• May 17 2021 | २०७८, जेठ ३गते

२०७८, जेठ ३गते

धितोपत्र बजार : नेप्से हालसम्मकै उच्च विन्दुमा

चैत्र ३० २०७७
  • 468
    SHARES
  • धितोपत्र बजार : नेप्से हालसम्मकै उच्च विन्दुमा

    काठमाडौं - धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । लगातार उकालो लागेको नेप्सेको वृद्धिको क्रम आज पनि जारी रहँदा नयाँ इतिहास कायम भएको हो । 

    नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.२० विन्दुले उकालो लागेर दुई हजार ६९१.५५ मा पुगेको छ । नेप्सेले अब दुई हजार ७०० को यात्रा तय गरेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७८ विन्दुले उकालो लागेर ४८०.२९ मा पुगेको छ । कूल २१६ कम्पनीको एक करोड ३८ लाख २१ हजार ५७३ कित्ता शेयर रु सात अर्ब ६१ करोड आठ लाख ८२ हजार ५० मा कारोवार भयो । 

    आजको कारोवारपछि बजार पूँजीकरण रु ३७ खर्ब २६ अर्ब ८० करोड ६५ लाख ६० हजारको हाराहारीमा पुगेको छ । यो मुलुकको कूल ग्रार्हस्थ उत्पादन (जिडिपी)को हाराहारी हो । कारोवार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर ओरालो लागेको छ भने सात उपसमूहको शेयर उकालो लागेको छ । 

    बैंकिङ १७.८१, विकास बैंक ३९.३६, निर्जीवन बीमा १६३.७६, उत्पादन १४.०६, लघुवित्त १८८.५६, जीवन बीमा १९७.७९ र सामूहिक लगानी कोष ०.०२ ले उकालो लागेको छ । यस्तै, व्यापार ६९.६२, होटल तथा पर्यटन ७५.१९, जलविद्युत् ४२.६७, वित्त १.३६, अन्य २९.७२ र लगानी ०.३३ विन्दुले उकालो लागेको छ । 

    कारोवारका आधारमा आज एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु २५ करोड सात लाख १८ हजार ४७६ कारोवार भयो । यस्तै, नबिल बैंक रु २४ करोड ५३ लाख ५६ हजार ९६०, नेपाल पूर्वाधार बैंक रु २२ करोड ११ लाख ९७ हजार ५७०, नेपाल बैंक रु २१ करोड ४६ लाख १३ हजार ४९५ र गरिमा विकास बैंक रु १९ करोड ८१ लाख ११ हजार ९५४ बराबरको कारोवार भइ शीर्ष स्थानमा रहे । 

    कारोवारका आधारमा एनआइसी एशिया लघुवित्त ९.९६, महिला लघुवित्त ९.९५, छ्याङ्दी हाइड्रोपावर ९.८७, ज्योति लाइफ इन्स्योरेन्स ९.८६ र सिन्धु विकास बैंकका लगानीकर्ताले ९.८० प्रतिशतले कमाए । यसैगरी साञ्जेन जलविद्युत् कम्पनी ४.४१, हिमाल दोलखा हाइड्रोपावर ३.९५, युनाइटेड मोदी ३.६५, युनिभर्सल पावर कम्पनी ३.४७ र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले ३.३६ प्रतिशतले गुमाए । रासस


    चैत्र ३०, २०७७ सोमवार १९:१०:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेप्से
  • अर्कोसमाचार

    तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी

    जेठ १

  • 300
    SHARES
  • तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी

    काठमाडौं - मुलुकभरका कूल ७५३ स्थानीय तहमध्ये अब तीन मात्रै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेका छन् । सबै स्थानीय तहमा वित्तीय सेवा तथा पहुँच पु¥याउने सरकारको योजना पूरा हुन लागेको छ । 

    नेपाल राष्ट्र बैंकका अनुसार अब धादिङको रुबीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको काँडा गाउँपालिकामा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी छ । 

    केन्द्रीय बैंकले कूल ७५३ स्थानीय तहमध्ये ७५० स्थानीय तहमा (क) वर्गका वाणिज्य बैंकका शाखा विस्तार भएको जनाएको छ । विसं २०७६ को चैत मसान्तसम्मको विवरणमा भने कूल ७४६ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुलेका थिए । विसं २०७७ को चैत मसान्तसम्म भने ७५० स्थानीय तहमा शाखा खुलेका छन् । 

    बाँकी रहेका स्थानीय तहमा समेत आवश्यक भौतिक पूर्वाधार, सूचना सञ्चार तथा अन्य सुरक्षाको प्रबन्ध गरेर छिट्टै वाणिज्य बैंकका शाखा खुल्ने केन्द्रीय बैंकले विश्वास लिएको थियो । 

    ग्रामीण क्षेत्रका नागरिकलाई समेत सहज रुपमा वित्तीय सेवा र पहुँच पु¥याउनका लागि नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई पनि विशेष सुविधा र सुहलियत दिँदै आएको छ । 

