• May 17 2021 | २०७८, जेठ ३गते

२०७८, जेठ ३गते

कोभिडबारे २० जिज्ञासा र जवाफ  - डा. रवीन्द्र पाण्डे 

बैशाख १९ २०७८
  • 810
    SHARES
  • कोभिडबारे २० जिज्ञासा र जवाफ  - डा. रवीन्द्र पाण्डे 

    काठमाडौं - नेपालमा पछिल्लो समय नयाँ भेरियन्टसहितको कोरोनाभाइरस फैलिरहेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि ५ सय बढी सक्रिय संक्रमित भएका सबै जिल्लामा निषेधाज्ञा पनि लगाइएको छ । 

    निषेधाज्ञाबीच पनि अहिले कोरोना संक्रमण बढ्दै गइरहेको छ । यस्तो अवस्थामा कोरोना संक्रमणबाट बच्न र संक्रमित भएमा के गर्ने बारे डा। रवीन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत जानकारी दिइरहेका छन् । यसपटक डा पाण्डेले कोभिडबारे २० जिज्ञासा र त्यसको जवाफ पनि दिएका छन् । 

    यस्तो छ उनको स्टाटस
    १. कस्तो अवस्थामा पिसिआर गर्ने ? पिसिआर नगरे हुँदैन र ?
    - ज्वरो, खोकी, सास फेर्न गाह्रो, पखाला, बान्ता, थकान, छालामा बिमिरा आदिमध्ये केहि लक्षण मिलेमा, संक्रमितसंग भेट भएको अवस्थामा तथा कतै यात्रा गरेको अवस्थामा परीक्षण गर्नुपर्दछ । समयमै पिसिअर गरेमा रोग पत्ता लाग्छ । आफु आइसोलेसनमा बसेमा परिवारलाई संक्रमणबाट बचाउन सकिन्छ । रोग पत्ता लागेपछि गाह्रो भएमा कहाँ / के उपचार गर्ने भन्ने थाहा हुन्छ । तसर्थ पिसिआर टेस्ट गर्नुपर्दछ । 

    - यसपटक पिसिआरबाहेक छातीको एक्सरे गर्नु उपयुक्त हुन्छ । कोभिड निमोनिया देखिएमा तदनुसारको उपचार गर्दा गम्भीर अवस्था आउनबाट बचिन्छ ।
     
    २. खोपले काम गरेको छ कि छैन ? खोप लगाएका संक्रमित भएका छन् कि छैनन् ?
    - खोप लगाएका व्यक्तिलाई पनि जनस्वास्थ्यका मापदण्ड पालना नगरेमा संक्रमण हुन्छ । उनीहरुको संक्रमण अन्य व्यक्तिलाई सर्न सक्छ । फरक यो छ कि खोप लगाएका व्यक्तिको गम्भीर हुने वा मृत्यु हुने दर नगण्य छ । प्रमाणित खोप जुनसुकै लगाएपनि गम्भीर हुनबाट बचाएको छ ।
     
    ३. के भिटामिनहरुले कोरोना ठिक गर्छन् ?
    - भिटामिन सी, डी र जिंक लाभदायक छन् । तर यी औषधिले कोरोना ठिक गर्दैनन् ।
     
    ४. एन्टिबायोटिक खाँदा कोरोना ठिक हुन्छ ?
    - एन्टिबायोटिकले कोरोना भाइरसलाई नष्ट गर्दैन । निमोनिया भएर ब्याक्टेरियल संक्रमण भएमा मात्र उपयोगी हुन्छ । तसर्थ जथाभावी औषधि सेवन गर्नुहुँदैन ।
     
    ५. के जडिबुटी वा आयुर्बेद औषधिले कोभिड निको गर्छ ?
    - गर्दैन । सम्बन्धित चिकित्सकको सिफारिसमा मात्रा मिलाएर सेवन गर्दा शरीरको प्रतिरोधात्मक क्षमता बढाउने चीन, भारत, मदागास्कर, श्रीलंका आदि देशमा भएका अनुसन्धानले पुष्टि गरेका छन् ।
     
    ६. के सिटामोलको कोर्स पुरा गर्नुपर्छ ?
    - पारासिटामोल ज्वरो १०० डिग्रीको आसपास पुगेमा वा टाउको / जिउ दुखेमा मात्र सेवन गर्ने हो । नियमित सेवन गर्नुहुँदैन ।
     
    ७. अक्सिमिटरलाई कति पर्छ ? कहाँ पाइन्छ ? कति अक्सिजनको स्तर नर्मल हो ?
    - अक्सिमितर १२०० देखि ५ हजारसम्म पर्छ । महँगो किन्नुपर्दैन । औषधि पसल वा सर्जिकल हाउसमा यो किन्न पाइन्छ । ९५ देखि १०० यसको नर्मल भ्यालु हो । 
      
    ८. अक्सिजनको लेभल ९४ बाट घटे के गर्ने ?
    - घोप्टो परेर सुत्ने । यसो गर्दा अक्सिजनको स्तर बढ्छ | यति गर्दा पनि घटेन भने फोक्सोमा संक्रमण भएको बुझिन्छ । अक्सिजन ९२ बाट तल भएमा तुरुन्त अस्पताल जानुपर्छ । छातीको सिटि वा एक्स रे बाट फोक्सोमा निमोनिया वा संक्रमण भएको थाहा हुन्छ । यसो भएमा चिकित्सकको सल्लाह अनुसार भर्ना हुने वा औषधि खानुपर्दछ ।
     
    ९. अस्पताल प्याक छन् । अब के गर्ने ?
    - सामान्य अवस्थामा चिकित्सकको निगरानीमा होम आइसोलेसनमा बस्नुपर्दछ । यदि सास फेर्न गाह्रो भए, अक्सिजनको मात्रा कम भए, निकै गाह्रो भए तुरुन्त अस्पताल जानुपर्छ । भरे वा भोलि जान्छु भन्नु हुँदैन । अस्पतालको फिभर क्लिनिकमा जांच गराएपछि तपाइंको अवस्था अनुरुप चिकित्सकले उपचारको ब्यबस्था गर्छन् ।
     
    १०. मास्कलाई किन खोपभन्दा राम्रो मानिन्छ ?
    - मास्क सस्तो, प्रभावकारी, साइड इफेक्ट नभएको तथा सर्व सुलभ छ | डबल मास्क लगाउने बानी गर्ने हो भने जुनसुकै प्रजातिको भाइरस आएपनि डर मान्नुपर्दैन ।
     
    ११. सुत्केरी संक्रमण भएमा बच्चालाई दुध चुसाउने कि नाचुसाउने ?
    - सुत्केरीले मास्क लगाएर, बच्चाको बिपरित दिशामा टाउको फर्काएर तथा स्तनलाई राम्रोसंग सफा गरेर दुध चुसाउन मिल्छ । दुध चुसाउने बेला बाहेक बच्चालाई छुट्टै राख्नु राम्रो हुन्छ । सुत्केरी बस्ने कोठाको झ्याल / ढोका खुला हुनुपर्छ ।
     
    १२. यो महामारी कति खतरनाक छ ?
    - यसपटकको दोस्रो लहर धेरै संक्रामक भएपनि मृत्युदर कम छ । जनस्वास्थ्यका मापदण्ड पालना गरेमा संक्रमण हुँदैन। संक्रमण भएमा स्वस्थ आहार, बिहार र उपचारले खतराको अवस्था हुँदैन ।
     
