• Jun 18 2021 | २०७८, आषाढ ४गते

२०७८, आषाढ ४गते

मोटोपनले हैरान हुनुहुन्छ ? केरा खानुका यस्ता छन् फाइदा 

बैशाख १९ २०७८
  • 1.6K
    SHARES
  • मोटोपनले हैरान हुनुहुन्छ ? केरा खानुका यस्ता छन् फाइदा 

    काठमाडौं - केरा एक स्वादिष्ट फल हो । हाम्रो स्वास्थ्यको लागि फाइदाजनक मानिने केराले औषधिको रुपमा पनि काम गर्छ । यसको नियमित सेवनबाट स्वास्थ्यसम्बन्धी कतिपय  रोगबाट बच्न सकिन्छ । 

    यसमा पाइने भिटामिन सी, भिटामिन बी, रिवोफ्लाबिन, फोलेट, प्यान्टोथेनिक एसिड र नियासिन लगायतका तत्वहरु पाइन्छ । यस्तै पोटासियम, म्यांगानिज, म्याग्नेसियम, तामाजस्ता खनिजहरु पनि पाइन्छ । 

    तौल घटाउँछ वा बढाउन - केराले हाम्रो तौल घटाउन वा बढाउन सहयोग पुर्याउछ । केरामा प्रशस्त फाइबर हुने हुनाले पचाउँन सहयोग पुर्याउछ । जसले गर्दा मोटोपन कम हुँदै जान्छ । यस्तै यसले मोटोपन बढाउन पनि सहयोग गर्छ । 

    तौल बढाउन दूधसँग केरा खानुपर्छ । दूधले आवश्यक प्रोटीन दिन्छ भने केराले चिनिको मात्रा पुरा गर्छ । जसले सजिलै  पच्ने भएकाले कम तौल भएको मानिसले दैनिक ५–६ कोसा केरा खानाले करिब ६ सय क्यालोरीसम्म प्राप्त हुन्छ।

    कब्जियतबाट टाढा राख्छ - केराले कब्जियत हुनबाट बचाउछ । केरा खानाले दिसा सजिलो बनाउछ । यसले पाचन प्रणाली पनि सुधार्ने काम गर्छ ।

    हड्डी बलियो बनाउने केराले हड्डी बलियो बनाउन सहयोग पुर्याउछ । यसमा फ्रुक्टोलिगोस्याचिराइड हुने भएकाले हड्डी मजबूत बनाउन सहयोग गर्छ ।

    रक्तसञ्चारलाई सहज - केराको सेवनले रक्तसञ्चारलाई सहज  बनाउछ । यसमा पाइने म्याग्नेसियमले रक्तसञ्चारलाई सजिलो बनाउछ ।रामा पाइने आइरन तत्वले रगतमा हेमोग्लोबिनको उत्पादन बढाउँछ र रक्तअल्पताबाट पनि बचाउन सहयोग गर्छ ।

    पेटको समस्या समाधान - केराको सेवन गर्ने गरेमा पेटको अम्लीयपन नष्ट हुन्छ । पखला लागेमा पनि दही र केरा खानाले रोक्न सहयोग हुन्छ । 

    यसको गुदिमा बढी मात्रामा केरोटेनाइड्स पाइने हुनाले क्यान्सर, मुटु र मधुमेहबाट बचाउँछ ।
     


    बैशाख १९, २०७८ आइतवार २१:४०:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केरा
  • अर्कोसमाचार

    अनुहारमा लगाउनै नहुने यी १० चिज

  • 1.8K
    SHARES
  • अनुहारमा लगाउनै नहुने यी १० चिज

    काठमाडौँ।  घाँटीदेखि माथि नाक, मुख, आँखासहितका  अङ्ग समेत टाउकाको अगाडिको भागलाई अनुहार भनिन्छ। कुनै पनि व्यक्तिको पहिचान तथा परिचयका लागि अनुहारले महत्वपूर्ण भूमिका खेल्दछ। अनुहारले नै हो, मानिसको व्यक्तिवलाई सकारात्मक र नकारात्मक प्रभाव पार्ने। 

    यदि व्यक्तिको अनुहारमा थुप्रै दाग, पोतो, डण्डीफोर छन् भने यसले उसको मानसिक स्वास्थ्यमा पनि नकारात्मक असर गर्ने गर्छ। यस्ता व्यक्तिहरु आफ्नो अनुहारलाई लिएर धेरै संवेदनशील हुने गर्छन्। जसकारण सामाजिक भेटघाटमा नजाने, एक्लै बस्ने, साथीभाइ नभेट्ने अनि अन्ततः डिप्रेसनको सिकार हुने गर्दछन्। 

    त्यसैगरी, यस्ता समस्याबाट मुक्ति पाउन उनीहरुले चिकित्सकको परामर्श बिना अनेकौँ रसायन उक्त क्रिम, पाउडरदेखि लिएर अन्य थुप्रै घरेलु उपचारको सहारा लिन थाल्छन्। जसले अनुहारको छालालाई प्रत्यक्ष र अप्रत्यक्षरुपमा थुप्रै नोक्सानी पुर्याइरहेको हुन्छ।  

    जानिराखौँ अनुहारमा लगाउनै नहुने १० चिज

    साबुन र स्याम्फू  –  साबुन र स्याम्फूमा सल्फेट भन्ने रसायानिक पर्दाथ पाइन्छ। यस पदार्थले फिज निकाल्ने काम गर्छ। यदि साबुन वा स्याम्फू अनुहारमा लगाइयो भने यसले अनुहारको चिल्लोपनलाई सुख्खा बनाउँछ ।  साथै अनुहारको चिल्लोपनालाई घटाई छालाको पीएचको मात्रालाई पनि गडबड गर्दिन्छ, जसले अनुहारको छालामा अन्ततः क्षति पुग्दछ।    

    धेरै तातो र चिसो पानी – अनुहारमा धेरै तातो पानी पनि प्रयोग गर्नुहुँदैन। यसले छालामा भएको पिएच मात्रालाई कम गरी छालामा भएको चिल्लोपन वा मोइस्चरलाई पनि कम गर्दछ।  जसले छाला सुख्खा र फुस्रो हुने गर्दछ। त्यसैगरी, धेरै चिसो पानी पनि अनुहारमा प्रयोग गर्नु हुँदैन। त्यसैले, अनुहारलाई मनतातो पानी वा  ठिक्क चिसो पानीले मुख धुँदा उपयुक्त हुन्छ।    

    स्टेरोइड भएका क्रिम – बजारमा पाईने स्टेरोइड भएका क्रिम वा मल्हमहरुको लामो समयसम्म प्रयोग गर्नाले यसले छालालाई पातलो बनाई मुखको छालालाई संवेदनशील बनाउँछ र रगतका नसाहरु देखिएर मुख रातो हुने गर्दछ । त्यसैले, स्टेरोइड भएका क्रिमहरु प्रयोग गर्दा धेरै सावाधानी अपानाउनु पर्ने हुन्छ। 
     
    कागती – घरेलु उपचार गर्न धेरै मानिसहरुले कागतीको रसलाई अनुहारमा लगाउने गर्छन्। कागतीको रसमा भिटामिन ’सी’ को मात्रा बढी हुन्छ र यसको रस मुखमा लगाउँदा यसले छालालाई नकारात्मक असर पुर्याउँछ। जब कागतीको रस लगाएको अनुहार सूूर्यको प्रकाशको सम्पर्कमा आउँछ, यसले रियाक्सन गर्दै एलर्जी हुने गर्दछ। र यस्ता एलर्जीका दागहरु लामो समयसाम्म अनुहारमा बस्ने गर्दछ।  

    बडीलोसन वा  बडी मोइस्चराइजर – बजारमा पाइने बडीलोसन तथा मोइस्चराइजर पनि अनुहारमा धेरै लगाउँनु हुँदैन। यी उत्पादनहरु विशेषगरी जिउँका लागि बनाइएको हुन्छ र  यसमा भएका थुप्रै रासायनिक पदार्थले अनुहारको छालालाई जर्रो, सुख्खा बनाउँछ। जुन, छालाको लागि पनि त्यति फाइदाजनक हुँदैन।  

    नरिवलको तेल –  विशेषगरी जसको छाला सुख्खा छ, उसले नरिवलको तेल लगाउनु केहि हद सम्म राम्रो पनि हुन्छ । धेरै छाला रोग विशेषगज्ञहरुले यसको सल्लाह पनि दिने गर्छन। तर, नरिवलको तेल मुखमा लगाउनु उत्तम मानिँदैन, विशेषगरी जसलाई डण्डीफोरको समस्या छ र जसको अनुहारको छालामा चिल्लोपन आउँछ, त्यस्ता व्यक्तिले नरिवलको तेल अनुहारमा लगाउनु हुँदैन। नरिवलको तेल अनुहारका लागि बाक्लो हुन्छ र यसले चिल्लोपन निस्कासित गर्ने ग्रंथीहरुलाई रोकिदिन्छ।  

    परफ्युम र हेयर स्प्रे –  परफ्युम र हेयर स्प्रेमा पाइने केमिकलहरुले गर्दा मुुखको छालालाई असर गर्ने गर्छ।  यसमा भएको झोल पर्दाथले छालाको तेल निस्कासित गर्ने ग्रथीहरुलाई ब्लक गर्दिन्छ र डण्डीफोरको समस्या भएका बिरामीहरुलाई नराम्रो असर गर्दछ।  

    पेट्रोलियम जेली –  नरिवलको तेल जस्तै पेट्रोलियम जेली अनुहारमा लगाउनु त्यति उचित वा उपयुक्त हुँदैन। यसले नरिवलको तेल जस्तै अनुहारमा भएका तेल निकाल्ने ग्रन्थीहरुलाई ब्लक गर्दिन्छ र चिल्लो अनुहार भएका व्यत्तिहरुको लागि यसले नराम्रो असर गर्छ। 

    हेयर कलर – हेयर कलरमा एलर्जी गराउने तत्वहरु हुन्छ जसले गर्दा हाम्रो आँखाको वरीपरी एलर्जी हुन्छ । 

    टुथपेस्ट – टुथपेस्टमा पाइने रासायनिक पदार्थमा अनुहारको छालामा कालो दाग बनाउने पदार्थ हुन्छ। जुन लामो समयसम्म रहन्छ।


    बैशाख ९, २०७८ बिहिवार १३:३७:२९ बजे : प्रकाशित

    मोटोपनले हैरान हुनुहुन्छ ? केरा खानुका यस्ता छन् फाइदा 

    बैशाख १९

  • 1.6K
    SHARES
  • मोटोपनले हैरान हुनुहुन्छ ? केरा खानुका यस्ता छन् फाइदा 

    काठमाडौं - केरा एक स्वादिष्ट फल हो । हाम्रो स्वास्थ्यको लागि फाइदाजनक मानिने केराले औषधिको रुपमा पनि काम गर्छ । यसको नियमित सेवनबाट स्वास्थ्यसम्बन्धी कतिपय  रोगबाट बच्न सकिन्छ । 

    यसमा पाइने भिटामिन सी, भिटामिन बी, रिवोफ्लाबिन, फोलेट, प्यान्टोथेनिक एसिड र नियासिन लगायतका तत्वहरु पाइन्छ । यस्तै पोटासियम, म्यांगानिज, म्याग्नेसियम, तामाजस्ता खनिजहरु पनि पाइन्छ । 

    तौल घटाउँछ वा बढाउन - केराले हाम्रो तौल घटाउन वा बढाउन सहयोग पुर्याउछ । केरामा प्रशस्त फाइबर हुने हुनाले पचाउँन सहयोग पुर्याउछ । जसले गर्दा मोटोपन कम हुँदै जान्छ । यस्तै यसले मोटोपन बढाउन पनि सहयोग गर्छ । 

    तौल बढाउन दूधसँग केरा खानुपर्छ । दूधले आवश्यक प्रोटीन दिन्छ भने केराले चिनिको मात्रा पुरा गर्छ । जसले सजिलै  पच्ने भएकाले कम तौल भएको मानिसले दैनिक ५–६ कोसा केरा खानाले करिब ६ सय क्यालोरीसम्म प्राप्त हुन्छ।

    कब्जियतबाट टाढा राख्छ - केराले कब्जियत हुनबाट बचाउछ । केरा खानाले दिसा सजिलो बनाउछ । यसले पाचन प्रणाली पनि सुधार्ने काम गर्छ ।

    हड्डी बलियो बनाउने केराले हड्डी बलियो बनाउन सहयोग पुर्याउछ । यसमा फ्रुक्टोलिगोस्याचिराइड हुने भएकाले हड्डी मजबूत बनाउन सहयोग गर्छ ।

    रक्तसञ्चारलाई सहज - केराको सेवनले रक्तसञ्चारलाई सहज  बनाउछ । यसमा पाइने म्याग्नेसियमले रक्तसञ्चारलाई सजिलो बनाउछ ।रामा पाइने आइरन तत्वले रगतमा हेमोग्लोबिनको उत्पादन बढाउँछ र रक्तअल्पताबाट पनि बचाउन सहयोग गर्छ ।

    पेटको समस्या समाधान - केराको सेवन गर्ने गरेमा पेटको अम्लीयपन नष्ट हुन्छ । पखला लागेमा पनि दही र केरा खानाले रोक्न सहयोग हुन्छ । 

    यसको गुदिमा बढी मात्रामा केरोटेनाइड्स पाइने हुनाले क्यान्सर, मुटु र मधुमेहबाट बचाउँछ ।
     


    बैशाख १९, २०७८ आइतवार २१:४०:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केरा
  • छुँदा पोल्ने सिस्नु खाँनुका यस्ता छन् फाइदै फाइदा

    जेठ ४

  • 1.1K
    SHARES
  • छुँदा पोल्ने सिस्नु खाँनुका यस्ता छन् फाइदै फाइदा

    काठमाडौं – पहाडी भुभागमा सजिलै पाइने तरकारी हो सिस्नु । छुँदा पोल्ने सिस्नुको तरकारी खाँदा हाम्रो स्वास्थ्यलाई धेरै फाइदा गर्छ । 

    झुपडीदेखी पाँचतारे होटेलसम्म पकाइने सिस्नुमा धेरै औषधिय गुण हुन्छ । यसको पात र जराको तरकारी रुपमा मात्रै होइन सुप, चिया, जुस, औषधिको रुपमा पनि प्रयोग गरिन्छ । 

    यसमा भिटामिन ए,भिटामिन सी, भिटामिन डी लौहतत्व, पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थ पाइन्छ । 

    यस्ता छन् फाइदा

    - कपाल झर्ने समस्या र डन्डिफोर, दादको समस्या पनि समाधान गर्छ । साथै कपाल सिल्की बनाउछ । 

    - हाडजोर्नी दुख्ने समस्या छ भने यसको झोल पिउनाले ठिक हुन्छ । 

    - सिस्नोको परिकार नियमित खानाले जिउ दुख्ने समस्या हट्छ । 

    - यसको सेबनले शरीरमा हुने कुनै किसिमको एलर्जी हुदैन । 

    - यसले मधुमेह र मुटुरोगबाट पनि बचाउछ । 

    - सिस्नोले उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ। 

    - पिसाब संक्रमण हुनेहरूको लागि फाइदानजक छ।  

    - नयाँ रगत बन्नका लागि महत्वपूर्ण भूमिका खेल्छ । 
     


    जेठ ४, २०७८ मंगलवार २२:०९:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सिस्नु
  • निचोरेर नफाल्नुहोस् कागतीको बोक्रा, यस्ता छन् फाइदा 

    जेठ १०

  • 1.4K
    SHARES
  • निचोरेर नफाल्नुहोस् कागतीको बोक्रा, यस्ता छन् फाइदा 

    काठमाडौं - हाम्रो घर वरीपरी र बजारमा कागती सजिलै पाइन्छ । प्रशस्त भिटामिन ‘सी’ पाइने कागतीको सेवनले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुर्याउछ । यसमा भिटामित सी, भिटामिन ए, बिटा क्यारोटिन पाइन्छ । हामिले कागतीको रस मात्र निचोरेर सेवन गर्ने गर्छौ । तर निचोरेर फालिने बोक्राका पनि धेरै फाइदा छन् । 

    कागतीको बोक्रामा क्याल्सियम, म्याग्नेसियम, फोस्फोरस, पोटासियम हुने गर्छ । जसले हाम्रो छालालाई पनि सुन्दर बनाउन सहयोग गर्छ ।  

    भाडा डढेको दाग मेटाउन कहिलेकाही खाना पकाउदा भाँडा डढ्न सक्छ । खाना डढेर कुकर वा कुनै भाँडा कालो भएको छ भने मन तातो पानीमा निचोरेको कागतीलाई केही बेर डुबाउने र त्यसले रगेटेर माझ्नाले डढेको दाग हट्छ ।

    यस्ते कागतीको बोक्राको पेस्टलाई थोरै चिनी र नरिबलको तेलमा मिलाएर बनाइएको लेपन अनुहारमा लगाएमा छाला नरम र सुन्दर हुन्छ । कागतीको बोक्राले क्यान्सरबाट पनि जोगाउछ । 

    निकै चिल्लो तथा मसलादार खाना खाँदा हातमा लागेको चिल्लो हटाउन कागती पानीले मद्धत गर्ने गर्छ ।  

    कपडामा चमकपन ल्याउन सेतो लुगामा कालो वा अन्य टाटो लागेर हैरान हुनहुन्छ भने पनि यसको उपाय छ । यसरी फालिएको कागतीलाई पानीमा निचोरेर लुगालाई १५ मिनेट छोडिदिनुस् । तयसपछि लुगालाई साबुन पानीले भुनुहोस । लुगामा चमक आउँछ ।


    जेठ १०, २०७८ सोमवार २२:२०:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कागतीको बोक्रा
  • उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर लगायतका रोगबाट बच्न खानुहोस् फर्सीका मुन्टा

    जेठ १६

  • 1.0K
    SHARES
  • उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर लगायतका रोगबाट बच्न खानुहोस् फर्सीका मुन्टा

    काठमाडौँ - करेसावारी र बजारमा विभिन्न प्रजातीका सागहरु सजिलै पाइन्छ। सबै प्रजातीका सागहरु स्वास्थ्यको लागि फाइदाजनक नै हुन्छन् । तर फर्सीको पातको सागबाट हामिले धेरै तत्वहरु प्राप्त गर्न सकिन्छ । 

    फर्सीको मुन्टोमा भिटामिन ई, सी, ए, बी ६, पोटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन, म्याग्नेशियम, आइरन, फाइबर, फस्फोरस लगायतका खनिज पदार्थ पाइन्छ । युएसडीए नेशनल न्युट्रिएन्टको अध्ययन अनुसार फर्सीको पातमा यति धेरै गुणहरु हुन्छ र यसले विभिन्न खतरनाक रोग हुनबाट पनि बचाउँछ । 

    तपाईले फर्सीको पातलाई नियमित भोजनमा समावेश गर्नु भएमा उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर जस्ता खतरनाक रोगबाट सुरक्षीत रहन सकिन्छ ।फर्सीको पातमा एन्टी–अक्सीडेन्ट पाइन्छ । फर्सीको पातमा भिटामिन ए प्रसस्त मात्रामा पाइन्छ । 

    जसले आँखालाई स्वस्थ राख्न सहयोग गर्छ । फर्सीको पातमा पाइने फाइबरले शरीरमा भएको क्यान्सर कोषीकाहरुलाई रोक्न सहयोग पुर्याउँछ । यसको सेवनले प्रजनन क्षमतामा वृद्धि गर्छ । 

    फर्सीको पातमा पाइने पोटासियमले तपाईको पाचन प्रणालीलाई स्वस्थ राख्छ । यस्तै उच्च रक्तचापलाई पनि नियन्त्रण गर्छ । यसमा पर्याप्त मात्रामा भिटामीन सी पाइने भएकाले छालाको सुन्दरता बढाउछ । मधुमेह रोगबाट राहत पाउनका लागि फर्सीको पातको साग खानु राम्रो हुन्छ । 


    जेठ १६, २०७८ आइतवार २२:१२:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # फर्सीका मुन्टा
  • फलको राजा आँपका यस्ता छन् फाइदै फाइदा, यौन क्षमता बढाउनेदेखि क्यान्सरबाट छुटकारा

    जेठ १८

  • 1.3K
    SHARES
  • फलको राजा आँपका यस्ता छन् फाइदै फाइदा, यौन क्षमता बढाउनेदेखि क्यान्सरबाट छुटकारा

    काठमाडौं - गर्मी मौसममा सजिलै पाइने फल हो हाँप । यसलाई स्वाद र स्वास्थ्यका दृष्टिले फलको राजा पनि भन्ने गरिन्छ । आँपमा प्रशस्त पानी पाइन्छ । 

    एउटा आँपमा मात्र ८६ प्रतिशत पानी पाइन्छ । यस्तै यसमा भिटामिन ए, भिटामिन सी का साथै कपर, जिंक, मिनरल्स, फाइबर लगायतका धेरै तत्वहरु पनि पाइन्छ । 

    पोको आँपमा सोडियम, पोटासियम, ताम्र, गन्धक, म्याग्नेसियम, क्लोरोन तथा नियासिन पनि पाइन्छ । हामिले आँपको नियमित सेवन गरेमा शरीरलाई धेरै फाइदा गर्छ । आँप एन्टिअक्सिडेन्टयुक्त हुने भएकाले विभिन्न राृगबाट बच्न यसले सहयोग पुर्याउछ ।

    aap.jpg

    आँप खानुका यस्ता छन् फाइदाहरु

    एन्टिअक्सिडेन्टयुक्त - आँपमा एन्टिअक्सिडेन्टयुक्त हसन्छ । जसले कोषलाई पुनजीर्वन दिन सहयोग गर्छ।  

    कोलेस्ट्रेरोल नियन्त्रण - आँपमा फाइबर र भिटामिन सी पाइन्छ । जसले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न सहयोग गर्छ । 

    रोगप्रतिरोधी - आँपमा रोगप्रतिरोधी पनि हुन्छ । यसमा २५ प्रकारका क्यारोटेनोइड्स हुन्छन् र तिनीहरुमा उच्च मात्रामा भिटामिन सि हुन्५ । 

    आँखा तेजिलो - आँपमा भिटामिन ए पाइने हुनाले आँखाको लागि फाइदाजनक हुन्छ । यसको सेवनले आँखा तेजिलो हुन्छ भने आँखाको समस्या पनि हुँदैन । 

    यौन क्षमता बढाउने - आँपले यौन क्षमता बढाउन सहयोग गर्छ । यसमा भिटामिन ई पाइने हुनाले यसले मानिसमा यौनक्षमता बढाउन मद्दत गर्छ। 

    शरीरमा रगत बढाउन - आँपको सेवनले शरिरमा रगत पनि बढ्छ । यसमा प्रशस्त मात्रामा आइरन पाइने हुनाले शरीरमा रगत बढाउनुका साथै एनिमियाको समस्याबाट टाढा राख्छ । 

    क्यान्सरबाट बचाउछ - आँप एन्टिअक्सिडेन्टयुक्त हुने हुनाले विभिन्न क्यान्सरबाट बचाउँछ । यसको सेवनले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर कोलोन क्यान्सर तथा ल्युकेमियाबाट बचाउछ।

    अन्य फाइदाहरु - आँपको सेवनले मधुमेह रोक्न मद्दत गर्छ। पेटमा हुने कब्जियत, एसिडिटी तथा ग्याँस्ट्राइटिसको समस्याबाट छुटकारा मिल्छ। मुटु सम्बन्धी समस्याबाट बच्न सकिन्छ।
     
     


    जेठ १८, २०७८ मंगलवार २२:१८:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आँप
  • images
    images
    ताजा खबर