• Jun 17 2021 | २०७८, आषाढ ३गते

२०७८, आषाढ ३गते

यी २५ वर्षीया महिलाले जन्माइन् एकैपटक ९ बच्चा, डाक्टर पनि झुक्किए

बैशाख २२ २०७८
  • 2.1K
    SHARES
  • यी २५ वर्षीया महिलाले जन्माइन् एकैपटक ९ बच्चा, डाक्टर पनि झुक्किए

    काठमाडौं - अफ्रिकी मुलुक मालीमा एक महिलाले एकैपटक ९ जना बच्चालाई जन्म दिएकी छिन् । 

    सुन्दा अचम्म लाग्ला, तर मालीकी एक २५ वर्षीया महिलाले एकैपटक ९ बच्चालाई  अस्पतालमा जन्म दिएकी हुन् । मोरोक्कोको एक अस्पतालमा हालिमा सिसे नामकी महिलाले ९ जना बच्चा जन्माएको मालीको स्वास्थ्य मन्त्रालयले पनि बताएको छ । 

    मंगलबार मालीकी स्वास्थ्य तथा सामाजिक विकास मन्त्री डाक्टर फान्ता सिबेले एक विज्ञप्ति जारी गर्दै हालिमा सिसेले पाँच छोरी र चार छोरालाई एकैसाथ जन्म दिएको बताएकी हुन् । उनका अनुसार मंगलबार सिसेको अप्रेशन गरिएको थियो। 

    यसअघि गरिएको अल्ट्रासाउन्डमा उनको पेटमा ७ बच्चा रहेको देखिएको थियो । उनको पेटमा धेरै बच्चा रहेको थाहा पाएपछि मालीका अन्तरिम राष्ट्रपतिले सरकारले खर्च व्यहोर्ने बताएको थियो । 

    सरकारले खर्च बेहोर्ने भन्दै मोरोक्को पठाएकोमा अस्पतालमा सिसेले ८ बच्चालाई जन्म दिएकी हुन् । अहिले सिसे र उनका सबै बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले यस्तो घटना दुर्लभ रहेको बताएको छ । 

     


    बैशाख २२, २०७८ बुधवार १२:३१:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # माली
  • # एकैपटक ९ बच्चा
  • अर्कोसमाचार

    ३७ वर्षीया यी महिलाले जन्माईन् एकैपटक १० सन्तान, राखिन् विश्व रेकर्ड

    जेठ २६

  • 2.0K
    SHARES
  • ३७ वर्षीया यी महिलाले जन्माईन् एकैपटक १० सन्तान, राखिन् विश्व रेकर्ड

    काठमाडौं - अफ्रिकाकी एक महिलाले एकैपटकमा १० सन्तानलाई जन्म दिएकी छिन् । दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियाको एक अस्पतालमा ३७ वर्षीया एक महिलाले एकैपटक १० वटा बच्चालाई जन्म दिएकी हुन् । 

    अफ्रिकाकी गोसियामी थामारा सितहोलले सात छोरा र तीन छोरीलाई जन्म दिएको बीबीसीले जनाएको छ । यसअघि जुम्ल्यहा बच्चा जन्माएकी थामराले  यस पटक १० वटा बच्चा जन्माउँदा धेरै आश्चर्यचकित भएका छन् । 

    baby.jpg

    गोसियामी र पति तेबेहो सोतेत्सीले १० सन्तानलाई जन्मदिदा आफुलाई निकै खुशी लागेको बताएका छन् । गोसियामीले भनिन् - 'म धेरै खुशि छु, भावुक पनि । म धेरै कुरा गर्न सक्दिन'

    यसअघि पनि ९ बच्चा जन्माएको खबर बाहिर आएको थियो । यससँगै १० वटा बच्चा जन्माएकी गोसियामीले विश्व रेकर्ड राखेकी छिन् । 


     


    जेठ २६, २०७८ बुधवार २१:१९:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एकैपटक १० सन्तान
  • ह्वेलले निलेर फेरि ओकलिदिएका यी व्यक्तिको अद्भुत कथा, कसरी बाहिर निस्के?

    जेठ ३०

  • 486
    SHARES
  • ह्वेलले निलेर फेरि ओकलिदिएका यी व्यक्तिको अद्भुत कथा, कसरी बाहिर निस्के?

    समुन्द्रमा झिँगे माछा सङ्कलन गर्ने काम गर्दै आएका माइकल प्याकर्डले आफूलाई कसरी ह्वेलले निलेपछि फेरि बच्न सफल भए भन्ने पत्रकारहरूलाई बताएका छन्।

    संयुक्त राज्य अमेरिकाको म्यासाचुसेट्सको प्रोभिन्सटाउन शहर नजिकै समुन्द्रमा गोता लगाइरहेका बेला विशाल जीव ह्वेलको मुखभित्र करिब ३०- ४० सेकेन्ड परेको प्याकर्डले बताए।

    त्यसपछि ह्वेलले उनलाई थुकिदिएको बताइएको छ। प्याकर्डको घुँडामा केही चोट लागेको हुनसक्ने बाहेक अरू केही नभएको बताइएको छ। उनकी श्रीमतीले उनलाई अर्को जागिर खोज्न आग्रह गरिरहेकी छन् तर उनी ४० वर्षदेखिको आफ्नो करिअर छोड्ने सोचमा छैनन्।

    हम्पब्याक ह्वेल ५० फिटसम्म लामो हुन सक्ने र त्यसको तौल ३६ टनसम्म हुन सक्छ। विश्व वन्यजन्तु कोष डब्ल्यूडब्ल्यूएफका अनुसार संसारभर उक्त ह्वेलको सङ्ख्या ६० हजार रहेको छ।

    प्याकर्डले स्थानीय अखबार केप कड टाइम्सलाई भने अनुसार उनी र उनका सहकर्मीहरू डुङ्गामा शुक्रवार बिहान समुन्द्रतिर गएका थिए।

    उनका अनुसार मौसम सफा थियो र २० फिट परसम्मका दृश्य सजिलै देखिन्थो।समुन्द्रको पानीमुनि जान लगाइने स्कूबा लुगा लगाएर पानीमा हाम फाल्दा उनले ठूलो बस्तु आफ्ना अगाडि देखे त्यसपछि सबैकुरा कालो भयो।

    आफूलाई त्यो क्षेत्रमा पाइने ठूलो सेता शार्कले आक्रमण गरेको अनुमान गरे, "त्यसपछि मैले वरिपरि शार्कको जस्तो दाँत नभएको महसुस गरेँ।"

    कसरी बाहिर निस्के?
    "हे भगवान् म त ह्वेलको मुखभित्र छु र उसले मलाई निल्ने कोसिस गरिरहेको छ भन्ने थाहा पाएँ। यत्ति नै भयो, म मर्ने भएँ।"त्यसपछि आफूले आफ्नी श्रीमती र १२ र १५ वर्षका आफ्ना छोरा सम्झेको बताए।

    त्यसपछि अचानक उनी पानीमाथि पुगे र टाउको हल्लाउन थाले।"मलाई हावामा फालियो, त्यसपछि पानीमा खसेँ। म मुक्त भएको थिएँ र पानीमा तैरिरहेको थिएँ। मैले विश्वास नै गर्न सकिन… सब कथा सुनाउन म यहाँ छु।"

    उनका सहकर्मीहरू उनलाई अधैर्य भएर खोजिरहेका थिए। उनीहरूले प्याकर्डलाई देखे र डुङ्गामा ल्याए।प्रोभिन्सटाउन फायर डिपार्टमेन्टले सीबीएस न्यूज एजेन्सीलाई स्थानीय समय बिहान सवा आठ बजे झिँगे माछा समात्ने मानिसलाई सहयोग आवश्यक परेको खबर पाएको पुष्टि गरेको छ।

    उनी अस्पतालबाट डिस्चार्ज भएपछि पत्रकारहरूले उनको अन्तर्वार्ता लिएका थिए।हम्पब्याक ह्वेलले मुख बाएर जति सक्छ उति धेरै खानेकुराहरू निल्छ।

    वैज्ञानिकहरूले प्याकर्डलाई जे भयो त्यो एक प्रकारको दुर्घटना भएको ठान्छन्। एकजना विज्ञले केप कड टाइम्सलाई ह्वेलले मानिस निलेको अहिलेसम्म नसुनेको बताए।यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । 


    जेठ ३०, २०७८ आइतवार ०७:५३:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ह्वेल
  • संसारकै खतरनाक रुख, जसले मानिसको ज्यानै लिन्छ

    जेठ ३०

  • 628
    SHARES
  • संसारकै खतरनाक रुख, जसले मानिसको ज्यानै लिन्छ

    काठमाडौं - विश्वमा धेरै प्रजातीका रुखहरु छन् । हरेक रुखका आआफ्नै गुण छन् । हामिलाई थाहाँ नै छ धेरै रुखको जरा, पात, फुल, बोक्रा औषधीको रुपमा प्रयोग हुन्छ ।

    औषधीय गुण हुने रुखले विभिन्न रोगको उपचार पनि हुन्छ । तर संसारमा यस्तो रुख पनि छ, जसले मानिसको ज्यान पनि लिन सक्छ । यो रुख निकै बिषालु हुन्छ। त्यसैले यस रुखबारे हामिले जान्नु जरुरी छ । 

    cerbera-odollam.jpeg

    ‘सरबेरा ओडोलम’नाम गरेको रुख हाम्रो शरिरको लागी निकै खतरनाक छ । हेर्दा सामान्य देखिने यो रुख दक्षिण पूर्वी एसियाका देशहरुमा पाइन्छ । यसले हाम्रो शरिरलाई हानी गर्छ । 

    यस रुखलाई सुसाइड ट्रि पनि भन्ने गरिन्छ ।बैज्ञानिकहरुका अनुसार यो रुखमा रहेको विष मानिसको शरीरमा प्रवेश गरेमा मुटुको धडकन बढ्ने गर्छ। साथै यसको बिषले वाकवाकी लाग्ने, टाउको दुख्ने हुने गर्छ । जसका कारण मानिसको ज्यान जान्छ । 

     

     

     


    जेठ ३०, २०७८ आइतवार २२:०३:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # खतरनाक रुख
  • विश्वकै सबैभन्दा ठूलो परिवार भएका यी व्यक्तिको मृत्यु, छन् ३८ श्रीमती र ८९ सन्तान 

    जेठ ३१

  • 794
    SHARES
  • विश्वकै सबैभन्दा ठूलो परिवार भएका यी व्यक्तिको मृत्यु, छन् ३८ श्रीमती र ८९ सन्तान 

    काठमाडौं - विश्वकै सबैभन्दा ठूलो परिवारका मुखियाको मृत्यु भएको छ । धेरै परिवार भएर चर्चामा आएका जिओना चानाको भारतको मिजोरम राज्यमा मृत्यु भएको छ। 

    उनको ७६ वर्षको उमेरमा आइतबार मृत्यु भएको बीबीसीमा जनाइएको छ । ठूलो परिवारको मुखिया मानिएका जिओनाका ३८ श्रीमती, ८९ सन्तान र ३६ नातिनातिना रहेका छन् । धेरै सन्तान भएका व्यक्तिमा विश्वमा रेकर्ड राख्न सफल भएका जिओना अझै पनि सन्तानको गन्ति गर्न कठिन रहेको बताइन्छ । 

    एक विवरण अनुसार उनको ३८ श्रीमती, ९४ सन्तान, ३३ नातिनातिना र एक पनाति रहेको बताइएको छ । जिओन बहुपत्नी प्रथा भएको एउटा धार्मिक सम्प्रदायका प्रमुख पनि हुन् । उनको घरमा नै स्वास्थ्य समस्या देखिएको थियो । 

    अस्पतालमा उनलाई मृत अवस्थामा लगिएको जनाइएको छ । यस परिवारलाई 'रिप्लिज् बीलीभ इट अर नट' टिभी शोमा यो परिवार दुई पटक देखाइएको थियो । उनको परिवार सय कोठा भएको घरमा बस्ने गर्छन् । 
     


    जेठ ३१, २०७८ सोमवार १९:२३:२५ बजे : प्रकाशित

    दाँत माझ्ने क्रममा मोरङकी गङ्गाको मुख भित्र छिर्‍यो ब्रस, शल्यक्रिया गरी पेटबाट निकालियो

    आषाढ १

  • 548
    SHARES
  • दाँत माझ्ने क्रममा मोरङकी गङ्गाको मुख भित्र छिर्‍यो ब्रस, शल्यक्रिया गरी पेटबाट निकालियो

    काठमाडौ - मोरङमा एक अनौठा घटना घटेको छ । एक महिलाको मुखबाट ब्रस छिरेपछि शल्यक्रिया गरेर निकालिएको छ । 

    मिक्लाजुङ्ग गाउँपालिका–४ का ३५ बर्षीय गङ्गा मगरको  शल्यक्रिया गरी पेटबाट दाँत माझ्ने ब्रस निकालिएको हो । उनले गएको बुधबार दाँत माझ्ने क्रममा एक्कासी ब्रस  मुखबाट भित्र छिरेको थियो । 

    उनले मुखमा ब्रस छिराएर जिब्रो सफा गर्न लागेकी थिइन् । त्यसक्रममा चिप्लिएर ब्रस पेटभित्र पसेको बताइएको छ । ब्रस भित्र छिरेपछि दुख्ने पोल्ने नभएको तर डर भने लागिको गङ्गाले बताइन् । 

    उनले ब्रस पेटभित्र छिरेको कुरा गर्दा परिवार र गाउँमा पनि पत्याएनन् । उनी विराटनगरस्थित नोबेल शिक्षण अस्पताल पुगेर चेक गराइन् । इन्डोस्कोपी गरेर हेर्दा ब्रस पेटभित्र देखियो । डाक्टर पनि अचम्म माने । 

    डाक्टरहरुले तानेर निकाल्ने कोशिस गरे तर निस्किएन । पछि पेटको सानो भाग चिरेर १५ सेन्टिमिटरको ब्रस पेटबाट निकालियो । अहिले गङ्गाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।  


    आषाढ १, २०७८ मंगलवार १३:२०:५१ बजे : प्रकाशित

    चलाख हात्ती, जसले तिर्खा लागेमा यसरी आफै धारा चलाएर पानी पिउछ

    आषाढ ३

  • 132
    SHARES
  • चलाख हात्ती, जसले तिर्खा लागेमा यसरी आफै धारा चलाएर पानी पिउछ

    काठमाडौं - भारतको महाराष्ट्रमा रहेको हात्ती निकै चलाख छ । तिर्खा लागेको बेला ताल तथा पोखरी नभेटिएमा आफै धारा चलाएर पिउने गर्छ । 

    रुपा नामको हात्तीको एक भिडियो अहिले निकै चर्चामा छ । बीबीसी नेपालीले राखेको यस भिडियोमा रुपाले धारा चलाएर मज्जाले पानी पिएकी छिन् । 

    भारतको आसाममा जन्मिएकी रुपालाई सबैले चलाख हात्ती भन्ने गर्छन् । भिडियोमा रुपाले धारा चलाउछिन् र तल जम्मा भएपछि पानी पिउछिन् । हेर्नुहोस् बीबीसीको यो भिडियो


    आषाढ ३, २०७८ बिहिवार ०८:१२:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चलाख हात्ती
  • images
    images
    ताजा खबर