बुधबार
२५ मङ्सिर
२०७६

सरकार बिरुद्ध बोले पूर्व कर्मचारीले पेन्सन नपाउने यस्तो नयाँ नियम

बिहीबार कार्तिक २८, २०७६/ Thursday 11-14-19

तस्वीर : रासस

२८ कात्तिक, काठमाडौं । सरकारले हालै पूर्व कर्मचारहरुका लागि नयाँ कानुन ल्याउँदै छ जसअनुसार सरकार विरुद्ध सार्वजनिक अभिव्यक्ति दिने पूर्वकर्मचारीको पेन्सन रोकिने गरी कानुन बन्ने भएको छ । बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले उक्त सहमति जुटाएको हो। सहमतिअनुसार गोप्य राख्नुपर्ने सूचना चुहाएको अवस्थामा पनि पेन्सन रोकिनेछ ।

‘सामाजिक सञ्जाल वा कुनै सञ्चारमाध्यम मार्फत सामाजिक द्वेश वा कलह बढ्ने र हिंसा भड्किने गरी सरकार वा राज्यविरुद्धको कुनै अभिव्यक्ति दिएको वा गोप्य राख्नुपर्ने सूचना खुलासा गरेको पुष्टि भएमा निवृतिभरण वा पारिवारिक निवृत्तिभरण पाइरहेको व्यक्तिले निवृत्तिभरण पाउने छैन’ समितिले गरेको सहमतिमा भनिएको छ ।

यस्तै जबरजस्ती करणी, भ्रष्टाचार, राष्ट्रविरुद्ध जासूसी, लागू औषध कारोबार, पुरातात्विक वस्तु बेचबिखन, मानव बेचबिखन, अपहरण, शरीर बन्धक, छुवाछुत तथा नैतिक पतन देखिने अन्य फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहरेका कर्मचारीको पनि पेन्सन सरकारले रोक्नेछ । बिदेशमा स्थायी आवासीय अनुमति प्राप्त गरेमा पनि पेन्सन रोकिने छ। 

हेर्नुहोस सहमति