• Jun 18 2021 | २०७८, आषाढ ४गते

२०७८, आषाढ ४गते

नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ७० जनामा कोरोना संक्रमण, ५४ जनाले ज्यान गुमाए

बैशाख २३ २०७८
  • 486
    SHARES
  • नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ७० जनामा कोरोना संक्रमण, ५४ जनाले ज्यान गुमाए

    काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप ९ हजार ७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

    बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार २१ हजार १ सय ४२ वटा परीक्षण गर्दा ९ हजार ७० जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कूल संक्रमितको संख्या ३ लाख ६८ हजार ५ सय ८० पुगेको छ।  

    साथै पछिल्लो २४ घण्टामा २७ सय ७ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या २ लाख ९२ हजार ४ सय ९० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।  

    यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५४ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५ सय २९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    बैशाख २३, २०७८ बिहिवार १८:०४:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • अर्कोसमाचार

    बीपी प्रतिष्ठनमा २० जना कोरोना संक्रमितको जटिल शल्यक्रिया

    आषाढ ३

  • 182
    SHARES
  • बीपी प्रतिष्ठनमा २० जना कोरोना संक्रमितको जटिल शल्यक्रिया

    धरान। कोभिड—१९ महामारीको दोस्रो लहर शुरु भएयता एक महिनाको अवधिमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २० जना कोरोना सङ्क्रमितको शल्यक्रिया भएको छ ।

    ती शल्यक्रियाहरु जटिल किसिमका रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर शुरु भएयता गत वैशाख २७ गतेदेखि प्रतिष्ठानको कोभिड अस्पतालमा शल्यक्रिया शुरु गरिएको थियो । जेठ अन्तिमसम्म २० वटा शल्यक्रिया भएको छ ।

    प्रतिष्ठानका न्यूरो सर्जन डा.आलोक दाहाललगायतको टोलीले तीन वटा न्यूरोसम्बन्धी जटिल शल्यक्रिया गरेको छ । टोलीले अचेत अवस्थामा आएका, आँखा खोल्न नसकेका, टाउकोमा रगत जमेका र हातखुट्टा नचलेका बिरामीहरुको सफल शल्यक्रिया गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार जनरल सर्जरीबाट प्रा.डा.राकेश गुप्ता, डा.सुरेशप्रसाद साह, डा निर्मल साह, डा.रुपेश प्रसाद साह, डा. भवानी खनाल, डा. विजय श्रेष्ठलगायत चिकित्सक टोलीले सात वटा जटिल किसिमका शल्यक्रिया गरेका छन् । तीमध्ये चार वटा सानो आन्द्राको, दुईवटा एपेन्डिक्सको र एक वटा ठूलो आन्द्राको शल्यक्रिया भएको सहप्रवक्ता डा.पोखरेलले जानकारी दिनुभयो ।

    यसैगरी प्रतिष्ठानका कार्डियो भास्कुलर सर्जन डा. लोकेश शेखर जैसवाल तथा जेनेरल सर्जन डा. सुरेश प्रसाद साहको टोलीले १२ इन्च लामो रडले करङको हाडलाई छेडेर फोक्सो र मुटुमा चोट पु¥याएका सङ्क्रमित बिरामीको पनि जटिल शल्यक्रिया गरेको थियो । त्यसैगरी प्रतिष्ठानको नाक, कान, घाँटी विभागका डा. शंकरप्रसाद साह र डा. ऋषिराज साहको टोलीले एक जना सङ्क्रमित बिरामीको घाँटीमा अड्किएको हड्डी सफलतापूर्वक निकालेको प्रतिष्ठानले जनाएको छ ।

    प्रतिष्ठानका अनुसार गाइनो विभागका चिकित्सकहरुले सङ्क्रमित बिरामीहरुको आठ वटा शल्यक्रियामार्फत डेलिभरी गरिएको थियो भने ९ वटा नर्मल डेलिभरी गरिएको थियो । तीमध्ये पाँच वटा डा. दिप्ती दास, दुई वटा डा. मदन खड्का र एक वटा डा. मनोज साहले गर्नुभएको थियो ।रासस 


