• Oct 23 2021 | २०७८, कार्तिक ६गते

२०७८, कार्तिक ६गते

सैनिक मञ्च टुँडिखेलमा घोडेजात्रा सम्पन्न, सेनाले देखायो यस्ता रोमान्चक कला (तस्बिरसहित)

चैत्र २९ २०७७
  • 2.8K
    SHARES
  • images
    images
    सैनिक मञ्च टुँडिखेलमा घोडेजात्रा सम्पन्न, सेनाले देखायो यस्ता रोमान्चक कला (तस्बिरसहित)

    काठमाडौँ - यस वर्षको घोडेजात्रा सैनिक मञ्च टुँडिखेलमा सम्पन्न भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा आइतबार भएको घोडेजात्रा समारोहमा राष्ट्रपतिको सम्मानमा सेनाले सलामी अर्पण गरेको थियो ।

    images

    ghode jatra.jpg

    उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सेनाले त्यहाँ आयोजना गरेको अश्वकला र साइकल खेललगायतका प्रदर्शनी अवलोकन गरेका थिए । 

    gho1.jpg

    त्यहाँ अश्वकलाका विविध रोचक कार्यक्रम राईड पास, ब्यानर डिस्प्ले, टांगन र चार्जर घोडा दौड, साईकल रेश, शो–जम्प, ड्रिल राईड, क्रस टेण्ट पेगिङ्ग, सुईरो, स्वर्ड एण्ड वाटर मेलन र रिङ्ग एण्ड लान्स, एक्रोब्याटिस, घोडा लडाउने, म्यूजिकल राइड, क्रसकन्ट्री जम्प, हंगेरियन पोष्ट र कम्बाइन्ड फायर जम्प प्रदर्शन गरिएको थियो । 

    gho3.jpg

    यस्तै कार्यक्रममा कुकुरको कौशल अन्तर्गत विविध रोमाञ्चक कला पनि प्रदर्शन गरिएको थियो । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन टुँडिखेलमा घोडेजात्रा मनाइँदै आएको परम्परा छ । घोडेजात्रा हेर्न टुँडिखेल वरपर नरनारीको घुँइचो देखिन्थ्यो ।  

    ghao.jpg

    जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिणमा रहेको रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेकामा पीडित शहरवासीले विभिन्न उपायबाट त्यसलाई मारेपनि प्रेतात्मा फेरी जागा भई बालबालिकालाई अनिष्ट गर्छ कि भन्ने भयसँग जोडेर जात्राको प्रारम्भ गरिएको भनाइ छ । गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने सोच अनुरुप घोडोजात्रा आयोजना गरिदैँ आएको भनिएको छ । तस्बिर - रासस

    5.jpg

    4.jpg

    7.jpg

    6.jpg

    gho.jpg


    चैत्र २९, २०७७ आइतवार १९:३७:१५ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # घोडेजात्रा
  • # तस्बिर
  • अर्कोसमाचार

    भगवान मुक्तिनाथले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् जेठ १५ गते शनिबारको राशिफल

    जेठ १५

  • 912
    SHARES
  • भगवान मुक्तिनाथले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् जेठ १५ गते शनिबारको राशिफल

    मेष राशि - बल तथा पराक्रममा बृद्धि हुनेछ । साथीभाईहरुको साथ सहयोगमा जटिलकार्यहरु सम्पादन हुनेछन । धार्मीक यात्राको सम्भाबना रहेकोछ । कार्य क्षेत्रको लापरवाहिले माल सामान हराउन सक्ने सम्भाबनाका कारण कार्य क्षेत्रमा सामान्य अपजसको सामना गर्नु पर्ला । भौतिक साधनका क्षेत्रमा सामान्य खर्च हुनसक्नेछ ।

    images

    बृष राशि - वाणिका कारण आफन्तजनहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्नेछ । भोजभतेर जन्यकार्यमा सहभागीताको अवसर जुट्नेछ । स्वास्थमा सामान्य समस्या देखापर्ने सम्भाबना रहेकोछ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । आम्दानिका श्रोत फेलापरेता पनि शारीरिक आलस्यताले भने सताउनेछ ।

    मिथुन राशि - पारिवारिक साथ सहयोग द्वारा ब्यपार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । गरीरहेका कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीताको अवसर जुट्नेछ । गरीरहेको कार्यका क्षेत्रमा सामान्य वादविवादको सम्भाबना रहेकोछ । प्रेम सम्बन्धमा भने प्रगाढता छाउनेछ ।

    कर्कट राशि - शुभ चिन्तकहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । स्वास्थमा सामान्य समस्या उत्पन्न हुनसक्नेछ । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्चको सम्भाबना रहेकोछ । यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु उत्तम रहनेछ । प्रतिश्पर्दाजन्य कार्यमा अब्बल स्थान प्राप्त रहने योग रहेकोछ ।

    सिंह राशि - नयाँ लगानिका निम्ती समय उत्तम साबित रहनेछ । आयआर्जनका बिभीन्न श्रोतहरु फेला पर्नेछन । बिशिष्ट ब्यत्तिहरुको साथ सहयोगमा नयाँ कार्यको प्रारम्भ हुने योग रहेकोछ । अध्यन अध्यापनमा अधिक समय ब्यतित गर्नुपर्नेछ । आफुभन्दा सानाको स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्ने सम्भाबना समेत रहनेछ ।

    कन्या राशि - भौतिक श्रोतसाधनका्े प्रयोगमा समय ब्यतित रहनेछ । स्थीर क्षेत्रमा गरिएको लगानि उत्तम साबित रहनेछ । सभासम्मेलन तथा सामाजिक कार्यमा अग्रसर रहने योग रहेकोछ । मान्यजनहरुको साथ सहयोगमा कमि महसुस रहनेछ । गरीरहेको कार्य श्रेत्र बाटँ मान सम्मान प्राप्तीको योग बन्नेछ ।

    तुला राशि - बिश्वासिला मित्रजनहरुबाट धोका हुन सक्नेछ । गरीरहेका कार्यमा सामान्य तनावको सामना गर्नुपर्नेछ । सबारी साधनको यात्रामा बिशेष सजग रहनुहोला । प्रतिश्पर्दा जन्यकार्यमा अब्बल स्थान प्राप्त रहनेछ । सामाजिक कार्यको बिशेष दायित्व हात लाग्ने सम्भाबना रहेकोछ ।

    बृश्चिक राशि - स्थीर क्षेत्रमा लगाईएको आजको लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । सभा सम्मेलन जन्य कार्यमा सहभागीताको योग रहेकोछ । खानपानमा बिषेश साबधानि अपनाउनु होला । अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ ।

    धनु राशि - तपाईको सरल मिजासले मित्रजनहरु आर्कशित हुने योग रहेको छ । जिबन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ ।

    मकर राशि - मित्र जनको साथ सहयोगमा कमि महसुस हुनेछ । पारीवारीक मेलमीलापमा सुधार आउनेछ । ब्यापार ब्यवसायमा सोचेअनुरुपको लाभ प्राप्त नहोला । मानसीक चन्चलताको सामना गर्नु पर्ने छ । परीवारका सदस्यहरु बाटँ टाढाँ भएको महसुस हुनेछ । सामान्य खर्च कारक दिन रहनेछ ।

    कुम्भ राशि - आय आर्जनका निम्ती उत्तम समय रहेकोछ । साजेदारी तथा नयाँ कार्यको थालनि भने दीर्घकालिन नरहला । अध्यन अध्यापनका निम्ती समय उत्तम रहनेछ । मान्यजनहरुको साथ सहयोगमा बिशेष कार्यहरु सम्पादित रहनेछन । शिप मुलक कार्यका क्षेत्रबाट आम्दानी दिर्घकालिन रहनेछ ।

    मीन राशि - कार्य सम्पादनमा दृणताको कमिले अधिक श्रम खर्चनु पर्ने सम्भाबना रहेको छ । स्वास्थका क्षेत्रमा भने सामान्य सुधार आउनेछ । परीवारका सदस्यहरु सगँ क्षणीक बियोग को सम्भाबना रहेकोछ । प्रतिस्पर्दा जन्य कार्यमा सजग रहनु उत्तम रहनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहला ।ज्यो.प.सरोज घिमिरे


    जेठ १५, २०७८ शनिवार ०७:००:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल
  • भद्रकाली माताले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज जेठ १६ गते आइतबारको राशिफल

    जेठ १६

  • 1.0K
    SHARES
  • भद्रकाली माताले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज जेठ १६ गते आइतबारको राशिफल

    मेष राशि - सभासम्मेलन जन्य कार्यका क्षेत्रमा मान सम्मान प्राप्तीको योग रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहेनछ । पारीवारिक झोर झमेलाको सामना गर्नु पर्ने समय रहेकोछ । परीश्रम अनुरुपको फल प्राप्ती हुने समय रहेकोछ । सामाजीक कार्यका क्षेत्रमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ ।

    images

    बृष राशि - पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला । परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ । नयाँ मित्रहरु सगँ को भेट घाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भाबना रहेको छ ।

    मिथुन राशि - शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अपजस सहनु पर्ला ।सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ता उत्पन्न हुनेछ । आम्दानि मध्यम रहेता पनि बोलिको कारण साधारण दुर्घटनाको सम्भाबना रहेको छ । नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ ।

    कर्कट राशि - जीबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । मानसीक चन्चलताले सताउन सक्नेछ । सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्नेछ । बोलिको प्रभुत्वले मानसम्मानको प्राप्ति हुनेछ । कार्य सम्पादनका क्षेत्रमा सावधानि साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ ।

    सिंह राशि - स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । शुभ चिन्तकको बृद्यि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । यात्रामा एक्लोपनको महसुस हुनसक्ला ।

    कन्या राशि - आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ । आफु भन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहनेछन । बौधिक ब्यक्तित्व सगँको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्नेछ ।

    तुला राशि - पारीबारिक मनोरञ्जनका निम्ती धेरै समय र पैसा खर्चनु पर्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहनेछ । पारीवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निरासा पुर्ण रहला ।

    बृश्चिक राशि - आफ्नै घमन्डका कारण दाजु भाई बिचको सम्बन्धमा सामान्य खराबि उत्पन्न हुन सक्नेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

    धनु राशि - आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । स्वास्थमा आएको खराबिले कार्यमा ढिलाई उत्पन्न गराउनेछ । सामान्य बादबिबादको चक्करकाट्नु पर्नेछ । अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ ।

    मकर राशि - परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ । मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । मनमा आट र शाहस को कमिले कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला । जिबन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । सहि निर्णय हुन नसक्दा परिबारीक कलहको सामाना गनुपर्नेछ ।

    कुम्भ राशि - शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । अनावश्यक खर्च नियन्त्ररण गर्न गारो हुन सक्ला । आफ्नु प्रिय ब्यक्ति सगँको बियोगले मन निरुत्साहित रहला ।

    मिन राशि - यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । आय आर्जनको लागी राम्रो समय रहेता पनि सामान्य खर्च हुन सक्छ । नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । आम्दानी बृद्यिका लागी बीद्योत ब्यक्तित्वहरुको मार्गदर्शन अबलंबन गर्नु लाभदाइक रहला । आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेकोछ ।ज्यो.प.सरोज घिमिरे

     


    जेठ १६, २०७८ आइतवार ०७:१३:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल
  • पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन् ! हेर्नुहोस् जेठ १९ गते बुधबारको राशिफल

    जेठ १९

  • 1.3K
    SHARES
  • पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन् ! हेर्नुहोस् जेठ १९ गते बुधबारको राशिफल

    मेष राशि - बाणिमा मधुरता छाउनेछ । नयाँ कामको थालनिले मन प्रशन्न रहनेछ । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । नयाँ लगानिका निम्ती उत्तम समय रहेकोछ । रचानात्मक कार्यमा जुट्ने समय रहेकोछ । आय आर्जनको लागी राम्रो समय रहेको छ । हरकोहिको पुर्ण बिश्वास नगर्नु होला धोका हुन सक्छ ।

    images

    बृष राशि - सामाजिक कार्यमा अग्रसर रहनाले मान सम्मान प्राप्तीको योग बन्नेछ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । सबारी साधनको प्रयोमा सजग रहनु होला । गरीरहेको कार्य क्षणिक रुपमा परीर्वतन गर्नु पर्ने समय रहेकोछ । शुभ चिन्तकहरुको साथसहयोग द्वारा अधुराकार्यहरु सम्पादित हुनेछन ।

    मिथुन राशि - सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । आय आम्दानिमा बिशिष्ठ ब्यत्तिहरुको सहयोग प्राप्त रहनाले उत्तम रहनेछ । तपाईको आलोचना गर्ने ब्यत्तिहरु बढ्नेछन । मित्रजनहरुको साथसहयोगमा नयाँ कार्यको प्रारम्भ गर्न उत्तम समय रहेकोछ । अरुको पुर्ण बिश्वासमा गरीएका कार्यले अपजस दिलाउनेछ ।

    कर्कट राशि - बिश्वासिला ब्यत्तिहरुबाट धोका हुनाले मानसिक तनाबको सामना गर्नु पर्नेछ । खानपानका कारण स्वास्थका क्षेत्रमा सामान्य तनाबको सामना गर्नु पर्ने समय रहेकोछ । शुभचिन्तकहरुको माध्यम बाट आम्दानिका श्रोत हरु सबल तुल्याउन सकिने समय रहेकोछ । बाणीका कारण सामान्य वादबिवादको झमेलामा फसिएला ।

    सिंह राशि - आर्य आर्जनका निम्ती सामान्य यात्रा निम्त्याउने समय रहेकोछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । नयाँ लगानि गर्न उत्तम समय रहेकोछ । समयमा गरीएको सहि निर्णय उत्तम साबित हुनेछन । जिवन साथिको साथ सहयोगमा ब्यपार ब्यवसायमा मनग्य लाभ प्राप्त हुने समय रहेकोछ ।

    कन्या राशि - प्रतिश्पर्दा जन्य कार्यमा बिशेष सजग रहनुहोला । पारीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । सामान्य आर्थीक संकटको सामना गर्नु पर्ला । मनोरञ्जनका निम्ती सामान्य यात्राको योग बन्नेछ । मानसिक चन्चलताका कारण नजिकका मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

    तुला राशि - आय आम्दानिमा बिशिष्ठ ब्यत्तिहरुको सहयोग प्राप्त रहनाले उत्तम रहनेछ । पठन पाठनका निम्ती समय उत्तम रहनेछ । मित्रजनहरुको साथ सहयोग मनग्य प्राप्त रहनेछ । कलाकौशलका क्षेत्रमा समय ब्यतित रहनेछ । आफुभन्दा सानाको स्वास्थमा देखिएको समस्या जटिल बन्नाले सामान्य तनाब आई पर्नेछ ।

    बृश्चिक राशि - तपाई द्वारा सम्पादितकार्य चर्चा योग्य साबित रहनेछ । सभासम्मेलन जन्य कार्यमा सरिक हुने तथा मान सम्मान प्राप्तीको सम्भाबना रहेकोछ । सामाजिक कार्यमा अग्रसर रहने उत्तम समय रहेकोछ । ब्यापार ब्यवसाय मध्यम रहने दिन रहेकोछ । सवारी साधनको प्रयोगमा बिषेश साबधान रहनु पर्ने समय रहेकोछ ।

    धनु राशि - कार्यसम्पादनको उत्तम श्रेय तपाईलाई प्राप्त रहनाले मन हर्शित रहनेछ । तपाईको आलोचना गर्ने ब्यत्तिहरुको कमि नरहला । प्रिय मित्रजन सगँको भेटघाटले मन हर्षित रहने योग रहेकोछ । भोजभतेर जन्य कार्यमा सरीक हुने योग रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित हुने योग रहेकोछ ।

    मकर राशि - स्थीर क्षेत्रमा गरीएको लगानि दिर्घकालिन आम्दानिको श्रोत बन्नेछ । कला तथा साहित्यका क्षेत्रमा समय ब्यतित गर्दा मन हर्षित रहनेछ । खानपानमा भने सजग रहनु होला । प्रिय मित्रजनहरुसगँको भेटघाटले मनमा प्रशन्नता दिलाउनेछ । बाणीका कारण सामान्य वाद विवादको सामना गर्नु पर्ने समय रहेकोछ ।

    कुम्भ राशि - प्रभाबशालि ब्यत्तित्वको बिकास हुनेछ । कार्य सम्पादनमा आटँ र शाहसको बृद्यि हुने समय रहेकोछ । मित्रजनहरुको साथ सहयोग मनग्य प्राप्त रहनेछ । नयाँ लगानि गर्न उत्तम समय रहेकोछ । जिवन साथीको साथ सहयोमा नयाँकार्यको थालनि हुने समय रहेकोछ । कार्यसम्पादनमा आएको असहज परीस्थीतिहरु सुधार उन्मुख रहनेछन ।

    मीन राशि - गैर ब्यत्तिहरुको बिश्वासमा कार्य नसुम्पीनु उत्तम रहनेछ । तपाईको आलोचना गर्ने ब्यत्तिहरुको कमि नरहला । पारीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । प्रतिश्पर्दा जन्य कार्यमा अब्बल स्थान प्राप्त रहनाले मन प्रशन्न रहला । तात्कालिक खर्चको कारण सामान्य आर्थीक अभाबको सम्भाबना रहेकोछ ।ज्यो.प.सरोज घिमिरे

     


    जेठ १९, २०७८ बुधवार ०७:१५:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल
  • भगवान मुक्तिनाथले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् जेठ २२ गते शनिबारको राशिफल

    जेठ २२

  • 1.3K
    SHARES
  • भगवान मुक्तिनाथले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् जेठ २२ गते शनिबारको राशिफल

    मेष राशि - सकरात्मक सोचको कारण सामुहिक दाहित्व हात लाग्नेछ । जिबन साथिको सहयोगले अचल सम्पति प्राप्तिको योग रहेको छ । मित्र सगँको अति सामिप्यता कष्टकर रहला । मनोरञ्जनको क्षेत्रमा समय र धन खर्चनु पर्नेछ । स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला ।

    images

    बृष राशि - अप्रत्यासित मित्रजन सगँको भेटले मन प्रफुल्लीत रहनेछ । नयाँ कार्यको थालनिलाई नयाँ योजनाको आवश्यक पन्र्न सक्ला । पारीवारिक साथ सहयोगले आम्दानि बृद्धि हुनेछ । अरुको कुरा सुन्ने बानिले झन्झट आईपर्ला । यात्रामा सामान्य चोटपटकको सम्भाबना रहेकोछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ ।

    मीथुन राशि - आर्थीक समस्याबाट बच्न सकरात्मक सोचको आबश्यक पर्न सक्ला । परीस्थीतिसगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । परिवारको सहयोगले बौधिक तथा आर्थीक बिकासको बाटो फेला पर्ने छ । शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ ।

    कर्कट राशि - अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनाले अपजस खेप्नुपर्ला । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा तथा अनावश्यक खर्च उत्पन्न हुनेछ । परीवारमा बिताएको समय फाईदा जनक रहला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

    सिंह राशि - मान्यजनको स्वास्थमा देखिएको खराबिले मानसिक तनाब उत्पन्न गराउला । मित्रजनको यथेष्ट सहयोग द्वारा आम्दानिका नँया स्रोत फेला पर्नेछन । लापरबाहिले धनमालको क्षति ब्यर्होनु पर्ने सम्भाबना रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । अरुको कुरामा बिशेष ध्यान नदिनु होला ।

    कन्या राशि - हतासमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा खटपट उत्पन्न हुन सक्नेछ । प्राकृतीक स्रोत साधनको परिचालनबाट यथेष्ट लाभ उठाउन कुटुम्बको सहयोग आवश्यक रहनेछ । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ ।

    तुलाराशि - तपाईको परोपकारी भाबनाको फाईदा अरुले उठाउनाले तपाई कमजोर रहनु हुनेछ । अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । अर्काको खुसिको लागी अनावश्यक समय र धन ब्यय गर्नु पर्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ ।

    बृश्चिक राशि -स्थान परीबर्तनले मानसिक तबरमा समस्या आईपर्न सक्ला । आफु भन्दा सानाको सहयोगले गरीएका कार्यहरु फाईदा जनक रहनेछ । नयाँ कार्यको थालनिले मनमा उमंग छाउनेछ । सन्तानको स्वास्थमा आएको असरमा बृद्धि हुनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ ।

    धनु राशि - मनोरञ्जनको क्षेत्रमा समय ब्यतित गर्नु पर्ने दिन रहेको छ । सामान्य कार्यको निम्ति ज्यादा परीश्रम र समय खर्च हुनेछ । आफ्नो कला कौशलता को प्रयोगले अरुको मन जित्न सफल रहिनेछ । हतासमा निर्णय नगरैकै बेश हुनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

    मकर राशि - सामान्य परिस्थति बिकराल बन्नाले प्रिय ब्यक्ति हरु सगँ को सम्बन्ध टाढिएला । जिबन साथिको खराब स्वास्थले कार्यक्षेत्र प्रभाबित रहन सक्नेछ । नेत्रृत्व गर्ने क्षमतामा बृद्धि तथा नेत्रृत्व गर्ने समय प्राप्त हुनेछ । मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ ।

    कुम्भ राशि - मान्यजनको पुर्ण सहयोगले कार्य सहज बन्ने छ । अपरीपक्क कार्यले सामान्य खर्च बढाउन सक्नेछ । खानपानमा बिषेश ध्यान दिनु होला । परीस्थीति सगँ जुध्नसक्ने क्षमताको खाचो महसुस हुनेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला ।

    मिन राशि - कार्यको बेवास्ताले मान्यजनलाई ठेश पुग्नेछ । पारीवारिक सरसल्लाहाबाट अगाढि बढाइएको काममा सफलता प्राप्त हुनेछ । हतारमा गरिएको निर्णयले पछि पछुताउनु पर्ने हुनाले सचेत रहि अघि बढ्नु होला । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ । नयाँ लगानिमा उत्तम समय रहेकोछ ।ज्यो.प.सरोज घिमिरे

     


    जेठ २२, २०७८ शनिवार ०७:१८:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल
  • युरोकप : इटलीको सानदार जित  

    जेठ २९

  • 1.2K
    SHARES
  • युरोकप : इटलीको सानदार जित  

    काठमाडौं - युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा इटालीले सानदर जित निकालेको छ । 

    images

    गए राति भएको उक्त उद्घाटन खेलमा इटालीले टर्कीलाई ३-० गोलले पराजित गरेको हो । उक्त खेलको ५३ औं मिनेटमा टर्कीका मेरिह डेमिरलले आफ्नै पोष्टमा गोल हाने । 

    itall.jpg

    डोमेनिको बेरार्डीको क्रसलाई क्लियर गर्न नसक्दा उनलाई लागेर गोल हुन पुगेको हो । त्यसपछि खेलको ६६ औं मिनेटमा इटालीका चिरो इम्मोबिलेले गोल गरी टिमलाई अग्रता दोब्बर बनाए । 

    italy.jpg

    त्यसपछि खेलको ७९ औं मिनेटमा इटालीका लोरेन्जो इन्सिग्नेले गोल गरी टिमलाई जित दिलाए । यससँगै इटालीले समूह ए मा ३ अंक जोडेको छ ।  


    जेठ २९, २०७८ शनिवार ०७:४०:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # युरोकप
  • साफ च्याम्पियनसिप : नेपाल भारतसँग पराजित 

  • 408
    SHARES
  • साफ च्याम्पियनसिप : नेपाल भारतसँग पराजित 

    काठमाडौं - अघिल्ला दुई खेलमा सानदार जित निकालेको नेपाल पुरुष साफ च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा भने भारतसँग पराजित भएको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा भएको तेस्रो खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको हो । 

    images

    ७ पटकको च्याम्पियन भारतको जितमा कप्तान सुनिल क्षेत्रीले निर्णायक गोल गरे । क्षेत्रीले खेलको ८३ मिनेटमा गोल गरेका थिए ।  फारुख चौधरीले सिक्स यार्ड बक्सबाट मिलाएको हेडिङ पासलाई सिक्स यार्ड बक्समा अनमार्क रहेका क्षेत्रीले वान टचमा गोल गरेका हुन् ।  जितसँगै भारत उपाधि होडमा यथावत रहेको छ । यदि नेपालविरुद्धको बराबर तथा हारले भारत प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगेको थियो । 

    भारतबिरुद्द नेपालले रक्षात्मक खेल खेल्दै काउण्टरमा ध्यान दिएको थियो । पहिलो हाफमा भारतले नेपाललाई पुर्ण रुपमा दबाबमा राखेपनि गोल भने गर्न सकेको थिएन । दोस्रो हाफमा समेत दबाब बनाएको भारत गोल गर्न सफल रहेको थियो । 

    यस अघि भारतले केहि राम्रो अवसर बनाएपनि गोल गर्न भने सफल भएन । खेलको ३३ मिनेटमा भारतले सुन्दर मौका गुमायो । मिडफिल्डर सुरेशको क्रसलाई सिक्सयार्ड बक्सबाट कप्तान सुनिल क्षेत्रीले बाहिर प्रहार गरे । नेपाली कप्तान तथा गोलरक्षक किरणले छोडेको बललाई सिक्स यार्डबक्सबाट सुनिलले बाहिर प्रहार गरेका थिए । 

    खेलको ५५ मिनेटमा भारतका मिडफिल्डर ब्रेन्डम फर्नान्डेजले पाएको फ्रिकिक सदुपयोग गर्न सकेनन् । दिनेश राजबंशीले २५ यार्डमा सुनिल क्षेत्रीलाई फल गरेपछि पाएको प्रिकिकलाई बे्रन्डमले बाहिर प्रहार गरे । 

    खेलको ५६ मिनेटमा भारतले अर्काे प्रयासमा नेपाली गोलरक्षक किरण कुमार लिम्बू बाधक बने । मानबिर सिंहले पेनाल्टी एसियाबाट हानेको हेडिङ गोलरक्षक किरणले उत्कष्ट पन्च गरि बाहिर फ्याले । 

    यस्तै खेलको ७६ मिनेटमा भारतका सुभासिस बोसको हेडिङ पुनः कप्तान किरणले आफ्नो पञ्जामा पारे ।  भारतबिरुद्द  नेपाली टोलीको कप्तानी गोलरक्षक किरण कुमार लिम्बुले गर्दा तीन खेलाडी परिवर्तन भएको थियो । पछिल्लो श्रीलंकाविरुद्ध खेलेका नवयुग श्रेष्ठ, अन्जन बिस्ट र विशाल राई बेन्चमा रहदा मनिष डांगी, सुजल श्रेष्ठ र दिनेश राजबंशीले स्थान बनाएका थिए ।  

    यस अघि उद्घाटन खेलमा माल्दिभ्सबिरुद्द निर्णायक गोल गरेका मनिषलाई प्रशिक्षक अब्दुल्लाहले स्ट्राइकरको भुमिका दिएका हुन् । अघिल्ला दुबै खेलमा मनिषले बैकल्पिक खेलाडीको रुपमा खेलेका थिए ।


    नेपाल भारतलाई पराजित गर्दै पहिलो पटक साफ फाइनलमा पुग्ने दाउमा थियो । हारसँगै नेपालले अन्तिम खेलमा बंगलादेशसँग फाइनल प्रवेशका लागि खेल्नेछ । जुन खेल नेपालको लागि निनकै महत्वपूर्ण हुनेछ । जितले नेपाल फाइनल पुग्नेछ भने हारले प्रतियोगिताबाट बाहिरिनेछ ।  

    साफमा पहिलो हारसँगै नेपालको ३ खेलबाट ६ अंक रहेको छ । नेपाल अंक बराबर भएपनि दोस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा माल्दिभ्स छ । यस्तै प्रतियोगितामा पहिलो जित निकालेको भारत ३ खेलबाट ५ अंक सहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । एक खेल बाकी रहँदा भारतको समेत फाइनल पुग्ने सम्भावना बाकी रहेको छ ।  


    यस अघि आजनै भएको पहिलो खेलमा श्रीलंकालाई पराजित गर्दै आयोजक माल्दिभ्स दोस्रो स्थानमा उक्लिएको छ । ४ खेलबाट १ अंक जोडेको श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ ।न्युज कारखाना 


    आश्विन २५, २०७८ सोमवार ०७:११:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # साफ च्याम्पियनसिप

  • क्यानाडा नेपाल