• May 17 2021 | २०७८, जेठ ३गते

२०७८, जेठ ३गते

पेट दुखेको छ ? यी कुराहरु पानीसँग मिसाएर पिउनुहोस्

चैत्र ३० २०७७
  • 842
    SHARES
  • पेट दुखेको छ ? यी कुराहरु पानीसँग मिसाएर पिउनुहोस्

    काठमाडौं - पानी एक रङ, स्वाद र गन्ध बिहिन पदार्थ हो।  हाम्रो दैनिक जीवनमा पानी निकै आवश्यक पर्छ । पानी बिना हाम्रो जीवन अपुरो नै हुन्छ । हामिले दैनिक विभिन्न खानेकराहरु खाइरहेका हुन्छौ । 

    कहिलेकाही गलत खानपानले पेट दुख्ने समस्या हुन्छ । यस्तो अवस्थामा पेट दुख्ने समस्याबाट मुक्ति पाउन घरेलु उपाय अपनाउन सकिन्छ । 

    पानीको सेवनले पाचनप्रणालीलाई सुधार्न सहयोग पुर्याउछ । आयुर्वेद विशेषज्ञ डा अबरार मुल्तानीका अनुसार विभिन्न घरेलु उपायबाट पेट दुखेको समस्या समाधान गर्न सकिन्छ । 

    १. दुई गिलास पानीमा दुई चम्चा धनियाँको धूलो, आधी चम्चा सुकेको अदुवाको धूलो मिसाउनुहोस् । त्यसपछि मधुरो आगोमा केही मिनेट तताउनुहोस् । यो पानी बिहान बेलुका पिएमा पेटको समस्या ठिक हुन्छ ।

    २. पानीमा आधा आधा चम्चा ठूलो अलैंचीको धूलो र मिश्री मिसाएर बिहानबेलुका खाएमा पनि पेट दुख्न कम हुन्छ । 

    ३. दुई चम्चा कागतीको रसमा तीन चिम्टी जाइफलको धूलो मिसाएर पिउदा पनि पेटको समस्या समाधान हुन्छ ।

    ४. एक कप पानीमा एक एक चम्चा जीरा र सूप हालेर उमालेर खाएमा पनि पेट दुख्न कम हुन्छ ।

    ५ . हींगको पानीमा कपडा भिजाएर नाइटोमा १५ देखि ३० मिनेट दैनिक राखेमा पनि पेट दुखेको ठिक हुन्छ । 
     
     


    चैत्र ३०, २०७७ सोमवार २०:५९:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पेट दुखेको
  • अर्कोसमाचार

    दूधसँग नखानुहोस् यी खानेकुरा, देखिन्छ यस्तो समस्या

    चैत्र २९

  • 1.3K
    SHARES
  • दूधसँग नखानुहोस् यी खानेकुरा, देखिन्छ यस्तो समस्या

    काठमाडौं । दूध एक पोषक तत्वयुक्त तरल पदार्थ हो । दूध बच्चादेखि बुढा उमेरका समूहका लागि फाइदाजनक मानिन्छ । प्रशस्त पोषक तत्व पाइने दूध शरिरलाई धेरै रोगबाट बचाउन मद्दत गर्छ । उसमा क्याल्सियम, म्याग्नेसियम र भिटामिन प्रशस्त पाइन्छ । 

    शरिरलाई स्वस्थ राख्न दूध पिउनु राम्रो हुन्छ । तर केही यस्ता खानेकुरा छन्, जुनसँग दूधसँगै खान हुँदैन । हामिले दूधसँग मिलाएर केही यस्ता खाने खानेकुरा खाएमा शरिरमा विभिन्न समस्याहरु हुन सक्छन् । 

    milk.jpg

    कागती पनि - दूध खाएको समयमा कागती पानी पिउनु हुँदैन । सुन्तला, अंगुर र कागती जस्ता अमिला चिजहरुसँग दूध पिउँदा शरिरमा समस्या हुन्छ । प्ेटमा अम्लीय पदार्थले दूधलाई फटाइदिन्छ र विषालु पदार्थ उत्पन्न हुन्छ । जसले रुघाखोकी, कफ र एलर्जीको समस्या हुन सक्छ । 

