• May 17 2021 | २०७८, जेठ ३गते

२०७८, जेठ ३गते

आज देशभर २८८ जनामा कोरोना संक्रमण

चैत्र २७ २०७७
  • 524
    SHARES
  • आज देशभर २८८ जनामा कोरोना संक्रमण

    काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप २८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थपिएका २८८ सहित कूल संक्रमितको संख्या २ लाख ७९ हजार ३ सय ८८ पुगेको छ । 

    साथै पछिल्लो २४ घण्टामा १२७ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या २ लाख ७३ हजार ७ सय ३५ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।  

    मन्त्रालयकाअनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार ६ सय १५ रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा कोहि पनि संक्रमितले ज्यान गुमाउनु नपरेको मन्त्रालयले जानकारी दिएको छ । नेपाल आजसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३,०३८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

     

     


    चैत्र २७, २०७७ शुक्रवार १६:२३:२८ बजे : प्रकाशित

    अर्कोसमाचार

    एमाले नेता विष्णु रिजाल कोरोना संक्रमणमुक्त

    जेठ २

  • 204
    SHARES
  • एमाले नेता विष्णु रिजाल कोरोना संक्रमणमुक्त

    काठमाडौं - नेकपा एमालेका नेता विष्णु रिजाल कोरोना संक्रमणमुक्त भएका छन् । आइतबार साझँ नेता रिजालले सामाजिक सञ्जालमार्फत आफु कोरोनामुक्त भएको जानकारी दएका छन् । 

    उनलाई २० दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । नेता रिजालले आफु कोरोनामुक्त भएको भन्दै स्वास्थ्यलाभको कामना गर्ने आफन्तजनहरू, नेताहरू, शुभेच्छुकलगायतलाई धन्यवाद दिएका छन् । 

    रिजालले उच्च मनोवल भएमा कोरोनालाई जित्न सकिने बताएका छन् । उनले भने - "यस विपद्को घडीमा उच्च मनोवल र आवश्यक सावधानीका साथ कोभिडविरूद्धको लडाइँ लड्न र त्यसमा सफलता प्राप्त गर्न म सबैलाई अपिल गर्दछु ।"

    उनको स्टाटस यस्तो छ - "बीस दिनपछि आज कोरोना संक्रमणबाट मुक्त भएको छु । यसबीचमा विभिन्न माध्यमबाट मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने प्रिय आफन्तजनहरू, आदरणीय नेताहरू, शुभेच्छुकलगायत सबै मित्रहरूप्रति आभारी छु । यस विपद्को घडीमा उच्च मनोवल र आवश्यक सावधानीका साथ कोभिडविरूद्धको लडाइँ लड्न र त्यसमा सफलता प्राप्त गर्न म सबैलाई अपिल गर्दछु ।"

    rijal.PNG


    जेठ २, २०७८ आइतवार १९:५६:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • काठमाडौँ महानगरपालिकामा डरलाग्दो तथ्याङ्क : परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि

    जेठ ३

  • 170
    SHARES
  • काठमाडौँ महानगरपालिकामा डरलाग्दो तथ्याङ्क : परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि

    काठमाडौँ - कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि पछिल्लो समय काठमाडौँ महानगरपालिकामा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ । गत शनिबारसम्म स्वाव सङ्कलनका लागि पाँच वटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गहेकाले आइतबारदेखि १६ वटा परीक्षण स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको छ ।

    कामपाको ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६०० जनाको परीक्षण हुने गरेको र परीक्षण गरिएकामध्ये ४२० जनामा पुष्टि हुने गरेको कामपा जनस्वास्थ्य महाशाखाले जनाएको छ । कामपाका ल्याब टेक्निसियन राधिका कुँइकेलका अनुसार परीक्षणका लागि आवश्यकताअनुरुप टोली तयारी अवस्थामा रहेको छ । “कोरोनाको शङ्का देखिएका र वडाले खटाएअनुसार अहिले परीक्षणको कामलाई व्यापक बनाइएको छ”, कुँइकेलले भन्नुभयो ।

    सङ्क्रमण पुष्टि भएको १४ दिनपछि पुनः परीक्षण गर्नु नपर्ने मान्यता रहे पनि कामपाको हकमा भने १४ दिनपछि निको भएकाहरुले पनि पुनः परीक्षणको माग राख्दै आएकाले केही समस्या भएको छ । अहिलेसम्म कामपाले सबैको निःशुल्क परीक्षण गर्दै आएको छ ।

