• May 17 2021 | २०७८, जेठ ३गते

२०७८, जेठ ३गते

  इन्डोनेसियामा भूकम्प जाँदा ६ जनाको मृत्यु, कैयौँ घाइते (अपडेट)

चैत्र २८ २०७७
  • 486
    SHARES
  •   इन्डोनेसियामा भूकम्प जाँदा ६ जनाको मृत्यु, कैयौँ घाइते (अपडेट)

    जकार्ता - इन्डोनेसियाको जाभा टापूको तटीय क्षेत्रमा शनिबार ६.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक विभागले जनाएको छ । 

    भूकम्पमा परी कम्तीमा छ व्यक्तिको मृत्यु भएको र अन्य कैयौँ घाइते भएको त्यहाँको विपत् व्यवस्थापन निकायले तत्काल जानकारी गराएको छ भने भूकम्पको क्षतिबारे थप विवरणहरू सङ्कलन भइरहेको सरकारी अधिकारीले बताएका छन् । 

    इन्डोनेसियामा गयो भूकम्प इन्डोनेसियामा गयो भूकम्प

    “उक्त विपत् व्यवस्थापन निकायका अनुसार भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म छ पुगेको छ । भूकम्पका कारण विभिन्न भौतिक संरचनामा क्षति पुगेको छ भने केही व्यक्ति गम्भीर घाइते भएको विवरणहरू प्राप्त भएका छन् ।” 

    राष्ट्रिय विपत् नियन्त्रण गर्ने सरकारी संस्थाका प्रवक्ता रदित्य जातीले भन्नुभयो, “भूकम्पमा अहिलेसम्मअ छ को मृत्यु भएको र एक जना गम्भीर घाइते भएको खबर आएको छ । भूकम्पव पछि आउनसक्ने पराकम्पनबाट थप क्षति हुन नदिन पूर्वी जाभाका धेरै गाउँहरूलाई खाली गरि सुरक्षित स्थानमा राखिएको छ ।”एएफपी


    चैत्र २८, २०७७ शनिवार २०:२३:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भूकम्प
  • # इन्डोनेसिया
  • अर्कोसमाचार

    बङ्गलादेशमा मे २३ सम्म लकडाउन, होटल र रेष्टुरेन्टहरूले अनलाइन सेवा प्रदान गर्न पाउने

    जेठ ३

  • 166
    SHARES
  • बङ्गलादेशमा मे २३ सम्म लकडाउन, होटल र रेष्टुरेन्टहरूले अनलाइन सेवा प्रदान गर्न पाउने

    ढाका - बङ्गलादेश तथा छिमेकी मुलुक भारतमा कोरोनाको वर्तमान महामारी नियन्त्रणका लागि घोषणा गरेको बन्दाबन्दी (लकडाउन) लाई मे २३ सम्म विस्तार गरेको छ । बंगलादेशको मन्त्रीपरिषद् कार्यालयले आइतबार एक परिपत्र गर्दै पछिल्लो निर्णय घोषणा गरेको हो ।

    दोस्रो लहरको कोभिड–१९ विरूद्ध लड्न बङ्गलादेशले पहिलो पटक अप्रिल १४ देखि अप्रिल २१ सम्म बन्दाबन्दी घोषणा गरेको थियो । आठ दिनको बन्दाबन्दीलाई विभिन्न चरण गरी मे १६ अर्थात् आइतबारसम्म विस्तार गरिएको थियो ।

    पछिल्लो परिपत्र अनुसार राजस्व सङ्कलनसम्बन्धी कार्यालय र संस्थालाई लकडाउनको दायरामा राखिएको छैन । यस अवधिमा होटल र रेष्टुरेन्टहरूले उक्त अवधिमा आफ्ना सेवालाई ग्राहकसम्म पु¥याउन वा अनलाइन सेवाहरू प्रदान गर्न पाउने छन् । मार्चदेखि फैलिएको कोभिड–को दोस्रो लहरका कारण सङ्क्रमण दरमा थप वृद्धि देखिएपछि शनिबार रातिदेखि बङ्गलादेशले सबै माध्यमिक र उच्च माध्यमिक शिक्षा संस्थानहरू बन्द गर्ने निर्णय गरेको छ ।

    देशको स्वास्थ्य सेवा महानिर्देशालयका अनुसार कोभिडका कारण पछिल्लो २४ घण्टामा ३६३ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने २५ सङ्क्रमितको मृ त्यु भएको छ । यससँगै बङ्गलादेशमा १२ हजार १४९ कोभिड–१९ सङ्क्रमितको मृ त्यु भएको छ भने सङ्क्रमित सङ्ख्या सात लाख ८० हजारभन्दा बढी पुगेको छ। सिन्ह्वा

     


    जेठ ३, २०७८ सोमवार ०७:४९:४० बजे : प्रकाशित

    भारतमा कोरोना संक्रमण दर घट्दै, एकैदिन ३ लाख ७८ हजार बढीले जिते कोरोना

    जेठ ३

  • 148
    SHARES
  • भारतमा कोरोना संक्रमण दर घट्दै, एकैदिन ३ लाख ७८ हजार बढीले जिते कोरोना

    काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण दर घट्दै गइरहेको छ । दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा पछिल्लो समय संक्रमितको दर घट्दै गइरहेको छ ।  

    पछिल्लो २४ घण्टामा २ लाख ८१ हजार ८६० जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि भारतमा ३ लाख १० हजार ८२२ जनामा कोरोना संक्रमण भएको थियो । यससँगै कोरोना संक्रमितको कुल संख्या २ करोड ४९ लाख ६४ हजार ९२५ पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ९२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ७४ हजार ४११ पुगेको छ ।

    यस्तै भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ७८ हजार ५७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोनामुक्त हुनेहरुको संख्या २ करोड ११ लाख ६७ हजार ६०९ जना पुगेको छ । 

    भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ । 
     


    जेठ ३, २०७८ सोमवार ०८:१६:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • विश्वभर कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ लाख ९३ हजार, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?

    जेठ ३

  • 224
    SHARES
  • विश्वभर कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ लाख ९३ हजार, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?

    काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण पुन बढ्न थालेको छ । विभिन्न देशमा नयाँ भेरियन्टसहितको कोरोनाभाइरस देखिएको छ ।

    कोरोना संक्रमणका बीच विभिन्न देशमा कोरोना खोप पनि लगाइएको छ । वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले भारत लगायत केही देशमा संक्रमितको संख्या तिव्र रुपमा बढेको देखिन्छ ।

    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमितको संख्या १६ करोड ३७ लाख १८ हजार २ सय ९८ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३३ लाख ९३ हजार ३ सय ३५ पुगेको छ ।

    त्यस्तै हालसम्म विश्वमा १४ करोड २१ लाख ६९ हजार ५७ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् । त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ६ लाख १ सय ४७ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ३ करोड ३७ लाख १५ हजार ९ सय ५१ पुगेको छ । यस्तै अमेरिकामा २ करोड ७१ लाख ३६ हजार २० कोरोना संक्रमित निको भइसकेका छन् । 

    त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ४ लाख ३५ हजार ८ सय २३ पुगेको छ भने संक्रमितको संख्या १ करोड ५६ लाख २७ हजार ४ सय ७५ पुगेको छ । यस्तै एक करोड ४० लाख ९७ हजार २ सय ८७ निको भइसकेका छन् । 

    hh.PNG


    जेठ ३, २०७८ सोमवार ०९:५८:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • कोरोनाविरुद्धको पहिलो औषधि बनायो भारतले

    जेठ ३

  • 140
    SHARES
  • कोरोनाविरुद्धको पहिलो औषधि बनायो भारतले

    काठमाडौं - भारतमा पछिल्लो समय नयाँ भेरियन्टसहितको कोरोनाभाइरस फैलिरहेको छ । यसैबीच भारतले कोरोनाभाइरसविरुद्धको औषधि तयार पारेको बताएको छ । 

    भारतले आफुले तयार पारेको कोरोनाविरुद्धको औषधिलाई आज नै सार्वजनिक गर्ने बीबीसीमा जनाइएको छ । कोरोनाविरुद्धको औषधि तयार पार्ने देश भारत पहिलो हो । 

    corona.jpg

    भारतले कोरोनाविरुद्धको यो औषधि भारतको औषधि महानियन्त्रक(डीजीसीआई)ले आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो । कोरोनाविरुद्धको  २–डीजी नामको औषधि आज भारतीय रक्षा मन्त्री राजनाथ सिंहले सार्वजनिक गर्ने जनाइएको छ । 

    औषधि तयार पारेको बारे रक्षामन्त्री राजनाथ सिंहले पनि सामाजिक सञ्जाल ट्वीटरमा जनाएका छन् । उनले यो औषधि डीआरडीओको इन्स्टिच्युट अफ न्यूक्लियर मेडिसिन एण्ड अलायर साइन्सेज९इनमास०ले औषधि बनाउने कम्पनी डाक्टर रेड्डीज लेबोरेट्रीजसँग बिलेर तयार पारेको बताएका छन् । 

    उनले यो औषधिले कोरोना संक्रमण भएका बिरामीको अक्सिजनमाथिको निर्भरतालाई कम गर्न सहयोग गर्ने जनाएका छन् । 
     


    जेठ ३, २०७८ सोमवार १२:०७:३६ बजे : प्रकाशित

    बम राख्दै गरेका तालिबानी लडाकूको विस्फोटमा मृत्यु

    जेठ ३

  • 100
    SHARES
  • बम राख्दै गरेका तालिबानी लडाकूको विस्फोटमा मृत्यु

    सोमबार बिहान अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको एक सडकमा बम राख्दै गरेका तालिवानी लडाकूको सोही बम विस्फोटमा परेर मृत्यु भएको छ । 

    उक्त प्रान्तका सुरक्षा अधिकारीले सो जानकारी दिएका छन् । उनका अनुसार सो सडकको छेउमा तीन जना तालिबानी लडाकूले बम राख्दै गरेका थिए । 

    अफगानिस्तानमा तालिबानी लडाकूहरुले सडकको छेउमा लुकाइ छिपाइ बम राख्ने र यसको विस्फोट गराएर सर्वसाधारणको ज्यान लिने गरेका छन् । तर आज भने उनीहरुले बम राखेर भाग्दै गर्दा अकस्मात बम विस्फोट भएपछि बम राख्नेमध्येका तीन जनाको ज्यान गएको बताइएको छ ।सिन्ह्वा 
     
     


    जेठ ३, २०७८ सोमवार १३:०१:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अफगानिस्तान
  • यस वर्षको 'मिस युनिभर्स' जितिन् मेक्सिकोकी २६ वर्षीया मेजाले

    जेठ ३

  • 114
    SHARES
  • यस वर्षको 'मिस युनिभर्स' जितिन् मेक्सिकोकी २६ वर्षीया मेजाले

    काठमाडौ - यस वर्षको 'मिस युनिभर्स' मेक्सिकोकी एन्ड्रिया मेजा बनेकी छिन् । 'मिस यूनिभर्स'को ६९ औँ संस्करणमा फ्लोरिडास्थित सेमिनोल हार्डरक होटल एन्ड क्यासिनो हलिउडमा भएको थियो । 

    उक्त कार्यक्रममा 'मिस यूनिभर्स २०२०'को ताज  मेक्सिकोकी २६ वर्षीया मेजाले पहिरिएकी हुन् । विश्वका ७४ देशका सुन्दरीहरुमा ताजको लागि २१ जनाले प्रतिस्पर्धा गरेका थिए । उनी २१ जना मध्येबाट छानिदै ताज जितेकी हुन् । 

    उनले उक्त कार्यक्रममा कोरोना सम्बन्धि प्रश्नको उत्तर दिएकी थिइन् । उनलाई कोभिड १९ नियन्त्रणका लागि कस्तो कदम चाल्नुहुन्छ भनि सोधिएको थियो । उनले उक्त प्रश्नको उत्कृष्ट जवाफ दिँदै मिस युनिभर्स को ताज जितेकी हुन् । 

    मेक्सिकोको चिहुवाहुवा सहरमा जन्मेकी मेजा लैङ्गिक हिंसा अन्त्यका लागि सक्रिय हुँदै आएकी थिइन् ।  यो प्रतियोगितामा नेपालकी अनिष्का शर्माले पनि सहभागिता जनाएकी थिइन् ।
     


    जेठ ३, २०७८ सोमवार १४:०२:०० बजे : प्रकाशित