• May 17 2021 | २०७८, जेठ ३गते

२०७८, जेठ ३गते

कोरोना महामारीमा सचिन तेन्दुलकरको ठुलो सहयोग, सरकारलाई दिए १ करोड

बैशाख २० २०७८
  • 696
    SHARES
  • कोरोना महामारीमा सचिन तेन्दुलकरको ठुलो सहयोग, सरकारलाई दिए १ करोड

    काठमाडौं - भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तिव्र गतिमा बढी रहेको छ । अस्पतालमा अक्सिजन र शैयाको अभावले संक्रमितको ज्यान गइरहेको छ । 

    यसैबीच भारतका चर्चित क्रिकेटर सचिन तेन्दुलकरले सहयोगको हात बढाएका छन् । कोरोना महामारीको अवस्थामा सरकारलाई १ करोड रुपैयाँ दान गरेका हुन् । 

    आफुले सहयोग गरेको रकमबाट ‘अक्सिजन कन्सन्ट्रेटर’ किनेमा बिरामीको उपचारमा सहयोग हुने तेन्दुलकरले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । 

    यसअघि इन्डियन प्रिमियर लिगको टोली राजस्थान रोयल्सले पनि ७.५ करोडको सहयोग गरिसकेको छ । 


    बैशाख २०, २०७८ सोमवार २१:३१:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सचिन तेन्दुलकर
  • अर्कोसमाचार

    इटालीयन सिरी ए : युभेन्टसको सानदार जित, रोनाल्डोको गोल

    जेठ २

  • 360
    SHARES
  • इटालीयन सिरी ए : युभेन्टसको सानदार जित, रोनाल्डोको गोल

    काठमाडौँ - शनिवार इटालीयन सिरी ए अन्तर्गत भएको खेलमा युभेन्टसले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा युभेन्टसले इन्टरलाई ३-२ गोलले पराजित गरेको हो । उक्त खेलमा युभेन्टसका लागि जुआन क्वाडराडोले २ गोल गरे भने क्रिस्टियानो रोनाल्डोले एक गोल गरे । 

    यस्तै इन्टरका लागि लुकाकुले एक गोल गरे । उक्त खेलको २३ औं मिनेटमा रोनाल्डोले गोल गरी युभेन्टसलाई अग्रता दिलाए । त्यसपछि खेलको ३३ औं मिनेटमा इन्टरका लुकाकुले गोल गरी टिमलाई बराबरीमा पुर्याए । 

    त्यसपछि पहिलो हाफको अन्तिम तेस्रो मिनेटमा युभेन्टसका क्वाडराडोले गोल गरे । त्यसपछि खेलको ८३ औं मिनेटमा इन्टरले एक उपहार गोल पायो । युभेन्टसका खेलाडीले आफ्नै पोष्टमा गोल गरे । 

    त्यसपछि खेलको ८८ औं मिनेटमा युभेन्टसले पेनाल्टी पायो । उक्त पेनाल्टीमा युभेन्टसका क्वाडराडोले गोल गरे । जितसँगै युभेन्टसले महत्त्वपूर्ण ३ अंक जोडेको छ । युभेन्टस ३७ खेलमा ७५ अंकसहित चौथो स्थानमा रहेको छ । यस्तै इन्टरको ३७ खेलमा ८८ अंक रहेको छ । 
     
     
     


    जेठ २, २०७८ आइतवार ०८:०४:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इटालीयन सिरी ए
  • लेस्टरले पहिलो पटक जित्यो एफए कपको उपाधि 

    जेठ २

  • 178
    SHARES
  • लेस्टरले पहिलो पटक जित्यो एफए कपको उपाधि 

    काठमाडौं - लेस्टर सिटीले एफए कपको उपाधि जितेको छ । शनिवार भएको खेलमा लेस्टर सिटीले लन्डन क्लब चेल्सीलाई पराजित गर्दै उपाधि जितेको हो । 

    उक्त खेलमा लेस्टरले चेल्सीलाई १-० गोलले पराजित गर्यो । उक्त खेलमा लेस्टरका युरीटिलेमान्सले गरेको गोल नै निर्णयक बन्यो । 

    उनले खेलको ६३ औं मिनेटमा गोल गरी लेस्टरलाई उपाधि दिलाए । उनले ३० यार्ड टाढाबाट हानेको गोलमा परिणत भयो । लेस्टरले एफए कपको उपाधि जितेको यो पहिलो पटक हो । 

     


    जेठ २, २०७८ आइतवार ०८:२८:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एफए कप
  • फ्रेन्च लिग वान : नेयमार र एमबाप्पेको गोलमा पीएसजीको जित 

    जेठ ३

  • 142
    SHARES
  • फ्रेन्च लिग वान : नेयमार र एमबाप्पेको गोलमा पीएसजीको जित 

    काठमाडौं - गए राति फ्रेन्च लिग वान अन्तर्गत भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा पीएसजीले रेइम्सलाई ४–० गोलले पराजित गरेको हो । उक्त खेलमा पीएसजीका लागि नेयमार, केलियन एमबाप्पे, मार्किन्हस र मोइस किनले एक एक गोल गरे । 

    उक्त खेलको १३औं मिनेटमा नेयमारले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको २४औं मिनेटमा एमबाप्पेले गोल गरे । 

    त्यसपछि खेलको ६८औं मिनेटमा मार्किन्हसले र ८९औ मिनेटमा सब्सिच्युट मोइस किनले गोल गरे । 

    यससँगै पीएसजी ३७ खेलबाट ७९ तथा शीर्षस्थानको लिलको ८० अंक रहेको छ । यस्तै पराजित भएको टिम रेइम्स ४२ अंक सहित १३औं स्थानमा रहेको छ ।
     


    जेठ ३, २०७८ सोमवार ०७:४५:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # फ्रेन्च लिग वान
  • स्पेनिस ला लिगा : नाचो चम्किँदा रियल म्याड्रिडको जित, उपाधि नजिक

    जेठ ३

  • 150
    SHARES
  • स्पेनिस ला लिगा : नाचो चम्किँदा रियल म्याड्रिडको जित, उपाधि नजिक

    काठमाडौं - गए राति स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा रियल म्याड्रिडले सानदार जित निकालेको छ ।

    निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा रियल म्याड्रिडले एथलेटिको बिल्वाओलाई १–० गोलले पराजित गरेको हो । 

    उक्त खेलमा रियलका लागि डिफेन्डर नाचो फर्नान्डेसले निर्णयक गोल गरे । उनले खेलको ६८औं मिनेटमा गोल गरे । त्यसपछि दुवै टिमबाट गोल हुन सकेन ।

    real madr.jpg

    खेलको ८९औं मिनेटमा बिल्वाओ १० खेलाडीमा समेटिएको थियो । सब्सिच्युट राहुल गार्सिया १० मिनेटको अन्तरमा दोहोरो पहेँलो कार्ड खाँएर मैदानाबाट बाहिर निस्किएका थिए । 
     
    जितसँगै रियल ८१ अंकसहित दोस्रो स्थानमा रहेको छ । यस्तै पराजित भएको बिल्वाओ ४६ अंकसहित नवौं स्थानमा रहेको छ ।


    जेठ ३, २०७८ सोमवार ०८:०३:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्पेनिस ला लिगा
  • स्पेनिस ला लिगा : सानदार जित निकाल्दै एटलेटिको म्याड्रिड शीर्षस्थानमा

    जेठ ३

  • 418
    SHARES
  • स्पेनिस ला लिगा : सानदार जित निकाल्दै एटलेटिको म्याड्रिड शीर्षस्थानमा

    काठमाडौं - गए राति स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा एटलेटिको म्याड्रिडले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा एटलेटिको म्याड्रिडले ओसासुनालाई २-१ गोलले पराजित गरेको हो । उक्त खेलको दोस्रो हाफको ७५ औं मिनेटमा ओसासुनाका आन्टे बुडिमिरले गोल गरी टिमलाई अग्रता दिलाए । 

    त्यसको ७ मिनेटपछि एटलेटिको म्याड्रिडका रेनान लोडीले गोल गरी टिमलाई बराबरीमा पुर्याए । त्यसपछि खेलको अन्तिम समयमा एटलेटिको म्याड्रिडका लुइस सुआरेजले गोल गरी टिमलाई जित दिलाए । जितसँगै एटलेटिको म्याड्रिड ८३ अंकसहित तालिकाको शीर्षस्थानमा रहेको छ । 
     


    जेठ ३, २०७८ सोमवार ०८:३२:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्पेनिस ला लिगा
  • वेष्टब्रमको पोष्टमा पुगेर लिभरपुलका गोलकिपरले गोल गरेपछि ...

    जेठ ३

  • 136
    SHARES
  • वेष्टब्रमको पोष्टमा पुगेर लिभरपुलका गोलकिपरले गोल गरेपछि ...

    काठमाडौं - गए राति इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा लिभरपुलले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा लिभरपुलले वेष्टब्रमलाई २–१ गोलले पराजित गरेको हो । उक्त खेलको ९० मिनेटसम्म खेल १–१ गोलको बराबरी भएको थियो ।

    तर खेलको अन्तिम थप गरिएको समयमा लिभरपुलका किपर बेकरले गोल गरी टिमलाई जित दिलाए । 

    खेल अन्तिममा पुगेपछि लिभरपुलका किपर बेकर वेष्टब्रमको पोष्टमा पुगेका थिए । सोही समयमा उनले गोल गरेका हुन् । जितसँगै लिभरपुल ६३ अंकसहित पाँचौ स्थानमा रहेको छ । 
     


    जेठ ३, २०७८ सोमवार ०९:१६:०९ बजे : प्रकाशित