    परीक्षण मात्रै होइन, परीक्षणका क्रममा समस्या बढी भएका बिरामीहरुका लागि एम्बुलेन्समा राखी अस्पतालसम्म लाने र ल्याउने व्यवस्थासम्म कामपाले नै गर्दै आएको छ । यसका लागि पनि नागरिकले पैसा तिर्नु पर्दैन । यसरी कोरोना पोजिटिभ भएका बिरामीका लागि एम्बुलेन्ससँग कामपाले दुई हप्ताअघि नै सम्झौता गरिसकेको छ । कामपाको २३ वडा मध्ये सात स्थानबाट नागरिकले सेवा प्राप्त गर्न सक्नेछन् । कोरोनाका बिरामीले मात्रै होइन, अन्य दीर्घ रोग भएका कसैलाई अस्पतालसम्म जान र आउन परेमा पनि कामपाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । त्यसका लागि आवश्यक पर्ने जो कोहीले ११८० कामपाको हटलाइन नम्बरमा सम्पर्क गर्नुपर्ने छ ।

    कामपाका जनस्वाथ्य महाशाखा प्रमुख हरिबहादुर कुँवरका अनुसार पछिल्लो समय कामपामा सङ्क्रण दर अत्यधिक बढेको छ, यसरी नै सङ्क्रमित बढ्ने हो भने अवस्था जटिल हुन सक्छ, त्यसैले सबैले बेलैमा सावधानी अपनाउन आवश्यक भएको छ ।

    “गत वर्षको बन्दाबन्दीमा नागरिक बढी नै सचेत थिए तर अहिले त्यो अवस्था छैन । विभिन्न बहानामा नागरिक घरबाहिर निस्किरहेको पाइन्छ, यसले जोखिम त बढाएको छ नै, नियन्त्रणका लागि कामपाले कठोर कदम चाल्नुपर्ने आवश्यता पनि देखिएको छ”, प्रमुख कुँवरले भन्नुभयो ।

    कामपामा १० हजार बढी सक्रिय सङ्क्रमित
    हालसम्म कामपामा ५१ हजार ४१२ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । तीमध्ये १० हजार ८०१ सक्रिय सङ्क्रमित छन् । सबैभन्दा बढी वडा नं ३२ मा चार हजार ७५५ रहेको छ भने सबैभन्दा कम वडा १८ मा २०७ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी हालसम्म ४० हजार २३६ जना यस रोगबाट मुक्त भएका छन् । कोरोना सङ्क्रमणकै कारण ३४५ ले ज्यान गुमाएका छन् । कामपामा हाल रहेका सङ्क्रमितमध्ये १० हजार १८१ होम आइसोलेशनमा छन् भने ११४ जना संस्थागत आइसोलेशनमा र ५०६ ले अस्पतालमा उपचार गराइरहेका छन् ।

    १२ अस्पतालसँग सम्झौता
    कोभिड–१९ को सङ्क्रमण विरुद्ध लड्का लागि कामपाले आफ्नो क्षेत्रभित्र रहेका १२ अस्पतालहरुले माग गरेअनुरुप क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनमा सहयोग गर्नका लागि एकै दिन सात अस्पतालसँग सम्झौता गरेको छ ।

    अस्पतालको व्यवस्थापन तथा उपचार प्रणालीको सुधार तथा क्षमता वृद्धि गरेर सङ्क्रमणमा परेका बिरामीलाई बचाउन महानगरले आफ्नो क्षेत्रभित्र भएका सरकारी तथा सामुदायिक अस्पतालहरुलाई अनुदान रकम दिने १२ अस्पतालसँग सम्झौता गरिसकेको छ ।

    कामपाले यसरी सम्झौता गरेका अस्पतालमा वीरेन्द्र सैनिक अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, निजामती कर्मचारी अस्पताल, महेन्द्र नारायण निधि मेमोरियल अस्पताल, हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, मोडल अस्पताल र नेपाल कोरिया मैत्री अस्पताल रहेका छन्।

    यसअघि कामपाले वैशाख २४ गते सम्झौता गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १० थान भेन्टिलेटर उपलब्ध गराइसकेको छ । त्यस्तै वैशाख २७ गते नरदेवी आयुर्वेदिक अस्पतालसँग अक्सिजनसहितको उपकरण जडान गर्नका लागि सम्झौता गरिसकेको छ ।

    “सानासाना युनिटमा आइसोलेशन वा उपचारका अन्य प्रणाली विकास गर्दा धेरै स्रोत र साधन खर्च हुन्छ । यी ठाउँहरु उपचारका लागि अन्तिम ठाउँ होइनन् । यहाँ कसैलाई जटिल समस्या भयो भने लानु पर्ने अस्पताल नै हो”, कामपा प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, “त्यसैले हामीले भौतिक संरचना, विशेषज्ञ जनशक्ति र प्रणाली भएका सामुदायिक र सरकारी अस्पतालको क्षमता बढाउनेतर्फ जोड दिएका हौँ ।”रासस


    जेठ ३, २०७८ सोमवार ०९:२४:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • नेपालमा कोभिड बिरामीका लागि कति अक्सिजन अभाव भइरहेको छ, के सिलिन्डर थपिनु समाधान हो ? 

