• May 17 2021 | २०७८, जेठ ३गते

२०७८, जेठ ३गते

प्रधानमन्त्री ओलीले ‘जुवा खेले’

क्यानाडा नेपाल बैशाख २१ २०७८
  • 784
    SHARES
  • प्रधानमन्त्री ओलीले ‘जुवा खेले’

    समाचार टिप्पणी

    नेपाली राजनीतिमा अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको जुवा खेलेको भन्दै टिप्पणी भइरहेको छ । प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विपक्षी दलहरुको तयारी भइरहेका बेला स्वयं प्रधानमन्त्रीले नै सत्ताको जुवा खेलेको टिप्पणी भइरहेको हो । 

    नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका विपक्षी दलहरुले ओली सरकारको विकल्प खोजिरहेका छन् । माओवादी केन्द्रले सरकारको नेतृत्व लिन कांग्रेसलाई प्रस्ताव गरेको छ । सोही प्रस्तावअनुसार कांग्रेसले नयाँ सरकारको नेतृत्व लिने र यसका लागि दलीय सहमति जुटाउने निर्णय गरेको थियो । 

    यसरी प्रधानमन्त्री ओलीविरुद्ध प्रमुख दलहरु क्रियाशील रहेर नयाँ सरकार गठनको तयारी गरे । अविश्वासको प्रस्ताव बहुमतले पारित हुन नसके प्रधानमन्त्री पदमुक्त नहुने संवैधानिक व्यवस्था छ । तर, यो सुविधा हुँदाहुँदै पनि देशका लागि आफ्नो नेतृत्व आवश्यक रहेको बताउने प्रधानमन्त्री ओलीले अहिले सत्ताको जुवा खेलेको टिप्पणी भइरहेको छ । 

    प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरेका छन् । यसैका लागि यही वैशाख २७ गते संसदको अधिवेशन डाकिएको छ । सो अधिवेशनमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन प्रस्ताव गर्नेछन् ।

    तर, प्रतिनिधि सभा अहिले २७१ सदस्यीय रहेका कारण बहुमतका लागि १३६ सांसद आवश्यक पर्छ । तर, सत्तारुढ एमालेसँग १२१ मात्रै रहेको छ । त्यसमाथि एमालेका माधवकुमार नेपाल समूहले फ्लोर क्रस गर्ने सम्भावना रहेका कारण पनि प्रधानमन्त्री ओलीले विश्वासको मत पाउनेमा शंका उत्पन्न भएको छ । 

    एमालेभित्र फ्लोर क्रस नभएमा बहुमतका लागि १५ सांसद आवश्यक पर्छ । जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो समूहले मत दिएमा पनि बहुमत पुगिहाल्नेमा आशंका भएका बेला सत्तालाई नै जुवामा राखेर प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव सामना गर्न छाडेर स्वयं आफैँले विश्वासको मत लिने निर्णयमा पुगेका हुन् ।


    बैशाख २१, २०७८ मंगलवार १५:२९:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    आज मदन-आश्रित स्मृति दिवस  

    जेठ ३

  • 142
    SHARES
  • आज मदन-आश्रित स्मृति दिवस  

    काठमाडौं - आज मदन–आश्रित स्मृति दिवस मनाइदैछ । तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको विसं २०५० जेठ ३ गते सडक दुर्घटनामा परी निधन भएको थियो । 

    यी दुबैले दिएको योगदानको सम्झनामा नेपाल कम्युनिष्ट पार्टीले  स्मृति दिवस मनाउदै आएको छ। कोरोनाभाइरसको कारण आज उनको सम्झनामा गरिने कुनै कार्यक्रमहरु छैनन् । 

    मदन भण्डारी र जीवराज आश्रितद्धढेको जीप चितवनको दासढुङ्गा भन्‍ने स्थानबाट त्रिशूली नदीमा खसेर दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परेका जीप चालक अमर लामा भने जीवित थिए । तर पछि उनको पनि हत्या भएपछि घटना थप रहस्यमय बनेको थियो । 

    यस घटना पश्चात तत्कालीन एमालेबाट चार जना मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओली प्रधानमन्त्री बनिसकेका छन् भने उनकी पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति रहेकी छन् । तर, सो घटनाबारे जनताले विश्वास गर्ने गरी कुनै अनुसन्धान हुन सकेको छैन । जस कारण उनको ज्यान जाने गरी भएको सो घटना अझै रहस्यको गर्भमै रहेको छ । 


    जेठ ३, २०७८ सोमवार ०९:०१:१८ बजे : प्रकाशित

    प्रधानमन्त्री ओलीले यसरी सम्झिए मदन-आश्रितलाई

    जेठ ३

  • 118
    SHARES
  • प्रधानमन्त्री ओलीले यसरी सम्झिए मदन-आश्रितलाई

    काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनसँग जोडन र जनतालाई समृद्ध जीवनको प्रत्याभूति गर्न सके मात्र लोकतन्त्र सार्थक हुने बताउनुभएको छ । जननेता मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको २८ औँ स्मृति दिवसका अवसरमा आज विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’को निरन्तरता रक्षा, कार्यान्वयन र विकास गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

    उहाँले राष्ट्रियताको सम्वद्र्धन र राष्ट्रिय हिताको रक्षाका लागि अविचलितरुपमा क्रियाशील हुने प्रण गर्दै पार्टीलाई एकताबद्ध, जनआधारित, गतिशील, अनुशासित र मुलुकको नेतृत्वदायी शक्तिका रुपमा स्थापित गर्ने पनि जनाउनुभएको छ ।

    कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्दै आर्थिक–सामाजिक रुपान्तरण तथा समाजवादको मुख्य संवाहक बनाउने आफूहरुको इमान्दार प्रयास भए पनि कतिपय नेताका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण नेकपा (माओवादी केन्द्र) सँगको एकीकरणको अभियान निष्कर्षमा पुग्ने नसकेको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेले उक्त एकीकरणको विरासतलाई अगाडि बढाउँदै नयाँ स्वरुपमा पुनःस्थापित गरी आन्दालनलनई एकीकृत गर्ने अभियानमा निरन्तर लागिरहने संकल्प गर्नुभएको छ ।

    दिवसका अवसरमा भण्डारी र आश्रितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै एमालेका महासचिव एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले भूमिगत राजनीतिदेखि खुल्ला राजनीतिसम्म आइपुग्दा जननेता भण्डारीले नेपालको वाम र लोकतान्त्रिक आन्दोलनमा शिखर स्थान बनाउन सफल नेतृत्व गर्नुभएको स्मरण गर्नुभएको छ ।

    उहाँले भण्डारीको नेतृत्वमा तत्कालिन समयमा पार्टीले चलाएको अभियानले नेकपा (एमाले) एउटा नयाँ र उदीयमान शक्तिका रुपमा स्थापित भएको र त्यही जगमा पार्टी आज जनतामा लोकप्रिय भएको उल्लेख गर्दै भण्डारीले नै वहुदलीय जनवादको व्याख्या, पार्टी, समाज र राज्यको लोकतान्त्रिकरणको मान्यतालाई अघि सारेर माक्र्सवादलाई नेपालको विशिष्टतामा विकास गर्नुपर्ने मान्यतालाई अघि सार्नुभएको जनाउनुभएको छ । 

    स्मृति दिवसका अवसरमा आज एमालेको पुरानो केन्द्रीय कार्यालय रहेको स्थान मदननगर बल्खुमा भण्डारी र आश्रितप्रति श्रद्धाञ्जलित दिने कार्यक्रम छ । कोरोना महामारीका कारण खुल्ला कार्यक्रम आयोजना गरिएको छैन । भण्डारी र आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो ।रासस


    जेठ ३, २०७८ सोमवार १०:५४:१४ बजे : प्रकाशित

    मदन भण्डारीको हत्यारा खोज्न किन चाँसो देखाएनन् राष्ट्रपति र प्रधानमन्त्रीले ?

  • 454
    SHARES
  • मदन भण्डारीको हत्यारा खोज्न किन चाँसो देखाएनन् राष्ट्रपति र प्रधानमन्त्रीले ?

    काठमाडौं । आज जेष्ठ ३ गते मदन-आश्रित स्मृति दिवस मनाइदैछ । विसं २०५० जेठ ३ गते सडक दुर्घटनामा तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको  निधन भएको थियो ।

    हरेक वर्ष जेष्ठ ३ गते सामाजिक संजालमा तेर्सिने एउटा गम्भीर प्रश्न हो, "राष्ट्रपति र प्रधानमन्त्री एउटै पार्टीको तर किन मदन भण्डारीको हत्याराको खोजीमा चाँसो देखाउदैनन् ?"

    मदन भण्डारी र जीवराज आश्रितद्धढेको जीप चितवनको दासढुङ्गा भन्‍ने स्थानबाट त्रिशूली नदीमा खसेर दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परेका जीप चालक अमर लामा भने जीवित थिए । तर पछि उनको पनि हत्या भएपछि घटना थप रहस्यमय बनेको थियो । 

    मदन भण्डारीको मृत्यु दुर्घटनाबाट भएको भनिए पनि जनतादेखि एमाले कै नेताहरुले अझै सम्म विश्वास गर्न सकेका छैनन् । विश्वासिलो आधार नभएको साथै चालकको समेत हत्या भएको कारण मदन भण्डारीको मृत्युलाई रहस्यमय नै मानिएको छ । एमालेको सरकार शक्तिशाली सरकार छ तर पनि मदन भण्डारीको विषयमा कुनै चाँसो नदेखाएकोले गर्दा प्रश्न माथी प्रश्न तेर्सिन थालेको छ ।

    मदन भण्डारीको हत्याको छानवीन गर्न आयोग बनेको थियो जसको अध्यक्ष थिए अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली । त्यस बेला प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै भनेका थिए, "म सरकारमा गए भने मदन भण्डारीको हत्यारा पत्ता लगाउँछु ।" मदन भण्डारीका राजनीतिक सहकर्मी रहेका केपी शर्मा ओलीले दिएको उक्त अभिव्यक्तिले एमाले कार्यकर्ता माथि थप उर्जा थपिएको थियो तर प्रधानमन्त्री ओली सरकारमा रहेको ३ वर्ष बितीसक्यो तर मदन भण्डारीको हत्यारा पत्ता लाउन कुनै चाँसो नदेखाएको देखिन्छ । प्रधानमन्त्री ओलीलाई साथ दिन मदन भण्डारी कै जीवनसंगीनी र राजनीतिक सहयात्री  विद्यादेवी भण्डारी राष्ट्रपति छिन् तर पनि यस विषयमा खासै चाँसो नदेखाएको देखिन्छ ।

    प्रधानमन्त्री र राष्ट्रपतिले यस विषयमा आफ्नो ठाउँबाट चाँसो देखाएको हुनसक्छ तर व्यवहारमा कुनै त्यस्तो विश्वासिलो तरिकाको चाँसो देखाएको नपाएपछि जनतामा प्रश्न माथी प्रश्न उब्जिन थालेको छ ।

    केपी शर्मा ओली र विद्यादेवी भण्डारी मात्र होईन अरु ३ एमालेका नेताहरुले समेत चाँसो नदेखाएका हुन् । स्व. मनमोहन अधिकारी, माधव कुमार नेपाल र झलनाथ खनाल समेत प्रधानमन्त्री बनिसकेका छन् तर यी ३ प्रधानमन्त्री हुँदा यस विषयमा कुनै किसिमको चाँसो नदेखाएको पाईएको छ ।

    आखिर किन एमाले पार्टीले मदन भण्डारीको हत्यारा खोज्न चाँसो नदेखाएको ? प्रधानमन्त्री र राष्ट्रपति नै आफ्नो पार्टीको नेता हुँदा समेत किन पार्टीबाट दबाब नआएको ? मदन भण्डारी कै 'जबज' बोकेर हिंडेको एमाले पार्टीले आखिर किन मदन भण्डारीको हत्यालाई रहस्यमय नै बनाएर राख्न चाहेको छ ?


    जेठ ३, २०७८ सोमवार ११:५१:०८ बजे : प्रकाशित

    राष्ट्रपति र प्रधानमन्त्रीप्रति बाबुरामको कटाक्ष– मदन भण्डारीको नाममा स्वार्थको रोटी सेक्न छोडौं

    राष्ट्रपति र प्रधानमन्त्रीप्रति बाबुरामको कटाक्ष– मदन भण्डारीको नाममा स्वार्थको रोटी सेक्न छोडौं

    काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई मदन–आश्रित निधन घटनाको छानबिन गर्न चुनौती दिएका छन् । 

    नेकपा एमालेले सोमबार आफ्नो पार्टीका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवस मनाइरहेका बेला डा. भट्टराईले सो चुनौती दिएका हुन् । २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जिप दुर्घटनामा परेर मदन र आश्रितको निधन भएको थियो । तर, आजपर्यन्त जनताले विश्वास गर्ने गरी सो घटनाको छानबिन भएको छैन । 

    मदन भण्डारीको हत्यारा खोज्न किन चाँसो देखाएनन् राष्ट्रपति र प्रधानमन्त्रीले ? मदन भण्डारीको हत्यारा खोज्न किन चाँसो देखाएनन् राष्ट्रपति र प्रधानमन्त्रीले ?

    मदन–आश्रित स्मृति दिवसको अवसरमा उनीहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका डा. भट्टराईले विद्यादेवी राष्ट्रपति र मदनको उत्तराधिकारी दावी गर्ने ओली प्रधानमन्त्री भएका बेला उच्चस्तरीय निष्पक्ष छानबिन गर्न चुनौती दिँदै अन्यथा मदन–आश्रितको नाममा स्वार्थको रोटी सेक्न छोड्न भनेका छन् । 

    सामाजिक सञ्जाल ट्वीटरमा डा. भट्टराईले लेखेका छन्, ‘२०५० जेठ ३ गते दासढुंगामा रहस्यमय मृत्युवरण गर्नुभएका नेताहरू मदन–आश्रितप्रति हार्दिक श्रद्धासुमन । मदनपत्नी राष्ट्रपति र मदनको उत्तराधिकारी दावी गर्ने प्रम भएको बेला उच्चस्तरीय निष्पक्ष छानवीन गरेर त्यो रहस्यको अन्तिम निर्क्योल गरौं। नत्र वहाँहरूको नाउँमा स्वार्थको रोटी सेक्न छोडौं ।’

    twt baburam.PNG


    जेठ ३, २०७८ सोमवार १३:१३:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मदन भण्डारी

  • क्यानाडा नेपाल

    मन्त्रिपरिषद् बैठक बस्दै

    जेठ ३

  • 184
    SHARES
  • मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं - सोमबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठक सोमबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । 

    मन्त्रिपरिषद्को नियमित बैठक हरेक सोमबार र बिहीबार बस्ने गर्दछ । आज बस्ने बैठकमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका थप उपायहरु बारे छलफल हुने बताइएको छ। 

    यसअघि आइतबार सिंहदरबारमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बसेको थियो । उक्त बैठकले कोरोना संक्रमण नियन्त्रणका लागि राज्यको सबै शक्तिलाई  प्रयोग गर्ने निर्णय गरेको थियो ।


    जेठ ३, २०७८ सोमवार १३:३३:३१ बजे : प्रकाशित

    कर्णाली प्रदेश : नवनियुक्त मन्त्री शर्मा र नेपालीले लिए सपथ

    जेठ ३

  • 70
    SHARES
  • कर्णाली प्रदेश : नवनियुक्त मन्त्री शर्मा र नेपालीले लिए सपथ

    काठमाडौं - कर्णाली प्रदेशमा आइतबार नियुक्त भएका २ मन्त्रीले आज शपथ ग्रहण गरेका छन् । 

    आइतबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा छ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । 

    आन्तरिक मामिला, कानून, युवा तथा खेलकुदमन्त्रीमा नियुक्त भएकी सीताकुमारी नेपाली र आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका गोपाल शर्माले आज सपथ लिएका हुन् । 

    उनीहरुले प्रदेश प्रमुख कलौनीबाट शपथ लिएका हुन् ।  नवनियुक्त २ मन्त्री नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य हुन् । 


    जेठ ३, २०७८ सोमवार १४:२९:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कर्णाली प्रदेश