• Jun 18 2021 | २०७८, आषाढ ४गते

२०७८, आषाढ ४गते

छलफलबाट नै पार्टीभित्रका समस्यालाई समाधान गर्न तयार छौं - माधव नेपाल

चैत्र २९ २०७७
  • 730
    SHARES
  • छलफलबाट नै पार्टीभित्रका समस्यालाई समाधान गर्न तयार छौं - माधव नेपाल

    काठमाडौं - नेकपा एमालेका निलम्बित नेता माधवकुमार नेपालले नेता तथा कार्यकर्तामाथि कारबाही गर्दा पार्टी कमजोर हुने बताएका छन् । आइतबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले सो कुरा बताएका हुन् । 

    उनले पार्टी विधान र विधिबाट चल्नुपर्ने मान्यता राख्ने  नेता तथा कार्यकर्तालाई कारबाही गरेर कम्युनिस्ट आन्दोलन कमजोर पार्ने र देशमा राजनीतिक सङ्कट उत्पन्न हुने बताए । 

    उनले विधिको पालना र छलफलको माध्यमले मात्र पार्टीभित्र देखिएको राजनीतिक समस्याको समाधान गर्न सकिने बताए । उनले पार्टीभित्र देखिएको गुट–उपगुटको समस्यालाई विधिसम्मत बैठक बसी छलफलको माध्यमबाट टुङ्गोमा पुर्‍याउन सकिने बताए । 

    विगतका तिता अनुभवलाई पछाडि छाड्दै सकारात्मक छलफलबाट नै पार्टीभित्रका समस्यालाई समाधान गर्न आफूहरू तयार भए पनि पार्टी नेतृत्वको कारण समस्या यथावत् रहेको आरोप लगाए । 


    चैत्र २९, २०७७ आइतवार १४:१६:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # माधव नेपाल
  • अर्कोसमाचार

    सरकारविरुद्ध अफवाह फैलाउनेविरुद्ध प्रतिवादमा उत्रिन मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

  • 176
    SHARES
  • सरकारविरुद्ध अफवाह फैलाउनेविरुद्ध प्रतिवादमा उत्रिन मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध अफवाह फैलाउनेविरुद्ध प्रतिवादमा उत्रिन मन्त्रीहरुलाई निर्देशन दिएका छन् । 

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बुधबार बसेको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सरकारको कुप्रचार गर्नेविरुद्ध प्रतिवादमा उत्रिन मन्त्रीलाई निर्देशन दिएका हुन् । 

    सुरक्षा निकायमा प्रमुखसमेत सहभागी बैठकमा उनले सरकारविरुद्ध कुप्रचार गर्नेविरुद्ध प्रतिवाद गर्न निर्देशन दिएका हुन् । सो बैठकमा प्रधानमन्त्रीले भने, ‘हरेक मन्त्रीहरूलाई सरकारको कामको प्रचार गर्न, विरोधीको खण्डन गर्न र आफ्ना काम र उपलब्धीहरूको डिफेन्ड गर्न अनुरोध छ ।’

    यसैबीच सोही बैठकमा प्रधानमन्त्री ओलीले विपक्षी दलहरुले सरकार ढाल्न अदालतको साहरा लिएको टिप्पणी गरे ।  


    आषाढ ३, २०७८ बिहिवार १७:११:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रतिवाद

  • क्यानाडा नेपाल

    ओली र देउवाले विश्वासको मत पाउने आधार देखिएन - राष्ट्रपति कार्यालय

    आषाढ ३

  • 302
    SHARES
  • ओली र देउवाले विश्वासको मत पाउने आधार देखिएन  - राष्ट्रपति कार्यालय

    काठमाडौं – राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएको छ ।  बिहीबार राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतमा आफ्नो जवाफ पेश गरेको हो । 

    जवाफमा राष्ट्रपति कार्यालयले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त नगरिनुको कारण खुलाएको छ । राष्ट्रपति कार्यालयले दुवै दाबीकर्ताले विश्वासको मत पाउने आधार नदेखिएकाले दाबी नपुग्ने गरी निर्णय गरिएको बताएको छ । 

    जवाफमा भनिएको छ - 'धारा ७६ को उपधारा (५) मा उल्लेख भए बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पाउन सक्ने आधार छ वा छैन भनी यकिन गर्ने अधिकार र कर्तव्य स्वयं राष्ट्रपतिको हो'

    भनिएको छ - ‘राष्ट्रपतिबाट धारा ७६ बमोजिम प्रधानमन्त्रीको नियुक्तिको निर्णय हुनुपर्ने संवैधानिक संरचना रहेको र सोही बमोजिम हुँदै आएको छ । धारा ७६ (१(,(२), (३) र (५) को सरकार गठनको लागि राष्ट्रपतिलाई प्रधानमन्त्री वा अन्य कुनै निकाय वा पदाधिकारीको सिफारिस वा मन्त्रिपरिषद्को निर्णय आवश्यक पर्दैन । सो अधिकार राष्ट्रपति स्वयंबाट राष्ट्रप्रमुख एवं संविधानको संरक्षकको हैसियतले प्रयोग र पालना हुने विषय हो ।’ 


