• May 17 2021 | २०७८, जेठ ३गते

२०७८, जेठ ३गते

जनयुद्धकी आमा, जसको तस्बिरले मनलाई दुःखी बनायो

चैत्र २९ २०७७
  • 1.8K
    SHARES
  • जनयुद्धकी आमा, जसको तस्बिरले मनलाई दुःखी बनायो

    काठमाडौं । आमा कसैको कुभलो सोच्न सक्दिनन् । सन्तानको सुखका लागि आफू पीडामा बिताउन राजी हुने आमा सन्तानको दुःख हेर्न भने सक्दिनन् ।

    आमाको परिभाषा र महत्व शब्दमा वर्णन गर्न सम्भव छैन । वर्णन गर्न असम्भव आमाको पीडा हरेक सन्तानलाई पिडादायी हुन्छ, चाहे ति आफ्नी आमा हुन् वा अरु कसैकी, उनी सबैकी प्रिय हुन्छन् । 

    शनिबार साँझ ७ बजेर १७ मिनेटमा सामाजिक सञ्जाल फेसबुकमा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले आफ्नी आमा सीता दाहालसहितको तस्बिर पोष्ट गरिन् ।  साथमा रेणुकी बहिनी गंगा दाहाल पनि थिइन् । 

    दुई छोरी र आमाको तस्बिरमा देखिएको सीताको अवस्थाले सबैलाई चिन्तित् तुल्यायो नै, उनको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ । 

    विद्यमान राजनीतिक उपलब्धी हासिल गर्न सीताको योगदान अवर्णित छ । पति र छोराछोरीलाई मात्रै होइन स्वयं आफू पनि जनयुद्ध होमिएकी सीतालाई माओवादी युद्धकालमा धेरैले आमा भनेर सम्बोधन गरे । अहिले तिनै आमा बिरामी अवस्थामा छिन् ।

    पति पुष्पकमल दाहाल प्रचण्डले उनको उपचारमा कुनै कमि आउन दिएका छैनन् । जति शरीरलाई रोगले गलायो, त्यो भन्दा बढी उनलाई सन्तान वियोगको पीडा सतायो । एक छोरी र एक छोरा गुमाएकी जनयुद्धकी आमा सीता पार्किन्सन्सजस्तो मस्तिष्कसम्बन्धी जटिल रोग प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी)बाट पीडित छिन् । 

    अमेरिका, सिंगापुर, भारतसहित विभिन्न मुलुकमा उनको उपचार गरिए पनि निको हुन भने सकेको छैन । जनयुद्धमा आफैँ होमिएर हजारौँ योद्धाहरुलाई उत्साह र हिम्मत दिएकी उनै जनयुद्धकी आमा अहिले गलेकी छन्, थाकेकी छन् । उनै गलित आमाको तस्बिर शनिबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरियो । 

    आफ्नै छोरी रेणुले पोष्ट गरिएको उक्त तस्बिरमा सीता निकै दुब्लो र चिन्तित् देखिइन् । छोरी रेणुको अंगालोमा देखिएकी सीता निकै गलेको देखिन्छ । सो तस्बिरमा रेणु र सीतासँगै गंगा पनि देखिन्छिन् ।

    दुई छोरी रेणु र गंगा मुस्कुराउने प्रयास गरेको देखिन्छ । सो तस्बिरले ममतामयी आमा र छोरीहरुबीचको सम्बन्धलाई उजागार पनि गरेको छ । सो तस्बिर पोष्ट गरेको १६ घण्टामा १४ हजार जनाले प्रतिक्रिया जनाउँदै सीताको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छ । 

    renu.PNG


    चैत्र २९, २०७७ आइतवार ११:४३:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जनयुद्धकी आमा
  • अर्कोसमाचार

    प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय सहायताको अपील गरेपछि दाताहरूलाई पत्राचार

    बीबीसी

    बैशाख २९

  • 226
    SHARES
  • प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय सहायताको अपील गरेपछि दाताहरूलाई पत्राचार

    काठमाडौँ।  कोरोनाभाइरसको महामारीले अत्यावश्यक औषधि र अक्सिजनसहितका सामग्रीको अभाव भइरहेको भन्दै सरकारले नेपालको कोभिड-१९ प्रतिकार्यमा सहयोग गर्न विदेशी दातृनिकायहरूलाई अनुरोध गरेको छ।

    नेपालमा कोभिड-१९ को सङ्कट गहिरिँदै गएकाले अन्तर्राष्ट्रिय सहयोगको अपील गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा लेख सोमवार ब्रिटेनको 'द गार्डियन' मा प्रकाशित भएको थियो। त्यसमा धनी राष्ट्रहरूको समूह जी-७ को अहिलेको अध्यक्षको हैसियतले विशेषगरी खोपसहित अरू अत्यावश्यक स्वास्थ्य उपकरण नेपाललाई जुटाउन मद्दत गर्न भनिएको छ।

    प्रधानमन्त्रीको उक्त लेखसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक सहायताको सूचीको विवरण राखेर विकास साझेदारलाई पत्राचार गरेको छ।  न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घका एक प्रवक्ताले नेपालस्थित राष्ट्रसङ्घीय आवासीय प्रतिनिधिले कोभिड-१९ को बढ्दो सङ्क्रमण दरसँग जुझ्न थप आर्थिक र प्राविधिक सहायता परिचालन गरेको जनाएको छन्।

    स्वास्थ्य मन्त्रालय के भन्छ ?

    स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले प्रधानमन्त्रीले नै देश अप्ठेरो अवस्थामा रहेको, आपत्कालीन सहयोगहरू चाहिएको भन्दै अनुरोध गरेको र अवस्था चुनौतीपूर्ण रहेको बताए।

    उनी भन्छन्, "हामीलाई अहिले निक्कै नै गाह्रो भइसकेको अवस्था छ। मानिसहरूलाई अस्पतालमा बेड उपलब्ध गराउन सकिएको छैन। अस्पतालहरूलाई अक्सिजन उपलब्ध गराउन सकिएको छैन।"

    उनले थपे, "त्यही भएर हामीले सबै विकास साझेदारहरूलाई अनुरोध गरेका हौँ। हामीले प्राथमिकताको आधारमा सामग्रीहरू उपलब्ध गराउन सूची तयार पारेर दिएका छौँ। यति गरेपछि सहयोग आउन थाल्छ भन्ने हाम्रो विश्वास हो।"

    डा. अधिकारीले तत्कालै नियमित आपूर्ति प्रणाली कायम हुने गरी प्लान्टको व्यवस्थापनसहित कम्तीमा २०,००० थान अक्सिजन सिलिन्डर आवश्यक रहेको बताए। सोमवार लेखिएको पत्रमा स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले अस्पतालहरूले दबाव झेलिरहेको भन्दै अत्यावश्यक औषधि, अक्सिजन र अन्य उपकरणको अभाव रहेको उल्लेख गरिएको छ।

    के माग गरिएको छ ?

    उक्त पत्रमा अक्सिजन, आईसीयू र अन्य उपकरण, औषधिहरू, सङ्क्रमणको पहिचानसँग सम्बन्धित उपकरण, कोभिड खोप, पीपीई र अन्य सामग्रीहरू नेपाललाई उपलब्ध गराउन भनिएको छ।

    सरकारी अनुरोधमा सातवटा अक्सिजन उत्पादन प्लान्ट, भ्यापराइजरसहितको १० वटा तरल अक्सिजन ट्याङ्क, प्रतिदिन २० टन तरल अक्सिजन र १० हजार वटा अक्सिजन कन्सेन्ट्रेटर ३० दिनभित्र उपलब्ध गराउन अपील गरिएको छ।

    त्यसबाहेक ६०,००० थान अक्सिजन सिलिन्डर र ९०० थान भेन्टिलेटर उपलब्ध गराउन पनि आह्वान गरिएको छ। एक महिनाको अवधिमा प्रदेश र केन्द्रमा गरी २,००० आईसीयू बेड स्थापनाका लागि मद्दत गर्न भनिएको छ। सरकारले १५ दिनभित्र २० लाखभन्दा बढी पीसीआर परीक्षण सामग्री र ११ लाख एन्टिजन परीक्षण सामग्री उपलब्ध गराउन पनि बाह्य विकास साझेदारलाई भनेको छ।

    त्यसबाहेक प्राथमिकतामा पर्ने समूहका लागि कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन भनिएको छ। सरकारी पत्रमा ३ करोड ७० लाख मात्रा खोप माग गरिएको छ। सरकारले आफैँले भारत, चीन र रुस सहितका देशबाट खोप खरिद गर्ने प्रक्रिया अघि बढाएको भए पनि उक्त प्रयास कुनै निष्कर्षमा नपुगेको अधिकारीहरूले बताउँदै आएका छन्।

    सहायता निकायहरूबाट सरकारले लाखौँको सङ्ख्यामा सर्जिकल मास्क, पन्जा, एन९५ मास्क, शरीर ढाक्ने गाउन, स्यानिटाइजर, फेसशील्ड र सुरक्षा चस्मासहितका सामग्री माग गरेको छ। त्यसबाहेक अस्थायी अस्पतालका लागि १५० टेन्ट, अस्थायी जाँच केन्द्रका लागि १५० टेन्ट सीसीएमसीले माग गरेको र आठवटा कल सेन्टरका लागि उपकरणहरू उपलब्ध गराउन माग गरिएको छ ।

    अन्तर्राष्ट्रिय निकायहरूले प्रतिक्रिया कस्तो छ ?

    प्रधानमन्त्रीले सहायताका लागि अपिल गरेकै दिन न्यूयोर्कमा राष्ट्रसङ्घका प्रवक्ताले नेपाललाई थप सहयोग उपलब्ध गराउन थालिएको जनाएका छन्। उनले अक्सिजन कन्सेन्ट्रेटर सहितका अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइएको भन्दै छिमेकी भारतबाट हजारौँ मानिसहरू फर्किएका हुनाले सीमा अधिकारीहरूलाई स्वास्थ्य र सुरक्षा सम्बन्धी उपकरण युनिसेफ र आइओएमले उपलब्ध गराएको जनाएका छन्।

    त्यसबाहेक सूचना, यात्रा सुझाव र स्वास्थ्य सन्देशहरूमा मद्दत गरेको भनिएको छ।  सरकारको पछिल्लो अनुरोधबारे दातृनिकायहरूले कुनै प्रतिक्रिया दिइसकेका छैनन्। अघिल्लो साता समाज कल्याण परिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई कोभिड-१९ प्रतिकार्यका लागि स्वास्थ्य उपकरणसहितका क्षेत्रमा मद्दत गर्न आग्रह गरेको थियो। त्यसमा आफूहरू सघाउन तयार रहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सङ्गठनका प्रतिनिधिले बीबीसीलाई बताएका थिए।

    कसबाट कस्तो सहयोग आएको छ ?

    मे महिनाको पहिलो साता संयुक्त राज्य अमेरिकाले हालसम्म कोभिड-१९ महामारी नियन्त्रणका लागि नेपाललाई ३ करोड ९९ लाख डलर बराबरको सहयोग गरेको जनाएको थियो। त्यसमा १०० वटा भेन्टिलेटर र ११,००० पीपीईसहितका सामग्री रहेको उसको भनाइ छ।

    नेपाललाई महामारीसँग जुझ्न चीनले ५० लाख आरएमबी अर्थात् झन्डै नौ करोड १५ लाख रुपैयाँभन्दा बढीको स्वास्थ्य सामाग्री उपलब्ध गराउने प्रतिबद्धता हालै गरेको थियो। बेइजिङबाट नेपाल वायुसेवा निगमको विमानले पहिलो खेपमा मङ्गलवार ४०० वटा सिलिन्डर र १० वटा भेन्टिलेटर ल्याएको चीनस्थित नेपाली राजदूतावासका डेप्यूटी चीफ अफ मिशन सुशीलकुमार लम्सालले बताए।

    उनका अनुसार दोस्रो खेपमा थप १,६०० अक्सिजन सिलिन्डर हवाईमार्गबाट र तेस्रो खेपमा १,५०० सय सिलिन्डर सडक मार्गबाट केरुङ हुँदै नेपाल भित्र्याउने तयारी छ। त्यसबाहेक चीनमा समुदाय स्तरबाट झन्डै २०० अक्सिजन कन्सेन्ट्रेटर सङ्कलन गरिएको र कतिपयले सिलिन्डर र भेन्टिलेटर पनि उपलब्ध गराउने भन्दै जानकारी लिइरहेको लम्सालको भनाइ छ।

    त्यसरी सहयोगमा प्राप्त सामग्री आपूर्ति गर्न नीतिगत निर्णय सरकारले लिनुपर्ने अवस्था रहेको बताइन्छ। यसअघि नेपाली सेनालाई सहित गरी भारतले ११ लाख कोरोनाभाइरसविरुद्धको खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको छ। काठमाण्डूस्थित भारतीय दूतावासले केही थान भेन्टिलेटर पनि नेपाललाई उपलब्ध गराएको थियो। चीनले आफ्नो देशमा निर्मित आठ लाख थान खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको छ।

     


    बैशाख २९, २०७८ बुधवार ११:०४:०८ बजे : प्रकाशित

    निषेधाज्ञामा बिहे भोज चलाउने दुई दुलहा पक्राउ

    रासस

    बैशाख २९

  • 240
    SHARES
  • निषेधाज्ञामा बिहे भोज चलाउने दुई दुलहा पक्राउ

    जलजला गाउँपालिका –२ मा निषेधाज्ञाका समयमा बिहे भोज चलाउने व्यक्ति पक्राउ परेका छन् । कोरोनाको हटस्पट  जलजला –२ माझफाँटमा बिहेको भोज गर्ने दुई दुलहा आज पक्राउ परेका हुन् ।  

    मंगलबार बिहे गरेका दुई  जनाले आज एकै ठाउँमा भीड गरेर भोज चलाएको सूचना पाएपछि प्रहरीले २३ वर्षीय प्रदीप परियार र  २४ वर्षीय राजकुमार परियारलाई पक्राउ गरेको छ । उक्त गाउँमा  कोरोनाका सक्रिय संक्रमित ७५ जना छन् । 

    जिल्ला प्रशासन कार्यालयले बिहे तथा काजक्रियामा १० जना मात्रै सहभागी हुने आदेश जारी गरे पनि बिहे भोजमा ३०/४०  गाउँले भेला भएको प्रहरीले जनाएको छ । प्रहरी पुगेपछि सहभागी भागाभाग भएका थिए । 

    प्रहरीले सबै भागेपछि दुई बहुलालाई समातेर आवश्यक कारबाहीपछि छाड्ने जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप पौडेलले स्वास्थ्य मापदण्ड पालना नगरी बिहे भोज गरेको पाइएपछि दुवै बेहुलालाई नियन्त्रणमा लिइएको बताए । 


    बैशाख २९, २०७८ बुधवार १८:१८:०५ बजे : प्रकाशित

    अमेरिकाको सिनेटमा नेपालको कोरोना भाइरसको असरका बारेमा छलफल

    रासस

    बैशाख ३०

  • 220
    SHARES
  • अमेरिकाको सिनेटमा नेपालको कोरोना भाइरसको असरका बारेमा छलफल

    काठमाडौँ। अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा बुधबार नेपालमा कोरोना भाइरसले पारेको असरका बारेमा छलफल भएको छ । कोभिड–१९ महामारी र अमेरिकाको अन्तर्राष्ट्रिय ‘रेसपोन्स’का बारेमा भएको सुनुवाइ कार्यक्रममा कनेक्टिकट राज्यबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्नुहुने सिनेटर क्रिस मुर्फेले नेपाल लक्षित भएर जिज्ञासा राखेका थिए ।

    उनले नेपालको करिब तीन करोड जनसङ्ख्या कोरोना भाइरसको मारमा परेको भन्दै युएसएआइडीले हालै गरेको सहयोगका बारेमा समेत चर्चा गरेका थिए।  । सिनेटर क्रिसले नेपालमा स्वास्थ्य सामग्रीको निर्यातमा भारतले बन्देज लगाएकाले अवस्था झन नाजुक भएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

    कोभिड महामारीको लागि युएसएआइडीका लागि वरिष्ठ सल्लाहकार जेरेमी कोन्डयाकले नेपालको अवस्था भयावह भएको उल्लेख गर्दै परीक्षण गरिएका अधिकांशमा कोरोनाको सङ्क्रमण पाइएको बताए । यो दर उच्च भएको उनको टिप्पणी थियो । उनले नेपाललाई अतिरिक्त सहायताका लागि योजना बनाइरहेको पनि सिनेटलाई जानकारी दिए ।

    अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले सिनेटमा नेपालको विषयले प्रवेश पाएकोमा खुशी व्यक्त गर्दे भने , “अहिले नेपाललाई स्वास्थ्य आपतकालसँग जुध्न मित्रराष्ट्र अमेरिकाले सहयोग गर्नु विगतमा अन्य तरिकाको गरिएको सहयोगभन्दा पनि महत्वपूर्ण हुने बताए । उनले अमेरिकाका सम्बन्धित निकायहरुलाई नेपालको महामारीको असरको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउँदै नेपाललाई विभिन्न तरिकाले सहयोगको खाँचो रहेको र त्यसका लागि अमेरिकी सरकारसँग दूतावासले अनुरोध गरिरहेको बताए ।

    अमेरिकाको मेरिल्याण्ड राज्यका लागि नेपाली मूलका पहिलो विधायक ह्यारी भण्डारीले अमेरिकी सरकारलाई सहयोग गर्न अपिल गर्दै राष्टपति जो वाइडेनको प्रशासनलाई दबाब दिन हस्ताक्षर अभियान चलाएका छन्  । उनले मेरिल्याण्डबाट प्रतिनिधित्व गर्ने सिनेटरहरु क्रिस भ्यान होलान र वेन कार्डेनको कार्यालयलाई समेत नेपालको पछिल्लो अवस्थाको बारेमा जानकारी गराउँदै सहयोगको लागि सङ्घीय सरकारसँग अनुरोध गर्न पहलकदमी गरेको बताए ।  संक्षिप्त प्रतिक्रिया दिँदै भण्डारीले भने, “सिनेटरहरुले गर्नुभएको पहलकदमीले हामीलाई उत्साहित बनाएको छ ।”

    अमेरिकाले नेपाललाई कोरोना भाइरससँग जुध्नका लागि स्वास्थ्य उपकरणहरु सहयोग गर्दै आएको छ । विगत एक बर्षको बीचमा युएसआइडीले तीन करोड ६८ लाख अमेरिकी डलर सहयोग गरेको छ भने डिपार्टमेन्ट अफ डिफेन्समार्फत ३१ लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री सहयोग प्रदान गरिसकेको छ ।

    अमेरिकामा २५ करोड जनसङ्ख्याले कोरोना भाइरसको खोप लगाइसकेको छ र खोपको उत्पादन तीव्रगतिमा हुँदै गएकाले कोभ्याक्समार्फतको खोप केही साताभित्र नेपाल पुग्ने अपेक्षा गरिएको छ ।


    बैशाख ३०, २०७८ बिहिवार १३:३६:१९ बजे : प्रकाशित

    नेपाललाई कोरोनाको लडाईँमा सघाउन युरोपेली आयोगलाई आग्रह

    रासस

    बैशाख ३०

  • 252
    SHARES
  • नेपाललाई कोरोनाको लडाईँमा सघाउन युरोपेली आयोगलाई आग्रह

    काठमाडौँ। युरोपेली सङ्घका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले कोभिड–१९ विरुद्धको नेपालको लडाईँमा सघाउन युरोपेली आयोगका अध्यक्षसमक्ष आग्रह गरेका छन् । 

    आयोगका अध्यक्ष उर्सुला भोन डेर लिएनसमक्ष बुधबार आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेपछि भएको संक्षिप्त भेटमा राजदूत राजभण्डारीले कोभिड–१९ का कारण नेपालले झेल्नुपरेको सङ्कटबारे अवगत गराउँदै सहायताका निम्ति आग्रह गर्नुभएको ब्रसेल्सस्थित नेपाली राजदूतावासले जनाएको छ ।

    खोप, अत्यावश्यक औषधि तथा जीवनदायी औषधि आपूर्तिका लागि उनले गरेको आग्रहको जवाफमा आयोगका अध्यक्षले युरोपेली सङ्घका संयन्त्रमार्फत महामारीविरुद्धको नेपालको लडाइँमा सघाउने आश्वासन दिनुभएको उक्त दूतावासले जनाएको छ ।

    राजदूत राजभण्डारीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अध्यक्ष लिएनमा हार्दिक शुभकामना व्यक्त गरेका थिए ।


    बैशाख ३०, २०७८ बिहिवार १३:५२:०८ बजे : प्रकाशित

    यस्तो मायालाई छोटो समयमै यूट्यूबमा २० लाख बढि भ्युज !

  • 176
    SHARES
  • यस्तो मायालाई छोटो समयमै यूट्यूबमा २० लाख बढि भ्युज !

    काठमाडौं । गीतकार निशा शर्मा अर्यालको “यस्तो माया”बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको छोटो समयमानै गीतलाई यूट्यूबमा २० लाख भन्दा धेरै पटक हेरिएको छ। गीतमा गायक प्रताप दास र गायिका बेनिशा पौडेलको सुमधुर आवाज सुन्न सकिन्छ भने दिपक शर्माले संगीत भरेका छन् ।

    पहिलो गीतबाटै निशाले दर्शक स्रोताको राम्रो राम्रो प्रतिक्रिया पाएकी छिन् । क्यानडामा बस्दै आएकी निशाले गीत सृजनामा डेव्यु गर्दै गर्दा उनका धेरै शुभचिन्तकले बधाई तथा शुभकामना पनि दिएका थिए।बिधान कार्कीले निर्दशन गरेको म्युजिक भिडियोमा नायक पल शाह र मोडल उषा उप्रेती भिडियोमा फिचर्ड छन् । पल र उषाको केमिस्ट्री भिडियोमा गजब देखिएको छ।

    म्युजिक भिडियोमा उत्सव दाहालको छायांकन , विकाश दाहालको सम्पादन ,नन्दा अधिकारिको मेकअप समाबेस रहेको छ। गीतकार अर्याल यतिबेला अर्को नया गीत जे भयो ठिकै भयो बजारमा ल्याउने तयारीमा छिन।  जहा दिपक शर्माको संगीत ,रामककृष्ण ढकालको स्वर सुन्न सकिनेछ।  


    बैशाख ३०, २०७८ बिहिवार १६:३२:३७ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    लुम्बिनी प्रदेशमा १४ सङ्क्रमितको मृत्यु

    लुम्बिनी प्रदेशमा १४ सङ्क्रमितको मृत्यु

    काठमाडौँ।  लुम्बिनी प्रदेशको दाङ र बाँकेमा गरी १४ जनाको कोभिड सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये दाङका छ र बाँकेका आठ छन् । कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा पाँच, शिक्षण अस्पताल कोहलपुरमा दुई र एक जनाको होम आइसोलेशनमा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

    उनका अनुसार भेरी अस्पताल नेपालगञ्जमा उपचाररत सल्यान कुमाख गाउँपालिका–१ निवासी ६७ वर्षीया महिला, बर्दिया मधुवन नगरपालिका–६ निवासी ५९ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–६ बाँके निवासी ३५ वर्षीया महिला, खजुरा गाउँपालिका–३ बाँके निवासी ७५ वर्षीया महिला र नेपालगञ्ज उपमहानगरपालिका–५ निवासी ६१ वर्षीया महिलाको मृत्यु भएको हो ।

    यसैगरी शिक्षण अस्पताल कोहलपुरमा कोहलपुर नगरपालिका–२ निवासी २८ वर्षीय पुरुष र कैलाली लम्कीचुहा नगरपालिका निवासी ४० वर्षीय पुरुषको मृत्यु भएको छ भने खजुरा गाउँपालिका–१ बाँके निवासी ६४ वर्षीया महिलाको होम आइसोलेशनमा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताए । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २२२ पुगेको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा १६७ को मृत्यु भएको छ ।

    दाङमा एकै दिन छ सङ्क्रमितको मृत्यु

    तुलसीपुर।  दाङमा थप छ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिकाका पाँच र घोराहीका एकजना रहेका छन् । सोमध्ये पाँचको संस्थागत आइसोलेशन र एक होम आइसोलेशनमा बसेका सङ्क्रमितको मृत्यु भएको छ ।

    सो उपमहानगरपालिकाले सञ्चालन गरेको मेट्रो सिटी अस्पतालमा उपचाररत तुलसीपुर–७ का ६२ वर्षीय पुरुष र १२ का ६७ वर्षीय पुरुष मृत्यु भएको हो । यस्तै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचाररत तुलसीपुर–८ का ३० वर्षीया महिलाको मृत्यु भएको छ ।

    यस्तै कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत तुलसीपुरका दुई सङ्क्रमितको मृत्यु भएको छ । यही वैशाख २४ गतेदेखि अस्पतालमा उपचार गराइरहेका तुलसीपुर–१९ का ४९ वर्षीया महिलाको आज बिहान १ः०० बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका व्यवस्थापक दोण वलीले जानकारी दिए ।

    ओलीका अनुसार तुलसीपुर–९ निवासी २४ वर्षीया महिलाको बिहीबार साँझ पौने ७ः०० बजेतिर मृत्यु भएको छ । यस्तै होम आइसोलेशनमा बसेका घोराही–९ का ३३ वर्षीय पुरुषको मृत्यु भएको छ । योसँगै वैशाख महिनामा मात्रै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९७ पुगेको केन्द्रले जनाएको छ ।

    नवलपरासीमा पन्ध्र दिन निषेधाज्ञा थपियो

    परासी : दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण र मृत्युदरसमेत बढ्दै गएपछि नवलपरासी (बर्दघाट सुस्तापश्चिम) मा थप १५ दिन निषेधाज्ञा थपिएको छ । तीव्र रुपमा फैलिरहेको सङ्क्रमण थप फैलिन नदिन तथा यसको रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन भन्दै आज राति १२ः०० बजेदेखि लागू हुने गरी आगामी जेठ १५ गतेसम्म निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले यसअघिको भन्दा कडाइका साथ निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो । यसअघि यही वैशाख २१ गते राति १२ः०० देखि आज राति १२ः०० बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको थियो ।


    बैशाख ३१, २०७८ शुक्रवार १२:१८:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेश
  • # कोरोनाको उपचार

  • नेपाल टेलिभिजन अनलाइन