    आषाढ ३, २०७८ बिहिवार १३:५२:४१ बजे : प्रकाशित

    झलनाथ खनालको स्वास्थ्यमा सुधार हुँदै

    आषाढ ३

  • 196
    SHARES
  • झलनाथ खनालको स्वास्थ्यमा सुधार हुँदै

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालको अहिले दिल्लीमा उपचार भइरहेको छ । थप उपचारका लागि बुधबार दिउँसो भारतको नयाँ दिल्ली प्रस्थान गरेका खनालको एपोलो अस्पतालमा सोही दिन नै उपचार शुरु गरिएको थियो। 

    अहिले खनालको स्वास्थ्यमा सुधार हुँदै गइरहेको छ । रगतमा देखिएको हेमोग्लोविनको कमी हटाउनेबारेमा डाक्टरले उपचार शुरु गरेको उनको सचिवालयले जनाएको छ । 

    लगातार उच्च ज्वरो र हेमोग्लोबिन कम भएपछि केही दिन अघि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएर उपचार गराइरहेका खनालको थप उपचारका लागि नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा लगिएको हो । 

    गत सोमबार नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएर उपचार गराएका खनाललाई उच्च ज्वरो, फोक्सोमा पानी जमेको, अक्सिजनको मात्रा शरीरमा कम देखिएको तथा सास फेर्न गाह्रो भएपछि थप उपचारका लागि भारत लगिएको हो । 

     


    आषाढ ३, २०७८ बिहिवार १४:१३:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # झलनाथ खनाल
  • बीएण्डसीबारे फैलाइएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण, दुर्गा प्रसाईंद्वारा यथार्थ विवरण सार्वजनिक 

  • 686
    SHARES
  • बीएण्डसीबारे फैलाइएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण, दुर्गा प्रसाईंद्वारा यथार्थ विवरण सार्वजनिक 

    काठमाडौं । झापाका रहेको बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले बिएण्डसी हस्पिटलले आफूसँग सम्बन्धित भ्रामक, कपोकल्पित, असत्य र झुठा अनर्गलरुपमा प्रकाशन तथा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

    कार्यकारी निर्देशक दुर्गा प्रसाईंले यथार्थ विवरण सार्वजनिक गर्दै विभिन्न संचार माध्यमहरु मार्फत केही स्वास्थ्य र शिक्षाको ठेक्का लिएका हौं भन्ने व्यक्तिहरुले निरन्तर रुपमा झुठा विवरण उल्लेख गरि पटक पटक भ्रमपूर्ण लेखहरु प्रकाशन गरेको र गलत तथ्यमा आधारित भई निरन्तर रुपमा समाचारहरु प्रकाशन तथा प्रशारण भईरहेको प्रति यस संस्थाको गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् । 

    ‘यस संस्थाले साविक कायम रहेको निजी लगानीमा संचालन गरिने प्राविधिक महाविद्यालय (कलेज/क्याम्पस) सम्बन्धमा बनेको आधारभूत नीति २०६३ का आधारमा सम्पूर्ण मापदण्ड पूरा गरि कलेजको सम्बन्धनका लागि राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ जारी हुनु अगावै २०७३ फागुन १५ गते काठमाडौं विश्वविद्यालयसमक्ष दिएको निवेदनका आधारमा काठमाडौं विश्वविद्यालयको सभाको ८९औं बैठकले यस संस्थालाई एमबिबिएस कार्यक्रम सञ्चालनका लागि सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेबमोजिम काठमाडौं विश्वविद्यालयका विज्ञहरु सम्मिलित टोलीले मिति २०७८ वैशाख २२देखि २६ गतेसम्म कलेजेको प्रारम्भिक निरीक्षण गरि पेस गरेको प्रतिवेदनसमेतका आधारमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा १३(६)बमोजिम सम्बन्धनको लागि सहमति दिने र सिट संख्यासहित स्वीकृतिका लागि निर्णय गर्नका लागि राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५को दफा १३(६) बमोजिम यस बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.लाई सम्बन्धन प्रदान गर्न चिकित्सा शिक्षा आयोगमा निमानुसार काम कारबाही अगाडि बढाएको विषयलाई अतिरञ्जित गरिएको छ’, जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

    बीएण्डसीलाई दिएको सम्बन्धन अदालतले खारेज गरेको भनेर अनर्गल रुपमा गरिएको प्रचारमा विश्वास नगर्न कार्यकारी निर्देशन प्रसाईंले आग्रह गरेका छन् । बीएण्डसीलाई दिएको सम्बन्धन खारेज नभएको, बीएण्डसी कानुनसम्मत चलेको भन्दै प्रसाईंले हालसम्म अदालतको आदेश र  काठमाण्डौ विश्व विद्यालयले गरेका निर्णयबारे स्पष्ट पारेका छन् । 

    बिहीबार प्रेस विज्ञप्ति जारी गरेर उनले हालसम्म के के भए, सम्बन्धित् निकायले केकस्तो निर्णय गर्‍यो, अदालतबाट कस्तो आदेश जारी भयो र यी सबैलाई बंग्याएर बीएण्डसीबारे के कस्तो अनर्गल र झुठा प्रचारबाजी भए भन्नेबारेमा स्पष्ट र बुंदागत रुपमा सार्वजनिक गरेका छन् । 

    बिहीबार प्रसाईंद्वारा जारी प्रेस विज्ञप्तिको पूर्णपाठ :

    यस वि.एण्ड सी. मेडिकल कलेज टिचिङ्ग हस्पिटलका तर्फबाट सम्मानित सर्वोच्च अदालतमा दायर ०७७–डब्लूओ–०३२४ जनित उत्प्रेषण मुद्दामा सम्मानित सर्वोच्च अदालतबाट मिति २०७७।७।१८ मा जारि अन्तरिम आदेश, उक्त मुद्दाको काम कारवाही र यस संस्थाको सम्वन्धन समेतका विषयमा विभिन्न संचार माध्यमहरु मार्फत केही स्वास्थ्य र शिक्षाको ठेक्का लिएका हौं भन्ने व्यक्तिहरुले निरन्तर रुपमा झुठा विवरण उल्लेख गरि पटक पटक भ्रमपूर्ण लेखहरु प्रकाशन गरेको र गलत तथ्यमा आधारित भई निरन्तर रुपमा समाचारहरु प्रकाशन तथा प्रशारण भईरहेको प्रति यस संस्थाको गम्भिर ध्यानाकर्षण भएको छ ।

    सर्वप्रथम,  यस संस्थाले साविकमा कायम रहेको निजी लगानीमा संचालन गरिने प्राविधिक महाविद्यालय (कलेज/क्याम्पस) सम्वन्धमा बनेको आधारभुत नीति, २०६३ का आधारमा सम्पूर्ण मापदण्ड पूरा गरि कलेजको सम्वन्धनका लागि राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ जारि हुनुभन्दा तिन वर्ष अगावै श्री काठमाण्डौ विश्व विद्यालय समक्ष कलेजको सम्वन्धनको लागि दिएको निवेदनका आधारमा काठमाण्डौं विश्व विद्यालयको सभाको ८९ औं बैठकले यस संस्थालाई एमविविएस कार्यक्रम संचालनका लागि सम्वन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेबमोजिम काठमाण्डौं विश्व विद्यालयका विज्ञहरु सम्मिलित टोलीले मिति २०७८ बैशाख २२ देखि २६ गते सम्म कलेजको प्रारम्भिक निरिक्षण गरि पेश गरेको प्रतिवेदन समेतका आधारमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १३(६) बमोजिम सम्वन्धनको लागि सहमति दिन र सिट संख्या सहित स्विकृतिका लागि निर्णय गर्नका लागि राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १३(६) बमोजिम यस संस्थालाई सम्वन्धन प्रदान गर्न चिकित्सा शिक्षा आयोगमा नियमानूसार काम कारवाही अगाडि बढाएको विषयलाई अतिरन्जित गरि अदालतमा विचारधिन रहेका मुद्दाको न्यूनतम् तथ्यगत  र कानूनी ज्ञान पनि नराखी, जो आफु केहीपनि नगर्ने र वन्दकोठा भित्र बसी अरुको विषयमा लेख्ने, अरुले गरेको काम प्रती भाँजो हाल्ने प्रायोजीत ब्यक्ती जीवन क्षेत्री लगाएतका कथित नागरिक अभियन्ता भन्ने व्यक्तिहरुका नामबाट लगातार रुपमा अत्यन्त भ्रामक, तथ्यहिन एवम् कपोकल्पीत कुराहरु उल्लेख गरि पटकपटक समाचारहरु सार्वजनिक गरेका कारणले मात्र हामीले यस प्रेस विज्ञप्ति मार्फत सत्यतथ्य सार्वजनिक गरिरहेका छौं ।  

    यसमा निवेदक वि.एण्ड सी.मेडिकल कलेज टिचिङ्ग हस्पिटल र चिकित्सा शिक्षा आयोग समेत विपक्षी भएको  ०७७( ध्इ( ०३२४ जनित उत्प्रेषण मुद्दामा निवेदक संस्थाले निजी लगानीमा संचालन गरिने प्राविधिक महाविद्यालय (कलेज/क्याम्पस) सम्वन्धमा बनेको आधारभुत नीति ,२०६३ का आधारमा २०६८ ।१०।२४ मा नै (अर्थात चिकित्शा शिक्षा ऐन आउनु भन्दा आठ वर्ष अगाडि नै ) मनसायपत्र प्राप्त गरेको र नेपाल सरकार शिक्षा मन्त्रालयले मिति २०७३।११।१५ मा ( अर्थात चिकित्सा शिक्षा ऐन आउनुभन्दा दुई वर्ष पहिले नै ) सम्वन्धनका लागि श्री काठमाण्डौ विश्व विद्यालयलाई लेखि पठाएको अवस्थामा मिति २०७७।०४।२६ मा जारि राष्ट्रिय चिकित्सा शिक्षा नियमावलीमा उल्लेखित आशयपत्र नविकरणको व्यवस्था निवेदकको हकमा लागू हुन सक्दैन भन्ने मुख्य निवेदकको माग भएको विषयमा श्री सर्वोच्च अदालतबाट मिति २०७७।७।१८ गते मा. न्यायाधिस प्रकाश कुमार ढुंगानाको इजलासले राष्ट्रिय चिकित्सा शिक्षा नियमावलीको आशयपत्र नविकरण सम्वन्धी नियम ७ को उपनियम (१),(३) र (४) सम्वन्धी व्यवस्था निवेदकको हकमा लागू नगरि कार्यान्वयन नगर्नु नगराउनु भनि विपक्षी चिकित्सा शिक्षा आयोग समेतका नाममा अन्तरिम आदेश जारि भएको हो ।

    त्यस पछि उक्त मुद्दा अन्तरिम आदेशउपर छलफलका लागि विपक्षीहरु समेतलाई झिकाई मिति २०७७।८।७ का लागि पेशीमा चढेकोमा सो दिन विपक्षीहरुको तर्फबाट नियुक्त कानून व्यवसायी मध्येका श्री नारायण प्रसाद खनालले कोभिडबाट संक्रमित भएको कारण खुलाई निवेदन दिई पेशी स्थगित भएको र सो दिन अन्तरिम आदेश उपर छलफल हुननसकेकोले सो मिति पछि पुनः मिति २०७७।१०।१२ गते मा. न्यायधिस मिरा खड्का र मा. न्यायधिश वम कुमार श्रेष्ठको संयुक्त ईजालासबाट अन्तरिम आदेशलाई निरन्तरता दिई अन्तीम सुनुवाईका लागि पेश गर्नुभन्ने आदेश भई  मिति२०७८।२।०४ मा पेशी तोकिएकोमा मुद्दामा अन्तिम सुनुवाई नभई अर्को आदेश वा फैसला नभएको र मिति २०७७।७।१८ मा जारी अन्तरिम आदेश कायम नै रहेको अवस्था छ ।

    उक्त कुरा सम्मानित सर्वोच्च अदालतको आधिकारिक वेवसाइटमा उपलब्ध हुने माथि उल्लेखित मितिका दैनिक पेशी सुचि हेरिएमा जो सुकैलाई पनि जानकारी हुने र जानकारी लिन सकिनेमा सम्मानित सर्वोच्च अदालत जस्तो निकायमा विचारधिन मुद्दामा हुदै नभएको र भएको आदेशलाई पनि भ्रमपुर्ण तथ्य फरक पटक पटक प्रकाशन गर्ने गराउने र  मिति २०७७।८।७ मा कसको निवेदनका आधारमा उक्त दिनको पेशी स्थगित भएको हो भन्ने तथ्य पेशी स्थगितको आदेशबाटै स्पष्ट हुने विषयमा समेत दुर्गा प्रसाईका कानून व्यवसायीले पेशी स्थगित गरेको भनि अर्को भ्रम छर्ने कार्य भईरहेको पाइयो ।

    यसरी मुद्दा सम्वन्धीको यस तथ्यको वास्तविकतालाई भ्रमपूर्ण रुपमा विभिन्न संचार माध्यमहरुमा अनवरत रुपमा असारे खेती जस्तो प्रचार प्रसार गर्ने गराउने, आफै यो देश थाम्ने, मानौ संसारै थामे जस्तो गर्ने गराउने यो देशको संविधान र कानुनले आधिकार दिएको व्यक्ति जस्तो गरि कहिले वि.एण्ड सी.मेडिकल कलेज टिचिङ्ग हस्पिटलको मनसाय पत्र रद्ध कहिले अन्तरिम आदेश खारेज, कहिले कलेजको भौतिक पुर्वाधार नभएको, कहिले दुर्गा प्रसाई नेपालका नागरिक नै होईनन् जस्ता कुतर्कहरु राखि अनर्गल प्रचारप्रसामा आफ्नो सम्पुर्ण जीवन बिताईरहेको र दुर्गा प्रसाईका तर्फबाटै नियुक्त कानून व्यवसायीकातर्फबाट पेशी स्थगित भएका कारण सर्वोच्च अदालत नियमावली,२०७३ को नियम ४९(६) बमोजिम अन्तरिम आदेश खारेज भएको र मनसायपत्र रद्ध भएको आदी इत्यादी भनि धारावाहिक रुपमा यस संस्थाका विरुद्धमा प्रायोजित, पूर्वाग्रही, असत्य र झुठा समाचारहरु प्रकाशन र प्रसारण हुनु अत्यन्त दुःखद र खेदःजनक विषय हो ।

    हामी मिति २०७७।७।१८ मा जारि अन्तरिम आदेश खारेज भएको सम्मानित सर्वोच्च अदालतको आदेश र दुर्गा प्रसाईको कानुन व्यवसायीले पेशी स्थगित गरेको भन्ने तथ्य प्रमाणद्वारा पुष्टि गर्न उक्त भ्रामक र तथ्यहिन समाचार प्रकाशन तथा प्रशारणमा संलग्न व्यक्ति तथा समाचार संस्थाहरुलाई चुनौति दिन चाहान्छौ ।  साथै यो संस्था निवेदक भएको माथि उल्लेखित मुद्दामा मिति २०७७।७।१८ मा जारि अन्तरिम आदेश निष्कृय वा रद्ध नभएको सत्य व्यहोरा सबैलाई अवगत गराउन चाहान्छौ ।  

    आधारहरु   

    – निजी लगानीमा संचालन गरिने प्राविधिक महाविद्यालय (कलेज÷क्याम्पस) सम्वन्धमा बनेको आधारभुत नीति ,२०६३ का आधारमा २०६८ ।१०।२४ मा नै (अर्थात चिकित्शा शिक्षा ऐन आउनु भन्दा आठ वर्ष अगाडि नै ) 

    मनसायपत्र प्राप्त गरेको 

    – नेपाल सरकार शिक्षा मन्त्रालयले मिति २०७३।११।१५ मा ( अर्थात चिकित्सा शिक्षा ऐन आउनुभन्दा दुई वर्ष पहिले नै ) सम्वन्धनका लागि श्री काठमाण्डौ विश्व विद्यालयलाई लेखि पठाएको 

    – मिति २०७७।०४।२६ मा जारि राष्ट्रिय चिकित्सा शिक्षा नियमावलीमा उल्लेखित आशयपत्र नविकरणको व्यवस्था निवेदकको हकमा लागू हुन सक्दैन भन्ने मुख्य निवेदकको माग भएको विषयमा श्री सर्वोच्च अदालतबाट मिति २०७७।७।१८ गते मा. न्यायाधिस प्रकाश कुमार ढुंगानाको इजलासले राष्ट्रिय चिकित्सा शिक्षा नियमावलीको आशयपत्र नविकरण सम्वन्धी नियम ७ को उपनियम (१),(३) र (४) सम्वन्धी व्यवस्था निवेदकको हकमा लागू नगरि कार्यान्वयन नगर्नु नगराउनु भनि विपक्षी चिकित्सा शिक्षा आयोग समेतका नाममा अन्तरिम आदेश जारि भएको 

    – मिति २०७७।८।७ का लागि पेशीमा चढेकोमा सो दिन विपक्षीहरुको तर्फबाट नियुक्त कानून व्यवसायी मध्येका श्री नारायण प्रसाद खनालले कोभिडबाट संक्रमित भएको कारण खुलाई निवेदन दिई पेशी स्थगित भएको 

    – पुनः मिति २०७७।१०।१२ गते मा. न्यायधिस मिरा खड्का र मा. न्यायधिश वम कुमार श्रेष्ठको संयुक्त ईजालासबाट अन्तरिम आदेशलाई निरन्तरता दिई अन्तीम सुनुवाईका लागि पेश गर्नुभन्ने आदेश भई  मिति२०७८।२।०४ मा पेशी तोकिएकोमा मुद्दामा अन्तिम सुनुवाई नभई अर्को आदेश वा फैसला नभएको र मिति २०७७।७।१८ मा जारी अन्तरिम आदेश कायम नै रहेको अवस्था छ । 

    – चिकित्सा शिक्षा ऐनको दफा १३ (६) – यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि यो ऐन जारी भएपछि एक बिश्वविद्यालयले पाँच भन्दा वढी शिक्षण संस्थालाई सम्वन्धन दिन सक्ने छैन । तर यो ऐन जारी हुनुभन्दा अघि सम्बन्धन दिई सकेका र मनसायपत्र लिई मापदण्ड पुरा गरेका काठमाण्डौ उपतयका बाहिरका शिक्षण संस्थाका हकमा यो प्रावधान लागु हुने छैन । काठमाण्डौ उपत्यका बाहिरका अन्य शिक्षण संस्थाका हकमा आयोगले निर्णय गरे बमोजिम हुनेछ । आयोगले निर्णय गर्दा यस ऐनको कुनैपनि कुराले वाधा पुग्ने छैन । 

    दुर्गा प्रसाद प्रसाई


    आषाढ ३, २०७८ बिहिवार १६:११:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बीएण्डसी
  • # दुर्गा प्रसाईं

  • क्यानाडा नेपाल

    कोरोना अपडेट : थप २६०७ जनामा संक्रमण, २१४१ जना संक्रमणमुक्त र ३९ जनाको मृत्यु

  • 140
    SHARES
  • कोरोना अपडेट : थप २६०७ जनामा संक्रमण, २१४१ जना संक्रमणमुक्त र ३९ जनाको मृत्यु

    काठमाडौं । सरकारले पछिल्लो २४ घण्टामा २ हजार ६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुुसार कूल १२ हजार ४८४ परीक्षण गर्दा २ हजार ६०७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

    ७ हजार ७११ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ७६८ जनामा र ४७७३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८३९ गरी २६०७ जनामा कोरोनाभाइरस पोजेटिभ रिपोर्ट आएको मन्त्रालयले जनाएको छ । 

    यस्तै पछिल्लो २४ घण्टामा २ हजार १४१ जना संक्रमणमुक्त हुँदा सोही अवधिमा ३९ जना संक्रमितको मृत्यु भएको छ । 


    आषाढ ३, २०७८ बिहिवार १७:५३:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    काठमाडौं उपत्यकामा एकैदिन थपिए ५ सय ७० जना कोराना संक्रमित, कहाँका कति ?

    आषाढ ३

  • 340
    SHARES
  • काठमाडौं उपत्यकामा एकैदिन थपिए ५ सय ७० जना कोराना संक्रमित, कहाँका कति ?

    काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै गइरहेको छ । बिहिबार काठमाडौं उपत्यकामा थप ५ सय ७० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । 
     
    काठमाडौं उपत्यकामा थप कोरोना संक्रमित हुनेमा काठमाडौंका ४१३ जना, ललितपुरका १२१ जना र भक्तपुरका ३६ जना रहेका छन् ।  

    यस्तै मुलुकभर पछिल्लो २४ घण्टामा २६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  यससँगै कूल संक्रमितको संख्या पिसीआरतर्फ ६ लाख १५ हजार ९ सय ८४ र एन्टीजिनतर्फ २४ हजार ५६ पुगेको छ । यस्तै निको हुने ८८.६ प्रतिशत रहेका छन् । 

    यस्तै पछिल्लो २४ घण्टामा २१ सय ४१ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ५ लाख ४५ हजार ६६२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।  

    यसैगरी पछिल्लो २४ घण्टामा मृत्यु भएका र त्यसअघि भएका गरी थप ३९ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ हजार ५९७  जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    आषाढ ३, २०७८ बिहिवार १८:०४:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • स्वास्थ्य मन्त्रालयले भन्यो - पानीजन्य रोगको जोखिम बढ्न सक्छ, सचेत होऔँ  

    आषाढ ३

  • 98
    SHARES
  • स्वास्थ्य मन्त्रालयले भन्यो - पानीजन्य रोगको जोखिम बढ्न सक्छ, सचेत होऔँ  

    काठमाडौँ। वर्षात्को समयमा बाढीपहिराको जोखिमसँगै पानीजन्य रोगको जोखिम हुने भएकाले सचेतता अपनाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढीपहिरोको जोखिमसँगै लामखुट्टेले सार्ने रोग तथा सरसफाईसम्बन्धी जनस्वास्थ्यका समस्या बढ्ने भएकाले आवश्यक सजगता अपनाउन अनुरोध गरेको हो ।

    मन्त्रालयका सहायक प्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार उद्धार, राहत आदि कार्यमा जुट्दा कोभिड १९ विरुद्ध जनस्वास्थ्यका मापदण्डको ख्याल गरी पालना गराउन, सफा पिउने पानीको प्रबन्ध गर्न, उपयुक्त गाँस बाँसको प्रबन्धसँगै सरसफाईमा ध्यान दिन सबैको ध्यानाकर्षण गराइएको छ ।    
        
    त्यस्तै लामखुट्टेको टोकाइबाट बच्ने उपायमा ध्यान दिन ध्यानकर्षण गराउँदै मन्त्रालयले जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक औषधी, उपकरण, स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि प्रयास गरिरहेको जनाएको छ । 

    यस्तै स्थानीय जिल्ला स्वास्थ्य कार्यालय, प्रदेशका सम्बन्धित निकाय मार्फत आपतकालीन केन्द्रले समन्वयको व्यवस्था गरिरहेको जानकारी गराएको छ । मन्त्रालयले वर्षायामको शुरुआतसँगै सिन्धुपाल्चोक, मनाङ, म्याग्दी, बाजुरा, डोटीलगायतका जिल्लामा भएको क्षति एवम् सर्वसाधारणको दुःखद निधनले मन्त्रायल स्तब्ध भएको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले विपद्को यो समयमा खोजी तथा प्रभावित व्यक्तिको उद्धारमा सरकारको संयन्त्र परिचालन भएकाले साथ र सहयोगको अपेक्षा गरेको छ ।रासस


    आषाढ ३, २०७८ बिहिवार २१:१५:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य मन्त्रालय
  • images
    images
    ताजा खबर