मंगलबार
७ माघ
२०७६

नेपालको नक्साबारे अविलम्ब जानकारी दिन राप्रपाका मोहन श्रेष्ठको सरकारसँग माग

शुक्रबार कार्तिक २९, २०७६/ Friday 11-15-19

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले नेपालको नक्सा त्रुटिपूर्ण रहेको भनिएकोबारे स्पष्ट पार्न सरकारसनग माग गरेका छन् । भारतद्वारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई नेपालको नक्सामा नै नसमेटिएको भन्दै सामाजिक सञ्जाल र सञ्चार माध्यममा समाचार आइरहेकाले यसबारे अविलम्ब प्रष्ट पार्न नेता श्रेष्ठले सरकारसँग माग गरेका हुन् । 

आफ्नो भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक नसमेटिकन नेपालले नक्सा सार्वजनिक गरेको भन्दै तुरुन्त ति भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गर्न र  नेपालको अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारको नाममा अन्तरिम आदेश र परमादेशको माग गर्दै सर्वाेच्च अदालतमा रिटसमेत परेको छ । तर, यसबारे सरकारले औपचारिक रुपमा केही जानकारी नगराइरहेका बेला राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले अविलम्ब सत्यतथ्य जानकारी दिएर भ्रम निवारण गर्न सरकारसँग माग गरेका छन् । 

सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री, परराष्ट्र मन्त्रालय र हेलो सरकारलाई मेन्सन गर्दै नेता श्रेष्ठले लेखेका छन्, ‘लिपुलेक, कालापानी, लिम्पियाधुरा नसमेटिएको नेपालकै नापी विभागद्वारा प्रकाशित राजनीतिक नक्सा त्रुटिपूर्ण रहेको भन्ने सामाजिक सञ्जालमा र केही सञ्चारमाध्यममा समाचारहरु आइरहेका छन् । यसबारे अविलम्ब सत्यतथ्य जानकारी दिएर भ्रम निवारण गरियोस् ।’