बुधबार
२५ मङ्सिर
२०७६

सीमामा कोहि नबोल्ने ! रास्ट्रनिर्माताको सालिक फुटाउन जमात जम्मा हुने। यो कस्तो राष्ट्रवाद ?

बिहीबार कार्तिक २८, २०७६/ Thursday 11-14-19

भारतको १७ वटा चेक पोस्ट हटाउने सिंहदरबार जल्दा नैतिकताको आधारमा राजिनामा दिने प्रधानमन्त्री किर्तिनिधी बिष्ट गुमनाम भएर बाँचे, प्रधानमन्त्रीले पाउने सुबिधा कुनै नलिएर बसे ! ऊनी मर्दा उनको मलामी भनेको उहि चिनजानको आफन्त मात्रै थिए , भारतको चर्को नाकाबन्दीको सामना गर्दै चट्टानी अडान लिएर बस्ने मरिचमान सिकिस्त बिमारी भएको बेला उपचार खर्चको अभाव भएर मृत्युवरण गर्न पुग्यो, बाँचुन्जेल गुमनाम भएर बाँचे, मरेको दिन केही राजाबादीहरु मात्रै मलामी गए ! बाटो सुनसान थियो त्यसैले होला मिडियाले पनि लेखे शान्तपुर्वक प्रस्थान गर्नु भयो भनेर लेखे !!

यो देशको हित चिताउने राष्ट्रवादि नायकहरुले मलामी समेत पाउदैन भन्ने ज्वलन्त उदाहरणहरु यिनै हुन।
तर भारतले नेपाललाई नाकाबन्दी गर्न आग्रह गर्दै चाक्सी बारीमा भारतिय नेताहरू बोलाएर भाषण गर्न लगाउने बामपंथी र कांग्रेसको नेताहरू मर्दा पशुपति घाटमा मान्छेको पाइला राख्ने ठाउँ सम्म हुन्न ! नेपाली मिडियामा शोकको लहर चल्छ ! टेलिभिजनमा शोक धुन बज्छ, काठमाडौ सहर ठप्प हुन्छ मौसमी राष्ट्रवादी मलामीहरुको हुलले !

यो देशको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको पृथ्वी जयन्ती मनाउने दिनमा (चितवनमा) मान्छे नपुगेर लाजमर्दो रूपमा बीस तीस जना भेला भएर अहिलेसम्म जेनतेन मनाउदै छौं ! कोही नेता आउदैन कुनै ब्यपारीले कार्यक्रम गर्न चन्दा दिदैन एउटा राष्ट्र निर्माता नायकको जयन्ती मनाउने दिनको हालत यस्तो छ तर त्यही पृथ्वीनारायण शाहको सालिक तोडफोड गरेर उनको अस्तित्व अस्विकार गर्ने पार्टीले यो देशमा दुई तिहाई भोट पाउँछ भने पृथ्वीनारायण शाहलाई मान्नुपर्छ भन्ने पार्टीहरुको जमानत समेत जफत हुन्छ !

यो देशको सिमाना पृथ्वीनारायण शाह पछीको आजको बिशाल नेपाल बनाउने बहादुर शाह हुन् आजको कालापानी लिपुलेक उनैले आर्जेका हुन् तर उनैलाई जेलमा हालेर टाउकोमा तातो तेल खन्याएर चरम याताना दिएर चीनमा उनको मृत्युको खबर छेरौटीले मरेको, भारतीय कम्पनीलाई चिट्ठी पठाउदा सिकिस्त बिरामी परेर मरेको भन्दै षड्यन्त्र पुर्वक मारे, तर इतिहासको यस्तो महान योगदान दिने ब्यक्तिको अहिलेसम्म पुर्व मेचीदेखि पश्चिम् महाकाली सम्म उनको एउटा सालिक सम्म निर्माण गरेको छैन ! न त कहिल्यै उनको योगदान बारेमा चर्चा नै गर्छौ ! न त कुनै सम्मान छ न चर्चा !!

भिमसेन थापाले युद्धमा गुमाएको भूभाग लाई चतुर कुटनितिक सम्बन्ध बिस्तार गरेर जंग बहादुर राणाले जंगे पिलर गाडेर गुमेको भूभाग कैलाली कंचनपुर बाँके बर्दिया फिर्ता ल्याएर नेपालको चार किल्ला बानेर राख्ने जंग बहादुरको पनि अन्ततः त्यही भए उनको सन्तानहरुले पनि सत्ताको कोपभाजनमा परे ! मोज मस्ती अरुले गरे ति सबैको अपजस जंग बहादुर लाई थुपारेर आज इतिहासको खलपात्रको रूपमा चित्रित गर्दै हामीले स्कुलमा पाठ्यक्रममा पढाउदै छौं ! यथोचित सम्मानको कुरा त धेरै टाढाको कुरा !

शक्तिशाली छिमेकीको आँखामा कुटनैतिक छलछाम गर्दै आधुनिक नेपालको जग बसाल्ने राजा महेन्द्र नै हुन् ! उनकै दीर्घकालीन परियोजनाअन्तर्गतको राजकीय संरचना नै आजको नयाँ नेपालको जग हो ! तर ऊनी पनि ऐतिहासिक खलनायक रूपमा चित्रण गरेर भए भरको सालिक तोडेर नामेट पारिसकेको छ !

]यो कस्तो देश होला ? जहाँ राष्ट्रवादी नायक मर्दा मलामी सम्म नपाउने ! सालिक राख्न दुई फुट जग्गा नपाउने ! तर आज कालापानी को एजेन्डामा जताहेर त्यतै राष्ट्रवादी ! सामाजिक संजाल भरि राष्ट्रवादी ! मिडियामा हेर राष्ट्रवादी ! पार्टी कार्यलय हरुमा हेर राष्ट्रवादी ! सहरमा गाउँमा टोलमा जताहेर राष्ट्रवादी नै राष्ट्रवादी ! ओहो राष्ट्रवादी !!
थुक्क मौसमी राष्ट्रवादी !!

मोहन लामा रुम्बा