• Oct 20 2021 | २०७८, कार्तिक ३गते

२०७८, कार्तिक ३गते

खैनी, गुट्खा खानेहरुलाई ५ महिना मै मुखको क्यान्सर देखियो : डा. प्रकाश बुढाथोकी 

क्यानाडा नेपाल बैशाख ५ २०७८
  • 1.6K
    SHARES
  • images
    images
    खैनी, गुट्खा खानेहरुलाई ५ महिना मै मुखको क्यान्सर देखियो : डा. प्रकाश बुढाथोकी 

    काठमाडौं । विज्ञानले सफलता हात पारिसक्दा पनि मानिसहरु क्यान्सर भन्नसाथ मृत्युको पर्यायवाचीको शब्दको रुपमा अझै लिने गर्छन् । तर, अहिले समयक्रम सँगै विभिन्न प्रविधि र उपायको विकास भएको छ। त्यसकारण अहिले क्यान्सरको समयमै उपचार गर्न सकिए निको पार्न सकिन्छ। शरीरको कुनै पनि तन्तु वा कोषहरु अस्वाभाविक, असमाजस्य र अनियन्त्रित किसिमले बढ्दै जानु नै क्यान्सर हो । जस्तै गालामा कुनै घाउ भयो वा कुनै डल्लो आयो र घाउ वा डल्लो गालाकै तन्तु वा कोषसँग सामजस्य भएन र ठुलो हुँदै बढ्दै गयो भने त्यसलाई गालाको क्यान्सर भनिन्छ।  

    images

    सामान्य भाषामा भन्नुपर्दा गालाबाट कुनै मासुकोको नमुना वा बायोप्सी लिएर हेर्दा गालाको कोषसँग हुनुपर्ने सामान्य गुण वा आकारसँग मिलेन भने त्यसलाई गालाको क्यान्सर भनिन्छ। गालामा भयो भने गालाको क्यान्सर, जिब्रोमा भयो भने जिब्रोको क्यान्सर भनिने स्वास्थ्य सेवा विभागको आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्य शाखाका प्रमुख डा. प्रकाश बुढाथोकी बताउँछन् । 

    मुख भन्नसाथ ओठभन्दा भित्र र च्यापुभन्दा माथिको भागलाई बुझ्नु पर्ने हुन्छ । अर्थात, लिप्स्टिक वा चिप्स्टिक लगाउने भाग भन्दा भित्र र पानी पिउँदा क्लुक क्लुक गर्ने भाग भन्दा माथिको भागलाई मुख भनिन्छ। जसअन्तर्गत, ओठ, गाला, जिब्रो, गिजा, जिब्रो मुनिको भाग, तालु, च्यापु पर्छन्। त्यसकारण, यी भागमा भएको कुनै पनि क्यान्सर, चाहें त्यो जिब्रो, गाला वा अन्य कुनै भागमा भएका क्यान्सरलाई मुखको क्यान्सर भनिन्छ।  

    मुखको क्यान्सरमा २ प्रतिशत मात्र वंशाणुगत हुने गर्दछ। बाँकी ९८ प्रतिशत आनीबानी , जीवनशैली,  खानपान, रहनसहनले हुने डा. बुढाथोकीले बताए।  
    अहिले देखिएको ९० प्रतिशत मुखको क्यान्सर सुर्तीजन्य पदार्थको सेवनबाट भएको छ।  सुर्तीजन्य पदार्थ धुवाँको रुपमा, धुँवारहित, बाफ, लेपन गर्ने खालको पनि हुने तथा चपाउने पनि हुन सक्छ। धुँवा भन्दापनि धुँवा रहितका सुर्तीजन्य पदार्थ बढी जोखिम हुने उनले बताए। जसमा, मुखमै राख्ने, च्याप्ने सुर्तीजन्य पदार्थहरु जस्तै खैनी, गुट्खा, गुलहरु पर्दछन्। 

    सामान्यतया चुरोट, बिँडी खानेहरुमा १० देखि १५ वर्षको अन्तरालमा क्यान्सर देखिन सक्छ भने खैनी, गुट्खा तथा अन्य चपाउने वा च्याप्ने पदार्थले ३ देखि ५ महिना मै पनि क्यान्सर भएको भेटिएको डा. बुढाथोकीले जानकारी दिए। किनभने, यसमा तन्तु वा कोषहरु प्रत्यक्षरुपमा सम्पर्कमा आउँछन्। र उक्त ठाउँका कोष वा तन्तुहरु इरीटेट हुन्छन् र त्यसठाउँमा घाउ हुन्छ  र यसले क्यान्सरको रुप लिने गर्दछ।

    के हो मुखको क्यान्सर, कसरी हुन्छ, यसको उपचार विधि कस्तो छ र निको हुने सम्भावना र प्रतिशतबारे डा. प्रकाश बुढाथोकीसँग क्यानडानेपालकर्मी पूजा श्रेष्ठले गरेको भिडिओ कुराकानी :


    बैशाख ५, २०७८ आइतवार १४:३०:१२ बजे : प्रकाशित

    images
    images
    अर्कोसमाचार

    नसर्ने रोगबाट बच्न जमरा फाइदाजनक

  • 382
    SHARES
  • नसर्ने रोगबाट बच्न जमरा फाइदाजनक

    काठमाडौं - बडा दसैंलाई हिन्दुहरूले महान चाडका रुपमा मनाउँछन् । दसैंको पहिलो दिन पूजा कोठामा जमरा राखेर घटस्थापना गरिन्छ भने अन्तिम दशमीका दिन जमरासँगै टिका लगाइन्छ ।

    images

    पूजा कोठामा घामको किरण नछिर्ने गरेर बलौटे माटोमा विशेषत जौसँग मकै, गहुँ, धान राखेर उमारिन्छ । यसरी उमारेको जमरा विजयादशीको दिन टिकासँग आशिर्वाद दिएर शीरमा लगाउने प्रचलन छ । देवीशक्तिको आराधना गर्दै उमारिएको जमरा कुल देवताहरूलाई अर्पण गरी प्रसाद स्वरुप टिकासहित ग्रहण गर्ने गरिन्छ । 

    दसैंमा टिकाको आफ्नै धार्मिक मान्यता छ, तर स्वास्थ्यको दुष्टिकोणले पनि जमरा लाभदायक छ । शहरीकरणका कारण उब्जेका गम्भीर प्रकृतिका दीर्घरोगसँग लड्ने प्रतिरोधात्मक क्षमतायुक्त गुणकारी औषधिका रुपमा जमरालाई मानिन्छ ।

    यस्तै, पछिल्लो समय जमराको जुस पिउने प्रचलन पनि बढ्दै गएको छ । जमराको झोल सेवन गर्दा छाला, कलेजो, रगतसम्बन्धी समस्या, ज्वरो, उच्च रक्तचाप, क्यान्सर एवं मधुमेहजस्ता रोग भएकाहरूलाई ज्यादै फाइदा पुग्ने चिकित्सकहरूको भनाइ छ । यसमा एन्टीअक्सिडेण्ट समेत हुने भएकाले सौन्दर्यमा समेत निखार ल्याउने र शरीर तन्दुरुस्त राख्ने अध्ययनहरूले पुष्टि गरेका छन् । 

    जौको अंकुर सम्पूर्ण आहार र औषधिमध्ये सर्वोत्कृष्ट वनस्पति हो । अन्य हरिया सागपातमा पाइने पौष्टिक तत्व भन्दा जौ वा यसको अंकुरमा पाइने तत्व तुलनात्मक रूपमा धेरै नै बढी छ ।

    जमरामा शरीरलाई आवश्यक खनीज पदार्थ, भिटामिन, प्रोटिन, एमिनोएसिडजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छ । शरीरबाट विषाक्त पदार्थ हटाउन, रगतमा चिनीको मात्रा सन्तुलनमा राख्न, दाँत र कपाल स्वस्थ राख्न, पाचन प्रक्रिया सहज बनाउन र रक्तचाप सन्तुलनमा राख्न जमराको जुस लाभदायी मानिन्छ ।

    पहिलोपटक खेती गरिएको अन्नबाली जौलाई मानिन्छ । गाउँघरमा अझै पनि जमरालाई सुकाएर राखी रोग लाग्दा पानीमा उमालेर पिउने चलन छ । जौको सातु एकदमै रुचाइन्छ । बजारमा अहिले जौको चिउरा, ओट्स र बार्लेकोको माग धेरै हुने गरेको छ । पेट सफा गर्न जौबाट बनेका खाद्य पदार्थ उपयोगी मानिन्छ ।न्युज कारखाना


    आश्विन ३१, २०७८ आइतवार ०६:४८:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जमरा

  • क्यानाडा नेपाल

    नेपालमा एकैदिन ३ सय ९१ जनामा कोरोना संक्रमण हुँदा ६ सय ८० जना निको भए

  • 418
    SHARES
  • नेपालमा एकैदिन ३ सय ९१ जनामा कोरोना संक्रमण हुँदा ६ सय ८० जना निको भए

    काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप ३ सय ९१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

    images

    आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ८ हजार ७७ वटा परीक्षण गर्दा ३ सय ९१ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कूल संक्रमितको संख्या ८ लाख ५ हजार ३७ (पीसीआर टेस्टबाट) र (एण्टीजेनबाट) ९३ हजार ३ सय ६२ पुगेको छ।  

    साथै पछिल्लो २४ घण्टामा ६ सय ८० जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ७ लाख ८१ हजार ४ सय ५६ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै हालसम्म सक्रिय संक्रमित १२ हजार २ सय ९७ जना रहेका छन् । 

    यसैगरी पछिल्लो २४ घण्टामा मृत्यु भएका र त्यसअघि भएका गरी थप ६ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार २ सय ८४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    आश्विन ३१, २०७८ आइतवार १६:५७:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य अस्पताल भर्ना

  • 240
    SHARES
  • क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य अस्पताल भर्ना

    काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी आइतबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् । 

    images

    दम रोग पीडित उनलाई समस्या देखिएपछि उपचारका लागि अस्पताल पु¥याइएको हो । उनका आफन्तले केही दिन अस्पताल बस्नुपर्ने हुनसक्ने बताएका छन् । आज उनको छातीको परीक्षण गरिएको छ । 


    आश्विन ३१, २०७८ आइतवार २०:११:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मोहन वैद्य

  • क्यानाडा नेपाल

    नेपालमा एकैदिन ५ सय ९१ जनामा कोरोना संक्रमण हुँदा ९ सय ३७ जना निको भए

  • 392
    SHARES
  • नेपालमा एकैदिन ५ सय ९१ जनामा कोरोना संक्रमण हुँदा ९ सय ३७ जना निको भए

    काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप ५ सय ९१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

    images

    सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ९ हजार ६ सय ९७ वटा परीक्षण गर्दा ५ सय ९१ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कूल संक्रमितको संख्या ८ लाख ५ हजार ५ सय ६० (पीसीआर टेस्टबाट) र (एण्टीजेनबाट) ९३ हजार ४ सय ३० पुगेको छ।  

    साथै पछिल्लो २४ घण्टामा ९ सय ३७ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ७ लाख ८२ हजार ३ सय ९३ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै हालसम्म सक्रिय संक्रमित ११ हजार ८ सय ७४ जना रहेका छन् । 

    यसैगरी पछिल्लो २४ घण्टामा मृत्यु भएका र त्यसअघि भएका गरी थप ९ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार २ सय ९३ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    कार्तिक १, २०७८ सोमवार १८:०३:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    नेपालमा एकैदिन १ हजार ९६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

  • 198
    SHARES
  • नेपालमा एकैदिन १ हजार ९६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

    काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप १ हजार ९६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

    images

    मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ९ हजार ९ सय १६ वटा परीक्षण गर्दा १ हजार ९६ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कूल संक्रमितको संख्या ८ लाख ६ हजार ५ सय १७ (पीसीआर टेस्टबाट) र (एण्टीजेनबाट) ९३ हजार ५ सय ६९ पुगेको छ।  

    साथै पछिल्लो २४ घण्टामा १ हजार ४ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ७ लाख ८३ हजार ३ सय ९७ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै हालसम्म सक्रिय संक्रमित ११ हजार ८ सय १५ जना रहेका छन् । 

    यसैगरी पछिल्लो २४ घण्टामा मृत्यु भएका र त्यसअघि भएका गरी थप १२ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय ५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    कार्तिक २, २०७८ मंगलवार १८:००:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    चीनले नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिने  

  • 152
    SHARES
  • चीनले नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिने  

    काठमाडौं - चीनले नेपाललाई थप २० लाख मात्रा कोरोनाभाइरसविरुद्धको खोप उपलब्ध गराउने भएको छ । मंगलबार परराष्ट्रमन्त्री नारायण खड्कासँगको टेलिफोन संवादको क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिने घोषणा गरेका हुन् । 

    images

    परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री यीबीचको कुराकानीमा थप २० लाख मात्रा खोप अनुदान दिने कुरा भएको बारे परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । 
         
    उनीहरुबीच करिब एक घण्टा लामो कुराकानीभएको थियो ।दुई देशका विदेशमन्त्रीबीच आपसी हित र दुईपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको छ । 

    कुराकानीका क्रममा कोभिडविरुद्धको खोपमा सहकार्य, व्यापार र विकासमा समन्वय र सीमा व्यवस्थापनका विषयमा छलफल भएको थियो । तातोपानी र रसुवागढी नाकालाई थप सहज बनाउने विषयमा पनि कुराकानी भएको  थियो ।


    कार्तिक २, २०७८ मंगलवार १९:३३:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल