• Jun 17 2021 | २०७८, आषाढ ३गते

२०७८, आषाढ ३गते

रियल म्याड्रिडलाई पराजित गर्दै चेल्सी च्याम्पियन्स लिगको फाइनलमा

बैशाख २३ २०७८
  • 452
    SHARES
  • रियल म्याड्रिडलाई पराजित गर्दै चेल्सी च्याम्पियन्स लिगको फाइनलमा

    काठमाडौं - इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

    गए राति भएको खेलमा चेल्सीले रियल म्याड्रिडलाई पराजित गर्दै लिगको फाइनलमा प्रबेश गरेको हो । निकै रोमान्चक बनेको उक्त खेलमा चेल्सीले रियल म्याड्रिडलाई २-० गोलले पराजित गरेको हो । 

    पिएसजीलाई पराजित गर्दै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा   पिएसजीलाई पराजित गर्दै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा  

    उक्त खेलको २९ औं मिनेटमा चेल्सीका वेर्नरले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि दोस्रो हाफको अन्तिम समयमा चेल्सीका माउन्टले गोल गरी टिमलाई जित दिलाए । 

    जित सँगै चेल्सी फाइनलमा पुगेको छ । फाइनल खेल अब मे २९ मा हुनेछ । चेल्सी फाइनलमा म्यानचेस्टर सिटीसँग भीड्नेछ । 

     


    बैशाख २३, २०७८ बिहिवार ०७:२९:३९ बजे : प्रकाशित

    अर्कोसमाचार

    कोपा अमेरिकामा पाराग्वेको पूनरागमन जित

    आषाढ १

  • 276
    SHARES
  • कोपा अमेरिकामा पाराग्वेको पूनरागमन जित

    काठमाडौं - कोपा अमेरिका अन्तर्गत भएको खेलमा पाराग्वेले पूनरागमन जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा पाराग्वेले बोलिभियालाई ३–१ गोलले पराजित गरेको हो । उक्त खेलको १०औं मिनेटमा बोलिभियाका इर्भिन साभेड्राले पेनाल्टीमार्फत गोल गरी टिमलाई अग्रता दिलाए । 

    त्यसपछि बोलिभिया १० खेलाडीमा समेटियो । त्यसपछि खेलको ६२औं मिनेटमा पाराग्वेका एलेसान्द्रो रोमेरोले गोल गरी टिमलाई बराबरीमा ल्याए । 

    त्यसपछि खेलको ६६औं मिनेटमा एन्जेल रोमेरोले गोल गरी पाराग्वेलाई अग्रता दिलाए । त्यसपछि खेलको ८०औं मिनेटमा एन्जेल रोमेरोले अर्को गोल गरी पाराग्वेलाई पूनरागमन जित दिलाए । जितसँगै समूह ‘ए’ मा रहेको पाराग्वे ३ अंकसहित शीर्षस्थानमा रहेको छ ।


    आषाढ १, २०७८ मंगलवार ०९:०१:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोपा अमेरिका
  • राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुला, पुरस्कार १ लाख

    आषाढ १

  • 170
    SHARES
  • राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुला, पुरस्कार १ लाख

    काठमाडौं - राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्नेलाई एक लाख पुरस्कार प्रदान गरिने भएको छ । जर्सी डिजाइनको लागि प्रतिस्पर्धा पनि खुला गरिएको छ । 

    सोमबार नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी)ले संयुक्त विज्ञप्ति जारी गर्दै जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुला गरेको हो । नेपाली टोलीले हाल प्रयोग गर्दै आएको जर्सी परिवर्तनका लागि माग बढ्दै गएपछि जर्सीको डिजाइन प्रतिस्पर्धा खुला गरिएको हो । 

    जर्सीको डिजाइन गर्दा नेपालको राष्ट्रिय झण्डामा प्रयोग हुने रातो र नीलो रङ ख्याल गर्नुपर्ने बताइएको छ । राष्ट्रिय टोलीले पालना गर्नुपर्ने अन्तरराष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी० को नियमानुसार नै जर्सी डिजाइन गर्न आग्रह गरिएको छ । 

    क्यानले विज्ञापन एजेन्सी एडप्याडमार्फत माई सेकेण्ड टिचरलाई राष्ट्रिय टोलीको प्रमुख प्रायोजकका रुपमा पाएको छ । एड प्याडका प्रबन्ध निर्देशक सुरज गिरीले जर्सीको उत्कृष्ट डिजाइन गर्नेलाई एक लाख पुरस्कार प्रदान गरिने बताएका छन् । 


    आषाढ १, २०७८ मंगलवार १०:१५:४९ बजे : प्रकाशित

    फ्रान्ससँग जर्मनी पराजित 

    आषाढ २

  • 194
    SHARES
  • फ्रान्ससँग जर्मनी पराजित 

    काठमाडौं - गए राति युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत भएको खेलमा फ्रान्सले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा फ्रान्सले जर्मनीलाई १-० गोलले पराजित गरेको हो । उक्त खेलमा जित निकाल्न फ्रान्सले गोल गर्न नै परेन । 

    जर्मन डिफेन्डर म्याट्स हमल्सले आफ्नै पोष्टमा गोल गरे । उनले खेलको २० औं मिनेटमा आफ्नै पोष्टमा गोल गरेका हुन् । त्यसपछि दुवै टिमबाट कुनै गानेल हुन सकेन । 

    ३८ औं मिनेटमा इल्काए गुन्डोगनले पेनाल्टी क्षेत्रबाट हान्दा पनि गोल हुन सकेन । ५२ औं मिनेटमा पनि गोल अवसर चुक्दा फ्रान्स बराबरी हुनबाट रोकियो । 

    जितसँगै फ्रान्स ३ अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेको छ । अंकविहिन जर्मनी पुछारको दुई स्थानमा रहेको छ।


    आषाढ २, २०७८ बुधवार ०९:०९:१३ बजे : प्रकाशित

    अष्ट्रेलियाको सानदार जित

    आषाढ २

  • 316
    SHARES
  • अष्ट्रेलियाको सानदार जित

    काठमाडौं - फिफा विश्वकप तथा एसियन कप  छनोट अन्तर्गत भएको खेलमा अष्ट्रेलियाले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा अष्ट्रेलियाले जोर्डनलाई १-० गोलले पराजित गरेको हो ।

    उक्त खेलमा अष्ट्रेलियाको लागि डिफेन्डर ह्यारी सुटरले निर्णायक गोल गरे । उनले खेलको ७७ औं मिनेटमा हेडरमार्फत गोल गरेका हुन् ।  उनको यस गोलसँगै अन्तर्राष्ट्रिय करिअरमा ६ गोल पुगेको छ ।  

    यससँगै अष्ट्रेलियाले ८ खेलमा २४ अंक जोडेको छ । समूहमा शत प्रतिशत जितको नतिजासहित अष्ट्रेलियाले एसियन कपमा छनोट भएको छ ।  


    आषाढ २, २०७८ बुधवार ०९:२०:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अष्ट्रेलिया
  • रोनाल्डोको २ गोलमा पोर्चुगलको जित

    आषाढ २

  • 172
    SHARES
  • रोनाल्डोको २ गोलमा पोर्चुगलको जित

    काठमाडांै - युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा पोर्चुगलले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा पोर्चुगलले हंगेरीलाई ३-० गोलले पराजित गरेको हो । उक्त खेलको ४३ औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाए । 

    त्यसपछि खेलको पहिलो हाफभरी कुनै गोल हुन सकेन । दोस्रो हाफमा खेलको ८४ औं मिनेटमा राफाएल गुरेरोले पेनाल्टी क्षेत्र भित्रबाट हानेको  प्रहार डिफेन्डरको खुट्टामा लागेर गोल भयो । 

    त्यसपछि खेलको अन्तिम समयम रोनाल्डोले अर्को गोल गरी टिमलाई जित दिलाए । जितसँगै समूह एफमा पोर्चुगलले ३ अंक जोडेको छ । 


    आषाढ २, २०७८ बुधवार ०९:५१:५६ बजे : प्रकाशित

    युरोकपमा रुसको पहिलो जित दर्ता

    आषाढ २

  • 142
    SHARES
  • युरोकपमा रुसको पहिलो जित दर्ता

    काठमाडौं - बुधबार भएको युरोकप फुटबलमा रुसले पहिलो जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा रुसले फिनल्याण्डलाई १-० गोलले पराजित गरेको हो । उक्त खेलमा रुसका लागि एलेक्सी मिरानचुकले निर्णायक गोल गरे । 

    उनले पहिलो हाफको अन्तिम समयमा गोल गरी टिमलाई अग्रता दिलाए । तर दोस्रो हाफमा दुवै टिमबाट कुनै गोल हुन सकेन । मिरानचुकको गोल नै निर्णायक बन्यो ।  

    उक्त खेलमा फिनल्याण्डका जोएल पोहजनपालोले गोल गरेका थिए । तर गोलले मान्यता पाए । जितसँगै समूह बी मा रहेको रुस २ खेलमा ३ अंकसहित दोस्रो स्थानमा रहेको छ ।


    आषाढ २, २०७८ बुधवार २१:४८:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # युरोकप
  • # रुस