• Jul 24 2021 | २०७८, श्रावण ९गते

२०७८, श्रावण ९गते

पञ्जाब किङ्सलाई ठुलो झड्का, कप्तान राहुल अस्पताल भर्ना

बैशाख १९ २०७८
  • 796
    SHARES
  • पञ्जाब किङ्सलाई ठुलो झड्का, कप्तान राहुल अस्पताल भर्ना

    काठमाडौं - आईपीएलको फ्रेन्चाइज क्लब पञ्जाब किङ्सका कप्तान केएल राहुल अस्पताल भर्ना भएका छन् । 

    शनिवार राति पेट दुखेपछि राहुलले आफ्नो टिमलाई जानकारी गराएका थिए । औषधि खाँदा पनि ठिक नभएपछि उनी अस्पताल भर्ना भएका हुन् । 

    उनमा एपेन्डिसाइटिसको समस्या देखिएको र शल्यक्रियाबाट उपचार गरिने भारतिय मिडियामा जनाइएको छ । 

    अब उनले दिल्ली क्यापिटल्सबिरुद्धको खेल गुमाउनेछन् । राहुल बिरामी भएपछि पञ्जाब किङ्सलाई दिल्लीबिरुद्धको खेलमा ठुलो झड्का लागेको थियो । यसअघिको खेलमा उनको शानदार प्रदर्शन रहेको थियो ।  
     


    बैशाख १९, २०७८ आइतवार १९:२३:१९ बजे : प्रकाशित

    अर्कोसमाचार

    सामाजिक सञ्जालमा मेस्सीको नयाँ कीर्तिमान, एउटै तस्बिरले पायो यति धेरै लाइक

    श्रावण ३

  • 362
    SHARES
  • सामाजिक सञ्जालमा मेस्सीको नयाँ कीर्तिमान, एउटै तस्बिरले पायो यति धेरै लाइक

    काठमाडौं - विश्व चर्चित खेलाडी तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी सामाजिक सञ्जालमा नयाँ कीर्तिमान बनाएका छन् । आलै बार्सिलोना क्लबसँग नयाँ सम्झौता गरेका मेस्सी सामाजिक सञ्जालमा निकै सक्रिय छन् । 

    messi.PNG

    उनले राखेको हरेक तस्बिरमा निकै शेयर र लाइक आउने गर्छ । यस्तै उनले हालै इन्स्टाग्राममा शेयर गरेको एक तस्बिरले नयाँ कीर्तिमान कायम गरेको छ । 

    उनले हालै  अर्जेन्टिनालाई  कोपा अमेरिकाको उपाधि दिलाएका थिए । त्यति मात्र होइन उनले  अर्जेन्टिनालाई अन्तर्राष्ट्रिय उपाधि पनि दिलाउन सफल भएका थिए । 

    messii.PNG

    कोपा उपाधिसँगै उनले शेयर गरेको फोटो इन्स्टाग्राममा सबैभन्दा धेरै लाइक पाएको छ । उक्त तस्बिर सबैभन्दा धेरै लाइक पाउने खेलाडीको तस्बिर भएको छ ।

    उक्त तस्बिरले हालसम्म २० मिलियन लाइक पाएको छ । उक्त तस्बिरमा मेस्सीले एक्लै बसेर सिल समातेका छन् । यस्तै ग्रुपका तस्बिरले ११ मिलियन लाइक पाएको छ । 
     


    श्रावण ३, २०७८ आइतवार १४:२२:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # लियोनल मेस्सी
  • सन्दीप लामिछानेले गुमाए 'द हन्ड्रेड' क्रिकेट प्रतियोगिता, निराश हुँदै यसो भने

    श्रावण ५

  • 328
    SHARES
  • सन्दीप लामिछानेले गुमाए 'द हन्ड्रेड' क्रिकेट प्रतियोगिता, निराश हुँदै यसो भने

    काठमाडौं - नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले 'द हन्ड्रेड' क्रिकेट प्रतियोगिता खेल्न नपाउने भएका छन् । उनले भिसा समस्याका कारण अन्तिम समयमा ‘द हन्ड्रेड’ खेल्न नपाउने भएका हुन् । 

    आफुले इङ्ल्यान्ड र वेल्स क्रिकेटको आयोजनामा हुने 'द हन्ड्रेड' क्रिकेट प्रतियोगिता खेल्न नपाएको बारे लामिछानेले मंगलबार सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । 'द हन्ड्रेड' क्रिकेट प्रतियोगिता बुधबारबाट शुरु हुँदैछ । 

    oli'.jpg

    सन्दीपलाई झन्डै एक करोड नेपाली रुपैयाँमा ओभल इन्भिन्सिबल्सले अनुबन्ध गरेको थियो । आफु उक्त खेल खेल्न नपाएकोमा निराश भएको लामिछानेले सामाजिक सञ्जालमा बताएका छन् । उनले प्रशंसकसँग माफी पनि मागेका छन् । 

    उनले लेखेका छन् - 'म जुलाई ९ मा बेलायत आउँदा अध्यागमनमा कुनै समस्या भएन र सरकारले तोकेको क्वारेन्टिनमा नै बसेको थिएँ । जुलाई १८ को दिन, मेरो क्वारेन्टिन पूरा हुनुभन्दा २ दिनअघि मलाई ईसीबीबाट मेरो भिसा मान्य नभएको र सकेसम्म चाडो देश छोड्न भनियो । मैले लगातार ईसीबी अधिकारीसँग यसबारे कारण सोधिरहेको छु र सहि उत्तर पाइरहेको छैन । म बुझ्छु अवस्था बदलिन समय लाग्दैन, तर मेरो भिसा मान्य नहुनुको प्रष्ट कारण भने मैले पाउनुपर्छ ।'


     


    श्रावण ५, २०७८ मंगलवार १९:१३:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सन्दीप लामिछाने
  • जापानमा आयोजना हुने ओलम्पिक खेलमा नेपालका पाँच खेलाडी प्रतिस्पर्धा गर्दै

    श्रावण ६

  • 292
    SHARES
  • जापानमा आयोजना हुने ओलम्पिक खेलमा नेपालका पाँच खेलाडी प्रतिस्पर्धा गर्दै

    काठमाडौँ – जापानमा आयोजना हुने ३२औँ गृष्मकालीन ओलम्पिक खेलमा नेपालबाट चार खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गर्र्दैछन् ।यही साउन ८ देखि २४ गतेसम्म सञ्चालन हुने विश्व खेलकूदको महाकुम्भ ओलम्पिकमा नेपाललले एथ्लेटिक्स, सुटिङ, जुडो र पाौडी खेलमा सहभागिता जनाउँदैछ । ३२ औँ गृष्मकालीन ओलम्पिकमा एथ्लेटिक्समा सरस्वती चौधरी, सुटिङमा कल्पना परियार, जुडोमा सोनिया भट्ट र पौडीमा गौरिका सिंह र एलेक्स शाहले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।एथ्लेटिक्सतर्फ नेपालकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दैछिन् । उनले एक सय मिटर दौडमा नेपालको चुनौती प्रस्तुत गर्न लागेकी हुन् । छोटो दूरीका धाविका चौधरी युनिभर्सालिटी कोटामा ओलम्पिक खेल्न लागेकी हुन् । उनी साउन १५ गते मैदानमा उत्रनेछिन् ।

    सुटिङमा कल्पना परियारले नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । उनले महिला १० मिटर एयर राइफलमा नेपालको चुनौती प्रस्तुत गर्ने भएकी हुन् । उनी वाइल्ड कार्ड प्राप्त गरेर टोकियो ओलम्पिकमा भाग लिन लागेकी हुन् । उनको खेल यही साउन ९ गते हुनेछ । उनले छनोट चरण पार गरे अन्तिम चरणको खेल पनि साउन ९ गते साँझ नै हुनेछ ।जुडोमा सोनिया भट्टले प्रतिस्पर्धा गर्नेछिन् । उनी पनि वाइल्ड कार्डको माध्यमबाट ओलम्पिकमा भाग लिन लागेकी हुन् । अन्तर्राष्ट्रिय जुडो महासङ्घले वरियताका आधारमा सोनियालाई ओलम्पिकमा सहभागिता जनाउन लागेको हो । १९ वर्षीय सोनियाले ४८ केजीमुुनि तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । उनको खेल पनि यही साउन ९ गते नै हुनेछ । पहिलो चरण पार गरे अन्य चरणको खेल पनि सोही दिन हुनेछ ।

    पौडीमा नेपालबाट एलेक्स शाहले र गौरिका सिंहले सहभागिता जनाउँदैछन् । दुवै खेलाडी युनिभर्सालिटी कोटा (विश्वव्यापी सहभागिता) बाट ओलम्पिक पुगेका हुन् । नेपाली पौडी खेलाडी एलेक्सले पुरुष सय मिटर फ्रिस्टाइलमा नेपालको प्रतिनिधित्व गर्नेछन् । उनले साउन १२ गते पुरुष एक सय मिटर फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्नेछन् । एलेक्सले हिट चरण पार गर्न सकेमा साउन १३ गते अर्काे खेल तथा त्यसमा पनि सफल भएको अवस्थामा फाइनल चरण साउन १४ गते प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै जलपरी गौरिकाले महिला एक सय मिटर फ्रिस्टाइलमा चुनौती प्रस्तुत गर्नेछिन् । उनले अघिल्लो संस्करणको ओलम्पिक खेलमा सबैभन्दा कम उमेरकी खेलाडी बनेर चर्चा कमाएकी थिइन् । गौरीकाले यही साउन १३ गते महिला १०० मिटर फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्नेछिन् ।

    समग्रमा हेर्ने हो भने नेपालले ओलम्पिक खेलमा खासै उल्लेखनीय प्रदर्शन गर्न सकेको छैन । नेपालको प्रतिस्पर्धा भनेको सहभागितामा मात्र सीमित बनेको छ । ओलम्पिकमा नेपालले खेलेको १४ संस्करणसम्मको खेलको इतिहासलाई हेर्दा कुनै उपलब्धि हासिल गर्न सकेको छैन नेपालले सन् १९६४ मा जापानको टोकियोमै भएको १८औँ संस्करणको खेलबाट ओलम्पिक यात्रा शुरु गरेको थियो । हालसम्म नेपालका ८५ खेलाडीले ओलम्पिकमा सहभागिता जनाइसकेका छन् । तर कुनै पनि खेलाडीले आधिकारिक पदक हात पार्न सकेका छैनन् ।

    यद्यपि नेपालका तेक्वान्दो खेलाडी दीपक विष्ट र सङ्गीना वैद्यले भने ओलम्पिक खेलको छनोट प्रतियोगिता पार गरेका छन् । ओलम्पिकमा नेपालबाट हालसम्म आठ खेलमा प्रतिनिधित्व भएको छ । एथ्लेटिक्स, बक्सिङ, पौडी, तेक्वान्दो, भारोत्तोलन, सुटिङ, जुडो र आर्चरी खेलबाट नेपालले प्रतिनिधित्व गरेको हो । त्यसमध्ये ओलम्पिक यात्रा शुरु गरेयता एथ्लेटिक्स खेलको सहभागिता भने हालसम्म टुटेको छैन । यसपटकको ओलम्पिकमा पनि नेपाली टोलीको लक्ष्य भनेको पदकभन्दा पनि आफ्नो व्यक्तिगत प्रदर्शन सुधार गर्नु नै हुनेछ । ओलम्पिक खेलका लागि पौडी, सुटिङ र जुडोका खेलाडी जापानको टोकियो पुगिसकेका छन् भने एथ्लेटिक्स टोली यही साउन ९ गते जापान प्रस्थान गर्नेछन् ।रासस


    श्रावण ६, २०७८ बुधवार १९:१८:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ओलम्पिक खेल
  • रियल मड्रिडका फरवार्ड बेन्जेमालाई कोरोना संक्रमण

    श्रावण ९

  • 140
    SHARES
  • रियल मड्रिडका फरवार्ड बेन्जेमालाई कोरोना संक्रमण

    काठमाडौं - विश्व चर्चित फुटबल खेलाडी तथा रियल मड्रिडका फरवार्ड करिम बेन्जेमालाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । 

    उनलाई कोरोना पोजेटिभ देखिएको बारे उनकै क्लब रियल मड्रिडले विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो । 

    कोरोना रिपोर्ट पोजेटिभ आएपछि बेन्जेमा आइसोलेसनमा रहेको क्लबले जनाएको छ ।  युरो कप २०२० मा उनी फ्रान्सेली टिमबाट खेलेका थिए । 
     


    श्रावण ९, २०७८ शनिवार ०८:३५:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # करिम बेन्जेमा
  • टोकियो ओलम्पिक : नेपाली खेलाडी कल्पनाले बनाइन् राष्ट्रिय कीर्तिमान

    श्रावण ९

  • 274
    SHARES
  • टोकियो ओलम्पिक : नेपाली खेलाडी कल्पनाले बनाइन् राष्ट्रिय कीर्तिमान

    काठमाडौँ – जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ ।

    परियारले महिला १० मिटर एयर राइफल स्पर्धाअन्तर्गत केहीबेर अघि भएको खेलमा ६१६ दशमलव आठ अङ्क बनाउँदै राष्ट्रिय कीर्तिमान बनाउनुभएको हो । सो क्रममा उहाँले पहिलो सिरिजमा १०२ दशमलव दुई, दोस्रोमा १०५ दशमलव चार, तेस्रोमा १०१ दशमलव ०, चौथोमा १०४ दशमलव एक, पाँचौँमा १०३ दशमलव चार तथा छैटौँ सिरिजमा १०० दशमलव सात अङ्क जोड्नुभयो ।

    परियारले यसअघि नेपालमा भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा ६१४ दशमलव पाँच अङ्क बनाउनुभएको थियो । त्यो बेला पनि परियारले महिला १० मिटर एयर राइफलतर्फ राष्ट्रिय कीर्तिमान बनाउनुभएको थियो । परियार सागमा चौथो हुनुभएको थियो । उहाँ टोकियो ओलम्पिकमा छनोट चरणमा ५० खेलाडीमध्ये ४६औँ स्थानमा रहनुका साथै प्रतियोगिताबाट बाहिरिनुभएको छ ।

    परियारले प्रतिस्पर्धा गरेको समूहबाट आठ खेलाडी फाइनल चरणमा प्रवेश गरेका छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी खेलाडी उहाँ वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट हुनुभएको हो । सो समूहमा नर्वेकी खेलाडी ६३२ दशमलव नौ अङ्कका साथ पहिलो, कोरियन खेलाडी ६३१ दशमलव सात अङ्कसहित दोस्रो तथा अमेरिकी खेलाडी ६३१ दशमलव चार अङ्कका साथ तेस्रो हुनुभयो ।

    टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह, एथलेटिक्सकी सरस्वती चौधरी तथा जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्न बाँकी नै छ । सिंहले महिला १०० मिटर फ्रि स्टाइल, शाहले पुरुष १०० मिटर फ्रि स्टाइल, भट्टले महिला ४८ किलो तौल समूह तथा चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नुहुनेछ । टोकियो ओलम्पिक यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ ।रासस


    श्रावण ९, २०७८ शनिवार ०९:२३:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # टोकियो ओलम्पिक
  • टोकियो ओलम्पिक : जुडोकी सोनिया रुसी खेलाडीसित एक मिनेट १६ सेकेण्डमै पराजित

    श्रावण ९

  • 186
    SHARES
  • टोकियो ओलम्पिक : जुडोकी सोनिया रुसी खेलाडीसित एक मिनेट १६ सेकेण्डमै पराजित

    काठमाडौँ - जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित हुनुभएको छ । केहीबेर अघि सम्पन्न खेलमा भट्टले राउण्ड अफ ३२ अन्तर्गत महिला ४८ किलो तौल समूहमा रुसी खेलाडी इरिना डोल्गोभासँग हार बेहोर्नुपरेको हो । 

    जुडोको विश्व बरियतामा नेपालकी १९ वर्षीया भट्ट १२७औँ स्थानकी खेलाडी हुन् भने रुसकी डोल्गोभा विश्व बरियताको नवौँ स्थानमा रहनुभएको छ । भट्टले डोल्गोभासित इप्पोनको आधारमा पराजय बेहोर्नुपरेको हो ।

    भट्टले सो खेलमा विपक्षी खेलाडसित एक मिनेट १६ सेकेण्डसम्म मात्र भिड्न सक्नुभयो । उहाँ वाइल्ड कार्डमार्फत टोकियो ओलम्पिकमा छनोट हुनुभएको हो । भट्टले २०७६ मङ्सिरमा नेपालमै भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा महिला ४८ किलोमुनिको तौलमा कास्य पदक प्राप्त गर्नुभएको थियो ।

    आजै भएको सुटिङ स्पर्धामा नेपालकी कल्पना परियारले पनि पराजय बेहोर्नुपरेको थियो । टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ । सिंहले महिला १०० मिटर फ्रि स्टाइल, शाहले पुरुष १०० मिटर फ्रि स्टाइल र चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नुहुनेछ ।रासस


    श्रावण ९, २०७८ शनिवार १०:५८:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # टोकियो ओलम्पिक
  • images
    ताजा खबर