• May 17 2021 | २०७८, जेठ ३गते

२०७८, जेठ ३गते

कोरोना संक्रमित भएका अक्षय कुमार अस्पतालबाट डिस्चार्ज  

चैत्र ३० २०७७
  • 490
    SHARES
  • कोरोना संक्रमित भएका अक्षय कुमार अस्पतालबाट डिस्चार्ज  

    काठमाडौं। बलिउड अभिनेता अक्षयकुमार अस्पतालबाट डिस्चार्ज भएका छन्। चैत्र २२ गते आफुलाई कोरोना संक्रमण भएको बारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका अक्षय भोलि पल्ट नै अस्पताल भर्ना भएका थिए । 

    उनले आफ्नो स्वास्थ्य अवस्था ठीक भएको र चिकित्सकको उचित सवाधानीको सल्लाहमा अस्पतालमा भर्ना भएको बताएका थिए । 

    durga.jpeg

    ८ दिन अस्पताल बसेर उनी आज डिस्चार्ज भएका छन् । अक्षय अस्पतालबाट डिस्चार्ज भएको बारे उनकी पत्नीले जानकारी दिएकी हुन् । 

    उनी आफ्नो आउँदो फिल्म ‘राम सेतु’ को छायांकनको क्रममा संक्रमित भएका थिए ।यस्तै उनको फिल्म ुराम सेतुु का ४५  कलाकारमा पनि कोरोना संक्रमण देखिएको छ । 

    भारतिय मिडियाका अनुसार ुराम सेतुु का ४५ जुनियर कलाकारमा संक्रमण देखिएको छ । सेटका धेरै कलाकारमा संक्रमण देखिएपछि फिल्मको सुटिङ पनि रोकिएको छ । 
     
     

     


    चैत्र ३०, २०७७ सोमवार १८:४३:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अक्षय कुमार
  • अर्कोसमाचार

    सर्वाधिक महँगो मूल्यमा बिक्री भयो सलमान खानको फिल्म 'राधे'

    बैशाख २९

  • 440
    SHARES
  • सर्वाधिक महँगो मूल्यमा बिक्री भयो सलमान खानको फिल्म 'राधे'

    काठमाडौं - कोरोना महामारीबीच प्रदर्शनमा आउन लागेको फिल्म 'राधे : योर मोस्ट वान्टेड भाई'को पछिल्लो समय निकै चर्चा छ । 

    यो फिल्मलाई अभिनेता सलमान खानले आउँदो इदमा प्रदर्शनमा ल्याउदैछन् । भारतिय मिडियाका अनुसार हालै यस फिल्म सर्वाधिक महँगो मूल्यमा बिक्री भएको छ । 

    pashupati chaulagain.jpg

    फिल्मलाई जी कम्पनिले १९० करोड भारुमा खरिद गरेका् बताइएको छ । २३० करोडमा खरिद गर्ने चर्चा चलेपनि अन्त्यमा १ करोड ९० मा कुरा मिलेको बताइएको छ । 

    यो मूल्य सर्वाधिक महँगो मूल्य हो । प्रभु देवा निर्देशित यस फिल्ममा सलमान प्रहरीको भूमिकामा देखिएका छन् । 

    pashupati chaulagain.jpg

    यस फिल्म थिएटरसँगै डिजिटल प्लेटफर्ममा रिलिज हुनेछ । फिल्ममा सलमान र दिशासँगै रण दीप हुण्डा, ज्याकी श्रोफ लगायतका कलाकारको अभिनय रहेको छ ।  


    बैशाख २९, २०७८ बुधवार १२:०६:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सलमान खान
  • # राधे
  • साउथ अभिनेता मारनको कोरोना संक्रमणबाट निधन

    बैशाख ३०

  • 1.6K
    SHARES
  • साउथ अभिनेता मारनको कोरोना संक्रमणबाट निधन

    काठमाडौं - साउथ फिल्मका अभिनेता मारनको कोरोनाभाइरसको संक्रमणबाट निधन भएको छ । 

    उनको बिहिबार बिहान ४८ वर्षको उमेरमा निधन भएको भारतिय मिडियामा जनाइएको छ । कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका उनको बिहिबार बिहान निधन भएको हो । 

    maran.jpg

    उनले साउथका चर्चित अभिनेताहरुसँग काम गरेका थिए । गिल्ली, कुरुवी, डिशुम, थल्यानगरम लगायतका उनका फिल्म चर्चित छन् । उनको निधनको खबरले साउथ अभिनेताले सामाजिक सञ्जालमार्फत दुख व्यक्त गरेका छन् । 

     


    बैशाख ३०, २०७८ बिहिवार १२:३८:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # मारन
  • कोरोना महामारीबीच सलमान खानको फिल्म 'राधे' रिलिज, कति कमायो ?

    जेठ १

  • 632
    SHARES
  • कोरोना महामारीबीच सलमान खानको फिल्म 'राधे' रिलिज, कति कमायो ?

    काठमाडौं - कोरोना महामारीबीच फिल्म 'राधे : योर मोस्ट वान्टेड भाई' प्रदर्शनमा आएको छ । इदको अवसर पारेर प्रदर्शनमा आएको अभिनेता सलमान खान अभिनित फिल्म राधे दर्शकले निकै रुचाएका छन् । 

    थिएटरसँगै डिजिटल प्लेटफर्ममा रिलिज भएको यस फिल्म प्रभु देवाले निर्देशन गरेका हुन् । कोरोना महामारीमा मनोरञ्जन लिन पाउदा दर्शक खुशी भएका छन् । फिल्मलाई जी कम्पनिले १९० करोड भारुमा खरिद पनि गरेको छ । 

    salman khan.jpg

    यस फिल्मले पहिलो दिन अस्ट्रेलियामा ३५.७१ लाख, न्युजिल्याण्ड ५.९० लाख कमाई गर्को छ । 

    सलमानकै प्रोडक्सन हाउसबाट निर्माण गरिएको फिल्ममा उनी प्रहरीको भूमिकामा देखिएका छन् । फिल्ममा सलमान र दिशासँगै रण दीप हुण्डा, ज्याकी श्रोफ लगायतका कलाकारको अभिनय रहेको छ ।  

    salman.jpg


    जेठ १, २०७८ शनिवार १३:३२:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सलमान खान
  • पहिलो डेटमै युवतीसँग नवाजुद्दीन रोएपछि ...

    जेठ १

  • 326
    SHARES
  • पहिलो डेटमै युवतीसँग नवाजुद्दीन रोएपछि ...

    काठमाडौं - बलिउडका चर्चित अभिनेता हुन् नवाजुद्दीन सिद्दीकी । धेरै फिल्ममा अभिनय गरेर चर्चा कमाएका नवाजुद्दीन बलिउडकै सफल अभिनेता हुन् । 

    धेरैजसो आफ्नो नयाँ फिल्मका कारण चर्चामा आउने नवाजुद्दीन कहिलेकाही पुराना कुराले पनि चर्चामा आउने गर्छन् । तपाईलाई थाहा छ, नवाजुद्दीन पहिलो पटक डेटमा जाँदा निकै भावुक भएका थिए । 

    एक लाइभ कार्यक्रममा पुराना कुरा खोतल्दै जाँदा उनले पहिलो डेटको बारेमा कुरा खोलेका थिए । उनका अनुसार उनी पहिलो डेटमै रोएका थिए । मुम्बईमा बस्दै जाने क्रममा उनी एक केटी साथिसँग नजिक भए । उनी ती युवतीसँग नजिक हुन थालेपछि एकदिन डेटमा लाने निर्णय गरे । 

    दुवै लिहाजामा एक पार्कमा घुमिरहेका थिए । आधा घण्टासम्म दुवै जना बोलेनन् । नवाजुद्दीन नबोलेपछि युवती लाई दिक्क लागेर घर जाने कुरा गरिन् । युवतीको कुरा सुनेपछि नवाजुद्दीनले युवतीको हात समाते । तर युवती बिना अनुमति हात समातेको भन्दै रिसाइन् । 

    युवतीको रिस देखेर  मानिसहरु भेला हुने डर भएपछि नवाजुद्दीनले फकाउन थाले । फकाउने क्रममा उनी युवतीसँग नै रुन थाले । त्यसपछि युवतीले नरिसाएको कुरा गरिन् । युवतीले नवाजुद्दीनलाई चुम्बन गरिन् र अब नरिसाउने कुरा गरिन् । 
     


    जेठ १, २०७८ शनिवार १८:५७:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नवाजुद्दीन सिद्दीकी
  • फिल्म 'गणपत' मा टाइगर र कृतिको रोमान्स, नोराको पनि इन्ट्री  

    जेठ २

  • 244
    SHARES
  • फिल्म 'गणपत' मा टाइगर र कृतिको रोमान्स, नोराको पनि इन्ट्री   

    काठमाडौं - फिल्म 'गणपत' मा नायिका नोरा फतेहीको इन्ट्री भएको छ । निर्देशन विकास बहलले फिल्ममा दुई नायिकाको अवस्यक पर्ने भन्दै नोरालाई भित्राएका हुन् । 

    ganapat.jpeg

    यसअघि यस फिल्ममा कृति सेनन इन्ट्री भइसकेकी छिन् । फिल्ममा कृति सेननसँग टाइगर श्राफले रोमान्स गर्नेछन् । फिल्ममा नोराको भूमिका बारे भने खुलाइएको छैन । 

    निर्देशक बहलका अनुसार फिल्ममा दुवै नायिकाको दमदार रोल रहेको छ । बक्सिङ रिङको वरिपरि घुम्ने यस फिल्मलाई दर्शकले रुचाउने अपेक्षा गरिएको छ । फिल्ममा टाइगर  गणपतिका भक्त  हुनेछन् ।  


    जेठ २, २०७८ आइतवार १३:३५:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गणपत
  • कोरोना महामारीबीच रिलिज भएको सलमान खानको फिल्म 'राधे' ले तोड्यो रेकर्ड

    जेठ २

  • 404
    SHARES
  • कोरोना महामारीबीच रिलिज भएको सलमान खानको फिल्म 'राधे' ले तोड्यो रेकर्ड

    काठमाडौं - कोरोना महामारीबीच फिल्म प्रदर्शनमा आएको 'राधे : योर मोस्ट वान्टेड भाई' राम्रो कमाई गर्न सफल भएको छ ।

    डिजिटल माध्यमबाट र अन्र्तराष्ट्रिय बजारमा थिएटर्समा रिलिज गरिएको यस फिल्मले इदको अवसर पारेर प्रदर्शनमा आएको थियो । अभिनेता सलमान खान अभिनित फिल्म राधे दर्शकले निकै रुचाएका छन् । 

    ganga3.jpg

    कोरोना महामारीमा मनोरञ्जन लिन पाउदा दर्शक खुशी भएका छन् । भारतिय मिडियाका अनुसार फिल्मको पहिलो दिन बिभिन्न प्लाटफर्ममा ४.२ मिलियनले हेरे ।

    युएईमा थिएटर्सको ५० प्रतिशत क्षमताका साथ ओपनिङकै दिन ३,७९,००० अमेरिकी डलर जम्मा भएको छ । यो कमाई सलमानकै फिल्म दबंग ३ भन्दा बढी हो ।

    ganga3.jpg

    प्रभु देवाले निर्देशन गरेको यस फिल्म सलमान खानकै प्रोडक्सन हाउसबाट निर्माण गरिएको हो । फिल्ममा सलमान प्रहरीको भूमिकामा देखिएका छन् । फिल्ममा सलमान र दिशासँगै रण दीप हुण्डा, ज्याकी श्रोफ लगायतका कलाकारको अभिनय रहेको छ ।  


    जेठ २, २०७८ आइतवार २१:४२:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सलमान खान