• May 17 2021 | २०७८, जेठ ३गते

२०७८, जेठ ३गते

यो हो विश्वकै आकर्षण र महँगो ह्याण्ड ब्याग, जसको मूल्य ८ अर्ब पर्छ !

चैत्र ३० २०७७
  • 1.0K
    SHARES
  • यो हो विश्वकै आकर्षण र महँगो ह्याण्ड ब्याग, जसको मूल्य ८ अर्ब पर्छ !

    काठमाडौं - बजारमा ह्याण्ड ब्यागको मुल्य कति सम्म पर्छ भन्ने धेरैलाई थाहाँ नै छ । एउटा ह्याण्ड ब्यागको मुल्य ७/८ सय देखी १५/२० हजारसम्म पर्ने गर्छ । तर एउटा ह्याण्ड ब्यागको मुल्य करोडौं परेको सुन्दा अचम्म लाग्न सक्छ । 

    एउटा ह्याण्ड ब्यागको मुल्य तपाईले सोचेको भन्दा पनि धेरै नै महँगो परेको छ । इटालियन लग्जरी ब्राण्ड बोयरिनी मिलानेसीले बनाएका एक ब्याग करौडौं मूल्यमा बिक्रि पनि भएको छ । 

    उक्त ह्याण्ड ब्यागको मुल्य  नेपाली मुल्य ८ अर्ब ३२ करोड २९ लाख बढि परेको छ । उक्त ब्याग किन महँगो भयो भन्ने धेरैको मनमा लाग्न सक्छ ।  यो ब्यागका धेरै बिशेसताहरु रहेका छन् । 

    यो ब्यागमा १० वटा सुनको पुतली बनाइएको हुन्छ भने हिरा लगायतका महंगा महंगा जवाहरातले सजाइएको हुन्छ । यो महँगो ब्याग मनाउन मात्र करिब एक हजार घण्टा लागेको थियो । यो ब्यागका बारेका कुनैले प्रशंसा गरेका छन् भने कुनैले आलोचना पनि । 
     


    चैत्र ३०, २०७७ सोमवार २१:३९:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # महँगो ह्याण्ड ब्याग
  • अर्कोसमाचार

    समागमको विषयमा दुई पान्डाबीच भीषण भिडन्त (भिडियो)

    बैशाख ४

  • 652
    SHARES
  • समागमको विषयमा दुई पान्डाबीच भीषण भिडन्त (भिडियो)

    चीनमा दुईवटा पान्डाबीच भीषण लडाइँ  भएको छ । पश्चिमोत्तर चीनको सच्वान प्रान्तमा दुईवटा पान्डाबीच भीषण लडाइँ भएको बीबीसी नेपालीले बताएको छ । 

    दुईवटा पान्डाबीच भीषण लडाइँ भएको भिडियो वन्यजन्तुबारे अध्ययन गरिरहेका अनुन्धानकर्ताहरूले खिचेका छन् । उक्त भिडियोलाई विज्ञहरूले दुर्लभ भनेका छन्। 

    अनुसन्धानहरूको  समागमको विषयमा ती दुईको झगडा परेको हुन सक्ने बताएका छन् । इन्फ्रारेड फुटेजमा दुईबीच १७ मिनेट भिडन्त भएको देखिएको छ । 


    बैशाख ४, २०७८ शनिवार १४:१४:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पान्डा
  • दुबै हातखुट्टा नभएका सीपीले गर्छन् फोटोग्राफर काम, हेर्नुहोस् प्रेरणा दिने यो भिडियो

    बैशाख ९

  • 746
    SHARES
  • दुबै हातखुट्टा नभएका सीपीले गर्छन् फोटोग्राफर काम, हेर्नुहोस् प्रेरणा दिने यो भिडियो

    काठमाडौं - मानिसले कुनै काममा हार मान्नु हुँदैन । कुनै काम गर्न सकिएन भने निरन्तर प्रयास गरिरहनुपर्छ । 

    निरन्तर प्रयासपछि नै सफलता हासिल गर्न सकिन्छ । यस्तै एक उदाहरण हुन् भारतको केरलको मलाप्पुरम निवासी सीपी शिहाबुद्दीन । 

