• May 17 2021 | २०७८, जेठ ३गते

२०७८, जेठ ३गते

सिल्क फेसनको वार्षिकोत्सवमा कोमलले गरिन् आफ्नै तारिफ

चैत्र ३० २०७७
  • 416
    SHARES
  • सिल्क फेसनको वार्षिकोत्सवमा कोमलले गरिन् आफ्नै तारिफ

    काठमाडौंको जमलस्थित मायालु भवनमा रहेको सिल्क फेसनले शनिवार आफ्नो सातौं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सव समारोहमा राष्ट्रिय सभा सदस्य तथा चर्चित गायिका एवं संचारकर्मी कोमल ओली प्रमूख अतिथीको रुपमा उपस्थित थिईन् ।

    कार्यक्रममा शुभकामना दिँदै ओलीले स्थापना कालदेखी नै आफु श्रृजना पोखरेलले संचालन गर्दै आएको सिल्क फेसनसँग जोडिएको बताईन् । 'म शुरुदेखी नै यो फेसन हाउससँग जोडिएकी छु । यहाँका हरेक कस्ट्युम फिट पाएकी छु । म यहाँका कस्ट्युम लगाउन पाउँदा भाग्यमानी ठानेकी छु', कोमलले भनिन् । ओलीले आफ्नो सुन्दरताको तारिफ आँफैले गरिन् । अन्य महिलाहरुलाई प्रेरणा प्रदान गर्ने उद्देश्य सहित उनको भनाई थियो, 'मैले आफुले आफुलाई निकै राम्री देख्छु । बिहानै ऐना हेरेर मुसुक्क हाँस्छु । वाह कोमल ओली तिमी कति राम्री छौ भन्छु', उनले थपिन्, 'आफैले आफैलाई प्रेम गरेन भने अरुलाई पनि प्रेम दिन सकिदैन । आँखाहरुलाई इर्ष्यालु नबनाउन आफैलाई हेरेर दंग पर्नुपर्छ' ।

    नेपाली डिजाईनका कस्ट्युमहरु विकसित देशमा महिला तथा पुरुषहरुले लगाउन थालेको भन्दै ओलीले महिला उद्यमीहरुको सहभागिता र प्रयासले उक्त कुरा सम्भव रहेको बताईन् । 'अहिले महिलाहरुको सहभागितामा विदेशमा नेपालमा गरिएका डिजाईनका कस्ट्युमहरु निर्यात भईरहेको छ । यो उर्जाशिल कुरा हो र राष्ट्र निर्माणमा ठुलो योगदान हो । म हरेक महिला उद्यमीको साथमा छु । केहि पर्‍यो भने सिधै भन्नुहोला, म तपाईँकै प्रतिनिधी हुँ', कोमलले बताईन् ।

    कार्यक्रममा सिल्क फेसनकी संचालक श्रृजना पोखरेलले विगत सात बर्षदेखी आफ्नो डिजाईनका कस्ट्युमहरु ग्राहकले मन पराएको बताईन् । नेपालका चर्चित सेलिब्रेटीहरुको लागि समेत डिजाईन गर्ने पोखरेलले सिल्क फेसनले अब भने पुरुषको कस्ट्युममा समेत काम गर्ने योजना भएको बताईन् ।

    गायिका सुनिता दुलालले आफु सिल्क फेसनको पहिलो ब्राण्ड एम्बेसडर भएको सम्झना गरिन् । सिल्क फेसनद्वारा सम्मानित समेत भएकी उनले भनिन्, 'यहाँमा हरेक डिजाईन र गुणस्तर तारिफयोग्य छन् । आज यहिँ सम्मानित हुन पाउँदा खुशी लागेको छ' ।