    १३. सास फेर्न गाह्रो भए घरमा अक्सिजन सिलिन्डरबाट अक्सिजन लिए ठिक हुन्छ ?
    - हुँदैन ! फोक्सोमा संक्रमण / निमोनिया / पानी जम्ने आदि भएमा सास फेर्न गाह्रो हुन्छ । रोगको उपचारसंगै अक्सिजन लिंदा फाइदा गर्छ । अक्सिजन आफैले रोग निको गर्दैन । फोक्सोको अवस्था अनुसार अक्सिजनको मात्रा निर्धारण हुन्छ । तसर्थ अस्पताल भर्ना भएर वा निको भएर घरमा फर्के पछि सास फेर्न गाह्रो भए चिकित्सकको सल्लाह अनुसार अक्सिजन लिनुपर्दछ।
     
    १४. सामाजिक संजालमा लेखेका वा अन्य निको भएका संक्रमितले प्रयोग गरेका औषधि सेवन गर्ने कि नगर्ने ?
    - नगर्ने । हरेक व्यक्तिको अवस्था फरक फरक हुन्छ । चिकित्सकको सल्लाह बिना औषधिको जथाभावी सेवन गर्दा झन् खराब अवस्था हुन्छ ।
     
    १५. कोभिडको उपचार के छ ?
    - कोभिडको हालसम्म ठोस उपचार छैन । औषधि, अक्सिजन आदिले शरीरका अंगलाई सुरक्षित राख्ने, सजिलो बनाउने तथा भाइरसले असर गरेका अंगलाई सपोर्ट दिएर बिरामीलाई बचाउने मात्र हो ।
     
    १६. पोहोर संक्रमण भएको व्यक्तिलाई अहिले संक्रमण हुन्छ कि हुँदैन ?
    - मापदण्ड पालना नगरे संक्रमण हुन्छ । अहिलेको नयाँ प्रजातिको संक्रमणले गम्भीर बनाउन सक्छ ।
     
    १७. कोभिड र खोपबारे फरकफरक धारणा छन् ? कसको कुरा पत्याउने ?
    - बिभिन्न बैज्ञानिक परीक्षणबाट कोभिड र खोपको पुष्टि भएको छ । अनधिकृत व्यक्तिका भ्रामक कुरा सुन्नुहुँदैन । सरकारले दिने सूचना र बिज्ञका कुरा विश्वास गर्नुपर्दछ । कोरोना के हो ? भन्नको लागि अस्पतालमा छटपटाइरहेका संक्रमित हेरे स्पष्ट बुझिन्छ । खोपले काम गर्ने / नगर्ने बारे खोप लगाएका व्यक्तिको मृत्युदर हेरे थाहा हुन्छ । 
     
    १८. लकडाउन किन, कति समय आबश्यक हुन्छ ? लकडाउन छोंटो गराउन के गर्नुपछ ?
    - लकडाउन भनेको जो जहाँ छ, त्यहीं बस्ने हो । नयाँ महामारी आएमा, महामारीको कारण अस्पताल भरिएमा, नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना नगरेमा तथा सरकारले तयारी गर्नको लागि लकडाउन गरिन्छ । लकडाउन जति कडा भयो, संक्रमणको चेन त्यति छिटो तोड्न सकिन्छ । 

    यसको लागि नागरिकले मापदण्ड पालना गर्ने तथा सरकारले पालना गराउनेतर्फ पुरै शक्ति केन्द्रित गर्नुपर्छ । यसो भएमा ३ हप्ताको लकडाउन पर्याप्त हुन्छ । लकडाउनको अबधिमा सरकारले दैनिक काम गरेर गुजारा गर्ने व्यक्तिलाई राहतको ब्यबस्था गर्नुपर्दछ । अनुशाशित नागरिक र जिम्मेवार सरकारको संयोगले लकडाउन छोंटो गर्न सकिन्छ ।
     
    १९. यो स्थिति कहिलेसम्म रहला ?
    - दोस्रो लहर अझै २ – ३ महिना रहन्छ । त्यसपछि घट्दै जान्छ । महामारीबाट मुक्त हुनको लागि ७० % नागरिकले खोप लगाउनुपर्दछ । जनस्वास्थ्यका मापदण्ड पालना गरेर भाइरसलाई मान्छेबाट अलग्याउनु पर्दछ ।
     
    २०. महामारीमा आत्मबल कसरी बढाउने ?
    - यो महामारीले संसारलाई चपेटामा पारेको छ । सबैको आर्थिक, शैक्षिक, पेशागत तथा अन्य क्षेत्रमा नोक्सान पुर्याएको छ । महामारी नियन्त्रणमा आएपछि ती सबै घाटा सन्तुलनमा आउनेछन् ।अहिले जीवनरक्षा गर्नु सबैभन्दा महत्वपूर्ण बिषय हो । योग, ध्यान, प्रबचन श्रबण, संगीत, कला, साहित्य, घरको काम आदिबाट मनलाई सकारात्मक उर्जामा स्थिर राख्न सकिन्छ । तनाब दिने खालका कुरा नसुन्ने / नहेर्ने तथा मनमा कोरोना मात्र बोकेर नहिड्ने हो भने चिन्ताले अस्वस्थ हुने अवस्था उत्पन्न हुँदैन।


    बैशाख १९, २०७८ आइतवार १२:३४:३८ बजे : प्रकाशित

    अर्कोसमाचार

    अहिलेको महामारी गत बर्षको जस्तो सामान्य छैन, पिसिआर पोजिटिभ आए के गर्ने ? - डा. रवीन्द्र पाण्डे 

    बैशाख १६

  • 1.6K
    SHARES
  • अहिलेको महामारी गत बर्षको जस्तो सामान्य छैन, पिसिआर पोजिटिभ आए के गर्ने ? - डा. रवीन्द्र पाण्डे 

    काठमाडौं - नेपालमा पछिल्लो समय नयाँ भेरियन्टसहितको कोरोनाभाइरस फैलिरहेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले बिहिबार ५ सय बढी सक्रिय संक्रमित भएका जिल्लामा निषेधाज्ञा लागू गरेको छ । 

    अहिले नेपालमा फैलिरहेको नयाँ भेरियन्टसहितको कोरोना बारे धेरैलाई थाहाँ छैन । यसैबीच डा. रवीन्द्र पाण्डेले अहिले देखिएको कोरोनाभाइरस र यसबाट बच्न अपनाउनु पर्ने कुराहरु बारे जानकारी दिएका छन् । 

    उनले नयाँ प्रजातिको महामारी गत बर्षको जस्तो सामान्य नभएको बताएका छन् । ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा र बान्ता हुने, एकदम थकान हुने, निद्रा लागिरहने, छालामा बिमिरा आउने, आँखा रातो हुने भएमा तुरुन्त पिसिआर टेस्ट गराउनु पर्ने उनको भनाई छ ।

    उनले भनेका छन् - यसपटकको नयाँ प्रजातिको महामारी गतसालको जस्तो सामान्य छैन । ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा र बान्ता हुने, एकदम थकान हुने, निद्रा लागिरहने, छालामा बिमिरा आउने, आँखा रातो हुनेमध्ये केहि लक्षण मिलेमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला । यसपटक परिवारमा एकजना संक्रमित भएमा सबै संक्रमित हुने अवस्था छ । तसर्थ कुनै लक्षण देखिएमा आइसोलेसनमा बस्नुहोला । संक्रमणको शंका लागेमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला । सहेर वा हेरौं भनेर अलमल नगर्नुहोला । जति छिटो रोग पत्ता लाग्यो, त्यति छिटो उपचार पाउने अवस्था हुन्छ ।
     
