुमाथि जति पनि स्पष्टीकरण सोधिएका छन्, उनीहरुलाई आममाफी दिइन्छ । एम्नेस्टी इज ग्रान्टेड । हामी गदगद् भयौं ! ‘बडामहाराजाधिराजबाट हामीलाई आममाफी मिलेछ । नाच्नु पर्ने भयो, खुसी हुनुपर्ने भयो । यही हो पद्धति ? यसलाई कम्युनिस्ट पद्धति भनिन्छ ?’ 

    यी ताजा उदाहारण हुन् । तर, नेताहरु पार्टी एकताका लागि क्रियाशील रहँदा संयमता अपनाउनु पर्ने ओली र नेपालले वार्ता भाँड्ने गरी अभिव्यक्ति दिइरहँदा कतै उनीहरुले एमालेको विभाजन चाहेका त होइनन् भन्ने प्रश्न उठाउन थालिएको छ । 


    श्रावण ८, २०७८ शुक्रवार २०:१६:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ओली
  • # माधवकुमार

  • क्यानाडा नेपाल

    राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीचको भेटवार्तामा के भयो ?

    श्रावण ९

  • 1.3K
    SHARES
  • राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीचको भेटवार्तामा के भयो ?

    काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच शुक्रबार भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा शुक्रबार साझँ राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए।  

    प्रधानमन्त्रीसँग नियमित भेटवार्ता भएको बताइएको छ । उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । 

    पद तथा गोपनियताको शपथग्रहणपछि प्रधानमन्त्री देउवाको राष्ट्रपतिसँगको पहिलो भेट हो । यसअघि शुक्रबार बिहान राष्ट्रपति भण्डारीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिइन् । 
     


    श्रावण ९, २०७८ शनिवार ०८:०२:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेर बहादुर देउवा
  • कांग्रेस पदाधिकारी बैठक आज पनि   

    श्रावण ९

  • 182
    SHARES
  • कांग्रेस पदाधिकारी बैठक आज पनि    

    काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । बैठक आज बिहान ९ बजे सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निजि निवास बूढानिलकण्ठमा बस्नेछ । 

    बैठक १४ औं महाधिवेशन तयारी र क्रियाशील सदस्यता विवादमा केन्द्रित रहने बताइएको छ । यसअघि शुक्रबार बिहान बसेको बैठकमा महाधिवेशन तोकिएको समयमा गर्ने गरी अधिवेशनको तालिका हेरफेर गर्ने बारे छलफल भएको थियो ।  

    उक्त बैठकमा सभापति देउवाले भदौँ १६ मा महाधिवेशन गर्नेगरी तयारीमा जुट्न निर्देशन दिएका थिए ।


    श्रावण ९, २०७८ शनिवार ०९:१६:२९ बजे : प्रकाशित

    संविधान बचाएर ठूलो लडाइँ जितियो, अब राम्रो काम गर्न  झन् ठूलो चुनौती छ - प्रचण्ड

    श्रावण ९

  • 130
    SHARES
  • संविधान बचाएर ठूलो लडाइँ जितियो, अब राम्रो काम गर्न  झन् ठूलो चुनौती छ - प्रचण्ड

    काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधान बचाएर ठूलो लडाइँ जितिएको बताएका छन् ।

    शनिवार नेकपाका संस्थापक नरबहादुर कर्मचार्यको ८ औं स्मृति दिवसको अवसरमा आयोजिक कार्यक्रममा बोल्दै प्रचण्डले सो कुरा बताएका हुन् । 

    संविधानको रक्षा गर्ने ठाउँमा आइपुगिएको भन्दै प्रचण्डले अब झन् ठूलो चुनौती रहेको बताए । उनले अब चुनौती बुद्धिमत्तताका साथ सामना गर्नुपर्ने पनि बताए । उनले पार्टीका सबै सांसदले मन्त्री बन्न खोजेपछि तनावमा परेको पनि उनले बताए । 

    'मन्त्री बन्न दबाब दिने मान्छेहरुको हुलबाट आएको छु म'  उनले भने - '४९ जना सबैलाई मन्त्री चाँहिएको छ। तर पाउने त थोरै छ।'

    उक्त कार्यक्रममा अब सरकारलाई राम्रो काम गर्न अब चुनौती रहेको भन्दै उनले कुनै पनि मन्त्रीलाई लापरबाही नगर्न आग्रह गरे । 
     
     
     


    श्रावण ९, २०७८ शनिवार ११:२४:२९ बजे : प्रकाशित

    प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता, यी बिषयमा भए छलफल ?

    श्रावण ९

  • 158
    SHARES
  • प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता, यी बिषयमा भए छलफल ?

    काठमाडौं - प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । 

    शनिवार प्रधानमन्त्री देउवा र प्रचण्डबीच सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । उनीहरुबीच मन्त्रिपरिषद् बिस्तार गर्ने बिषयमा छलफल भएको बताइएको छ । 

    उनीहरुबीच पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्वको सरकारले गरेको नियुक्त खारेज गर्ने बिषयमा छलफल भएको र यस कुरामा प्रधानमन्त्री देउवा र प्रचण्ड सहमत भएको बतायएको छ । उनीहरुबीच अब छिट्टै नै मन्त्रिपरिषद् बिस्तार गर्ने बारे छलफल भएको छ ।  


    श्रावण ९, २०७८ शनिवार १३:४४:१४ बजे : प्रकाशित

    राजनीतिक भेटघाटलाई तिव्र बनाउँदै विप्लव, प्रकाण्डलाई लिएर महन्थ ठाकुर भेट गर्न पुगे

    श्रावण ९

  • 58
    SHARES
  • राजनीतिक भेटघाटलाई तिव्र बनाउँदै विप्लव, प्रकाण्डलाई लिएर महन्थ ठाकुर भेट गर्न पुगे

    काठमाडौं - नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' पछिल्लो समय राजनीतिक भेटघाटलाई तिव्र पारेका छन् । शनिवार पनि विप्लव जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरलाई भेट गर्न उनकै निवास पुगेका हुन् । 

    अध्यक्ष ठाकुरलाई भेट गर्न विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पनि गएका हुन् । केपी शर्मा ओली सरकारको बहिगर्मनलगत्तै सक्रिय बनेका विप्लवले यसअघि शुक्रबार विप्लवले राप्रपाका अध्यक्ष कमल थापासँग भेटवार्ता गरेका थिए । 
     
    यस्तै उनले यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', जसपा संघीय परिषद अध्यक्ष डा।बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ सँग पनि भेटवार्ता गरिसकेका छन् । 

    गत फागुन २१ गते सरकारसँग ३ बुँदे सहमति गरेर खुला राजनीतिमा आएका विप्लव लामो समय शान्त रहँदै कपिलवस्तुमा बस्दै आएका थिए । तर, गत असार २९ गते एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली सत्ताच्यूत भएकै भोलिपल्ट असार ३० गतेदेखि विप्लवले राजनीतिक भेटवार्तालाई निरन्तरता दिएका छन् । 


    श्रावण ९, २०७८ शनिवार १५:४७:०६ बजे : प्रकाशित

    images
    ताजा खबर