    कार्यक्रममा बिशिष्ट अतिथीको रुपमा बरिष्ठ कलाकार हरिवंश आचार्यकी पत्नी रमिला आचार्य थिइन् । गायिका सुनिता दुलाल, सौन्दर्यविद रश्मिला श्रेष्ठ, व्यावसायि सपना थापा, शिक्षाविद उर्मिला बस्नेत, समाजसेवी कल्पना क्षेत्री र फेसन व्यावसायि शैलजा अधिकारीलाई सातौं बार्षिकोत्सवको अवसरमा सम्मानित गरिएको थियो । कार्यक्रममा गायिका सहिमा श्रेष्ठ तथा मोडल खुश्बु खड्काको पनि उपस्थिती थियो ।


    चैत्र ३०, २०७७ सोमवार ०९:५२:४३ बजे : प्रकाशित

    अर्कोसमाचार

    पल र वर्षाको फिल्म ‘वीर विक्रम २’ अब हिन्दी भाषामा, यस्तो छ ट्रेलर

    बैशाख ३०

  • 504
    SHARES
  • पल र वर्षाको फिल्म ‘वीर विक्रम २’ अब हिन्दी भाषामा, यस्तो छ ट्रेलर

    काठमाडौं । फिल्म ‘वीर विक्रम २’ हिन्दी भाषामा पनि प्रदर्शनमा आउने भएको छ । मिलन चाम्सले निर्देशन गरेको यस फिल्मलाई हिन्दी भाषामा प्रदर्शनमा ल्याउदा दर्शकले रुचाउने अपेक्षा गरिएको छ । 

    निर्देशक चाम्सले हिन्दी भाषामा रहेको फिल्मको ट्रेलर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । भिडियोमा अभिनेता पल शाह र बर्षा शिवाकोटी देखिएका छन् । 

    फिल्ममा पल र वर्षासँगै ट्रेलरमा बुद्धि तामाङ, नाजिर हुसेन, बालकलाकार, मनिस लिम्बुलगायतको समेत अभिनय रहेको छ । 


     


    बैशाख ३०, २०७८ बिहिवार २०:१८:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # वीर विक्रम २
  • हास्य कलाकार शिवहरि पौडेललाई कोरोना संक्रमण 

    जेठ १

  • 230
    SHARES
  • हास्य कलाकार शिवहरि पौडेललाई कोरोना संक्रमण 

    काठमाडौं । हास्य कलाकार शिवहरि पौडेललाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । रुघाखोकीले ग्रस्त भएपछि परिक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ देखिएको थियो ।

    कोरोना संक्रमण देखिएपछि उनी नैकापस्थित एपीअफ हस्पिटलमा भर्ना भएका थिए । उनलाई श्वासप्रश्वासमा समस्या  देखिएको थियो । अहिले उनको अस्पतालमा उपचार भइरहेको छ ।

    पछिल्लो समय ‘लक्का जवान’ निर्देशन गरेर फिल्म निर्देशनमा डेब्यु गरेका पौडेलले ‘मुखमा हान्नु जस्तो’ थेगोबाट चर्चित छन् । उनी सानो पर्दामा लेखन, निर्देशन र अभिनयमा सक्रिय रहेका छन् । 


    जेठ १, २०७८ शनिवार ०८:३५:५८ बजे : प्रकाशित

    भ्वाइसका फाइनलिष्ट बिकाश र पारुको स्वरमा आएको 'तिम्रो तृष्णा'को चर्चा

    जेठ १

  • 544
    SHARES
  • भ्वाइसका फाइनलिष्ट बिकाश र पारुको स्वरमा आएको 'तिम्रो तृष्णा'को चर्चा

    काठमाडौं । गायिका पारु राई सांगीतिक क्षेत्रमा परिचित नाम हो । एक दशक अघि 'प्यास' नामक गीति एल्बमबाट सांगीतिक यात्रा तय गरेकी राईले फेरी 'तिम्रो तृष्णा' बोलको गीतको भिडियो लिएर आएकी छिन् । गायिका राईलाई गायनमा भ्वाइस अफ नेपालका फाइनलिष्ट बिकाश लिम्बूले साथ दिएका छन् ।  