    बीबीसी

    जेठ ३

  • 124
    SHARES
  • नेपालमा कोभिड बिरामीका लागि कति अक्सिजन अभाव भइरहेको छ, के सिलिन्डर थपिनु समाधान हो ? 

    काठमाडौँ।  कोरोनाभाइरस महामारीबीच हाल नेपालमा उपलब्ध रहेका अक्सिजन सिलिन्डरको तुलनामा तेब्बरभन्दा बढ्ता माग भइरहेको अधिकारी एवं व्यवसायीले बताएका छन्। काठमाण्डू उपत्यकामा ६ हजार सिलिन्डर दैनिक रूपमा व्यावसायिक उद्योगहरूले उत्पादन गर्ने गरेका छन् भने २,५०० हाराहारीमा अस्पतालहरूले सिलिन्डर तयार पार्छन्।

    बाँकी दश हजार हाराहारीमा काठमाण्डू उपत्यकाबाहिर अक्सिजन उत्पादन हुने गरेको बताइएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी भन्छन्, “अहिले नियमित आपूर्तिमा दैनिक ३५ देखि ४० हजार सिलिन्डर आवश्यक पर्ने सरकारी अनुमान छ।” व्यवसायीहरूले भने अहिलेको माग दैनिक ५० हजार सिलिन्डरसम्म पुगेको बताएका छन्।

    के गरिएको छ ?

    यसबीचमा नेपालले चीनबाट २० हजार अक्सिजन सिलिन्डर ल्याउने तयारी गरेको जनाएको थियो। जसअन्तर्गत २ हजार चीन सरकारले अनुदानमा दिने र १८ हजार किनेर ल्याइने बताइएको थियो। 

    स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार अहिलेसम्म चीनबाट दुई पटकमा गरेर आठ सय सिलिन्डर हवाई उडानमार्फत् आएका छन्। त्यसैगरी खाडी क्षेत्रमा काम गर्ने नेपालीहरूको सहयोगमा ओमानबाट ५५५ सिलिन्डर नेपाल आइपुगेको बताइएको छ।

    सहप्रवक्ता डा. अधिकारी भन्छन्, “चीनबाट सुरुमा चार सय सिलिन्डर खाली आएका थिए। तर सरकारले अब जहाँबाट पठाए पनि अक्सिजन भरिएकै पठाउन भनेको छ। त्यसले नेपालमा चाप बेहोरिरहेको मागलाई केही सहज बनाउँछ।”

    नेपाल अक्सिजन ग्यास उत्पादक सङ्घका महासचिव नारायण तिमिल्सिना खाली सिलिन्डरहरूको जोहो गर्ने काम भारतमा महामारी सुरु हुँदादेखि नै गर्न सकिएको भए अहिलेको जस्तो चाप नपर्ने ठान्छन्। उनी भन्छन्, “अहिले सिलिन्डर भयो भन्दैमा जति पनि भर्न सकिने भन्ने हुँदैन। भारतमा अवस्था बिग्रन लागेका बेला नै हामीले थप सिलिन्डरहरू भरेर राख्न सक्नुपर्थ्यो।”

    बढ्दो चाप

    अक्सिजनका लागि बढिरहेको हाहाकारबीच आइतवारको नियमित प्रेस ब्रीफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिरामीका आफन्तलाई अक्सिजन खोज्न नभन्न आग्रह गरिएको बताएका थिए। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बीबीसीलाई भने, “त्यसले हाम्रो स्वास्थ्य प्रणालीमै त्रास र भय देखिन थालेपछि हामीले त्यस्तो आग्रह गरेका हौँ।”

