• May 17 2021 | २०७८, जेठ ३गते

२०७८, जेठ ३गते

अमेरिकामा गोली लागेर एक नेपालीको ज्यान गयो

चैत्र २६ २०७७
  • 1.4K
    SHARES
  • अमेरिकामा गोली लागेर एक नेपालीको ज्यान गयो

    काठमाडौं - अमेरिकामा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा सराङकोटका रमेश थापा रहेका छन् । 

    उनको टेक्ससमा भएको गोली प्रहारको घटनामा मृत्यु भएको हो । उनी टेक्ससको अस्टिनमा बस्दै आइरहेका थिए । 

    उनलाई मंगलबार मध्यरात स्थानीय आवसिय क्षेत्रमा गोली हानिएको त्यहाँको प्रहरीले जनाएको छ । प्रहरी त्यहाँ पुग्दा थापा घाइते अवस्थामा फेला परेका थिए । तर त्यही उनको मृत्यु भएको जनाइएको छ । थापाको ज्यान लिनेको खोजी भइरहेको त्यहाँको प्रहरीले जनाएको छ । 

     


    चैत्र २६, २०७७ बिहिवार १४:४५:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमेरिका
  • अर्कोसमाचार

    कुवेतमा कोरोना संक्रमणबाट २ नेपालीको ज्यान गयो  

    बैशाख ४

  • 564
    SHARES
  • कुवेतमा कोरोना संक्रमणबाट २ नेपालीको ज्यान गयो  

    काठमाडौं - विदेशमा कोरोनाभाइरसको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुवेतमा रहेका विराटनगरका सन्तोष कुमार दर्जी र स्याङ्गजाका बम बहादुर पुलामी रहेका छन् । 

     एनआरएनए कुवेतका महासचिव दिल कुमारका अनुसार पाख्रिन उनीहरु दुवैको बिहिबार उपचारको क्रममा मृत्यु भएको हो । कुवेतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै गएकोले त्यहाँ कार्यरत रहेका नेपालीहरुलाई सचेत रहन  एनआरएनए कुवेतले आग्रह गरेको छ । 

    कुवेतमा हालसम्म २ लाख ५४ हजार बढी कोरोना स.क्रमित पुगेका छन् भने १ हजार ४ सय बढीको मृत्यु भइसकेको छ । 


    बैशाख ४, २०७८ शनिवार १३:१०:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # कुवेत
  • अष्ट्रेलियाद्वारा कोरोनाको कारण भारतबाट हुने उडानहरू घटाउने

    बैशाख ९

  • 514
    SHARES
  • अष्ट्रेलियाद्वारा कोरोनाको कारण भारतबाट हुने उडानहरू घटाउने

    क्यानबरा - अष्ट्रेलियाले भारतमा कोभिड–१९ सङ्क्रमणका घटनाहरूको बढ्दो सङ्ख्याप्रति प्रतिक्रिया जनाउँदै भारतबाट आउने उडानहरू अस्थायी रूपमा कम गर्ने भएको छ।
     
    बिहीबार प्रधानमन्त्री स्कट मोरिसन र राज्य र क्षेत्र नेतासहितको राष्ट्रिय क्याबिनेट बैठकले भारतबाट उडानको मात्रालाई ३० प्रतिशत कम गर्ने निर्णय लिएको हो। 

    भारतजस्ता उच्च जोखिम भएका देशहरूका यात्रीहरूले उडान गर्नुभन्दा ७२ घण्टा पहिले आफूलाई कोभिड–१९ सङ्क्रमण नदेखिएको पुष्टि हुने स्वास्थ्य प्रमाणपत्र देखाएर मात्र अष्ट्रेलिया आउन पाउने व्यवस्था गरेको हो।

    बैठकपछि प्रधानमन्त्री मोरिसनले पत्रकारसँग भने, “हामी जोखिममा रहेका अष्ट्रेलियामा जाने प्रस्थानका विकल्पलाई पनि थप सीमित गर्नेछौं।”

    उनले भने, “सबै प्रावधान कोभिडलाई मध्यनजर गरी राखिएकोले महामारीको प्रभाव कम हुँदासाथ पहिलेको अवस्थामा आउनेछ।” 

    अष्ट्रेलियाको यो निर्णय भारतमा बुधबार र बिहीबारको २४ घण्टाभित्र कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या तीन लाख १४ हजार कटेपछि आएको हो।रासस   


    बैशाख ९, २०७८ बिहिवार २१:५७:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • कोरोना संक्रमणबाट भारतमा २० सहित २३ जना नेपालीको ज्यान गयो, कहाँ कति ?

    बैशाख १२

  • 566
    SHARES
  • कोरोना संक्रमणबाट भारतमा २० सहित २३ जना नेपालीको ज्यान गयो, कहाँ कति ?