    आषाढ ३, २०७८ बिहिवार १८:३५:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राष्ट्रपति कार्यालय
  • जसपा यादव समूहको निर्णय : सरकारमा सहभागी भएका मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने, पार्टीको आधिकारिकताको लागि निर्वाचन आयोग जाने 

    आषाढ ३

  • 152
    SHARES
  • जसपा यादव समूहको निर्णय : सरकारमा सहभागी भएका मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने, पार्टीको आधिकारिकताको लागि निर्वाचन आयोग जाने 

    काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव समूहले सरकारमा सहभागी भएका सबै मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । 

    बिहिबार बसेको यादव समूहको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले पार्टीको निर्णयविपरित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका भन्दै जसपाका मन्त्रीहरुलाई पार्टीबाट निकाल्ने निर्णय गरेको हो । 

    यस्तै उक्त बैठकले लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा समर्थन जनाएका ४ जना सांसदलाई पनि कारबाही गर्ने निर्णय गरेको छ ।

    यस्तै बैठकमा पार्टीको नाम, विधान, झण्डा र निर्णयको आधिकारिकता दावी गर्न छिट्टै निर्वाचन आयोगमा निवेदन दिने बारे पनि छलफल भएको छ । 


    आषाढ ३, २०७८ बिहिवार १९:१८:५० बजे : प्रकाशित

    नेपाल समुहद्वारा नेता खनालको स्वास्थ्य लाभको कामना, बाढीपहिरो पीडितलाई उद्दार र राहतका कार्यहरु उपलब्ध गराउन सरकारसँग माग

    आषाढ ३

  • 150
    SHARES
  • नेपाल समुहद्वारा नेता खनालको स्वास्थ्य लाभको कामना, बाढीपहिरो पीडितलाई उद्दार र राहतका कार्यहरु उपलब्ध गराउन सरकारसँग माग

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बाढी, पहिरो र डुबानमा परेर घाइते भएकाहरुको उपचार र मृतकका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेको छ । बिहिबार एक प्रेस वक्तव्य जारी गर्दै नेपाल समूहले सो माग गरेको हो । 

    वक्तव्यमा नेपाल समूहले भनेको छ - 'बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई तत्काल आवास, खाध्न्न, लत्ताकपडा, भाँडाकुँडा, घाइतेहरुको उपचार र मृतकका परिवारलाई आर्थिक सहयोग लगायतका उद्दार र राहतका कार्यहरु प्रभावकारी, निष्पक्ष र पारदर्शीरुपमा उपलब्ध गराउन हामी नेपाल सरकारसँग माग गर्दछौं '

    यस्तै नेपाल समूहले प्रकोपबाट ज्यान गुमाउने परिवारमा समवेदना प्रकट समेत गरेको छ । 

    यस्तै अर्को वक्तव्यमा नेपाल समूहले अर्का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना पनि गरेको छ । पूर्वप्रधानमन्त्री तथा एमाले नेता स्वास्थ्य उपचारका लागि बुधबार भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पताल भर्ना भएका छन् । 

    madh.jpg

    उनको उपचार प्रक्रिया सुरु गरिएको छ । गत सोमबार नर्भिक अस्पतालमा भर्ना भएर उपचार गराएका नेता खनाल थप उपचारका लागि बुधबार नयाँ दिल्ली पुगेका हुन् । 

    m.jpg

    madh.jpg

     

     


    आषाढ ३, २०७८ बिहिवार १९:४४:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल समुह
  • सरकारको चरम लापरवाही र सत्ता केन्द्रीत राजनीतिका कारण देश चौतर्फी संकटमा - नेपाली कांग्रेस  

    आषाढ ३

  • 118
    SHARES
  • सरकारको चरम लापरवाही र सत्ता केन्द्रीत राजनीतिका कारण देश चौतर्फी संकटमा - नेपाली कांग्रेस  

    काठमाडौं - नेपाली कांग्रेसले सरकारको चरम लापरवाही र सत्ता केन्द्रीत राजनीतिका कारण देश चौतर्फी संकटमा परेको बताएको छ । बिहीवार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा भएका निर्णयहरुबारे पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । 

    कांग्रेसले कोरोनाको महामारीको रोकथाम र उपचारलाई युद्ध स्तरमा लाग्नु पर्नेमा यस महामारीलाई सत्ता सुरक्षा कवचको रुपमा सरकारले प्रयोग गरिरहेको बताएको छ । कोरोनाको रोकथाम र उपचारमा सक्रिय हुन निरन्तर खबरदारीका वावजुद सरकारले यसलाई प्राथमिकतामा नराखेको पनि कांग्रेसले बताएको छ । 

