• Jul 24 2021 | २०७८, श्रावण ९गते

२०७८, श्रावण ९गते

राजनराज शिवाकोटीको अफ्रिकन गायिका 'बियोन्से' संग 'ल्यासी पाउ'

क्यानाडा नेपाल बैशाख १७ २०७८
  • 2.4K
    SHARES
  • राजनराज शिवाकोटीको अफ्रिकन गायिका 'बियोन्से' संग 'ल्यासी पाउ'

    काठमाडौं ।संगीत सर्जक राजनराज शिवाकोटीले १२ बर्ष अगाडी सृजना गरेको गीत 'फुलबुट्टे सारी' यतिबेला चर्चाको शिखरमा रहेको छ। मार्मिक लामाको स्वरमा रहेको गीत १२ बर्ष पछी एकाएक कचर्चामा आयो । अनि चर्चामा रहेको गीतका विभिन्न भर्सन निस्किए। फिमेल भर्सन, चाइल्ड भर्सन हुदै लिजेण्डरी भर्सनसम्म सार्वजनिक भैसकेका छन्। अनि सफलताको स्वाद पनि चाखेका छन्।

    यहि गीतको कभर भर्सन गाएर यतिबेला चर्चामा छिन् युगान्डाकी 'बियोन्से'। नेपाल घुम्न आएको बेला ट्रेण्डीङ्ग गीतको रुपमा रहेर आफुले उक्त गीत गएको उनको तर्क छ। यो गीत 'फुलबुट्टे सारी' का अरु भर्सन नसुनेका सम्मले सुने अनि सुरु भयो 'बियोन्से' को चर्चा ।

    उनै बियोन्सेलाई लिएर सर्जक राजनराज शिवाकोटीले नयाँ गीत सार्वजनिक गरेका छन्। 'ल्यासी पाउ' बोलको गीतमा राजनराज शिवाकोटी संग बियोन्सेले आवाज भरेकी छिन्। मन्दिरा ढुंगेलले शब्द रचेको गीतलाई राजनले नै संगीत भरेका छन्।

    राजेश पुमा राईले निर्देशन गरेको गीतको भिडियोमा राजन र बियोन्से नै फिचर रहेका छन् । उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन्।


    बैशाख १७, २०७८ शुक्रवार १५:३२:३७ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    अर्कोसमाचार

    प्रदीप र पूजाको फिल्म 'प्रेमगीत' बन्यो युट्युवमा सबैभन्दा धेरै हेरिएको नेपाली फिल्म

    श्रावण ६

  • 614
    SHARES
  • प्रदीप र पूजाको फिल्म 'प्रेमगीत' बन्यो युट्युवमा सबैभन्दा धेरै हेरिएको नेपाली फिल्म

    काठमाडौं - फिल्म ‘प्रेमगीत’ युट्युवमा सबैभन्दा धेरै पटक हेरिएको फिल्म बनेको छ । पाँचवर्षअघि रिलिज भएको यस फिल्मलाई दर्शकले निकै रुचाएका छन् । 

    बुधबार राति १० बजेसम्म यस फिल्मलाई २ करोड ५० लाख ६३ हजार ९ सय ८० पटक हेरिएको छ । सुदर्शन थापाले निर्देशन गरेको यस फिल्मलाई सन् २०१६ को जुन १७ तारिखमा युट्युवमा रिलिज गरिएको थियो । 

    सन्तोष सेनले निर्माण गरेको यस फिल्ममा अभिनेता प्रदीप खड्का र पूजा शर्माको मूख्य अभिनय रहेको छ । फिल्ममा मुस्ताङको यात्रामा निस्किएका दुईजना प्रेम र गीतको प्रेम सम्बन्धको कथा देखाइएको छ । 


    श्रावण ६, २०७८ बुधवार २२:१२:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रेमगीत
  • इन्दिराको पछि लागेका दिलीप बने 'जिम्माल बा को छोरो' (भिडियो)

  • 646
    SHARES
  • इन्दिराको पछि लागेका दिलीप बने 'जिम्माल बा को छोरो' (भिडियो)

    काठमाडौं । गायिका इन्दिरा जोशी र गायक रमेश बाबुको आवाजमा रहेको नयाँ रोमान्टिक गीत 'जिम्माल बा को छोरो'को भिडियो रिलीज भएको छ । गीतमा प्रकाश सापकोटाको शब्द रचना रहेको छ भने भिम ब. श्रेष्ठको संगीत रहेको छ ।

    भिडियोमा अभिनेता दिलीप रायमाझी, गायिका इन्दिरा जोशी, मोडल गीता ढुंगाना र कमल सिंहको अभिनय रहेको छ । सुब्रत आचार्य निर्देशित भिडियोमा विकाश दाहालको सम्पादन रहेको छ । बुद्द थापाको छायांकन, प्रमोद भण्डारीले कोरियोग्राफी गरेको यस भिडियोमा सुनिल निउरेको स्क्रिप्ट तथा जया शर्माको क्रियटिभ निर्देशन रहेको छ ।

    'नेपालमा जिम्माल बाको छोरी नाममा धेरै गीत बनेका छन् तर छोरोको लागि बनेको देखिएन । मैले छोराहरुको आकर्षणलाई पनि मध्यनजर गरि यो गीत लेखेको हुँ', गीतकार सापकोटाले बताए, 'यो गीतमा माया प्रेम अभिन्न अंग भएतापनि अहिलेको समाज, देश परिवेश अनुरुप व्यक्त भएका गीतको कमि नहोस् भन्ने हेतुले यो बिषय समावेश गरेको छु' । 

    गीतको मर्म अनुसारको भिडियोमा उतार्ने कोशिस गरेको निर्देशक आचार्यले बताए ।


    श्रावण ७, २०७८ बिहिवार ११:३६:२८ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    प्रताप दास र शान्तिश्रीको सुमधुर स्वरमा 'तिम्रो मायामा' मा सार्वजनिक 

    श्रावण ७

  • 410
    SHARES
  • प्रताप दास र शान्तिश्रीको सुमधुर स्वरमा 'तिम्रो मायामा' मा सार्वजनिक 

    काठमाडौं - गीतकार विष्णु विरही श्रेष्ठको नयाँ गीत बजारमा आएको छ । गायक प्रताप दास र गायिका शान्तिश्री परियारको सुमधुर स्वरमा तिम्रो मायामा बोलको गीत मंगलबार युट्युबमा सार्वजनिक भएको हो । 

    गीतमा विष्णु विरहीको श्रेष्ठको शब्द र दिपकराज विश्वकर्माको संगीत तथा एरेञ्ज रहेको छ । गीतको भिडियोमा विजय पुन र वविना विश्वकर्माको अभिनय छ । 

    Capture.PNG

    भिडियोलाई मुनाल शिशिर कोईरालाले निर्देशन, दिनेश पराजुलीले छायांकन र शिलन लम्सालको सम्पादन गरेका हुन् ।


    श्रावण ७, २०७८ बिहिवार १९:४०:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शान्तिश्री परियार
  • 'विपद् जोखिम न्यूनीकरण सद्भावना दूत' मा नियुक्त भए प्रकाश सपुत र सुनिता दुलाल

    श्रावण ७

  • 366
    SHARES
  • 'विपद् जोखिम न्यूनीकरण सद्भावना दूत' मा नियुक्त भए प्रकाश सपुत र सुनिता दुलाल

    काठमाडौं - 'विपद् जोखिम न्यूनीकरण सद्भावना दूत' मा गायक प्रकाश सपुत र गायिका सुनिता दुलाल नियुक्त भएका छन् ।

    बिहिबार गृह मन्त्रालय अन्तर्गतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उनीहरुलाई सद्भावना दूतमा नियुक्त गरेको हो । 

    बिहिबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी दुवै जनालाई गीत सङ्गीतको माध्यमबाट समुदायमा विपद्सम्बन्धी जनचेतना अभिवृद्धि गर्न 'विपद् जोखिम न्यूनीकरण सद्भावना दूत' मा नियुक्त गरिएको हो । 

    यस वर्ष सिन्धुपाल्चोक लगायतका ४८ जिल्ला बाढी र पहिरोबाट क्षति पुगेको र उक्त क्षतिको मूल्याङ्कन गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ । 


    श्रावण ७, २०७८ बिहिवार २०:४२:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रकाश सपुत
  • आमा बन्दै गरेका प्रियंका र ऋचालाई नायिकाहरूले खुवाए दही चिउरा

    श्रावण ९

  • 716
    SHARES
  • आमा बन्दै गरेका प्रियंका र ऋचालाई नायिकाहरूले खुवाए दही चिउरा

    काठमाडौं - आमा बन्दै गरेका नेपाली चलचित्र क्षेत्रका चर्चित दुई नायिका प्रियंका कार्की र ऋचा शर्मालाई अन्य नायिकाहरुले दही चिउरा खुवाएका छन् । 

    ghgj.jpg

    गर्भवती भएपछि प्रियंका कार्कीले यसअघि पनि विभिन्न कार्यक्रम गरिरहेकी थिइन् । उनले बेबी सावरदेखि बेबी स्विमसम्म गरिरहेकी थिइन् । उनले सामाजिक सञ्जालमा पनि तस्बिर निरन्तर शेयर गरिरहेकी छिन् । 

    dd.jpg

    शुक्रबार प्रियंका र ऋचालाई रेखा थापा, रिमा विश्वकर्मा , केकी अधिकारी, बेनिशा हमाल लगायतले दही चिउरा खुवाएका हुन् । दही चिउरा खुवाउने कार्यक्रम केकी र रिमाले आयोजना गरेका हुन् । 


     


    श्रावण ९, २०७८ शनिवार ११:४०:५० बजे : प्रकाशित

    दुवै मिर्गौला फेल भएकी चम्सुरीले पाउने भइन् नयाँ जीवन, चार–पाँच जना नै मिर्गौला दिन तयार

    श्रावण ९

  • 166
    SHARES
  • दुवै मिर्गौला फेल भएकी चम्सुरीले पाउने भइन् नयाँ जीवन, चार–पाँच जना नै मिर्गौला दिन तयार

    काठमाडौं - चर्चित हास्य टेलिश्रृखंला ुमेरी बास्सैु की कलाकार पल्पसा डंगोल 'चम्सुरी' ले मिर्गौला पाउने भएकी छिन् । दुवै मिर्गौला फेल भएर  महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएकी पल्पसा विगत १५ वर्षदेखि यसबाट पीडित रहेकी थिइन् । 

    mala.jpg

    उनलाई केही व्यक्तिहरूले मिर्गौला दिने भएको बताइएको छ । उनलाई चार–पाँच जनाले मिर्गौला दिन तयार रहेको भन्दै आएको बताइएको छ । 

    दुवै मिर्गौला फेल भएर अस्पताल भर्ना भएकी चम्सुरीको अनुरोध - मलाई किड्नी चाहिएको हो, पैसा होइन दुवै मिर्गौला फेल भएर अस्पताल भर्ना भएकी चम्सुरीको अनुरोध - मलाई किड्नी चाहिएको हो, पैसा होइन

    अहिले उनीहरुको स्वास्थ्य, ब्लड ग्रुपलगायत परीक्षण भइरहेको जनाइएको छ । विगत १५ वर्षदेखि मिर्गौलाको समस्या भएपछि उनले डायलासिस गराउँदै आएकी  थिइन् । अब उनको मिर्गौला प्रत्यारोपण गरिने भएको छ । 

    mala.jpg


    श्रावण ९, २०७८ शनिवार १३:३०:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चम्सुरी
  • images
    ताजा खबर