    - पिसिआर पोजिटिभ आएमा गतसाल जस्तो सप्लिमेन्ट ( भिटामिन वा इम्युन बुस्टर ) खाएर ढुक्क नहुनुहोला । यसपटक छिटो कोभिड निमोनिया हुने भएकोले तुरुन्तै नजिकको कोभिड अस्पतालको फिभर क्लिनिकमा जानुहोला । त्यहाँ चिकित्सकले तपाइंलाई परीक्षण गरेर आबश्यकता अनुसार छातीको एक्स रे, रगतको जांच तथा सिटि स्क्यान गर्ने सल्लाह दिनुहुन्छ । यदि तपाइंको अवस्था खराब छ भने उहाँहरुले औषधि वा भर्नाको लागि सल्लाह दिनुहुनेछ । उहाँहरुको सल्लाह अक्षरस पालना गर्नुहोला ।

    - लामो समय ज्वरो आयो, खोकी लाग्यो, सास फेर्न गाह्रो भयो, खाना खान गाह्रो भयो वा अक्सिजनको स्तर ९४ भन्दा तल भइरह्यो भने घरमा नबस्नुहोला । यो अवस्थामा तपाईंलाई छातीमा संक्रमण भएको बुझ्न सकिन्छ । जति छिटो अस्पताल पुग्यो त्यति छिटो भर्ना हुन् नपर्ने एबम सजिलोसंग निको हुने अवस्था हुन्छ ।

    - गतसाल संक्रमण भएका वा यो साल खोप लगाएका व्यक्तिलाई संक्रमण हुनसक्छ । प्रजाति फरक भएकोले गाह्रो हुन सक्छ । मैले खोप लगाएको छु वा पोहोरको एन्टिबोडीले काम गर्छ भनेर लापरबाही नगर्नुहोला । अप्ठ्यारो भए तुरुन्त अस्पताल जानुहोला ।

    - बालबालिका तथा युवालाई केहि हुँदैन भनेर घरमा नबस्नुहोला । यसपटक बालबालिका र युवाको संक्रमण दर, गम्भीर हुने दर तथा मृत्युदर गतसालको भन्दा धेरै छ ।

    - अस्पताल जाने बेलासम्म घोप्टो परेर सुत्नु भयो भने अक्सिजनको स्तर केहि बढ्दछ । तसर्थ पेटको बलमा घोप्टो परेर सुत्नुहोला ।

    - अस्पताल प्याक छन् भनेर नआत्तिनुहोला । अस्पताल जाँदैमा सबै भर्ना हुनु पर्दैन । प्याक भएका अस्पतालले अस्पताल बाहिर समेत अक्सिजन दिएर उपचार गरिरहेका छन् |

    - चिकित्सकको सल्लाह बिना आफै अक्सिजन लगाएर घरमा नबस्नुहोला । अक्सिजन उपचार हैन । निमोनिया वा अन्य छातीको संक्रमणको औषधि चलाउँदै अक्सिजन लगाउनुपर्छ । अक्सिजनको मात्रा चिकित्सकको सल्लाह अनुसार मात्र थपघट गर्नुपर्छ ।

    - औषधि उपचार प्रत्येक व्यक्तिको फरक हुनसक्छ। एकजनालाई निको भएको औषधिले अर्को व्यक्तिलाई निको नहुन सक्छ । तसर्थ स्वास्थ्यकर्मी बाहेकका व्यक्तिले सिफारिस गरेको औषधि सेवन नगर्नुहोला । कुनै पनि औषधिले कोरोना च्वाट्ट निको हुने वा लाग्न नदिने कुरा गर्छ भने त्यो  गलत हो ।

    - प्रतिरोध क्षमता बढाउनको लागि जथाभावी आयुर्बेद औषधि नखानुहोला । सम्बन्धित चिकित्सक तथा स्वास्थ्यकर्मीको सिफारस अनुसार मात्र आयुर्बेद औषधि सेवन गर्नुहोला । आयुर्बेद औषधिले कोभिड निको हुँदैन । तपाइंको स्टामिना बढाउँछ । यस्तो बेला सबै चिकित्सा पद्दतिको एकीकृत उपचार प्रभावकारी हुन्छ ।

    - यसपटकको संक्रमणले निकै छिटो फोक्सोमा असर गर्ने किसिमको छ । ४ - ६ घण्टामा निकै बढी असर गर्न सक्छ । तसर्थ भोलि अस्पताल जाउँला भनेर नबस्नुहोला । निको भएका संक्रमितका कुरा सुन्नुहोला।

    - कुनैपनि चिकित्सकले औषधि चलाएको बेला पनि भित्रभित्रै असर हुनसक्छ । यो भाइरल संक्रमण भएको हुँदा एन्टिबायोटिकको भर पर्नु हुँदैन । यस्तो अवस्थामा एकपटक छातीको एक्स रे वा सिटि स्क्यान गर्नु सुरक्षित हुन्छ।

    - अस्पतालमा गम्भीर बिरामीप्रति चिकित्सकको ध्यान बढी हुन्छ । तसर्थ नआत्तिनुहोला ।

    - उपचार  पश्चात पिसिआर नेगेटिभ आएपनि कोभिडले तपाइंका बिभिन्न अंगमा असर गरेको हुनसक्छ । चिकित्सकको सल्लाह अनुसार यसको पनि उपचार गरेर स्वास्थ्यलाभ गर्नुपर्ने हुन्छ ।
     
    ( सरकारले जारी गरेका सुचना, सतर्कता तथा जनस्वास्थ्यका मापदण्ड पालनाबाट हामी संक्रमणबाट बच्नेछौँ। कृपया पटक्कै लापरबाही नगर्नुहोला । हामीले आफु, परिवार तथा समाजलाई संक्रमण हुन् नदिनको लागि सतर्क बनौं । सतर्क भएमा हामी अस्पताल जानु पर्दैन । )


    बैशाख १६, २०७८ बिहिवार १२:०१:२१ बजे : प्रकाशित

    कोभिडबारे २० जिज्ञासा र जवाफ  - डा. रवीन्द्र पाण्डे 

    बैशाख १९

  • 810
    SHARES
  • कोभिडबारे २० जिज्ञासा र जवाफ  - डा. रवीन्द्र पाण्डे 

    काठमाडौं - नेपालमा पछिल्लो समय नयाँ भेरियन्टसहितको कोरोनाभाइरस फैलिरहेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि ५ सय बढी सक्रिय संक्रमित भएका सबै जिल्लामा निषेधाज्ञा पनि लगाइएको छ । 

    निषेधाज्ञाबीच पनि अहिले कोरोना संक्रमण बढ्दै गइरहेको छ । यस्तो अवस्थामा कोरोना संक्रमणबाट बच्न र संक्रमित भएमा के गर्ने बारे डा। रवीन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत जानकारी दिइरहेका छन् । यसपटक डा पाण्डेले कोभिडबारे २० जिज्ञासा र त्यसको जवाफ पनि दिएका छन् । 