    बिकाश सम्भावना बोकेका गायकको रुपमा आफ्नो परिचय बनाइरहँदा उनको चर्चा सांगीतिक बजारमा चुलीएको छ । गीतमा शब्द रचना गायिका पारुकै रहेको छ । जसमा संगीत गायक तथा संगीतकार तारा प्रकाश लिम्बूले भरेका छन्  । 

    बेलायत र नेपालका विभिन्न सुन्दर तथा रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा छांयाकन, सम्पादन एवं निर्देशन सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका छन् । नेपालतर्फ सुरज तामाङले निर्देशन गरेका हुन् । करिब डेढ दशक यता ब्रिटिश गोर्खा सेनामा सेवारत साथै सामाजिक अभियन्ता मण्डल थेवे, पारु राई, बिकाश लिम्बू र बृक्षा लिम्बूले यस गीतमा अभिनय गरेका छन् । 

    टिकटकमा समेत राम्रो फलोअर्स कमाएका मण्डल थेवे टिकटकमा प्राय गोर्खा भर्ती सम्बन्धी जानकारी एवं सन्देशमुलक भिडियोहरु हाल्ने गरेका छन् । सानै उमेरदेखि कलाकारितामा झुकाव भएकाले अवसर पाएसम्म समय मिलाएर कलाकारितामा निरन्तर लाग्ने उनले बताए । 

    भिडियोमा मेकअप बिपना गुरुङ, सह–छांयाकन आशिष श्रेष्ठ र रंग संयोजन नवीन निरौलाको रहेको छ । नेपाल छँदै संगीतको आधारभुत शिक्षा लिइसकेकी गायिका राईले आफ्नो पारिवारिक जिम्मेवारीको कारण आफ्नो सांगीतिक यात्रालाई औपचारिक रुपमा निरन्तरता दिन नसकेपनि बिगत तीन वर्ष यता द लण्डन कलेज अफ म्युजिक अन्तर्गत क्लासिकल पियानो सम्बन्धी कक्षा लिइरहेकी छिन् । 

    प्रवासमा रहेर आफूलाई मन पर्ने पेशा अंगाल्नका लागि सोचे जस्तो सहज नभएको कारण ब्रिटिश आर्मीमा कार्यरत श्रीमान दिलिप राईको साथ र प्रोत्साहनले आगामी दिनमा सांगीतिक क्षेत्रमा निरन्तर लाग्न अझ धेरै प्रेरित गरेको उनले बताइन् । पाँचथरमा जन्मिएकी र हाल बेलायतमा पल्टने जीवन बिताइरहेकी पारु राई करिब एक दशकदेखि बेलायतमा नै बस्दै आएकी छिन् ।  


    जेठ १, २०७८ शनिवार १८:१०:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # तिम्रो तृष्णा
  • वरिष्ठ चलचित्रकर्मी चेतन कार्कीको निधन

    जेठ २

  • 472
    SHARES
  • वरिष्ठ चलचित्रकर्मी चेतन कार्कीको निधन

    काठमाडौं - वरिष्ठ चलचित्रकर्मी तथा गीतकार चेतन कार्कीको निधन भएको छ । उनको छाउनीस्थित सैनिक अस्पतालमा आइतबार बिहान ८४ वर्षको उमेरमा निधन भएको हो ।

    स्वास्थ्यमा समस्या देखिएपछि उनी सैनिक अस्पताल भर्ना भएका थिए । गएको १६ गते देहरादुनबाट आएपछि उनलाई ज्वरो आएको थियो । परिक्षण गर्दा उनमा कोरोना संक्रमण पनि देखिएको थियो । 

    एक हप्तादेखि सैनिक अस्पतालमा उपचार गराइरहेका उनको आइतबार बिहान निधन भएका हो । उनी चलचित्रको लेखन तथा निर्देशनसहित, गीत, कविता, कथा तथा उपन्यास लेखनमा सक्रिय थिए । 