    नेपालमा विगत केही दिनमा सङ्क्रमण पुष्टि हुने सङ्ख्या केही कम भइरहेको देखिए पनि अक्सिजनका लागि चाप कम भएको अवस्थाका त्यसलाई बुझ्न नहुने अधिकारीहरू बताउँछन्। डा. अधिकारी थप्छन्, “उद्योगहरूबाट जति सिलिन्डर भरिएर गएका छन् ती त्यही सङ्ख्यामा नफर्कँदा समेत समस्या थप जटिल बनेको हो।”

    नेपाल अक्सिजन ग्यास उत्पादक सङ्घका महासचिवले ग्यास उद्योगअघि सोझै बिरामीका आफन्तहरू आएर अक्सिजनका लागि हाहाकार गर्न थालेपछि आफूहरूका आपूर्ति चक्र पनि बिथोलिएको बताउँछन्। तिमिल्सिना भन्छन्, “कसलाई अत्यावश्यक भन्ने ठम्याउन नसकी भद्रगोल तरिकाले वितरण गर्नुपर्‍यो।”

    उत्पादन अवस्था

    नेपालमा अहिले सरकारी र निजी गरेर ३२ वटा अस्पतालका मात्र आफ्ना अक्सिजन प्लान्ट छन्। चारवटा अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्क छन्। डा. समिरकुमार अधिकारी भन्छन्, “ती अस्पतालहरूका क्षमता नै पनि अहिलेको उच्च मागलाई थेग्न सक्ने नभएकाले सिलिन्डर अक्सिजनतर्फ चाप बढेको हो।”

    चाप बढेपछि कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले दैनिक कोटा छुट्ट्याएर अस्पतालहरूलाई अक्सिजन उपलब्ध गराउन थालेपछि झन् अस्तव्यतता बढेको अस्पतालहरूले जनाएका छन्।

    नेपालमा चीनबाट व्यावसायीहरूले किनेका केही हजार सिलिन्डर आउने क्रममा रहेको तातोपानी भन्सार कार्यालयले जनाएको छ। सङ्घका महासचिव तिमिल्सिना भन्छन्, “अहिले हामीसँग दैनिक ४० देखि ५० हजार अक्सिजन सिलिन्डरको माग छ जबकि देशभरि दैनिक अधिकतम १७ देखि १८ हजार सिलिन्डर उत्पादन हुन्छ।”


    जेठ ३, २०७८ सोमवार ०९:४०:०५ बजे : प्रकाशित

    बैतडीमा थप १५ दिन निषेधाज्ञा  

    रासस

    जेठ ३

  • 100
    SHARES
  • बैतडीमा थप १५ दिन निषेधाज्ञा  

    काठमाडौँ।  बैतडीमा थप भएको निषेधाज्ञा  आजदेखि लागू भएको छ । थपिएको निषेधाज्ञा यही जेठ १७ गतेसम्म लागू हुनेछ । आइतबार प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आदेश जारी गर्दै  निषेधाज्ञालाई १५ दिन थप गर्दै जेठ १७ गतेसम्म कायम गरेका हुन् ।  यसअघि बैतडीमा वैशाख २० गतेदेखि जेठ २ गतेसम्मका लागि निषेधाज्ञा गरिएको थियो । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिसअनुसार जेठ १७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।

    जिल्लाका कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढिरहेकाले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा थप गरिएको जनाइएको हो । निषेधाज्ञाको समयमा सवारी साधन आवागमनमा पूर्ण रोक लगाइनेछ भने अनावश्यक कसैले पनि हिँडडुल गर्न पाइने छैन । खाद्यान्न तथा तरकारी पसल बिहान ७ बजेदेखि ९ बजेसम्म मात्रै खोल्न पाइनेछ । यसअघि बिहान १० बजेसम्म पसल खोल्न पाइने निर्णयमा थप कडाइ गरिएको हो । 

    यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले पनि आलोपालो मिलाई हप्तामा तीन दिन मात्रै दिनको दुई घण्टा सेवा दिनुपर्ने आदेशमा उल्लेख गरिएको छ । यसैगरी पूर्वस्वीकृति लिएका सवारी साधन मात्रै सञ्चालन गर्न पाइनेछ ।

    कुनै निर्माणका काम गर्नुपरेमा सम्बन्धित कार्यालय प्रमुख र योजना प्रमुखले सिफारिस गरेमा आवश्यकताका आधारमा ती काम सञ्चालन गर्न दिने निर्णय भएको छ । कुनै विकास निर्माणका योजनाको काम अघि बढाउँदा सङ्क्रमण नफैलिने सुनिश्चितता भएको अवस्थामा त्यस्ता आयोजनामा मात्रै काम गर्न दिने र अन्यथा सबै विकास निर्माणका कामसमेत रोक्न भनिएको छ ।  
     
    निषेधाज्ञाको अवधिमा सबै प्रकारका सभा सम्मेलन र बैठकहरुमा रोक लगाइएको छ भने विवाह, व्रतबन्ध, अन्तिम संस्कार जस्ता कार्य थोरै मानिसको सहभागितामा जिल्ला प्रशासन कार्यालयको समन्वयमा गर्न पाइनेछ । कसैले निषेधाज्ञाको उल्लङ्घन गरेमा सङ्क्रामक रोग ऐनअनुसार कारवाही हुने बताइएको छ ।  बैतडीमा कोरोनाका  सक्रिय सङ्क्रमितको सङ्ख्या ९१५ रहेको  छ । हालसम्म कोरोनाकै कारण ११ जनाको मृत्यु भइसकेको छ ।  


    जेठ ३, २०७८ सोमवार ११:११:२० बजे : प्रकाशित

    चितवनको माडीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

    जेठ ३

  • 118
    SHARES
  • चितवनको माडीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

    चितवन । माडीमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका(५, पिपरिया निवासी ६० वर्षीय बृद्ध पुरुष रहेका छन् । 

    उनको आइतबार बिहान ३:३५ बजे भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

    निमोनियाको समस्या भई जेठ २ गते दिउँसो १२ बजे अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै माडीमा कोरोनाको दोश्रो लहर सुरु भएदेखि मृतकको संख्या ५ पुगिसकेको छ ।  


    जेठ ३, २०७८ सोमवार १२:४१:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • भारतले सार्वजनिक गर्‍यो आफैंले बनाएको कोरोनाविरुद्धको औषधि, नेपाललाई कस्तो फाइदा ?

    भारतले सार्वजनिक गर्‍यो आफैंले बनाएको कोरोनाविरुद्धको औषधि, नेपाललाई कस्तो फाइदा ?

    काठमाडौं । भारतसहित संसार कोरोनाभाइरस (कोभिड १९)को नयाँ नयाँ स्वरुपको संक्रमणको चपेटामा परेको छ । कोरोनाभाइरसविरुद्ध बनेका केही खोप प्रयोगमा पनि आएका छन् । तर, कोरोना संक्रमणमा भने कमि आएको छैन । 

    यही बेला नेपालको छिमेकी मुलुक भारतले कोरोनाभाइरस विरुद्ध तयार पारेको औषधि सार्वजनिक गरेको छ । सोमबार भारतीय रक्षामन्त्री राजनाथ सिंहले कोरोनाभाइरसविरुद्धको औषधि ‘२–डीजी’  सार्वजनिक गरेका हुन् ।

    उनले कोरोनाभाइरसबाट संक्रमित भएकाहरुका लागि २–डीजी ग्लूकोज औषधि निकै प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका छन् । उक्त औषधिको प्रयोगले संक्रमित चाँडै संक्रमणमुक्त हुने मन्त्री सिंहले आशा व्यक्त गरे । 

    twt rajnath.PNG

    २–डीजी ग्लूकोज औषधि भारतको रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ)ले बनाएको हो । यसलाई भारत सरकारले आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । तर, हालसम्म  सामान्य प्रयोगका लागि भने अनुमति दिइएको छैन । 

    पाउडरको रूपमा तयार पारिएको उक्त औषधि सबैभन्दा पहिले डीआरडीओ कोभिड अस्पतालमा रहेका बिरामीलाई प्रयोग गरिने भारतीय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् । 

    नेपाललाई कस्तो फाइदा ?

    भारतमा तयार भएको २–डीजी ग्लूकोज औषधि कोरोना संक्रमितका लागि प्रभावकारी भए नेपाल पनि लाभावन्तित हुने जानकारहरु बताउँछन् । गत जनवरी १६ देखि खोप अभियान सुरु गरेको भारतले एक हप्ता नपुग्दै १० लाख डोज खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो । 

    भारतमा संक्रमण बढ्दा नेपालमा प्रभाव पर्ने तथा नेपालमा बढ्दा भारतलाई असर गर्ने भएकाले भारतले नेपाललाई चाँडै औषधि उपलब्ध गराउन सक्ने अनुमान गरिएको छ । छिमेकी राष्ट्र भएकाले पनि भारतको प्राथमिकतामा नेपाल रहने जानकारहरुको भनाइ छ । 


    जेठ ३, २०७८ सोमवार १३:४७:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोनाविरुद्धको औषधि
  • # ‘२–डीजी

  • क्यानाडा नेपाल