    यस्तै कोरोनाको रोकथाम, उपचार र राहतका सम्बन्धमा वुँदागत रुपमा उठाउँदै आएका सार्वजनिक सरोकारका विषयहरुप्रति गम्भीर हुन सरकारसँग माग पनि गरेको छ ।

    यस्तै विपत्तिवाट जोगिन पूर्व तयारीमा जुटनु पर्ने सरकार गैर जिम्मेवार र असंवेदनशील हुनुले यस्तो दुःखद नियतिको शिकार सिंगो मुलुक हुनुपरेको कांग्रेसले बताएको छ । 

    राहत कार्यमा जुट्न सरकारसँग माग गर्दै कांग्रेसले भनेको छ - 'यस विषम परिस्थितिमा हराएकाहरुको खोजी, उद्धार, घाईतेहरुको उपचार र विस्थापित भएका मानिसहरुलाई सुरक्षित स्थल तर्फ स्थानान्तरण गर्न र राहत कार्यमा जिम्मेदारीपूर्वक युद्धस्तरमा जुट्न सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गरिन्छ ।'

    असार ३, २०७८
    प्रेस विज्ञप्ति
    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको चौधौं महाधिवेशनको संशोधित कार्यतालिका लगायत विभिन्न प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । बैठकले देहायका प्रस्ताव पारित गरेको छ—
    (१) बाढी पहिरो सम्बन्धमा 
     विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक मनाङ, गोरखा, बाजुरा, पाल्पा, प्यूठान, अर्घाखाँची, डोटी, जाजरकोट, ताप्लेजुङ्ग लगायतका विभिन्न जिल्लाहरुमा बाढी पहिरोले ठूलो जनधनको क्षति भएको छ । 
     सिन्धुपाल्चोक जिल्लामा ६ जना, बाजुरा, कास्की, पाल्पा र डोटीमा एक÷एक जनाको मृत्यु भएको छ भने सिन्धुपाल्चोकमा १७, जाजरकोटमा ७, बाजुरा, प्यूठान, गोरखा र अर्घाखाँचीमा एक÷एक जना वेपत्ता भएका छन् । बाढी पहिरोपछिको विपद केन्द्रीत खोज तथा उद्धार कार्य जारि रहेकाले मृतक तथा वेपत्ताको संख्या अझै वढन सक्ने अवस्था रहेको छ । विपतमा परी ११ जना घाइते भएका छन् । यस दुःखद घडीमा मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना तथा घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको यो बैठक कामना गर्दछ । हालसम्मको विवरण अनुसार ८९ घर÷आवास लगायत भौतिक संरचनामा बाढी पहिरोबाट पूर्ण र २६ वटामा आंशिक क्षति पुगेको छ । प्रकोपबाट सार्वजनिक, निजी तथा जलविद्युत आयोजनाका संरचना पनि नष्ट भएका छन् । वर्षा पछि आएको बाढीले १६५ वटा घर डुवानमा परेका छन् । विभिन्न स्थानलाई जोड्ने पक्कीपुल, झोलुङ्गेपुल बगाएको छ, सडक मार्ग समेत क्षतिग्रस्त भएर आवागमन अवरुद्ध भएको छ । हजारौंको संख्यामा मानिसहरु विस्थापित भएका छन् । नागरिकको जनजीवन अस्तव्यस्त भएको छ । हरेक वर्षायाममा आउने यस प्रकारको विपत्तिवाट जोगिन पूर्व तयारीमा जुटनु पर्ने सरकार गैर जिम्मेवार र असंवेदनशील हुनुले यस्तो दुःखद नियतिको शिकार सिंगो मुलुक र नागरिकहरु हुनु परेको छ । 
     यस विषम परिस्थितिमा हराएकाहरुको खोजी, उद्धार, घाईतेहरुको उपचार र विस्थापित भएका मानिसहरुलाई सुरक्षित स्थल तर्फ स्थानान्तरण गर्न र राहत कार्यमा जिम्मेदारीपूर्वक युद्धस्तरमा जुट्न सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गरिन्छ ।
     वाढी पहिरोको जोखिम आगामी दिनमा थप वढन सक्ने पूर्व अनुमान दृष्टिगत गर्दै देशभर सबैलाई सजग भएर यसको सामना गर्न तथा हाम्रो स्थानीय पार्टी पंक्तिलाई सकृयतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन आव्हान गर्दै सरकारका तीनवटै तहहरुलाई आवश्यक समन्वय र व्यवस्थित योजनाका साथ सम्पूर्ण तयारीमा जुटन आग्रह गरिन्छ ।
    (२) कोभिड–१९ सम्बन्धमा  