    नुन र करेला - दूधसँग नुन र करेला पनि खानुहुँदैन । नूनिलो खानेकुरासँग दूध खाँदा तत्काल समस्या नदेखिएपनि पछि समस्या देखा पर्न सक्छ । 

    माछा - दूधसँग माछा पनि खानुहुँदैन । माछा खाएपछि दूध पिउँदा पेटमा अम्ल उत्पन्न भई पेट दुख्ने लगायत विभिन्न समस्या हुन्छ ।

    फल - दूधसँग तुरुन्तै कुनै फल पनि खानुहुँदैन । दूध खाएपछि तत्कालै फल खाँदा पेटमा समस्या हुन सक्छ । 

    मासु - दूधसँग मासु खान नहुने कुरा पनि धेरैलाई थाहाँ छ । यी दुवै एकैचोटी खाँदा पेटमा समस्या हुन्छ । पचाउन मुश्किल पर्छ । एसीडीटीको समस्या हुन्छ । 

    खन्य खानेकुरा - यस्तै खाना खाने समयमा कालो दाल खाँदै हुनुहुन्छ भने दूध नपिउनुहोस् । तातो दुध सुत्नु भन्दा अघि पनि खानुहुदैन । दुध र दही पनि एकैपटक पिउनुहुँदैन । यसले छालाको रोग लाग्ने सम्भावना हुन्छ । 
     


    चैत्र २९, २०७७ आइतवार २१:४०:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # दूध
  • पेट दुखेको छ ? यी कुराहरु पानीसँग मिसाएर पिउनुहोस्

    चैत्र ३०

  • 842
    SHARES
  • पेट दुखेको छ ? यी कुराहरु पानीसँग मिसाएर पिउनुहोस्

    काठमाडौं - पानी एक रङ, स्वाद र गन्ध बिहिन पदार्थ हो।  हाम्रो दैनिक जीवनमा पानी निकै आवश्यक पर्छ । पानी बिना हाम्रो जीवन अपुरो नै हुन्छ । हामिले दैनिक विभिन्न खानेकराहरु खाइरहेका हुन्छौ । 

    कहिलेकाही गलत खानपानले पेट दुख्ने समस्या हुन्छ । यस्तो अवस्थामा पेट दुख्ने समस्याबाट मुक्ति पाउन घरेलु उपाय अपनाउन सकिन्छ । 

    पानीको सेवनले पाचनप्रणालीलाई सुधार्न सहयोग पुर्याउछ । आयुर्वेद विशेषज्ञ डा अबरार मुल्तानीका अनुसार विभिन्न घरेलु उपायबाट पेट दुखेको समस्या समाधान गर्न सकिन्छ । 

    १. दुई गिलास पानीमा दुई चम्चा धनियाँको धूलो, आधी चम्चा सुकेको अदुवाको धूलो मिसाउनुहोस् । त्यसपछि मधुरो आगोमा केही मिनेट तताउनुहोस् । यो पानी बिहान बेलुका पिएमा पेटको समस्या ठिक हुन्छ ।

    २. पानीमा आधा आधा चम्चा ठूलो अलैंचीको धूलो र मिश्री मिसाएर बिहानबेलुका खाएमा पनि पेट दुख्न कम हुन्छ । 

    ३. दुई चम्चा कागतीको रसमा तीन चिम्टी जाइफलको धूलो मिसाएर पिउदा पनि पेटको समस्या समाधान हुन्छ ।

    ४. एक कप पानीमा एक एक चम्चा जीरा र सूप हालेर उमालेर खाएमा पनि पेट दुख्न कम हुन्छ ।

    ५ . हींगको पानीमा कपडा भिजाएर नाइटोमा १५ देखि ३० मिनेट दैनिक राखेमा पनि पेट दुखेको ठिक हुन्छ । 
     
     


    चैत्र ३०, २०७७ सोमवार २०:५९:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पेट दुखेको
  • यस्ता समस्या सजिलै समाधान गर्न खानुहोस् दही

    बैशाख ७

  • 1.2K
    SHARES
  • यस्ता समस्या सजिलै समाधान गर्न खानुहोस् दही

    काठमाडौं - दही हाम्रो स्वास्थ्यको लागि निकै फाइदाजनक चिज हो । दहीलाई हिन्दू धर्ममा शुभ संकेतका रुपमा लिइन्छ । कुनै काम शुरु गर्नुभन्दा पहिले दही खाने चलन छ । दही धार्मिक दृष्टिले मात्र नभई स्वास्थ्यको दृष्टिले पनि फाइदाजनक छ । 

    भिटामिन र प्रोटिन भरपुर हुने दहीको सेवनले धेरै रोगहरुबाट पनि बच्न सकिन्छ । यसमा भिटामिन ए, भिटामिन डी, भिटामिनबी १२, आइरन, प्रोटिन, क्याल्सियम, राइबोफ्लेबिन लगायतका तत्वहरु पाइन्छ । 

    यस्ता छन् दही खाँदाका फाइदाहरु

    हड्डी बलियो बनाउने - दहीमा प्रशस्त क्याल्सियम हुन्छ जसले दाँत तथा मांशपेशीमा रहेका हड्डीहरुलाई बलियो बनाउछ । 

    पाचन प्रक्रिया - दहीको सेवनले पाचन प्रक्रियालाई स्फूर्त बनाउन सहयोग पुर्याउछ

    निद्रा - दहीको सेवन गरेमा राति निद्रा आनन्दले लाग्छ । राति निद्रा नलाग्ने समस्या छ भने दैनिक खानाका साथ एक कचौरा दही खानु राम्रो हुन्छ । 

    रगतको कमजोरी हटाउँने - दहीको नियमित सेवनले रगतको कमि तथा कमजोरी हटाउँछ।

    पायल्स रोग - पायल्स रोग भएकाहरुलाई दही निकै उपयोगि मानिन्छ । यस्ता समस्या भएकाहरुले दिउँसो भोजनसँग खाँदा राम्रो हुन्छ । 

    पेटको समस्या समाधान - दहीको मोही वा लस्सी बनाएर पिउँदा पेटको समस्या समाधान हुन्छ । पेटमा गडबडी हुँदा दहीमा बिरे नुन हालेर खाँदा राम्रो हुन्छ । 

    अन्य फाइदा - दहीमा मुटुको रोग, उच्च रक्तचाप, तथा गुदाको रोगहरुलाई ठिक गर्छ । यसले कोलस्ट्रोल बढ्न पनि दिदैन । इम्यून सिस्टमलाई दह्रो बनाउछ ।


    बैशाख ७, २०७८ मंगलवार २२:०१:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # दही
  • अनुहारमा लगाउनै नहुने यी १० चिज

  • 1.6K
    SHARES
  • अनुहारमा लगाउनै नहुने यी १० चिज

    काठमाडौँ।  घाँटीदेखि माथि नाक, मुख, आँखासहितका  अङ्ग समेत टाउकाको अगाडिको भागलाई अनुहार भनिन्छ। कुनै पनि व्यक्तिको पहिचान तथा परिचयका लागि अनुहारले महत्वपूर्ण भूमिका खेल्दछ। अनुहारले नै हो, मानिसको व्यक्तिवलाई सकारात्मक र नकारात्मक प्रभाव पार्ने। 

    यदि व्यक्तिको अनुहारमा थुप्रै दाग, पोतो, डण्डीफोर छन् भने यसले उसको मानसिक स्वास्थ्यमा पनि नकारात्मक असर गर्ने गर्छ। यस्ता व्यक्तिहरु आफ्नो अनुहारलाई लिएर धेरै संवेदनशील हुने गर्छन्। जसकारण सामाजिक भेटघाटमा नजाने, एक्लै बस्ने, साथीभाइ नभेट्ने अनि अन्ततः डिप्रेसनको सिकार हुने गर्दछन्। 

    त्यसैगरी, यस्ता समस्याबाट मुक्ति पाउन उनीहरुले चिकित्सकको परामर्श बिना अनेकौँ रसायन उक्त क्रिम, पाउडरदेखि लिएर अन्य थुप्रै घरेलु उपचारको सहारा लिन थाल्छन्। जसले अनुहारको छालालाई प्रत्यक्ष र अप्रत्यक्षरुपमा थुप्रै नोक्सानी पुर्याइरहेको हुन्छ।  

    जानिराखौँ अनुहारमा लगाउनै नहुने १० चिज

    साबुन र स्याम्फू  –  साबुन र स्याम्फूमा सल्फेट भन्ने रसायानिक पर्दाथ पाइन्छ। यस पदार्थले फिज निकाल्ने काम गर्छ। यदि साबुन वा स्याम्फू अनुहारमा लगाइयो भने यसले अनुहारको चिल्लोपनलाई सुख्खा बनाउँछ ।  साथै अनुहारको चिल्लोपनालाई घटाई छालाको पीएचको मात्रालाई पनि गडबड गर्दिन्छ, जसले अनुहारको छालामा अन्ततः क्षति पुग्दछ।    

    धेरै तातो र चिसो पानी – अनुहारमा धेरै तातो पानी पनि प्रयोग गर्नुहुँदैन। यसले छालामा भएको पिएच मात्रालाई कम गरी छालामा भएको चिल्लोपन वा मोइस्चरलाई पनि कम गर्दछ।  जसले छाला सुख्खा र फुस्रो हुने गर्दछ। त्यसैगरी, धेरै चिसो पानी पनि अनुहारमा प्रयोग गर्नु हुँदैन। त्यसैले, अनुहारलाई मनतातो पानी वा  ठिक्क चिसो पानीले मुख धुँदा उपयुक्त हुन्छ।    

    स्टेरोइड भएका क्रिम – बजारमा पाईने स्टेरोइड भएका क्रिम वा मल्हमहरुको लामो समयसम्म प्रयोग गर्नाले यसले छालालाई पातलो बनाई मुखको छालालाई संवेदनशील बनाउँछ र रगतका नसाहरु देखिएर मुख रातो हुने गर्दछ । त्यसैले, स्टेरोइड भएका क्रिमहरु प्रयोग गर्दा धेरै सावाधानी अपानाउनु पर्ने हुन्छ। 
     
    कागती – घरेलु उपचार गर्न धेरै मानिसहरुले कागतीको रसलाई अनुहारमा लगाउने गर्छन्। कागतीको रसमा भिटामिन ’सी’ को मात्रा बढी हुन्छ र यसको रस मुखमा लगाउँदा यसले छालालाई नकारात्मक असर पुर्याउँछ। जब कागतीको रस लगाएको अनुहार सूूर्यको प्रकाशको सम्पर्कमा आउँछ, यसले रियाक्सन गर्दै एलर्जी हुने गर्दछ। र यस्ता एलर्जीका दागहरु लामो समयसाम्म अनुहारमा बस्ने गर्दछ।  

    बडीलोसन वा  बडी मोइस्चराइजर – बजारमा पाइने बडीलोसन तथा मोइस्चराइजर पनि अनुहारमा धेरै लगाउँनु हुँदैन। यी उत्पादनहरु विशेषगरी जिउँका लागि बनाइएको हुन्छ र  यसमा भएका थुप्रै रासायनिक पदार्थले अनुहारको छालालाई जर्रो, सुख्खा बनाउँछ। जुन, छालाको लागि पनि त्यति फाइदाजनक हुँदैन।  

    नरिवलको तेल –  विशेषगरी जसको छाला सुख्खा छ, उसले नरिवलको तेल लगाउनु केहि हद सम्म राम्रो पनि हुन्छ । धेरै छाला रोग विशेषगज्ञहरुले यसको सल्लाह पनि दिने गर्छन। तर, नरिवलको तेल मुखमा लगाउनु उत्तम मानिँदैन, विशेषगरी जसलाई डण्डीफोरको समस्या छ र जसको अनुहारको छालामा चिल्लोपन आउँछ, त्यस्ता व्यक्तिले नरिवलको तेल अनुहारमा लगाउनु हुँदैन। नरिवलको तेल अनुहारका लागि बाक्लो हुन्छ र यसले चिल्लोपन निस्कासित गर्ने ग्रंथीहरुलाई रोकिदिन्छ।  

    परफ्युम र हेयर स्प्रे –  परफ्युम र हेयर स्प्रेमा पाइने केमिकलहरुले गर्दा मुुखको छालालाई असर गर्ने गर्छ।  यसमा भएको झोल पर्दाथले छालाको तेल निस्कासित गर्ने ग्रथीहरुलाई ब्लक गर्दिन्छ र डण्डीफोरको समस्या भएका बिरामीहरुलाई नराम्रो असर गर्दछ।  

    पेट्रोलियम जेली –  नरिवलको तेल जस्तै पेट्रोलियम जेली अनुहारमा लगाउनु त्यति उचित वा उपयुक्त हुँदैन। यसले नरिवलको तेल जस्तै अनुहारमा भएका तेल निकाल्ने ग्रन्थीहरुलाई ब्लक गर्दिन्छ र चिल्लो अनुहार भएका व्यत्तिहरुको लागि यसले नराम्रो असर गर्छ। 

    हेयर कलर – हेयर कलरमा एलर्जी गराउने तत्वहरु हुन्छ जसले गर्दा हाम्रो आँखाको वरीपरी एलर्जी हुन्छ । 

    टुथपेस्ट – टुथपेस्टमा पाइने रासायनिक पदार्थमा अनुहारको छालामा कालो दाग बनाउने पदार्थ हुन्छ। जुन लामो समयसम्म रहन्छ।


    बैशाख ९, २०७८ बिहिवार १३:३७:२९ बजे : प्रकाशित

    मोटोपनले हैरान हुनुहुन्छ ? केरा खानुका यस्ता छन् फाइदा 

    बैशाख १९

  • 520
    SHARES
  • मोटोपनले हैरान हुनुहुन्छ ? केरा खानुका यस्ता छन् फाइदा 

    काठमाडौं - केरा एक स्वादिष्ट फल हो । हाम्रो स्वास्थ्यको लागि फाइदाजनक मानिने केराले औषधिको रुपमा पनि काम गर्छ । यसको नियमित सेवनबाट स्वास्थ्यसम्बन्धी कतिपय  रोगबाट बच्न सकिन्छ । 

    यसमा पाइने भिटामिन सी, भिटामिन बी, रिवोफ्लाबिन, फोलेट, प्यान्टोथेनिक एसिड र नियासिन लगायतका तत्वहरु पाइन्छ । यस्तै पोटासियम, म्यांगानिज, म्याग्नेसियम, तामाजस्ता खनिजहरु पनि पाइन्छ । 

    तौल घटाउँछ वा बढाउन - केराले हाम्रो तौल घटाउन वा बढाउन सहयोग पुर्याउछ । केरामा प्रशस्त फाइबर हुने हुनाले पचाउँन सहयोग पुर्याउछ । जसले गर्दा मोटोपन कम हुँदै जान्छ । यस्तै यसले मोटोपन बढाउन पनि सहयोग गर्छ । 

    तौल बढाउन दूधसँग केरा खानुपर्छ । दूधले आवश्यक प्रोटीन दिन्छ भने केराले चिनिको मात्रा पुरा गर्छ । जसले सजिलै  पच्ने भएकाले कम तौल भएको मानिसले दैनिक ५–६ कोसा केरा खानाले करिब ६ सय क्यालोरीसम्म प्राप्त हुन्छ।

    कब्जियतबाट टाढा राख्छ - केराले कब्जियत हुनबाट बचाउछ । केरा खानाले दिसा सजिलो बनाउछ । यसले पाचन प्रणाली पनि सुधार्ने काम गर्छ ।

    हड्डी बलियो बनाउने केराले हड्डी बलियो बनाउन सहयोग पुर्याउछ । यसमा फ्रुक्टोलिगोस्याचिराइड हुने भएकाले हड्डी मजबूत बनाउन सहयोग गर्छ ।

    रक्तसञ्चारलाई सहज - केराको सेवनले रक्तसञ्चारलाई सहज  बनाउछ । यसमा पाइने म्याग्नेसियमले रक्तसञ्चारलाई सजिलो बनाउछ ।रामा पाइने आइरन तत्वले रगतमा हेमोग्लोबिनको उत्पादन बढाउँछ र रक्तअल्पताबाट पनि बचाउन सहयोग गर्छ ।

    पेटको समस्या समाधान - केराको सेवन गर्ने गरेमा पेटको अम्लीयपन नष्ट हुन्छ । पखला लागेमा पनि दही र केरा खानाले रोक्न सहयोग हुन्छ । 

    यसको गुदिमा बढी मात्रामा केरोटेनाइड्स पाइने हुनाले क्यान्सर, मुटु र मधुमेहबाट बचाउँछ ।
     


    बैशाख १९, २०७८ आइतवार २१:४०:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केरा