    अपांगले केही गर्न सक्दैन भन्ने गर्छन् । तर सीपीले असम्भव काम गरेर देखाएका छन् । तपाईलाई पत्यार नलाग्ला दुबै हातखुट्टा गुमाएका सीपीले फोटोग्राफर काम गर्छ । 

    उनले एक रोगका कारण आफ्ना दुबै हातखुट्टा गुमाएका थिए । उनलाई टेट्रा अमेलिया सिंड्रोम नामक एक दुर्लभ बिमारी भएको बताइएको छ । शुरुमा उनले जीवनदेखि हार मानेका थिए । 

    पछि उनले आफुले गर्दै आइरहेको फोटोग्राफर काम गर्न छोडेनन् । हातखुट्टा नभएपछि अहिले उनले सजिलै फोटो खिच्छन् । पछिल्लो समय उनको एक भिडियो भाइरल बनेको छ ।

     
     
     
     
     
    View this post on Instagram
     
     
     
     
     
     
     
     
     
     
     

    A post shared by cp shihab (@cp_shihab_)

     


    बैशाख ९, २०७८ बिहिवार २२:२३:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # फोटोग्राफर
  • एक झुप्पाकै ७ लाख पर्ने विश्वकै महँगो अंगूर 

    बैशाख १५

  • 610
    SHARES
  • एक झुप्पाकै ७ लाख पर्ने विश्वकै महँगो अंगूर 

    काठमाडौं - अंगूर स्वास्थ्यको लागि फाइदाजनक फल हो । स्वादमा अमिला या गुलियो हुने अंगूर बजारमा सजिलै पाइन्छ ।

    अंगूर सिजनमा सस्तो र बेसिजनमा महँगो हुन्छ । हामिले अहिले बजारमा किलोको एक सय ५० देखि २ सय सम्म किनेर खाइरहेका छौं । बजारमा पाइने हरियो र कालो अंगुरको मूल्य खासै महँगो हुँदैन ।

    ang.jpg

    तर जापानमा यस्तो अंगूर पाइन्छ, जसको मूल्य निकै महंगो पर्छ । जापानमा पाइने अंगूरको मूल्य सुन्दा साच्चै अचम्म लाग्छ । रुबी नामको अंगूर एक गुच्छाकै ७ लाख बढी पर्छ ।

    धेरैले यो अंगुर किनेर खान नसक्ने हुनाले जापानको विशेष व्यवसाय महोत्सवमा राखिन्छ । महोत्सवमा प्रमोशन भएपछि अंगूरको मूल्य बढ्दै गएको हो । अंगूरको गुच्छा जापानको एक कम्पनी हयाकुराकुसोले महंगो मूल्यमा किनेको बताइएको छ । 

     


    बैशाख १५, २०७८ बुधवार २१:४८:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अंगूर
  • अफ्रिकाको एउटा यस्तो गाउँ, जहाँ अहिले पनि पैसाबिना सामान किनबेच हुन्छ

    बैशाख १८

  • 876
    SHARES
  • अफ्रिकाको एउटा यस्तो गाउँ, जहाँ अहिले पनि पैसाबिना सामान किनबेच हुन्छ

    काठमाडौं - धेरै समयअघि सामान साटेर व्यापार गर्ने प्रचलन थियो । अहिले सामान किनबेच गर्न पैसा आवश्यक पर्छ । तर नाइजिरियाको एउटा यस्तो गाउँ छ, जहाँ अझै पनि सामान साटेर व्यापार-विनिमय गर्ने प्राचीन चलन छ ।  

    दक्षिणी नाइजिरियाको इसकु म्बा गाउँमा अझै पनि साटेर बस्तु विनिमयदर गर्ने चलन रहेको बीबीसीमा जनाइएको छ । पैसाको लेनदेन नगरीकन सामान साटासाट गर्ने पुरानो चलन हो । त्यहाँका मानिसहरुले तरुलसँग माछा साट्ने गर्छन् । धेरै तरुल दिँदा थोरै माछा आउने गर्छ । 

    माछा किन्ने पैसा नभएपछि उनीहरुले तरुलसँग साट्छन् । उनीहरु सधै सामान साटेर नै व्यापार गर्छन् । त्यस गाउँमा शनिवार केही घण्टाको लागि बजार बस्छ । 

    s.PNG

     


    बैशाख १८, २०७८ शनिवार १४:१८:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सामान
  • यी २५ वर्षीया महिलाले जन्माइन् एकैपटक ९ बच्चा, डाक्टर पनि झुक्किए

    बैशाख २२

  • 1.9K
    SHARES
  • यी २५ वर्षीया महिलाले जन्माइन् एकैपटक ९ बच्चा, डाक्टर पनि झुक्किए

    काठमाडौं - अफ्रिकी मुलुक मालीमा एक महिलाले एकैपटक ९ जना बच्चालाई जन्म दिएकी छिन् । 

    सुन्दा अचम्म लाग्ला, तर मालीकी एक २५ वर्षीया महिलाले एकैपटक ९ बच्चालाई  अस्पतालमा जन्म दिएकी हुन् । मोरोक्कोको एक अस्पतालमा हालिमा सिसे नामकी महिलाले ९ जना बच्चा जन्माएको मालीको स्वास्थ्य मन्त्रालयले पनि बताएको छ । 

    मंगलबार मालीकी स्वास्थ्य तथा सामाजिक विकास मन्त्री डाक्टर फान्ता सिबेले एक विज्ञप्ति जारी गर्दै हालिमा सिसेले पाँच छोरी र चार छोरालाई एकैसाथ जन्म दिएको बताएकी हुन् । उनका अनुसार मंगलबार सिसेको अप्रेशन गरिएको थियो। 

    यसअघि गरिएको अल्ट्रासाउन्डमा उनको पेटमा ७ बच्चा रहेको देखिएको थियो । उनको पेटमा धेरै बच्चा रहेको थाहा पाएपछि मालीका अन्तरिम राष्ट्रपतिले सरकारले खर्च व्यहोर्ने बताएको थियो । 

    सरकारले खर्च बेहोर्ने भन्दै मोरोक्को पठाएकोमा अस्पतालमा सिसेले ८ बच्चालाई जन्म दिएकी हुन् । अहिले सिसे र उनका सबै बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले यस्तो घटना दुर्लभ रहेको बताएको छ । 

     


    बैशाख २२, २०७८ बुधवार १२:३१:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # माली
  • # एकैपटक ९ बच्चा
  • यी ७ बर्षकी बालिका, जसले सजिलै उठाउँछिन् ८० किलो तौल

    जेठ १

  • 424
    SHARES
  • यी ७ बर्षकी बालिका, जसले सजिलै उठाउँछिन् ८० किलो तौल

    काठमाडौं । हामिलाई थाहा नै छ, साना बालबालिकाहरु ठुलो तौलका सामान उठाउन सक्दैनन् । 

    स्कुल हिडेका बालबालिकाले पनि गाह्रो मोनेर झोला बोकिरहेका हुन्छन् । तर एक यस्ता बालिका छिन्, जसले ८० किलो तौल उठाउने गर्छिन् ।

    ७ बर्ष पुगेकी क्यानडाकी एक बालिकाले गह्रो सामान उठाउने गर्छिन् । क्यानडाकी रोरी भ्यान अन्य बालबालिका भन्दा भिन्न छिन् । 

    उनको शरिर देखेर पनि मानिसहरु अचम्म पर्छन् । वेटलिफ्टिङ खेल्ने भ्यान यूएसए अण्डर ११ र अण्डर १३ यूथ नेशनल च्याम्पियन पनि बनिसकेकी छिन् । 

    उनलाई विश्वकै शक्तिशाली बालिका पनि भन्ने गरिन्छ । ६ वर्षको उमेरदेखि वेटलिफ्टिङ गरिरहेकी उनी घरमा पनि धेरै नै काम गर्ने गर्छिन् । ८० किलो तौल सजिलै उठाउने उनी नियमित व्यायाम गर्छिन् । 
     


    जेठ १, २०७८ शनिवार १२:२२:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # तौल