     सरकारको चरम लापरवाही र सत्ता केन्द्रीत राजनीतिका कारण देश चौतर्फी संकटमा परेको छ । कोभिड–१९ को महामारीको रोकथाम र उपचारलाई युद्ध स्तरमा लाग्नु पर्नेमा यस महामारीलाई सत्ता सुरक्षा कवचको रुपमा सरकारले प्रयोग गर्दैछ । कोभिड–१९ को रोकथाम र उपचारमा सक्रिय हुन निरन्तर खबरदारीका वावजुद सरकारले यसलाई प्राथमिकतामा राखेन । संक्रमण बढ्दै जाँदा सरकारले फेरि लकडाउनको सहारा लिन प¥यो । यसले निम्न वर्गका नागरिकहरु खासगरी श्रमजीवी वर्ग दैनिक जीवन निर्वाह गर्न नसक्ने अवस्थामा पुगेका छन् । संक्रमितहरुको उपचारमा पहुँचको समस्या र पहुँचमा पुगेकाहरुलाई चर्को उपचारको खर्चको समस्या पनि भयावह छ । नेपाली कांग्रेस सरकारसँग फेरि पनि कोभिड–१९ संक्रमणको रोकथाम र उपचारमा गम्भीर हुन माग गर्दछ । साथै, लकडाउनका कारण आर्थिक संकटमा परेका निम्न वर्ग र श्रमिकहरुलाई तत्काल राहतको व्यवस्था गर्न माग गर्दछ । बन्दका कारण साना, मझौला व्यवसायीहरुले भोग्न परेको मर्कालाई ध्यानमा राखी व्याजदरमा राहत, भाडामा राहत सहयोग तथा पुर्नकर्जाको व्यवस्था सुनिश्चित गर्न पनि माग 
    गर्दछ । समग्रमा नेपाली कांग्रेसले गत समयमा कोभिड–१९ को रोकथाम, उपचार र राहतका सम्बन्धमा वुँदागत रुपमा उठाउँदै आएका सार्वजनिक सरोकारका विषयहरुप्रति गम्भीर हुन सरकारसँग माग गर्दछ । 
     कोभिड–१९ संक्रमण रोक्ने भरपर्दो उपाय खोप नै हो तर सरकारको अर्कमण्यता र स्वार्थका कारण आम जनतालाई खोप पु¥याउने काम असम्भव भएको छ । पहिलो खोप पाउनेहरुले समेत दोस्रो खोप नपाउँदा पहिलो खोपको प्रभाव पनि निष्प्रभावी बन्दैछ । नेपाली कांग्रेस फेरि पनि सरकारलाई आम नेपाली जनतालाई खोपको सुनिश्चितता गर्न माग गर्दछ । नेपाली कांग्रेस मित्रराष्ट्रहरुले गरेको अन्तर्राष्ट्रिय खोप सहयोगको घोषणालाई स्वागत गर्दै नेपालमा संक्रमणको स्थितिलाई ध्यानमा राखी जतिसक्दो खोप सहयोग उपलब्ध गराउन पनि अनुरोध गर्दछ । 
     नेपाली कांग्रेसको आह्वानमा देशभरि केन्द्रदेखि जिल्ला, क्षेत्र र गाउँ÷नगर वडा तहसम्मका संरचनाहरु, विदेश स्थित नेपाली जनसम्पर्क समितिहरु, नेपाली कांग्रेसका शुभचिन्तक, समर्थक सबैलाई कोभिड–१९ रोकथाम, उपचार र राहतमा सक्रिय सहयोगका लागि धन्यवाद दिन चाहन्छ । साथै, यस कार्यमा आगामी दिनहरुमा पनि सक्रिय सहभागिताको अपेक्षा गर्दछ । 
    (३)  नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति समक्ष केन्द्रीय निर्वाचन समितिबाट चैत्र १३, २०७७ मा प्रस्तुत प्रतिवेदन अनुसार सप्तरी, धनुषा, सर्लाही, बाँके, सिरहा, बारा तथा पर्सा जिल्ला समेतको स्थानीय तह संगठन पुर्नसंरचनाको समायोजन गरिएकोमा, समायोजनको निर्णय उपर केही उजुरी र गुनासाहरु प्राप्त भएको र सो उजुरी तथा गुनासाहरुको निर्णय गरिसक्दा समेत निर्देशिका बमोजिम भएन भनी पटक–पटक समिति समक्ष उजुरी तथा गुनासाहरु आएको र त्यस्ता उजुरी र गुनासाहरु केन्द्रीय निर्वाचन समितिबाट केन्द्रीय कार्यसमितिमा प्रतिवेदन सहित पठाइएकोमा,
     माथि उल्लेखित जिल्ला समेतको पार्टी अन्तरिम संरचना समायोजन सम्बन्धी उजुरी र गुनासाहरुको नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचना अन्तरिम निर्देशिका २०७६ बमोजिम नभएको सन्दर्भमा सोही निर्देशिका बमोजिम हुने गरी २०७८ आषाढ १० गतेभित्र केन्द्रीय निर्वाचन समितिले नै टुंगो लगाई पार्टी समक्ष पेश गर्ने ।
    (४) नेपाली जनसम्पर्क समिति इजरायलबाट पार्टीको विधान र नियमावली अनुसार क्रियाशील सदस्यताको नामावली, सदस्यता शुल्क र कार्यसमितिको निर्णय लगायतका आवश्यक कागजात सहित पेश हुन आएकोले क्रियाशील सदस्यता स्वीकृत गर्ने ।
    (५) वाग्मती प्रदेश सभा सदस्य मा. नरोत्तम वैद्यले जेष्ठ २८ गते प्रदेश सभामा दिएको अभिव्यक्ति अमर्यादित भएको भन्दै नेपाली कांग्रेस र नेपाली कांग्रेस संसदीय दल वाग्मती प्रदेशले, तत्काल आफ्नो अभिव्यक्ति फिर्ता लिन मा. नरोत्तम वैद्यलाई निर्देशन दिएको र सोही अनुरुप मा. नरोत्तम वैद्यले आफूले बोलेको कुरा फिर्ता लिई जेष्ठ २९ गतेको प्रदेश सभा बैठकमा संसदको रेकर्डबाट हटाउन माग गर्नु भएको थियो । त्यस पश्चात सो अभिव्यक्ति संसदको रेकर्डबाट हटिसकेको विदित नै छ ।
    तर संसदमा वोलेको विषय संसदको नियम अनुसार संसदमै टुंगिसकेपछि पनि, उक्त विषयलाई लिएर आग्रहका साथ मा. नरोत्तम वैद्य विरुद्ध दिएको जाहेरी दर्ता गर्नु र प्रक्रिया अगाडि वढाउन खोज्ने वदनियतप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।
    नेपालको संविधानको धारा १८७ ले “प्रदेश सभामा व्यक्त गरेको कुनै कुरा वा दिएको कुनै मतलाई लिएर कुनै पनि सदस्यलाई पक्राउ गर्ने, थुनामा राख्ने वा निज उपर कुनै अदालतमा कारवाही चलाइने छैन” भन्ने कुरा स्पष्ट गरेको छ । यस उपर सभामा अभिव्यक्ति दिने सदस्य स्वयंले आफुले बोलेको विषय संसदको रेकर्डबाट हटाउन माग गरेको र सभामुखले हटाउन आदेश दिएर, संसदको विषय संसदमै टुंग्याइसकेपछि पनि सरकारको ठाडो निर्देशनमा प्रदेश सभा सदस्य विरुद्ध उजुरी लिई कारवाहीको प्रक्रिया अगाडि बढाउनु प्रदेश सभाको विशेषाधिकार विरुद्ध हो, संविधान विपरित हो भन्ने कांग्रेसको ठहर छ । 
    अतः संविधानको प्रतिकुल हुने गरी कुनै पनि प्रक्रिया नगर्न, नगराउन नेपाली कांग्रेस सरकारलाई सचेत गराउँछ ।
    शोक प्रस्ताव ः 
    नेपाली कांग्रेसका नेता, तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) का केन्द्रीय सदस्य, नेपाल विद्यार्थी संघका संस्थापक सदस्य, संविधान सभा सदस्य, नेपाली कांग्रेस जिल्ला कार्यसमिति रामेछापका पूर्व सभापति एवं जिल्ला विकास समितिका पूर्व सभापति तथा नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा शिवबहादुर खड्काको वैशाख १९ गते; तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) का केन्द्रीय सदस्य, राष्ट्रिय सभाका पूर्व सदस्य, नेपाली कांग्रेस खोटाङका पूर्व महासमिति सदस्य, पूर्वीय दर्शन तथा संस्कृत साहित्यका रत्न एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकूलपति प्रा. विदुर पौडेलको वैशाख १८ गते; नेपाली कांग्रेस जिल्ला कार्यसमिति दोलखाका पूर्व जिल्ला सभापति एवं महासमिति सदस्य देवीप्रसाद न्यौपाने; नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं ओखलढुंगा जिल्ला कार्यसमितिका पूर्व सभापति पृथ्वीबहादुर कार्कीको वैशाख २७ गते; नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा, नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं प्रजातन्त्र सेनानी चितवनका महेश्वरलाल श्रेष्ठको जेठ २२ गते; नेपाली कांग्रेस लम्जुङका पूर्व सभापति, पूर्व सांसद एवं नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा हरिभक्त अधिकारीको जेठ ३० गते; पूर्व मन्त्री मोतिप्रसाद पहाडीको वैशाख २३ गते; नेपाली कांग्रेसका उपसभापति एवं नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारकी धर्मपत्नी निर्मला गच्छदारको जेठ १ गते; नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य दिलबहादुर घर्तीकी धर्मपत्नी मुक्ता उपाध्यायको वैशाख २७ गते; संविधान सभा सदस्य एवं नेपाली कांग्रेस जिल्ला कार्यसमिति, कैलालीका सल्लाहकार रबनी चौधरीको वैशाख १९ गते; नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं पूर्व महासमिति सदस्य नुवाकोटका विष्णुप्रसाद अधिकारीको वैशाख २४ गते; नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य, प्रजातन्त्र सेनानी एवं साहित्यकार रमाप्रसाद रिजालको वैशाख ३१ गते; सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको जेठ १३ गते; नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य पदमबहादुर अधिकारीको वैशाख २६ गते; नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ कार्यकारिणी समितिका सदस्य एवं नेपाली कांग्रेस कपिलवस्तुका महाधिवेशन प्रतिनिधि विष्णुप्रसाद गैरेको वैशाख ३० गते; वीपी कोइरालाका सहयोद्धा धनवर्ण राई “काका” का जेठा छोरा नेपाली कांग्रेस झापाका अग्रज नेता प्रेम राई; नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य, तत्कालीन गुल्मी क्षेत्र नं. ३ का पूर्व सभापति एवं ईश्मा गाउँ कार्यसमितिका पूर्व सभापति रामचन्द्र रिजालको जेठ १ गते; तनहुँ कालिमाटी निवासी प्रजातन्त्र सेनानी हरिराज सिलवालको वैशाख ३१ गते; नवलपुलर जिल्ला बौदिकाली गाउँपालिका वडा नं. ३ का प्रजातन्त्र सेनानी नलराज पाण्डेको वैशाख २४ गते; नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं स्याङ्जाका नेता गजिन्द्र प्रकाश मल्लको जेठ ४ गते; नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य तथा वरिष्ठ पत्रकार माधव आचार्यको जेठ ८ गते; नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुका पूर्व सचिव रमेशवावु थुलुङको जेठ १६ गते; नेपाली कांग्रेस बाराका पुराना अग्रज नेता, नेपाल विद्यार्थी संघको संस्थापक सदस्य एवं नेपाली जनसम्पर्क समिति फ्रान्सका संस्थापक किरणचन्द्र सिंह प्रधानको जेठ ८ गते; काठमाडौं शंखरापुर नगरपालिका वडा नं. ४ का निर्वाचित वडा अध्यक्ष तथा नेपाली कांग्रेसका वडा सभापति वुद्धिबहादुर तामाङको वैशाख २६ गते; नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. १ का पूर्व सभापति कृष्णमान गुभाजु; नेपाली कांग्रेस साविक दधिकोट गाउँ कार्यसमितिका सभापति एवं २०४९ को स्थानीय निर्वाचनमा गाविस अध्यक्ष पूर्णप्रसाद न्यौपानेको वैशाख २५ गते; रौतहट जिल्ला गरुडा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष रामेश्वर यादवको जेठ ४ गते; नेपाली कांग्रेस सप्तरीका नेता एवं नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका पूर्व उपाध्यक्ष राधाकान्त देवको जेठ ८ गते; नेपाली कांग्रेसका काठमाडौंका अग्रज व्यक्तित्व हिरामान श्रेष्ठको जेठ ८ गते; नेपाली कांग्रेसका नेता स्व. शेष इद्रिशका कान्छा भाई शेष जहिरका जेठा छोरा रौतहटका डा. समिम अख्तर; नेपाली कांग्रेस जिल्ला कार्यसमिति, अर्घाखाँचीका सभापति विष्णुप्रसाद खनाल ‘मुस्कान’ का पिता गंगाराम खनालको जेठ ११ गते; नेपाली कांग्रेस यातायात व्यवसायी समन्वय विभागका सदस्य स्याङ्जाका पूर्ण के.सी. को जेठ १३ गते; धनुषाधाम नगर वडा नं. ५ का क्षेत्रीय सदस्य श्रीकृष्ण यादवको जेठ २ गते; मिथिला विहारी नगरपालिका वडा नं. ३ का योगेन्द्र मण्डलको आमा शकलीदेवी मण्डलको जेठ २२ गते; धनुषा हंसपुर नगरपालिका वडा नं. ८ का वेचन मण्डलको पिता दरवारी मण्डल र माता मलेशिया मण्डलको वैशाख २ गते; नेपाल ट्रेड युनियन प्रदेश नं. १ उपाध्यक्ष झापाका देउमान लिवाङ; नेपाल ट्रेड युनियन पाँचथरका अध्यक्ष एकराज भण्डारी; रौतहट जिल्ला परोहा नगरपालिका वडा नं. २ का नेपाली कांग्रेसका वडा सभापति एवं पूर्व गा.वि.स. अध्यक्ष सहदेव राय यादवको जेठ १६ गते; रौतहट जिल्ला गरुडा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष, नेपाली कांग्रेस वडा कार्यसमितिका सभापति एवं पूर्व गा.वि.स. अध्यक्ष विसुनदेव सहनीको जेठ २० गते; रौतहट जिल्ला ईशनाथ नगरपालिका वडा नं. ४ निवासी नेपाली कांग्रेसका सक्रिय व्यक्तित्व एवं पूर्व गा.वि.स. अध्यक्ष शेख मन्जारुल हकको जेठ २० गते; नेपाल महिला संघ केन्द्रीय कार्यसमितिका सदस्य ४३ वर्षीया संगिता कर्माचार्यको जेठ २२ गते; नेपाली कांग्रेस निर्माण व्यवसायी समन्वय विभागका केन्द्रीय सदस्य एवं झापाका होनहार युवा नेता दिपेन्द्र पोखरेलको जेठ २५ गते; मोरङ जिल्ला उर्लाबारी नगरपालिका वडा नंं ५ का नेपाली कांग्रेसका सक्रिय व्यक्तित्व लालबहादुर तामाङको जेठ २७ गते; जाजरकोट जिल्ला नलगाड नगरपालिका वडा नं. ४ नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि गणेशबहादुर रावल र पाँचथर फाल्गुनानन्दका सक्रिय व्यक्तित्व युगबहादुर पोखरेलको जेठ २८ गते; पूर्व सांसद ज्ञानु के.सी. एवं पूर्व क्षेत्रीय सभापति टोपबहादुर के.सी तथा युवा नेता वसन्त के.सी.का पिता द्रोणबहादुर के.सी.; भोजपुर जिल्ला साल्पा सिलोसो गाउँ कार्यसमितिका सभापति महेश राईकी धर्मपत्नी सरु गिरी राई; मोरङ विराटनगर—७ का सक्रिय व्यक्तित्व जगदीश आचार्य; नेपाली कांग्रेस खोटाङका पूर्व सभापति विष्णुकुमार राईका पिता डिल्लीप्रसाद राई; मोरङ रतुवामाई न.पा. ४ का सभापति वासुदेव सिंह गनगाई; कञ्चनपुरका भूपू सैनिक संघका नेता बहादुरसिंह भाट; नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नं. २ का सचिव सुदर्शन ऐर; कञ्चनपुरका प्रजातान्त्रिक आन्दोलनमा सक्रिय तारा बलायर; प्रदेश नं. ७ नेपाली कांग्रेस संसीय दलका नेता डा. रणबहादुर रावलका पिता शेरबहादुर रावल; नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य कैलालीका गगनराज भट्ट; नेपाली कांग्रेस सोलुका पूर्व सभापति प्रभुराम बस्नेतका भाई भैरबबहादुर विष्ट; गोरखा क्षेत्र नं. १ (ख) का सभापतिका पिता स्थीरबहादुर गुरुङ; नेपाली कांग्रेस उद्योग व्यापार विभागका सदस्य कञ्चनपुरका तारादत्त पनेरु; नेपाली कांग्रेस कञ्चनपुरका पूर्व जिल्ला सदस्य दीर्घराज भट्ट; प्रदेश नं. ७ का सांसद गोविन्द बोहराको आमा; प्रजातन्त्र सेनानी स्याङ्जाका थानेश्वर पौडेल; तेह्रथुमका पूर्व महासमिति सदस्य होमप्रसाद भेटुवालको वैशाख २२ गते; तनहुँका महाधिवेशन प्रतिनिधि हाजी रफिक मियाँ र तनहुँका नेता वावुराम पण्डितको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । 
    नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँहरुले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँहरुको आत्माको चिर शान्तिको कामना साथ एक मिनेट मौन धारण गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति यो बैठक गहिरो समवेदना प्रकट गर्दछ । 
    बैठकमा धारणा व्यक्त 
    आजको बैठकमा केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्रप्रसाद बडू, उमाकान्त चौधरी, शंकर भण्डारी, गगनकुमार थापा, कल्याणकुमार गुरुङ, मोहनबहादुर बस्नेत, रमेश लेखक, शिवप्रसाद हुमागाँइ र डा. टि.एन.योगीले आफ्नो धारणा राख्नु भएको थियो । 
    कार्यसमितिको अर्को बैठक
    केन्द्रीय कार्यसमितिको बैठक २०७८ असार ४ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ । 
    जय नेपाल !
     कृष्णप्रसाद पौडेल
     मुख्य सचिव


    आषाढ ३, २०७८ बिहिवार २१:०५:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • सभामुख सापकोटाले सर्वोच्चलाई पठाए लिखित जवाफ - विश्वासको मतको परीक्षण गर्ने स्थल प्रतिनिधिसभा मात्रै हो 

    आषाढ ३

  • 138
    SHARES
  • सभामुख सापकोटाले सर्वोच्चलाई पठाए लिखित जवाफ - विश्वासको मतको परीक्षण गर्ने स्थल प्रतिनिधिसभा मात्रै हो 

    काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले  नेपालको संविधानअनुसार प्रधानमन्त्रीमा दावी प्रस्तुत भएपछि विश्वासको मतको परीक्षण गर्ने स्थल प्रतिनिधिसभा मात्रै भएको बताउनुभएको छ ।  प्रतिनिधिसभा विघटनविरुद्ध १४६ सांसदले दायर गरेको रिट निवेदनमा आज लिखित जवाफ पठाउँदै सभामुख सापकोटाले विश्वासको परीक्षण गर्ने स्थल प्रतिनिधिसभा नै भएको बताउनुभएको हो ।

    “प्रतिनिसभामा  १४९ जना सदस्यको समर्थनसहित धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्न शेरबहादुर देउवाको दावी प्रस्तुत भएपछि विश्वासको मत प्राप्त गर्न सक्ने आधार परीक्षण गर्ने स्थल भनेको प्रतिनिसभा मात्र हो” सभामुख सापकोटाले पठाउनुभएको लिखित जवाफमा भनिएको छ”, “राष्ट्रपतिलाई विश्वासको मत प्राप्त गर्न सक्ने आधारको परीक्षण गर्ने अधिकार धारा ७६(५) तथा धारा ६६ ले दिएको अवस्थासमेत छैन, तसर्थ पनि राष्ट्रपतिको निर्णयसमेतका कार्य गैरसंवैधानिक रहेको छ ।”

    सभामुख सापकोटाले गत वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मतका लागि मतदान हुँदा विश्वासका पक्षमा ९३ र विपक्षमा १२४ मत परेपछि प्रधानमन्त्री पदबाट मुक्त भएको उल्लेख गर्नुभएको छ । यस्तै विघटन संवैधानिक सर्वोच्चता तथा विधिको शासनको प्रतिकूल भएको तथा नेपाली जनताको स्थिरता र सुशासनको भावनामाथि कुठाराघात पनि भएको सभामुखको जवाफमा समेटिएको छ ।

    संविधानबमोजिम आधार पूरा गरी १४९  प्रतिनिधिसभा सदस्यको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि दावी प्रस्तुत गरिसकिएको जनाउँदै सभामुखले पदमा विवाद सिर्जना गरी आफ्नो क्षेत्राधिकारभन्दा बाहिरको प्रश्न उठाएर प्रतिनिधिसभा नै विघटन गर्ने कार्य संवैधानिक नैतिकता, संवैधानिक वस्तुनिष्ठता वा निष्पक्षतावाद, सुशासन तथा वैधानिक संवैधानिक विश्वास तथा संवैधानिक संस्कार वा व्यवहारवादसमेतको वर्खिलाफ भएको जनाउनुभएको छ ।

    गत फागुन ११ गते सर्वोच्च अदालतबाट भएको फैसला विपरीत राष्ट्रपति र प्रधानमन्त्रीबाट अदालतको व्याख्यात्मकरुपमा स्थापित गरेको कानूनी सिद्धान्तको उल्लंघन भएको उल्लेख गर्दै सभामुखले प्रतिनिधिसभाको पुनः विघटन फैसला स्थिरताको सिद्धान्त विपरीत रहेको जवाफमा लेख्नुभएको छ ।

    गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दा संसद्बाट आफूलाई सहयोग नभएको आरोप लगाइए पनि गत फागुन ११ गतेदेखि शुरु भएको  नौ बैठकमा प्रधानमन्त्रीको उपस्थिति नरहेको सभामुखले जानकारी गराउनुभएको छ । गत वैशाख २७ गते विश्वासको मत लिने प्रयोजनबाहेक अन्य कुनै पनि बैठकमा प्रधानमन्त्रीको उपस्थितिसमेत नरहेको सभामुखले जवाफमा जानकारी दिनुभएको छ ।

    प्रतिनिधिसभामा सरकार गठन हुने विकल्प रहँदासम्म  विघटन नहुने स्पष्ट व्यवस्था रहेको जनाउँदै सभामुखले संविधानसभाबाट निर्मित संविधानलाई क्रियाशील, जीवित  र परिणाममुखी हुने गरी अदालतबाट निर्णय हुनसमेत अनुरोध गर्नुभएको छ ।रासस 


    आषाढ ३, २०७८ बिहिवार २१:३८:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अग्निप्रसाद सापकोटा
  • images
    images
    ताजा खबर