    काठमाडौं - कोरोनाभाइरसको संक्रमणबाट यस साता विदेशमा २३ जनाको नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस साता भारतका २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको हो । 

    पछिल्लो समय भारतलगायत विभिन्न देशमा बढ्दै गएको कोरोनाभाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो । 

    गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता भारतमा २०, कुवेतमा २ जना र कतारमा १ जना नेपालीको कोरोनाभाइरसको संक्रमणका कारण निधन भएको हो ।

    भारतको नयाँ दिल्लीमा १० र भारतका अन्य क्षेत्रमा थप १० गरी कूल २० जना नेपालीको  निधन भएको जनाइएको छ । निधन हुनेमा अधिकांश ५० वर्षभन्दा मुनिका रहेका छन् । योसँगै हालसम्म विश्वका विभिन्न २१ मुलुकमा सङ्क्रमणका कारण ३७२ जना नेपालीको निधन भएको छ । यस्तै हालसम्म मृत्यु भएकामध्ये २४५ जना मध्यपूर्वका रहेका छन् । 

    यस्तै हालसम्म विश्वका ५४ मुलुकमा कोरोनाभाइरसका कारण संक्रमित हुने नेपालीको संख्या ६८ हजार ५०६ जना पुगेको छ । यो साता भारत, कुवेत, कतार, युएई, रोमनिया, रुस, फिनल्यान्ड, डेनमार्क, चेक रिपब्लिक, पोल्यान्ड रहेका नेपालीमा थप कोरोना  संक्रमित फेला परेका छन् ।  


    बैशाख १२, २०७८ आइतवार २०:०७:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • कुवेतमा एक नेपालीको ज्यान गयो

    बैशाख २१

  • 494
    SHARES
  • कुवेतमा एक नेपालीको ज्यान गयो

    काठमाडौं - कुवेतमा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको सूर्यगढी गाँउपालिका(४ दार्मे गाउँका कश्येप लम्साल रहेका छन् ।

    उनको कुवेतको मुबारक अल कबिर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    गत मार्च २१ तारिखमा भूईमा लडेपछि अस्पताल लगिएको थियो । कुवेतमा एक फुड कम्पनीमा कार्यरत रहेका उनको उच्च रक्तचापका कारण मृत्यु भएको जनाइएको छ । नेपाली दूतावासले उनको शव नेपाल पठाउने तयारी गरेको जनाइएको छ । 
     


    बैशाख २१, २०७८ मंगलवार १२:४८:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कुवेत
  • अमेरिकामा एक नेपालीको ज्यान गयो

    बैशाख २६

  • 676
    SHARES
  • अमेरिकामा एक नेपालीको ज्यान गयो

    काठमाडौं - अमेरिकामा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभा खाँदबारी ६ तल्लो पांगाका सागर घिमिरे रहेका छन् । 

    उनको अमेरिकाको मेरील्याण्ड राज्यमा गोली प्रहार तथा आगजनीमा परेर शनिवार मृत्यु भएको हो । उक्त आगजनीमा उनीसहित अन्य ४ जनाको मृत्यु भएको एनबीसी न्युजले जनाएको छ । 

    घिमिरेले साउथ क्यारोलाइनास्थित क्लिफ्टन विश्वविद्यालयबाट स्नातक गरेका थिए ।


    बैशाख २६, २०७८ आइतवार १२:३०:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमेरिका
  • अक्सिजन समस्यामा सघाउन अमेरिकाद्वारा नेपाललाई थप सहयोगको घोषणा

    बैशाख ३०

  • 330
    SHARES
  • अक्सिजन समस्यामा सघाउन अमेरिकाद्वारा नेपाललाई थप सहयोगको घोषणा

    काठमाडौं - नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । अक्सिजन अभावका कारण दैनिक कोरोना संक्रमितको पनि ज्यान गइरहेको छ । यसैबीच 

    कोरोनाका कारण उत्पन्न अक्सिजन समस्यामा सघाउन अमेरिकाले सहयोगको घोषणा गरेको छ । अमेरिकाले बिहिबार नेपाल सरकारलाई थप रु ३२ करोड १७ लाख ५० हजार उपलब्ध गराउने घोषणा गरेको हो ।  

    अमेरिकी राजदूतावासका अनुसार अक्सिजन उत्पादन कारखाना, तरल अक्सिजन भण्डारण र अक्सिजन सिलिण्डर ढुवानीका निम्ति नेपाली जनताको तत्कालको आवश्यकतामा भरथेग गर्न अमेरिकाले थप सहयता रकम उपलब्ध गराउने भएको छ । 

    अमेरिकी सरकारले नेपालमा कोरोना संक्रमणबो शुरुभएयताको एक वर्षमा समुद्रपार मानवीय सहयोग, व्यक्तिगत सुरक्षा उपकरण, कोरोना संक्रमण परीक्षण उपकरणलगयातका कोरोनाविरुद्धका नेपाल सरकारका प्रयासमा रु ६७ करोड ८६ लाख प्रदान गरिसकेको छ । 
     


    बैशाख ३०, २०७८ बिहिवार १८:५४:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस