• Jul 24 2021 | २०७८, श्रावण ९गते

२०७८, श्रावण ९गते

साउथ स्टार नागार्जुनका छोराले बलिउडमा डेब्यु गर्दै

बैशाख २१ २०७८
  • 1.1K
    SHARES
  • साउथ स्टार नागार्जुनका छोराले बलिउडमा डेब्यु गर्दै

    काठमाडौं - साउथ फिल्मका चर्चित अभिनेता हुन् नागा चैतन्य । फिल्म जोश बाट फिल्म क्षेत्रमा प्रबेश गरेका चैतन्यले दोहचय, युद्धम शरणम, सव्यसाची और मजिली लगायतका धेरै फिल्ममा अभिनय गरिसकेका छन् । 

    अभिनेता अक्किनेनी नागार्जुनका छोरा समेत रहेका चैतन्य अब बलिउडमा डेब्यु गर्दैछन् । भारतिय मिडियाका अनुसार उनले आमिर खानको फिल्म लालसिंह चड्डामार्फत बलिउडमा डेब्यू गर्न लागेका हुन्। 

    फिल्ममा विजय सेतुपतिलाई ल्याउन भनिए पनि अब भने उनको स्थानमा चैतन्य आउने भएका छन् । भारतमा कोरोनाको दोस्रो लहर चलिरहेकाले लालसिंह चड्डा को सुटिङ भने अहिले रोकिएको छ । 

     


    बैशाख २१, २०७८ मंगलवार १३:१०:२७ बजे : प्रकाशित

    अर्कोसमाचार

    फेरि भगवानको भूमिकामा देखिदै अक्षयकुमार, फिल्मको सुटिङ अगस्टबाट गरिने

    श्रावण ६

  • 320
    SHARES
  • फेरि भगवानको भूमिकामा देखिदै अक्षयकुमार, फिल्मको सुटिङ अगस्टबाट गरिने

    काठमाडौं - बलिउडका चर्चित अभिनेता हुन् अक्षयकुमार । हरेक फिल्मबाट महंगो पारिश्रमिक बुझ्ने अक्षय पछिल्लो एकपछि अर्को फिल्ममा व्यस्त हुँदै गइरहेका छन् । यस्तै हालै उनको एक नयाँ खबर बाहिरिएको छ । 

    उनी फेरि एकपटक फिल्ममा भगवानको भूमिकामा देखिने भएका छन् । भारतिय मिडियाका अनुसार उनी फिल्म ‘ओ माई गड २’मा उनी दोस्रो पटक भगवानको भूमिकामा देखिने भएका हुन् । 

    akchya kumar.jpg

    केही सायअघिदेखि नै फिल्म ‘ओ माई गड २’को निकै चर्चा चलिरहेको थियो । यस पटक भने अक्षयकुमारसँग परेश रावल नदेखिने बताइएको छ । 

    रावलको स्थानमा पंकज त्रिपाठी आएको बताइएको छ । फिल्मका निर्देशकमा अमित राय रहनेछन् । यसअघिको पहिलो भागलाई उमेश शुक्लाले निर्देशन गरेका थिए । 

    फिल्ममा अक्षयकुमार, पंकज, यामी गौतम लगायतका कलाकारको भूमिका रहनेछ । फिल्मको सुटिङ भने अगस्टबाट गरिने बताइएको छ । 


    श्रावण ६, २०७८ बुधवार २१:०१:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अक्षयकुमार
  • शिल्पाका पतिको एकपछि अर्को रहस्य खुल्दै, अश्लील भिडियोबाटै दैनिक ६-७ लाख कमाउँने गरेको खुलासा

    श्रावण ७

  • 1.0K
    SHARES
  • शिल्पाका पतिको एकपछि अर्को रहस्य खुल्दै, अश्लील भिडियोबाटै दैनिक ६-७ लाख कमाउँने गरेको खुलासा

    काठमाडौं - अश्लील फिल्म बनाएको आरोपमा पति पक्राउ परेपछि अहिले अभिनेत्री शिल्पा शेट्टी निकै तनावमा छिन् । अश्लील फिल्म बनाएको भन्दै उनका पति राज कुन्द्रालाई सोमबार प्रहरीले पक्राउ गरेको थियो । 

    silpa raj.png

    अदालतले पनि राज कुन्द्रालाई जुलाई २३ तारिखसम्म हिरासतमा राख्न अनुमती दिइसकेको छ । यसैबीच राजबारे नयाँ कुराको खुलासा भएको छ । भारतिय मिडियाका अनुसार राजले अश्लील भिडियोको छायांकन भारतमा गर्ने र बेलायत पठाउने गरेको खुलासा भएको छ । 

    silpa kundra.jpg

    लण्डनमा बस्ने आफ्ना नातेदार प्रदिप बक्सीलाई राजले भिडियो पठाउने गरेको पनि बताइएको छ । उनले भिडियोबाटै ट दैनिक ६ देखि ७ लाख कमाउने गरेको पनि बताइएको छ ।

    अश्लील फिल्म बनाएको आरोपमा शिल्पाका पति पक्राउ परेपछि कंगनाले दिइन् यस्तो प्रतिक्रिया अश्लील फिल्म बनाएको आरोपमा शिल्पाका पति पक्राउ परेपछि कंगनाले दिइन् यस्तो प्रतिक्रिया

    मुम्बई क्राइम ब्रान्चका अफिसर्सका अनुसार उनले शुरुमा भिडियोबाट २ देखि ३ लाख कमाउने गरेको र पछि उनको कमाई बढेको बताइएको छ । 

    silpa kundra.jpg

    यस बिषयमा प्रहरीले अझै भित्रि कुरा खोतलिरहेको बताइएको छ । राजको वास्तविक कमाई कति भन्ने अझै टुंगोमा नपुगेको बताइएको छ । उनको कमाई बारे अझै प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    अश्लील फिल्म बनाएको आरोपमा पति पक्राउ परेपछि शिल्पा तनावमा, छाडिन् 'सुपर डान्सर' शो अश्लील फिल्म बनाएको आरोपमा पति पक्राउ परेपछि शिल्पा तनावमा, छाडिन् 'सुपर डान्सर' शो

     


    श्रावण ७, २०७८ बिहिवार १३:०९:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शिल्पा शेट्टी
  • 'सुपर डान्स' शोमा शिल्पाको स्थानमा राखियो करिश्मा कपुरलाई

    श्रावण ७

  • 678
    SHARES
  • 'सुपर डान्स' शोमा शिल्पाको स्थानमा राखियो करिश्मा कपुरलाई

    काठमाडौं - बलिउड अभिनेत्री शिल्पा शेट्टीले डान्स रियालिटी शो 'सुपर डान्सर च्याप्टर ४' को आउँदो एपिशोडमा नदेखिने भएकी छिन् । पति राज कुन्द्रा पक्राउ परेपछि तनावमा रहेकी शिल्पाले सुपर डान्सर मा जाने मन गरिनन् । 

    अब शोमा उनले स्थानमा करिश्मा कपुर आएकी छिन् । शोको निर्णायकमा रहेकी शिल्पाले मंगलबार हुनुपर्ने  सुटिङमा आइनन् । उनले शोमा आफु नआउने बताएपछि करिश्मालाई बोलाइएको बताइएको छ । 

    करिश्मा अब शोमा शिल्पाको स्थानमा नभई एउटा गेष्ट बनेर जाने बताइएको छ । उनी एक शोको लागि मात्र जाने बताइएको छ ।  आउँदो शोमा अब निर्णाकको रुपमा करिश्मा कपुर, गीता पुर र अनुराग देखिनेछन् । 

    शिल्पाका पति अहिले प्रहरीको हिरासतमा छन् । अश्लील फिल्म बनाएको आरोपमा सोमबार पक्राउ परेका राजलाई मुम्बईको एक अदालतले २३ जुलाईसम्म प्रहरी हिरासतमा पठाउन आदेश दिइसकेको छ । 

    silpa kundra.jpg


    श्रावण ७, २०७८ बिहिवार १४:१७:३६ बजे : प्रकाशित

    प्रियंका र निकले किनेको २ सय करोडको सुन्दर महलको चर्चा

    श्रावण ७

  • 890
    SHARES
  • प्रियंका र निकले किनेको २ सय करोडको सुन्दर महलको चर्चा

    काठमाडौं - बलिउडदेखि हलिउडसम्म चर्चा कमाएकी अभिनेत्री हुन् प्रियंका चोपडा । अमेरिकी गायक निक जोनससँग विवाह गरेपछि उनको चर्चा हलिउडमा पनि हुन थाल्यो । 

    हलिउड फिल्ममा समेत अभिनय गरिसकेकी प्रियंका अन्य विभिन्न कारणबाट पनि चर्चामा आउने गर्छिन् । केही समयदेखि प्रियंका र निकले किनेको नयाँ आलिशान घरको चर्चा भइरहेको छ । 

    भारतिय मिडियाका अनुसार उनीहरुले लस एन्जेलिसमा २००० स्क्वायर फुटमा घर किनेका छन्। उक्त घर निकै नै सुन्दर रहेको छ । उक्त घर उनीहरुले झण्डै दुई सय करोडमा किनेको चर्चा चलिरहेको छ । 

    प्रियंकाको जोधपुरको उम्मेद भवनको पनि चर्चा भइरहने गर्छ । यो घरमा प्रियंकाले सन् २०१९ १ र २ डिसेम्बरमा निकसंग विवाह गरेकी थिइन् । 


    श्रावण ७, २०७८ बिहिवार २१:२६:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रियंका
  • सालीलाई फसाउने तयारीमा रहेका शिल्पाका पति राज यसरी परे प्रहरीको फन्दामा

    श्रावण ९

  • 552
    SHARES
  • सालीलाई फसाउने तयारीमा रहेका शिल्पाका पति राज यसरी परे प्रहरीको फन्दामा

    एजेन्सी- बलिउड नायिका शिल्पा सेट्ठीका पति राज कुन्द्रा पोर्न फिल्म बनाएको अभियोगमा पक्राउ परेपछि बलिउड खुबै गर्मायो । यसैबिच अर्की नायिका  गहनाको दाबीले बलिउड जगत पुनं गर्माएको छ । गहनाको दाबी अनुसार  राज कुन्द्राले एक फिल्ममा आफ्नी साली शमितालाई कास्ट गर्ने तयारी गरिरहेका थिए ।

    mala.jpg

     एक अन्र्तबार्ताका क्रममा गहनाले बताए अनुसार  मेरो गिरफ्तारी भएको केही दिन अघि राजको अफिसमा गएको थिए । त्यहाँ मलाई थाहा भयो कि बालीफेम नामको एक एप लन्च गर्नको लागि योजना चलिरहेको थियो ।

    हामीले केही स्क्रीप्टमा चर्चा ग¥यौ र एक स्क्रीप्टमा शमिता शेट्टीलाई कास्ट गर्ने प्लानिङ चलिरहेको थियो । यसका लागि शमिता शेट्टी पनि तयार भएकी थिईन् । गहना पछिल्लो केही महिना जेल बसेर रिहा भएकी थिइन् ।राज कुन्द्रा पोर्न फिल्मबाट नै दैनिक ७ लाख बढी कमाउने गरेको रहस्य बाहिर आएको थियो ।  

    mala.jpg


    श्रावण ९, २०७८ शनिवार १३:५८:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शिल्पा शेट्टी
  • डिभोर्सपछि पनि पूर्वपत्निसँग दिनानुदिन देखिन थाले अमिर खान, टेबुल टेनिस खेलेको तस्बिर भाइरल

    श्रावण ९

  • 162
    SHARES
  • डिभोर्सपछि पनि पूर्वपत्निसँग दिनानुदिन देखिन थाले अमिर खान, टेबुल टेनिस खेलेको तस्बिर भाइरल

    काठमाडौं - केही समयअघि सम्बन्ध विच्छेद गरेका बलिउड अभिनेता अमिर खान पत्नी किरण राव फेरि नजिक हुन थालेका छन् । बिहे भएको १५ वर्षपछि सम्बन्ध विच्छेद गरेका उनीहरु पछिल्लो समय एकसाथ देखिएका छन् ।

    एकअर्कासँग सम्बन्ध तोडेको घोषणा गरेका उनीहरु एकसाथ नाचेको भिडियो पनि सार्वजनिक भएको थियो । हालै फेरि उनीहरु टेबुल टेनिस खेलेको तस्बिर सार्वजनिक भएको छ ।

    taba.jpg

    टेबुल टेनिस प्रतियोगिता फिल्म लाल सिंह चड्ढाका टिमले खेलेका हुन् । उक्त प्रतियोगितामा आमिरदेखि टिमका समै थिए । लगभग एक महिनाअघि अहिर र किरणले आफुहरुले सम्बन्ध तोडेको बारे संयुक्त विज्ञप्ति जारी गर्दै जानकारी गराएका थिए ।  

    सम्बन्ध तोडेको २० दिन नपुग्दै पत्निसँग नजिकिदै रमाउन थाले आमिर खान सम्बन्ध तोडेको २० दिन नपुग्दै पत्निसँग नजिकिदै रमाउन थाले आमिर खान

    विज्ञप्तिमा डिभोर्स अन्त्य नभई नयाँ जीवनको सुरुआत भएको भन्दै आफ्ना छोरा आजादलाई मिलेर हुर्काउने बताएका थिए । 


    श्रावण ९, २०७८ शनिवार १५:२२:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमिर खान
  • images
    ताजा खबर