    यस्तो छ उनको स्टाटस
    १. कस्तो अवस्थामा पिसिआर गर्ने ? पिसिआर नगरे हुँदैन र ?
    - ज्वरो, खोकी, सास फेर्न गाह्रो, पखाला, बान्ता, थकान, छालामा बिमिरा आदिमध्ये केहि लक्षण मिलेमा, संक्रमितसंग भेट भएको अवस्थामा तथा कतै यात्रा गरेको अवस्थामा परीक्षण गर्नुपर्दछ । समयमै पिसिअर गरेमा रोग पत्ता लाग्छ । आफु आइसोलेसनमा बसेमा परिवारलाई संक्रमणबाट बचाउन सकिन्छ । रोग पत्ता लागेपछि गाह्रो भएमा कहाँ / के उपचार गर्ने भन्ने थाहा हुन्छ । तसर्थ पिसिआर टेस्ट गर्नुपर्दछ । 

    - यसपटक पिसिआरबाहेक छातीको एक्सरे गर्नु उपयुक्त हुन्छ । कोभिड निमोनिया देखिएमा तदनुसारको उपचार गर्दा गम्भीर अवस्था आउनबाट बचिन्छ ।
     
    २. खोपले काम गरेको छ कि छैन ? खोप लगाएका संक्रमित भएका छन् कि छैनन् ?
    - खोप लगाएका व्यक्तिलाई पनि जनस्वास्थ्यका मापदण्ड पालना नगरेमा संक्रमण हुन्छ । उनीहरुको संक्रमण अन्य व्यक्तिलाई सर्न सक्छ । फरक यो छ कि खोप लगाएका व्यक्तिको गम्भीर हुने वा मृत्यु हुने दर नगण्य छ । प्रमाणित खोप जुनसुकै लगाएपनि गम्भीर हुनबाट बचाएको छ ।
     
    ३. के भिटामिनहरुले कोरोना ठिक गर्छन् ?
    - भिटामिन सी, डी र जिंक लाभदायक छन् । तर यी औषधिले कोरोना ठिक गर्दैनन् ।
     
    ४. एन्टिबायोटिक खाँदा कोरोना ठिक हुन्छ ?
    - एन्टिबायोटिकले कोरोना भाइरसलाई नष्ट गर्दैन । निमोनिया भएर ब्याक्टेरियल संक्रमण भएमा मात्र उपयोगी हुन्छ । तसर्थ जथाभावी औषधि सेवन गर्नुहुँदैन ।
     
    ५. के जडिबुटी वा आयुर्बेद औषधिले कोभिड निको गर्छ ?
    - गर्दैन । सम्बन्धित चिकित्सकको सिफारिसमा मात्रा मिलाएर सेवन गर्दा शरीरको प्रतिरोधात्मक क्षमता बढाउने चीन, भारत, मदागास्कर, श्रीलंका आदि देशमा भएका अनुसन्धानले पुष्टि गरेका छन् ।
     
    ६. के सिटामोलको कोर्स पुरा गर्नुपर्छ ?
    - पारासिटामोल ज्वरो १०० डिग्रीको आसपास पुगेमा वा टाउको / जिउ दुखेमा मात्र सेवन गर्ने हो । नियमित सेवन गर्नुहुँदैन ।
     
    ७. अक्सिमिटरलाई कति पर्छ ? कहाँ पाइन्छ ? कति अक्सिजनको स्तर नर्मल हो ?
    - अक्सिमितर १२०० देखि ५ हजारसम्म पर्छ । महँगो किन्नुपर्दैन । औषधि पसल वा सर्जिकल हाउसमा यो किन्न पाइन्छ । ९५ देखि १०० यसको नर्मल भ्यालु हो । 
      
    ८. अक्सिजनको लेभल ९४ बाट घटे के गर्ने ?
    - घोप्टो परेर सुत्ने । यसो गर्दा अक्सिजनको स्तर बढ्छ | यति गर्दा पनि घटेन भने फोक्सोमा संक्रमण भएको बुझिन्छ । अक्सिजन ९२ बाट तल भएमा तुरुन्त अस्पताल जानुपर्छ । छातीको सिटि वा एक्स रे बाट फोक्सोमा निमोनिया वा संक्रमण भएको थाहा हुन्छ । यसो भएमा चिकित्सकको सल्लाह अनुसार भर्ना हुने वा औषधि खानुपर्दछ ।
     
    ९. अस्पताल प्याक छन् । अब के गर्ने ?
    - सामान्य अवस्थामा चिकित्सकको निगरानीमा होम आइसोलेसनमा बस्नुपर्दछ । यदि सास फेर्न गाह्रो भए, अक्सिजनको मात्रा कम भए, निकै गाह्रो भए तुरुन्त अस्पताल जानुपर्छ । भरे वा भोलि जान्छु भन्नु हुँदैन । अस्पतालको फिभर क्लिनिकमा जांच गराएपछि तपाइंको अवस्था अनुरुप चिकित्सकले उपचारको ब्यबस्था गर्छन् ।
     
    १०. मास्कलाई किन खोपभन्दा राम्रो मानिन्छ ?
    - मास्क सस्तो, प्रभावकारी, साइड इफेक्ट नभएको तथा सर्व सुलभ छ | डबल मास्क लगाउने बानी गर्ने हो भने जुनसुकै प्रजातिको भाइरस आएपनि डर मान्नुपर्दैन ।
     
    ११. सुत्केरी संक्रमण भएमा बच्चालाई दुध चुसाउने कि नाचुसाउने ?
    - सुत्केरीले मास्क लगाएर, बच्चाको बिपरित दिशामा टाउको फर्काएर तथा स्तनलाई राम्रोसंग सफा गरेर दुध चुसाउन मिल्छ । दुध चुसाउने बेला बाहेक बच्चालाई छुट्टै राख्नु राम्रो हुन्छ । सुत्केरी बस्ने कोठाको झ्याल / ढोका खुला हुनुपर्छ ।
     
    १२. यो महामारी कति खतरनाक छ ?
    - यसपटकको दोस्रो लहर धेरै संक्रामक भएपनि मृत्युदर कम छ । जनस्वास्थ्यका मापदण्ड पालना गरेमा संक्रमण हुँदैन। संक्रमण भएमा स्वस्थ आहार, बिहार र उपचारले खतराको अवस्था हुँदैन ।
     
    १३. सास फेर्न गाह्रो भए घरमा अक्सिजन सिलिन्डरबाट अक्सिजन लिए ठिक हुन्छ ?
    - हुँदैन ! फोक्सोमा संक्रमण / निमोनिया / पानी जम्ने आदि भएमा सास फेर्न गाह्रो हुन्छ । रोगको उपचारसंगै अक्सिजन लिंदा फाइदा गर्छ । अक्सिजन आफैले रोग निको गर्दैन । फोक्सोको अवस्था अनुसार अक्सिजनको मात्रा निर्धारण हुन्छ । तसर्थ अस्पताल भर्ना भएर वा निको भएर घरमा फर्के पछि सास फेर्न गाह्रो भए चिकित्सकको सल्लाह अनुसार अक्सिजन लिनुपर्दछ।
     
    १४. सामाजिक संजालमा लेखेका वा अन्य निको भएका संक्रमितले प्रयोग गरेका औषधि सेवन गर्ने कि नगर्ने ?
    - नगर्ने । हरेक व्यक्तिको अवस्था फरक फरक हुन्छ । चिकित्सकको सल्लाह बिना औषधिको जथाभावी सेवन गर्दा झन् खराब अवस्था हुन्छ ।
     
    १५. कोभिडको उपचार के छ ?
    - कोभिडको हालसम्म ठोस उपचार छैन । औषधि, अक्सिजन आदिले शरीरका अंगलाई सुरक्षित राख्ने, सजिलो बनाउने तथा भाइरसले असर गरेका अंगलाई सपोर्ट दिएर बिरामीलाई बचाउने मात्र हो ।
     
    १६. पोहोर संक्रमण भएको व्यक्तिलाई अहिले संक्रमण हुन्छ कि हुँदैन ?
    - मापदण्ड पालना नगरे संक्रमण हुन्छ । अहिलेको नयाँ प्रजातिको संक्रमणले गम्भीर बनाउन सक्छ ।
     
    १७. कोभिड र खोपबारे फरकफरक धारणा छन् ? कसको कुरा पत्याउने ?
    - बिभिन्न बैज्ञानिक परीक्षणबाट कोभिड र खोपको पुष्टि भएको छ । अनधिकृत व्यक्तिका भ्रामक कुरा सुन्नुहुँदैन । सरकारले दिने सूचना र बिज्ञका कुरा विश्वास गर्नुपर्दछ । कोरोना के हो ? भन्नको लागि अस्पतालमा छटपटाइरहेका संक्रमित हेरे स्पष्ट बुझिन्छ । खोपले काम गर्ने / नगर्ने बारे खोप लगाएका व्यक्तिको मृत्युदर हेरे थाहा हुन्छ । 
     
    १८. लकडाउन किन, कति समय आबश्यक हुन्छ ? लकडाउन छोंटो गराउन के गर्नुपछ ?
    - लकडाउन भनेको जो जहाँ छ, त्यहीं बस्ने हो । नयाँ महामारी आएमा, महामारीको कारण अस्पताल भरिएमा, नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना नगरेमा तथा सरकारले तयारी गर्नको लागि लकडाउन गरिन्छ । लकडाउन जति कडा भयो, संक्रमणको चेन त्यति छिटो तोड्न सकिन्छ । 

    यसको लागि नागरिकले मापदण्ड पालना गर्ने तथा सरकारले पालना गराउनेतर्फ पुरै शक्ति केन्द्रित गर्नुपर्छ । यसो भएमा ३ हप्ताको लकडाउन पर्याप्त हुन्छ । लकडाउनको अबधिमा सरकारले दैनिक काम गरेर गुजारा गर्ने व्यक्तिलाई राहतको ब्यबस्था गर्नुपर्दछ । अनुशाशित नागरिक र जिम्मेवार सरकारको संयोगले लकडाउन छोंटो गर्न सकिन्छ ।
     
    १९. यो स्थिति कहिलेसम्म रहला ?
    - दोस्रो लहर अझै २ – ३ महिना रहन्छ । त्यसपछि घट्दै जान्छ । महामारीबाट मुक्त हुनको लागि ७० % नागरिकले खोप लगाउनुपर्दछ । जनस्वास्थ्यका मापदण्ड पालना गरेर भाइरसलाई मान्छेबाट अलग्याउनु पर्दछ ।
     
    २०. महामारीमा आत्मबल कसरी बढाउने ?
    - यो महामारीले संसारलाई चपेटामा पारेको छ । सबैको आर्थिक, शैक्षिक, पेशागत तथा अन्य क्षेत्रमा नोक्सान पुर्याएको छ । महामारी नियन्त्रणमा आएपछि ती सबै घाटा सन्तुलनमा आउनेछन् ।अहिले जीवनरक्षा गर्नु सबैभन्दा महत्वपूर्ण बिषय हो । योग, ध्यान, प्रबचन श्रबण, संगीत, कला, साहित्य, घरको काम आदिबाट मनलाई सकारात्मक उर्जामा स्थिर राख्न सकिन्छ । तनाब दिने खालका कुरा नसुन्ने / नहेर्ने तथा मनमा कोरोना मात्र बोकेर नहिड्ने हो भने चिन्ताले अस्वस्थ हुने अवस्था उत्पन्न हुँदैन।


    बैशाख १९, २०७८ आइतवार १२:३४:३८ बजे : प्रकाशित

    कोभिड : कस्तो अवस्थामा घरमा बस्ने ? कस्तो अवस्थामा अस्पताल जाने ? – डा. रवीन्द्र पाण्डे 

    बैशाख २१

  • 854
    SHARES
  • कोभिड : कस्तो अवस्थामा घरमा बस्ने ? कस्तो अवस्थामा अस्पताल जाने ? – डा. रवीन्द्र पाण्डे 

    काठमाडौं - नेपालमा पछिल्लो समय नयाँ भेरियन्टसहितको कोरोनाभाइरस फैलिरहेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि ५ सय बढी सक्रिय संक्रमित भएका सबै जिल्लामा निषेधाज्ञा पनि लगाइएको छ । 

    निषेधाज्ञाबीच पनि अहिले कोरोना संक्रमण बढ्दै गइरहेको छ । यस्तो अवस्थामा कोरोना संक्रमणबाट बच्न र संक्रमित भएमा के गर्ने बारे डा. रवीन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत जानकारी दिइरहेका छन् । यसपटक डा पाण्डेले कोरोना फैलिरहेको समयमा  कस्तो अवस्थामा घरमा बस्ने र कस्तो अवस्थामा अस्पताल जाने भन्ने बारे जानकारी दिएका छन् ।

    - भारतमा अक्सिजनको हाहाकार, अस्पतालको चाँप, मृत्युदर तथा घाटका दृश्य देखेर हामीहरुलाई तनाब भएको छ । महामारीको समयमा यस्ता समाचार नहेर्नु उपयुक्त हुन्छ । हाल नेपालमा अक्सिजनको कमी भइसकेको छैन । सबै संक्रमितलाई अक्सिजन चाहिने पनि हैन । आइसीयु तथा भेन्टिलेटर खाली नभएका समाचारले पनि असुरक्षा महशुष गराएका छन् | सरकारले अक्सिजन बेड, आइसीयु तथा कोभिड अस्पताल थपिरहेको छ । विपत्तिको समयमा डराउने / आत्तिने हैन, कुशलतापूर्वक अघिं बढ्नुपर्दछ । अहिले परिस्थिति २० बिग्रेको छ भने हाम्रो मनस्थिति ८० बिग्रेको छ । संचारमाध्यमले पनि मनोबल बढाउने समाचार दिनु उपयुक्त हुन्छ । नकारात्मक समाचारको महामारी झनै घातक हुन्छ ।

    - ज्वरो आउने,खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, स्वाद र गन्ध परिवर्तन हुने, पखाला लाग्ने, एकदम थकान हुने, निद्रा लागिरहने, खाना नरुच्ने आदि समस्या भएमा वा घरमा कुनै व्यक्तिलाई कोभिड भएमा वा कुनै कोभिड भएको व्यक्तिसंग भेटघाट गरेको भएमा तथा कतै यात्रा गरेको भएमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला ।

    - पिसिआर पोजिटिभ हुँदैमा आत्तिनु पर्दैन। तापक्रम ९९.५ भन्दा माथि भएमा पारासिटामोल खान सकिन्छ । खोकी लागेमा एलर्जीको औषधि खान सकिन्छ । पखाला लागेमा प्रोबायोटिक खान सकिन्छ । जीवनजल पर्याप्त खानुपर्दछ ।

    - परिवारमा एकजना संक्रमित भएमा सबैलाई संक्रमण सरेको अवस्था छ । सबै संक्रमित भएपनि आत्तिनु पर्दैन । लक्षण अनुसारका सामान्य औषधिले अधिकांश संक्रमितलाई निको हुन्छ। कोभिडले १० दिन केहि न केहि गाह्रो हुनसक्छ । यसको लागि मानसिक तयारी र संयम आवश्यक हुन्छ ।

    - अक्सिजनको स्तर ९४ भन्दा माथि छ भने वा सास फेर्न गाह्रो भएको छैन भने कुनै चिकित्सकको सल्लाह अनुसार घरमै उपचार गर्न सकिन्छ | अस्पताल जानु पर्दैन ।

    - अक्सिजन ९० भन्दा माथि छ भने घोप्टो परेर सुत्ने तथा कोभिड अस्पतालको फिभर क्लिनिकमा गएर छातीको एक्स रे गर्नुपर्दछ। त्यहाँ अक्सिजन, एक्सरे तथा जांचबाट चिकित्सकले औषधि लेख्नुहुन्छ। त्यहि औषधि र सल्लाह अनुसार घरमै बसेर स्वास्थ्य लाभ गर्न सकिन्छ।

    - यदि अक्सिजनको स्तर ९० बाट तल झर्यो भने, सास फेर्न गाह्रो भयो, शरीर सिथिल भयो तथा खान नसक्ने अवस्था आयो भने तुरुन्तै कोभिड अस्पतालमा जानुपर्दछ। भरे वा भोलि जान्छु भनेर पर्खिनु हुँदैन।

    - एक्सरे, सिटि स्क्यान आदिबाट तपाईलाई गम्भीर असर देखिएमा अस्पताल भर्ना हुनुपर्दछ। अस्पताल भर्ना भएपछि आत्तिनु पर्दैन। तपाइंको अवस्था अनुसारको उपचार हुन्छ।

    - अक्सिजन सिलिन्डर किनेर घरमा अक्सिजन लगाएर बस्नु घातक हुन्छ।अक्सिजनको स्तर घट्ने निमोनिया लगायत छातीको खराबीले हो । त्यसको उपचार र अक्सिजन संगसंगै चिकित्सकको निगरानीमा गर्नुपर्दछ।

    - संक्रमित हुँदैमा आइसीयु र भेन्टिलेटरको चिन्ता गर्नुपर्दैन । आइसीयु र भेन्टिलेटर प्याक हुने, खाली हुने क्रम चलिरहन्छ।

    - सोर्सफोर्स लगाएर आइसीयु र भेन्टिलेटर पाउन गाह्रो छ । खाली नभएसम्म धैर्यता गर्नुपर्दछ। आइसीयु वा भेन्टिलेटरबाट कुनै गम्भीर बिरामीलाई निकालेर अर्को व्यक्तिलाई राख्न मिल्दैन |
    - केन्द्रका अस्पतालमा धेरै चाँप हुने भएकोले सहरबाट अलिकति बाहिरका मेडिकल कलेज वा अस्पतालमा जानु राम्रो हुन्छ। त्यहाँ बिरामीको चाँप कम हुन्छ।

    - काठमाडौ बाहिरका अस्पतालमा पनि उपचार राम्रो छ। तसर्थ आफ्नो ठाउँको अस्पताल छोडेर काठमाडौ आउनु जरुरी हुँदैन। उपचारको गाइडलाइन उही नै हो।

    - आफुले उपचार गराएको अस्पतालमा आइसीयु वा भेन्टिलेटर छैन भने उक्त अस्पताललाई खाली भएको ठाउँ खोजेर पठाउन अनुरोध गर्नुपर्दछ। हामी आफैले खाली आइसीयु पत्ता लगाउन गाह्रो हुन्छ। आइसीयु नपाएपनि चिकित्सक तथा नर्सको राम्रो केयर भयो भने अक्सिजन बेडमा पनि आइसीयु सरहको उपचार हुन्छ।

    - अहिले पनि ८५ % संक्रमितलाई घरमै बसेर निको भएको छ। १५ % लाई अस्पतालको सुबिधा आबश्यक देखिएको छ। ५ % लाई आइसीयुको आवश्यकता परेको छ। मृत्युदर १ % मात्र छ।

    - समाचार हेरेर / सुनेर आत्तिनु हुँदैन। मनोबल उच्च राख्नुपर्दछ। कोरोना लाग्दैमा मृत्यु हुदैन।

    - पोषिलो खाना, हल्का व्यायाम, सकारात्मक सोंच, स्वस्थ जीवनशैली तथा योजनापूर्बक कदम चाल्ने हो भने अस्पताल जानुपर्दैन।

    - सबैलाई थाहा नै छ, जनस्वास्थ्यका मापदण्ड पालना गर्ने हो भने कोरोना संक्रमण सर्दैन ।


    बैशाख २१, २०७८ मंगलवार १२:०४:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डा. रवीन्द्र पाण्डे
  • ओलिटिक्स ताली बजाउनुपर्ने खालको पोलिटिक्स होइन

    बैशाख २२

  • 482
    SHARES
  • ओलिटिक्स ताली बजाउनुपर्ने खालको पोलिटिक्स होइन

    नारायण गाउँले । अपराधीहरूलाई पुरस्कृत गर्दै मुद्दा फिर्ता लिने, अल्पमतको व्यक्तिलाई कोठामैं गएर बहुमतको मुख्यमन्त्री भन्दै शपथ खुवाउने, भ्रष्टाचारले मुलुक थला परेको बेला गोकुल बाँस्कोटाहरूलाई छानबिन गर्नुको साटो निर्लज्ज रूपमा छानबिन गर्ने समितिमा लैजाने, झन्डै दुई तिहाइ बामबहुमत त टुक्रा-टुक्रा त भयो नै, देशलाई एकढिक्का बनाएर लैजानुपर्ने समयमा अन्य दल र नागरिक समाजमा समेत विग्रह र विभाजन ल्याउन षड्यन्त्र गर्ने, सिङ्गो विश्वले सामाजिक दूरी कायम गर्न जोड़ दिइरहेका बेला आफ्नै पार्टीका विरुद्ध आमसभा र राज्यकोष खर्च गर्दै भीड़ बटुलेर सङ्क्रमण फैल्याउने, एमसिसीबाहेक अर्को विधेयक संसदमा नल्याउने र संसदलाई पङ्गू बनाई अध्यादेशबाटै सरकार चलाउने र यो वैश्विक महामारीका बेला सत्ता टिकाउन महन्थ ठाकुरदेखि देउबाको दैलोसम्म धाउने दृश्यहरू कत्ति पनि प्रिय छैनन् । 

    यतिबेला कम्तिमा एमालेलाई सिङ्गो राख्न र ओलीकै कुर्सी बचाउन गर्नुपर्ने धेरै ठूलो कुरो पनि रहेनछ । एमालेलाई विघटन गर्दै नेकपा बनाएका ओलीले महाधिवेशनबाट एमाले जस्तो बनेको थियो त्यस्तै स्वीकार गर्ने हो भने यो एकढिक्का हुने रहेछ । देश पनि राजनैतिक दुर्गन्ध र षड्यन्त्रबाट अलिकति उठेर मानवीय विपत्तितिर लाग्न सक्ने रहेछ । यतिबेला नेपाल पक्षले न ओलीको राजीनामा मागेको छ, न महन्थ ठाकुरले जस्तो ठूलो भाग मागेको छ । 

    महाधिवेशनबाट निर्वाचित नेताहरूको जिम्मेबारी यथावत् होस् भन्ने जस्तो सामान्य मागमा पनि वैयक्तिक ईगो र रिसीबी साँधेर विभाजनलाई मलजल गर्ने काम किन गर्नुपरेको होला ? एउटा पक्षका सबैको जिम्मेबारी आफूखुशी खोस्ने र आफ्नालाई बाँड्ने प्रवृत्तिले पनि पार्टी चल्छ र ? आफ्ना चाटुकारबाहेक अन्यलाई कुनै अवसर र जिम्मेबारी नदिने भन्ने पनि हुन्छ र ?

    कुलमान घिसिङ्ले एक कार्यकाल थप पाऊन् भन्ने आमजनताको चाहना थियो, कम्तिमा प्रमाणसहित नै नाङ्गिएका गोकुल बाँस्कोटामाथि छानबिन होस् भन्ने जनचाहना थियो तर भयो के ? सधैँ लगौंटी धुनेमात्रै योग्य हुने हो ?कोरोनाको पहिलो लहर शान्त भएपछि सरकारले विश्वभर अवश्यम्भावी बनेको दोस्रो लहरका लागि तैयारी गरोस् भन्ने जनचाहना थियो, तर भयो के ? सांसद किनबेच, अड्डाअदालत, तेरो-मेरो र जिन्दाबाद-मुर्दाबादमैं यत्रो वर्ष बित्यो । 

    सिङ्गो सङ्घीय व्यवस्था र कम्युनिस्ट पार्टीहरू प्रति नै आमजनतामा वितृष्णा पैदा हुने अवस्थाको जिम्मा माधव नेपालको टाउकोमा चढ़ाएर आफूलाई चोखो बताई रहँदा केही चाटुकारको आँखामा त हीरो बनिएला तर त्यसले न देशको हित गर्छ न एमालेकै । ओलीले नेकपा बनाउनुअघि एमाले जस्तो थियो त्यस्तै बनाऊँ भन्ने आफ्नै पार्टीका सहकर्मीको सामान्य माग पनि पूरा नगर्ने तर हिजो अदालत र आफैले अपराधी मानेकाहरूलाई धमाधम फूलमाला सहित रिहाई गर्ने ओलिटिक्स ताली बजाउनुपर्ने खालको पोलिटिक्स होइन । 

    देशका नागरिक दिनहुँ मृत्युको उकालो लाग्दो आँकडाले भयावह बनिरहेका बेला बर्सौंदेखि देशैभर कुर्सीका लागि भइरहेको यो नाङ्गो नाचको हिसाब त समयले राख्ला नै !


    बैशाख २२, २०७८ बुधवार २१:१२:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नारायण गाउँले
  • सिटि भ्यालु के हो ? यो घटी वा बढी हुँदा के हुन्छ ? – डा. रवीन्द्र पाण्डे 

    बैशाख २३

  • 1.1K
    SHARES
  • सिटि भ्यालु के हो ? यो घटी वा बढी हुँदा के हुन्छ ? – डा. रवीन्द्र पाण्डे 

    काठमाडौं - नेपालमा पछिल्लो समय नयाँ भेरियन्टसहितको कोरोनाभाइरस फैलिरहेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि ५ सय बढी सक्रिय संक्रमित भएका सबै जिल्लामा निषेधाज्ञा पनि लगाइएको छ । 

    अहिलेको महामारी गत बर्षको जस्तो सामान्य छैन, पिसिआर पोजिटिभ आए के गर्ने ? - डा. रवीन्द्र पाण्डे  अहिलेको महामारी गत बर्षको जस्तो सामान्य छैन, पिसिआर पोजिटिभ आए के गर्ने ? - डा. रवीन्द्र पाण्डे 

    निषेधाज्ञाबीच पनि अहिले कोरोना संक्रमण बढ्दै गइरहेको छ । यस्तो अवस्थामा कोरोना संक्रमणबाट बच्न र संक्रमित भएमा के गर्ने बारे डा. रवीन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत जानकारी दिइरहेका छन् । यसपटक डा. पाण्डेले पिसिआर पोजिटिभ आएका व्यक्तिलाई जानकारी हुनुपर्ने सिटि भ्यालु बारे बताएका छन् । 

    डा. रवीन्द्र पाण्डे
    दोस्रो लहरको उछालसंगै नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । पिसिआर पोजिटिभ आएका हरेक व्यक्तिलाई सिटि भ्यालुमा धेरै चासो देखिएको छ | सिटि भ्यालुबारे फरकफरक धारणाको कारण धेरै व्यक्तिमा कन्फ्युजन देखिएको छ ।

    - सिटि भ्यालु संक्रमितको नाक वा घाँटीमा भएको भाइरसको लोड हो । यो फोक्सोमा भएको भाइरसको लोड हैन । तसर्थ सिटि भ्यालु बढी अंकमा हुँदा सुरक्षित भइने र सिटि भ्यालु थोरै अंकमा हुँदा खतरा हुने हुँदैन ।

    - सिटि भ्यालुलाई धेरै कुराले असर गर्छ । नाकबाट लिइएको स्याम्पल र घांटीबाट लिइएको स्याम्पलमा पनि सिटि भ्यालु फरक हुन्छ । त्यस्तै स्वाब कसरी लिइयो ? कति मात्रामा लिइयो ? त्यसलाई कसरी सुरक्षण, परिवहन र परीक्षण गरियो ? परीक्षण गर्दा कस्तो किट वा रिएजेन्टको प्रयोग गरियो ? कस्तो जनशक्तिले परीक्षण गर्यो ? आदि अनुसार पनि सिटि भ्यालु फरक हुनसक्छ। प्रयोगशाला अनुसार पनि सिटि भ्यालु फरकफरक हुन्छ । तसर्थ सिटि भ्यालु हेरेर आत्तिनु वा ढुक्क हुनु जरुरी छैन ।

    - सिटि भ्यालु एउटा चक्र पनि हो । शरीरमा भाइरस प्रवेश गरेको ३- ४ दिनसम्म भाइरसको मात्रा कम हुन्छ । तसर्थ सिटि भ्यालु २४ भन्दा माथि देखिन्छ । उक्त व्यक्तिमा ७ दिनपछि भाइरसको संख्या धेरै हुन्छ। त्यो बेला सिटि भ्यालु २४ भन्दा धेरै तलसम्म देखिन्छ । त्यहि व्यक्तिमा निको हुनेबेला भाइरस नष्ट भएर भाइरसको संख्या कम हुन्छ अनि सिटि भ्यालु २५ भन्दा माथि देखिन्छ । यो चक्र अधिकांश व्यक्तिमा देखिन्छ । 

    - बालबालिका तथा युवामा इम्युनिटी पावर धेरै हुन्छ । त्यस्तै खोप लिएका व्यक्तिमा भाइरसविरुद्धको एन्टिबोडी हुन्छ । एकपटक संक्रमण भएका व्यक्तिमा पनि एन्टिबोडी बिकास भएको हुन्छ । त्यस्ता व्यक्तिमा भाइरस घांटीमै नष्ट हुन्छ । तसर्थ सिटि भ्यालु १२, १४ जस्तै छोंटो अंकमा नदेखिन सक्छ।

    - प्रबिधि तथा देश अनुसार सिटि भ्यालु कतै ३२ तथा कतै ४० सम्मलाई पोजिटिभ मानिएको छ । हाम्रो देशमा ३६ भन्दा माथिल्लो अंकलाई नेगेटिभ मानिन्छ ।

    आत्मबलको दियो बचायौं भने जोखिमलाई जित्न सक्छौं – डा. रवीन्द्र पाण्डे  आत्मबलको दियो बचायौं भने जोखिमलाई जित्न सक्छौं – डा. रवीन्द्र पाण्डे 

    -  सिटि भ्यालुमा अलमल हुनु पर्दैन । रिपोर्ट पोजिटिभ भए पोजिटिभ तथा रिपोर्ट नेगेटिभ भए नेगेटिभ बुझेर तदनुसार गर्नुपर्दछ ।

    सिटि भ्यालु बुझ्ने सरल उदाहरण :
    हामीले एउटा खेतमा इनार खन्दैछौं । १० – १२ वटा रिंग हाल्दैमा पानी आयो भने त्यो जमिनमा पानी प्रशस्त छ भन्ने बुझिन्छ । तर ३० – ३२ वटा रिंग हालेपछि मात्र  पानी आयो भने त्यो जमिनमा पानी कम छ भन्ने बुझिन्छ। पिसिआर टेस्टमा पनि भाइरस लोड धेरै छ भने १०- २० साइकलमै भाइरस भेटिन्छ । भाइरसको लोड कम छ भने ३० -३२ साइकलमा मात्र भाइरस भेटिन्छ । सिटि भ्यालुलाई यसरी पनि बुझ्न सजिलो हुन्छ ।


    बैशाख २३, २०७८ बिहिवार १२:२६:१६ बजे : प्रकाशित

    कोरोना संक्रमण : बेड र अक्सिजन अभावलाई कसरी ब्यबस्थित गर्ने ?

    बैशाख २८

  • 284
    SHARES
  • कोरोना संक्रमण : बेड र अक्सिजन अभावलाई कसरी ब्यबस्थित गर्ने ?

    काठमाडौं - नेपालमा पछिल्लो समय नयाँ भेरियन्टसहितको कोरोनाभाइरस फैलिरहेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि ५ सय बढी सक्रिय संक्रमित भएका सबै जिल्लामा निषेधाज्ञा पनि लगाइएको छ । 

    निषेधाज्ञाबीच पनि अहिले कोरोना संक्रमण बढ्दै गइरहेको छ । यस्तो अवस्थामा कोरोना संक्रमणबाट बच्न र संक्रमित भएमा के गर्ने बारे डा. रवीन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत जानकारी दिइरहेका छन् । यसपटक डा पाण्डेले कोरोना संक्रमणको अवस्थामा बेड र अक्सिजन अभाव भएमा यसलाई कसरी ब्यबस्थित गर्ने भन्ने बारे जानकारी दिएका छन् ।
     
     कोरोना महामारी तीब्रगतिमा बढ्दैछ । संक्रमितले फोन गर्दा कुनै पनि अस्पतालले बेड छ भनेर भन्दैन । यस्तो अवस्थामा निम्न लिखित तरिका अपनाएर यो परिस्थिति  सहज बनाउन सुगम हुन्छ ।
     
    १. हरेक स्वास्थ्य संस्थामा अनिबार्य रुपमा ' फिभर क्लिनिक ' संचालन गर्ने । हरेक नागरिकले पिसिआर पोजिटिभ आउने बित्तिकै नजिकको फिभर क्लिनिकमा जाने ।
          
    २. फिभर क्लिनिकमा Triage गर्ने । अर्थात् सामान्य लक्षण देखिएका संक्रमितलाई चेकजाँच गरेर आबश्यक औषधि लेखेर होम आइसोलेसनमा राख्ने । उहाँहरु र फिभर क्लिनिकबीच फोन सम्बाद जारी राख्ने । मोडेरेट लक्षण अर्थात गाह्रो भएका व्यक्तिलाई आइसोलेसन् केन्द्रमा राख्ने । छातीको एक्सरे / सिटि लगायतका परीक्षण गर्ने। कोभिड निमोनिया देखिएको अवस्थामा अस्पतालको कोभिड बेडमा भर्ना गर्नको लागि फिभर क्लिनिकले सहजीकरण गर्ने । गम्भीर संक्रमितलाई अस्पतालसंग समन्वय गरेर तुरुन्त अक्सिजन बेडमा पठाउने |
        
    ३. यी ३ समुहमा जसलाई आइसीयुको आवश्यकता पर्छ, उहाँहरुलाई आइसियुमा राखेर उपचार गर्ने ।
        
    ४. हरेक अस्पतालले कतिवटा बेड खाली छन्, आइसीयुमा कति बेड खाली छ, भेन्टिलेटर खाली भयो कि भएन ? यी विवरण नियमित अपडेट स्वास्थ्य मन्त्रालय / सिसिएमसी,आफ्नो वेबसाइट वा बुलेटिन तथा फिभर क्लिनिकको पहुँचमा राख्ने । यो विवरणको कडा अनुगमन तथा निगरानी गर्ने । संक्रमितलाई यो विवरण अनुसार नजिकको अस्पतालमा ब्यबस्थापन गर्ने ।
         
    ५. समाचार आतंकको कारण सामान्य कोभिड भएका संक्रमित डर, चिन्ता तथा पेनिक एट्याकमा गएर अस्पताल जाने अवस्था विद्यमान छ । हरेक फिभर क्लिनिक तथा अस्पतालमा मनोपरामर्शको ब्यबस्था गर्ने । सकारात्मक र वास्तविक समाचार सम्प्रेषण गर्ने / गराउने बाताबरण निर्माण गर्ने।

    ६. कुन अस्पतालमा अक्सिजन प्लान्ट छ, कति अक्सिजन कन्सन्ट्रेटर छन्, कति लिक्विड अक्सिजन सिलिन्डर छन् आदिको विवरण आधिकारिक निकायमा अपडेट गर्ने / गराउने । अक्सिजनको अभाव भएका अस्पतालमा पालोपैंचो नियम अनिबार्य गर्ने ।

    ७. संक्रमण नफैलिएका जिल्लाको औषधि / उपकरण / जनशक्तिलाई जीवनरक्षाको लागि आबश्यक अस्पतालमा एड्जस्ट गर्ने ।

    ८. सामाजिक संस्था, उद्योगपति, एनआरएन लगायतका संस्थाले जति सकिन्छ , अक्सिजन कन्सन्ट्रेटर सरकार, अस्पताल आदिलाई उपलब्ध गराउने बाताबरण निर्माण गर्ने ।

    ९. जीवनरक्षक औषधि हरेक अस्पतालमा स्टक राख्ने । सो को विवरण आधिकारिक निकायमा उपलब्ध गराउने ।

    १०. स्थानीय निकायबाट अप्ठ्यारो परेका परिवारलाई समान र ठोस राहत ( जस्तै ५० किलो चामल र ५ किलो दाल ) उपलब्ध गराउने । राहत संकलन तथा वितरणलाई संस्थागत गर्ने ।

    ११. यो विषम परिस्थितिमा संक्रमित तथा संक्रमित परिवारलाई सक्दो सहयोग गरौँ | मानवताको उच्च उदाहरण बनौं ।


    बैशाख २८, २०७८ मंगलवार ०८:१५:११ बजे : प्रकाशित