    यस्तै गत चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको सङ्ख्या १४० रहेको छ । त्यसमध्ये २७ वाणिज्य बैंक, १८ विकास बैंक, २० वित्त कम्पनी, ७४ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक सञ्चालनमा छन् । देशभर बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या १० हजार ५४६ पुगेको छ ।रासस  


    जेठ १, २०७८ शनिवार १७:०८:३१ बजे : प्रकाशित

    हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    जेठ २

  • 198
    SHARES
  • हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । आइतबार अमेरिकी डलरसहित केही देशको विनिमयदर घटबढ भएको छ ।

    आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ९६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ५६ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्रीदर ९० रुपैयाँ ९५ पैसा रहेको छ ।

    एक साउदी रियालको खरिददर ३१ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ३५ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ७३ पैसा तोकिएको छ । 

    एक युरोको खरिददर १ सय ४१ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ ३७ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ५० पैसा तोकिएको छ । 

    त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४१ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ २० पैसा तोकिएको छ।  

    त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ६९ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ७५ पैसा तोकिएको छ ।  

    एक बहराइन दिनारको खरिददर ३ सय १० रुपैयाँ २४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ११ रुपैयाँ ८३ पैसा तोकिएको छ। एक कुवेती दिनारको खरिददर ३ सय ८८ रुपैयाँ ४७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९० रुपैयाँ ४६ पैसा तोकिएको छ। 


    जेठ २, २०७८ आइतवार १०:०१:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विनिमयदर
  • ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति ?

    जेठ २

  • 422
    SHARES
  • ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति ?

    काठमाडौं - आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

    शुक्रबार तोलाको ९१ हजार ६ रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा ९ सय रुपैयाले बढेर तोलाको ९२ हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।  त्यस्तै आज चाँदीको मूल्य पनि बढेर तोलाको १ हजार ३ सय ५० रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ । 
     


    जेठ २, २०७८ आइतवार ११:३५:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • बढ्यो पेट्रोल, डिजेल र हवाइ इन्धनको मूल्य, कुनको कति ? हेर्नुहोस्

    जेठ २

  • 612
    SHARES
  • बढ्यो पेट्रोल, डिजेल र हवाइ इन्धनको मूल्य, कुनको कति ? हेर्नुहोस्

    काठमाडौं - पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आइतबार नेपाल आयल निगमले एक विज्ञप्ती जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

    विज्ञप्ति अनुसार निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा लिटरमा दुई दुई रुपैयाँ बढाएको हो । 

    अब पेट्रोल लिटरको १ सय २३ रुपैयाँ र डिजेल, मट्टितेल लिटरको १०६ रुपैयाँ कायम भएको छ । यस्तै आन्तरिक हवाइ इन्धनको मूल्य लिटरको ७८ रुपैयाँ कायम भएको छ । 

    खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत रहेको छ ।  यो मूल्य आइतबार राती १२ बजेबाट लागू हुनेछ।   

    petr.jpg


    जेठ २, २०७८ आइतवार २०:५२:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पेट्रोलियम पदार्थ
  • बढ्यो युके पाउण्ड र कुवेती दिनारको भाउ, हेर्नुहोस् कुन देशको विनिमयदर कति ?

    जेठ ३

  • 146
    SHARES
  • बढ्यो युके पाउण्ड र कुवेती दिनारको भाउ, हेर्नुहोस् कुन देशको विनिमयदर कति ?

    काठमाडौं । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने अन्य देशको विनिमयदर केही घटबढ भएको छ ।

    आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ९६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ५६ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्रीदर ९० रुपैयाँ ३९ पैसा रहेको छ ।

    एक साउदी रियालको खरिददर ३१ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ३५ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ७८ पैसा तोकिएको छ । 

    एक युरोको खरिददर १ सय ४२ रुपैयाँ १ पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ ७४ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ५० पैसा तोकिएको छ । 

    त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४४ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ९४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ७९ पैसा तोकिएको छ।  

    त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ७५ पैसा तोकिएको छ ।  

    एक बहराइन दिनारको खरिददर ३ सय १० रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ११ रुपैयाँ ८४ पैसा तोकिएको छ। एक कुवेती दिनारको खरिददर ३ सय ८८ रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९० रुपैयाँ ६९ पैसा तोकिएको छ। 


    जेठ ३, २०७८ सोमवार १०:३९:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विनिमयदर
  • फेरि बढ्यो सुनको मूल्य, तोलाको कति ?

    जेठ ३

  • 138
    SHARES
  • फेरि बढ्यो सुनको मूल्य, तोलाको कति ?

    काठमाडौं - सोमबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार तोलामा ९ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले बढेको हो । 

    आइतबार तोलाको ९२ हजार ५ रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले बढेर तोलाको ९२ हजार ८ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।  त्यस्तै आज चाँदीको मूल्य पनि बढेर तोलाको १ हजार ३ सय ५५  रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ । 
      


    जेठ ३, २०७८ सोमवार ११:४०:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य