    उनका कविता कृति नेपाली, हिन्दी र उर्दू भाषामा पनि प्रकाशित छन्। उनले ५० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् ।  


    जेठ २, २०७८ आइतवार १२:१४:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # निधन
  • # चेतन कार्की
  • कोरोनाका बिरामीलाई अक्सिजन किन्न राजाराम पौडेलको १ लाख सहयोग

    जेठ २

  • 306
    SHARES
  • कोरोनाका बिरामीलाई अक्सिजन किन्न राजाराम पौडेलको १ लाख सहयोग

    काठमाडौं - नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा अस्पतालमा अक्सिजनको अभाव पनि हुन थालेको छ ।

    यस्तो अवस्थामा सरकारले चीन र ओमनबाट अक्सिजनका खालि सिलिन्डरहरु ल्याउन थालेको छ । यस्तै नेपाली चलचित्र क्षेत्रका कलाकारहरु पनि कोरोनाका बिरामीलाई निःशुल्क अक्सिजन ग्यास उपलब्ध गराउन लागि परेका छन् ।

    अभिनेता निखिल उप्रेती, पल शाह लगायतका कलाकारहरु कोरोनाका बिरामीलाई अक्सिजनको समस्या हुन नदिन सहयोग गरिरहेका छन् । यसैबीच कलाकार राजाराम पौडेलले पनि कोरोना संक्रमितका लागि अक्सिजन ग्यास उपलब्ध गराउन आर्थिक सहयोग गरेका छन् ।

    उनले वैज्ञानिक महाविर पुनको संस्था राष्ट्रिय आविस्कार केन्द्रलाई एक लाख रुपया सहयोग गरेका छन् ।

    उनले आविस्कार केन्द्रलाई अक्सिजन खरिदका लागि एक लाख दिएका हुन् । पैसाको समस्याले गर्दा अक्सिजन नपाएर धेरैले ज्यान गुमाउनु परेको भन्दै उनले आफुले सहयोग गरेका उनको भनाई छ ।  


    जेठ २, २०७८ आइतवार १२:३९:४८ बजे : प्रकाशित

    कोरोनाका बिरामीलाई अक्सिजन किन्न पुष्प खड्काले गरे आर्थिक सहयोग

    जेठ ३

  • 238
    SHARES
  • कोरोनाका बिरामीलाई अक्सिजन किन्न पुष्प खड्काले गरे आर्थिक सहयोग

    काठमाडौं - नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा अस्पतालमा अक्सिजनको अभाव पनि हुन थालेको छ ।

    यस्तो अवस्थामा आर्थिक अवस्था कमजोर भएका कोरोनाका बिरामीले अक्सिजन नपाएर नै ज्यान गुमाइरहेको छ । यसैबीच नेपाली चलचित्र क्षेत्रका कलाकारहरु पनि कोरोनाका बिरामीलाई निःशुल्क अक्सिजन ग्यास उपलब्ध गराउन लागि परेका छन् ।

    अभिनेता निखिल उप्रेती, पल शाह, राजाराम पौडेल लगायतका कलाकारहरु कोरोनाका बिरामीलाई अक्सिजनको समस्या हुन नदिन सहयोग गरिरहेका छन् ।

    यसैबीच अभिनेता पुष्प खड्काले पनि कोरोना संक्रमितका लागि अक्सिजन ग्यास उपलब्ध गराउन आर्थिक सहयोग गरेका छन् ।

    उनले आफ्नो गृहजिल्ला कैलालीका कोरोना संक्रमित बिरामीका लागि ५० थान अक्सिजन सिलिन्डर किन्न आर्थिक सहयोग गरेका हुन् । उनले सामाजिक अभियन्ता केपी खनालको संस्था मैनादेवी फाउन्डेशनलाई अक्सिजन खरिद गर्न आर्थिक सहयोग गरेका हुन् । 
     


    जेठ ३, २०७८ सोमवार १३:१८:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस