• Jun 17 2021 | २०७८, आषाढ ३गते

२०७८, आषाढ ३गते

ओली विरुद्द दिनरात खटिएका यी नेताहरुको आ-आफ्नो स्वार्थ !

क्यानाडा नेपाल बैशाख २५ २०७८
  • 4.3K
    SHARES
  • ओली विरुद्द दिनरात खटिएका यी नेताहरुको आ-आफ्नो स्वार्थ !

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले अफ्ठ्यारो अवस्था सिर्जना बन्दै गएको छ । वैशाख २७ गते विश्वासको मत लिने तयारीमा रहेका प्रधानमन्त्री ओली अल्पमतमा पर्ने सम्भावना बढे संगै बालुवाटारमा दौड धूप बढ्दो छ ।

    प्रधानमन्त्री ओलीको सरकार ढाल्ने कोशिस विपक्षी दलहरुले करिब ५ महिनादेखि गरिरहेका छन् तर कुनै पनि हालतमा सम्भव भएको थिएन । विपक्षीहरुको हात बाँधेर राखे झैँ गरेका थिए प्रधानमन्त्री ओलीले जसको एक उदाहरण माओवादी केन्द्रले समर्थन फिर्ता लिने हिम्मत सम्म गरेन । तर अहिले विपक्षीलाई सुनौलो मौका प्रधानमन्त्री ओली आफैले दिएका छन् विश्वासको मत लिने निर्णय गरेर ।

    प्रधानमन्त्री ओलीको सरकार ढाल्ने मौका वैशाख २७ गते हो यदि ओलीले विश्वासको मत लिन सकेनन् भने तर ओली राजनीतिक खेलाडी हुन् जसले अन्तिम समयमा पासा बदल्न सक्छन । तर आज सम्मको माहोल हेर्दा ओलीले विश्वासको मत पाउने सम्भावना घट्दो छ ।

    नेकपा एमालेबाट २१ बढि सांसदहरुले राजिनामा दिने भएपछी केपी ओलीले विश्वासको मत पाउन गाह्रो भएको छ । जसपामा समेत अहिले उपेन्द्र यादव तर्फ बहुमत भएका कारण ओलीले पाउने साथ संसदमा घट्दो छ । प्रधानमन्त्री ओली विरुद्द अहिले दिनरात खटिएका छन् शिर्ष नेताहरु । ओली सरकार ढालेपछि आ-आफ्नो स्वार्थ पूर्ति गर्न लागेका छन् केहि शिर्ष नेताहरु ।

    पुष्पकमल दाहाल 'प्रचण्ड' : पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रधानमन्त्री ओलीसंग आलो पालो गरेर प्रधानमन्त्री बन्ने सम्झौता गरेको थिए तर ओलीले कुर्सी नछोडेपछि प्रचण्डले आफूलाई निरिह जस्तो भएका थिए । प्रचण्डले तत्कालीन नेकपा भित्र खेलेर ओली माथी कुर्सी छोड्न दबाब दिए तर सफल हुन सकेनन् । बरु अहिले प्रधानमन्त्री नबनुम तर ओलीलाई सरकार बाट हटाएर अरु जसलाई पनि प्रधानमन्त्री बनाउन तयार भएर प्रचण्ड अहिले दिन रात दौडधूप गरिरहेका छन् ।

    उपेन्द्र यादव : प्रचण्ड पश्चात प्रधानमन्त्री ओली विरुद्द दिनरात खटिएका अर्का नेता हुन् जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव हुन् । उपेन्द्र यादवसंग डा. बाबुराम भट्टराई पनि छन् तर बाबुराम पछाडी बसेर उपेन्द्र यादवलाई यो कामको लागि अघि सारेका छन् । केपी ओलीको सरकारमा उपेन्द्र यादव स्वास्थ्यमन्त्री र उप-प्रधानमन्त्री थिए तर केपी ओलीले गरेको सम्झौता पूरा नगरेको साथै आफूलाई काम गर्न सहज समेत नबनाएको कारण उपेन्द्र यादवले राजिनामा दिएर सरकारबाट बाहिरिएका थिए । त्यही विवाद र चोटलाई मलम लाउने बेला आएकोले उपेन्द्र यादव अहिले खटिएका छन् । उपेन्द्र यादव अहिले राजेन्द्र महतोलाई समेत आफ्नो तर्फ ल्याउने कोशिस गरिरहेका छन् ।

    माधव कुमार नेपाल : नेकपा एमालेका नेता माधव कुमार नेपाललाई पार्टी भित्र पेलेर हिंडिरहेका अध्यक्ष केपी शर्मा ओलीलाई ठेगान लाउने बेला यहि हो भनेर माधव नेपाल समेत कुदिरहेका छन् ।माधव नेपालको चाहना अध्यक्ष ओलीले सच्चिएर आफ्नो माग सम्बोधन गरुन भन्ने हो तर ओली नडगमगाए पछि माधव नेपाल समेत ओलीले विश्वासको मत नपाउन भनेर दौड धूप गरिरहेका छन् ।


    बैशाख २५, २०७८ शनिवार १७:५२:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # विश्वासको मत

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    झलनाथ खनालमा देखियो ‘मिर्गौला फेल’पछि स्वास्थ्य समस्या 

  • 400
    SHARES
  • झलनाथ खनालमा देखियो ‘मिर्गौला फेल’पछि स्वास्थ्य समस्या 

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल थप उपचारका लागि नयाँ दिल्ली लैजाने तयारी गरिएको छ ।

    केही दिन अघि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएर उपचाररत खनालको मिर्गाैला फेलपछिको स्वास्थ्य समस्या देखिएको छ । 

    स्वास्थ्यमा जटिलता देखिन थाले पछि उनलाई नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका लागि लैजाने तयारी गरिएको छ । यसअघि गत माघमा पनि खनालले सोही अस्पतालमा उपचार गरेका थिए । 

    लगातार आएको ज्वरो कम नभएपछि र हेमोग्लोबिन कम भएपछि नर्भिक अस्पताल भर्ना भएर उपचार गराइरहेका खनालको स्वास्थ्यमा मिर्गाैला फेलपछि जटिलता देखिएको हो । 

    साथै फोक्सोमा पानी जमेको र अक्सिजनको लेभल पनि राम्रो नरहेको अस्पताल स्रोतले जानकारी दिएको छ । उनको अक्सिजनको सहायतामा उपचार भइरहेको छ । 

    मिर्गौला फेलपछिको देखिएको जटिलताबारे खनालको सचिवालयले केही बताइसकेको छैन । तर, उनलाई उपचारका लागि नयाँ दिल्ली लैजान भने सचिवालयले प्रक्रिया थालिसकेको बताइएको छ । 


    आषाढ २, २०७८ बुधवार १२:१७:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # झलनाथ खनाल

  • क्यानाडा नेपाल

    झलनाथ खनाललाई भेट्न अस्पताल पुगे इश्वर पोखरेल, खनालले भने - पार्टी मिलाउनुस् कमरेड 

    आषाढ २

  • 250
    SHARES
  • झलनाथ खनाललाई भेट्न अस्पताल पुगे इश्वर पोखरेल, खनालले भने - पार्टी मिलाउनुस् कमरेड 

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल थप उपचारका लागि आज नयाँ दिल्ली लैजाने तयारी गरिएको छ ।

    केही दिन अघि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएर उपचाररत खनालको मिर्गौला फेलपछिको स्वास्थ्य समस्या देखिएको छ । स्वास्थ्यमा जटिलता देखिन थाले पछि उनलाई नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका लागि लैजाने तयारी गरिएको हो । 

    दिल्ली जानुअघि खनाललाई भेट गर्न एमाले महासचिव इश्वर पोखरेल अस्पताल पुगेका थिए। उक्त भेटमा खनालले पोखरेललाई पार्टी मिलाउन आग्रह गरेको बताइएको छ । खनालले पोखरेललाई 'पार्टी मिलाउनुस् कमरेड ...' भनेको बताइएको छ ।

    एमाले नेता झलनाथ खनाललाई थप उपचारका लागि दिल्ली लगिँदै एमाले नेता झलनाथ खनाललाई थप उपचारका लागि दिल्ली लगिँदै
     


    आषाढ २, २०७८ बुधवार १३:०५:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # झलनाथ खनाल
  • ओलीलाई अस्पतालको शैयाबाट खनालले भने– कमरेड, म फर्केर आउँछु कि आउँदिनँ, पार्टी बचाउनुहोस्

  • 1.5K
    SHARES
  • ओलीलाई अस्पतालको शैयाबाट खनालले भने– कमरेड, म फर्केर आउँछु कि आउँदिनँ, पार्टी बचाउनुहोस्

    काठमाडौं । थप उपचारका लागि भारतको दिल्ली प्रस्थान गर्नुअघि पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको एकता बचाउन आग्रह गरेका छन् । 

    लगातार उच्च ज्वरो र हेमोग्लोबिन कम भएपछि केही दिन अघि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएर उपचार गराइरहेका खनाल थप उपचारका लागि नयाँ दिल्लीस्थित एपोलो अस्पताल जाने तयारीमा छन् । 

    उनको स्वास्थ्य अवस्थाबारे सरकार र एमालेले चासो राखेको छ । पार्टीका महासचिव ईश्वर पोखरेलसहितका नेताहरु अस्पताल पुुगेर खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका छन् । 

    सोहीक्रममा अर्थमन्त्री विष्णु पौडेलले खनालसँग प्रधानमन्त्री ओलीको फोन सम्पर्क गराएका छन् । बुधबार भएको फोन सम्पर्कमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले खनालको स्वास्थ्य लाभको कामना गरेका छन् । 

    अन्ततः ओली गले  अन्ततः ओली गले 

    दिल्ली लैजानुअघि टेलफोनमार्फत स्वास्थ्यलाभको कामना गरेका प्रधानमन्त्री ओलीले खनालको उपचारका लागि सरकारले सहयोग गर्ने वचन पनि दिएका छन् । 

    सोही क्रममा नेता खनालले अध्यक्ष ओलीलाई एमालेको एकता जोगाउन भावुकशैलीमा आग्रह गरेका छन् । यसअघिका घटनाहरुलाई बिर्सिएर पार्टी एकता गर्न ओलीलाई आग्रह गर्दै एमालेका पूर्व अध्यक्षसमेत रहेका खनालले भने, ‘कमरेड, म फर्केर आउँछु कि आउँदिन, त्यो पनि थाहा छैन । पार्टी एकतावद्ध बनाउनुहोस्, मेरो यही चाहना छ ।’

    एकतावद्ध एमालेको चाहना आफ्नो रहेको भन्दै खनालले पार्टीलाई एकतावद्ध बनाउने स्थानमा ओली रहेकालाई आग्रह गरेको बताएका छन् । जवाफ अध्यक्ष ओलीले पार्टीलाई एकताबद्ध बनाउन आफू लचिलो भएर प्रस्तुत हुने बताएका छन् । 

    अध्यक्ष ओलीलाई जस्तै आफूलाई हेट्न आएका महासचिव पोखरेललाई पनि खनालले पार्टी एकताको पक्षमा काम गर्न आग्रह गरेका थिए ।  खनालमा मिर्गौला फेलपछि देखिने स्वास्थ्य जटिलता देखिएको नर्भिक अस्पताल स्रोतले जानकारी दिएको छ । 


    आषाढ २, २०७८ बुधवार १४:३३:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # झलनाथ खनाल

  • क्यानाडा नेपाल

    पार्टी एकताको सन्देश छाडेर उपचारका लागि खनाल दिल्ली प्रस्थान 

  • 244
    SHARES
  • पार्टी एकताको सन्देश छाडेर उपचारका लागि खनाल दिल्ली प्रस्थान 

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल थप उपचारका लागि बुधबार दिउँसो भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

    लगातार उच्च ज्वरो र हेमोग्लोबिन कम भएपछि केही दिन अघि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएर उपचार गराइरहेका खनालको थप उपचारका लागि नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा लगिएको हो । 

    नर्भिक अस्पतालमा रहँदा स्वास्थ्य अवस्थ स्थिर रहेको खनाललाई नेपाल एयरलाइन्सको फ्लाइटबाट उनलाई नयाँ दिल्ली लगिएको हो । 

    गत सोमबार नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएर उपचार गराएका खनाललाई उच्च ज्वरो, फोक्सोमा पानी जमेको, अक्सिजनको मात्रा शरीरमा कम देखिएको तथा सास फेर्न गाह्रो भएपछि थप उपचारका लागि भारत लगिएको हो । 

    पिसाब तथा रगतमा समेत इन्फेक्सन देखिएको थियो। नेता खनालमा मिर्गाैलाको समस्याबाट हुने लक्षण र कोभिडपछि देखिने लक्षणहरुसमेत देखिएको छ । 

    ओलीलाई अस्पतालको शैयाबाट खनालले भने– कमरेड, म फर्केर आउँछु कि आउँदिनँ, पार्टी बचाउनुहोस् ओलीलाई अस्पतालको शैयाबाट खनालले भने– कमरेड, म फर्केर आउँछु कि आउँदिनँ, पार्टी बचाउनुहोस्

    नयाँ दिल्ली प्रस्थान गर्नुअघि पार्टीका महासचिव ईश्वर पोखरेललगायतका नेताहरुले भेटेर उनको स्वास्थ्य लाभको कामना गरेका थिए ।

    प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि खनालको स्वास्थ्य लाभको कामना गर्दै उपचारको व्यवस्था गर्ने वचन दिएका थिए ।

    अध्यक्ष ओलीले टेलिफोनमार्फत स्वास्थ्य लाभको कामना गर्दा खनालले पाटीलार्ई एकताबद्ध गर्न आग्रह गरेका थिए । भावुकशैलीमा खनालले अध्यक्ष ओलीसँग एमालेको एकताको लागि काम गर्न आग्रह गरेका थिए । 

    साथै दिल्ली जानुअघि प्रेस विज्ञप्ति जारी गरेर पनि खनालले पार्टी एकताका लागि नेताहरुलाई आह्वान गरेका छन् । 

    दिल्ली प्रस्थान गर्नुअघि खनालले दिएको पार्टी एकताको सन्देशसहितको प्रेस विज्ञप्तिको पूर्णपाठ :

    आदरणीय दिदि बहिनी तथा दाजुभाईहरु, 

    उपचारको क्रममा आएका एकपछि अर्को स्वास्थ्य समस्याको कारण डाक्टरहरुको सल्लाहमा म आज केहि दिनका लागि देश बाहिर जाँदैछु । मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पुर्णमा आभार व्यक्त गर्न चाहान्छु । सफल उपचार पछि म स्वदेश फर्केर यहाँहरुमाझ पुनः हुनेछु भन्ने विश्वास लिएको छु । 

    देशको विथोलिएको वर्तमान राजनैतिक अवस्थाले मलाई धेरै चिन्तित बनाएको छ । राजनैतिक दलहरु विवाद र ध्रुविकरणले विभाजन उन्मुख भएका छन् । त्यही अन्तर संघर्षको पराकम्पन हाम्रो तत्कालिन पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पर्यो र अहिले नेकपा (एमाले) मा परिरहेको छ ।

    राष्ट्रिय एकता–अखण्डता लोकतन्त्र र स्थायीत्वको खम्बाको रुपमा रहेका दलहरुभित्र यस्तो हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ती दुर्भाग्यपुर्ण अवस्था हो । त्यसैले देशका प्रमुख दलहरु र तिनका नेताहरु विचको अनावश्यक टकराव, महत्वकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनु पर्दछ । हामि सबै एकजुट भएर मुलुकका मुलभुत समस्याहरु हल गर्नु पर्दछ भन्ने कुरा म सबैलाई आग्रह गर्न चाहान्छु । 

    हाम्रो पार्टी नेकपा (एमाले) सयौँ सहिदहरुको वलिदान, हजारौं योद्धाहरुको रगत पसिना, कैयौँको प्रवास, जेल, भुमिगत जिवनको संघर्ष, त्याग र तपस्याको कारण सफलताको यो विन्दु सम्म आइपुगेको हो । सो त्यागले यो पार्टी देशको नेतृत्वदायी पार्टी बनोस, राष्ट्र र जनताको हित तथा विकास र समृद्धिको बाहक बनोस र बन्नेछ भन्ने अपेक्षा राखेको छ । तर त्यो जनताको चाहना र अपेक्षा विपरित हामिमा देखिएको अनेकौं गलत प्रवृत्तिहरु, बदलाको भाव र अनावश्यक ईगोका कारण पार्टी जिवनमा यतिखेर गम्भीर संकट उत्पन्न भएको छ ।

    देश, लोकतन्त्र र पार्टीको यो अवस्थाले मलाई अत्यन्तै चिन्तित बनाएको छ । विगतमा हामि सबै मिलेर ठुलाठुला सफलताहरु प्राप्त गरेको स्मरण गरौं । एकता सफलताको बाटो हो भने फुट बिनासको । त्यसैले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टिका बैधानिक प्रकृया अन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता कार्यकर्ताहरुलाई विशेष आह्वान गर्न चहान्छु । पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्यौ भने मात्र हामि सफल हुन सक्छौँ र सिङ्गो राष्ट्रको नेतृत्व गर्न सक्छौं । त्यसैले टुट–फुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडी बढौं भन्ने सबैमा आह्वान गर्न चहान्छु । 
    धन्यवाद !

    press note jhalanath.jpg


    आषाढ २, २०७८ बुधवार १६:२९:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौँ

  • क्यानाडा नेपाल

    झलनाथ खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा शुरु, पार्टीको लागि छोडे यस्तो सन्देश  

    आषाढ २

  • 382
    SHARES
  • झलनाथ खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा शुरु, पार्टीको लागि छोडे यस्तो सन्देश  

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा शुरु भएको छ । थप उपचारका लागि बुधबार दिउँसो भारतको नयाँ दिल्ली प्रस्थान गरेका खनालको अहिले एपोलो अस्पतालमा उपचार शुरु भएको हो । 

    भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले अस्पतालमा खनालको उपचार शुरु भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले खनाल र उनको उपचारको नेतृत्व गरिरहेका डाक्टरसित भेटघाट र स्वास्थ्यस्थितिबारे कुराकानी भएको बताएका छन् ।

    nil.PNG

    लगातार उच्च ज्वरो र हेमोग्लोबिन कम भएपछि केही दिन अघि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएर उपचार गराइरहेका खनालको थप उपचारका लागि नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा लगिएको हो । 

    गत सोमबार नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएर उपचार गराएका खनाललाई उच्च ज्वरो, फोक्सोमा पानी जमेको, अक्सिजनको मात्रा शरीरमा कम देखिएको तथा सास फेर्न गाह्रो भएपछि थप उपचारका लागि भारत लगिएको हो । 

    jhalnath.jpg

    पिसाब तथा रगतमा समेत इन्फेक्सन देखिएको थियो। नेता खनालमा मिर्गौलाको समस्याबाट हुने लक्षण र कोभिडपछि देखिने लक्षणहरुसमेत देखिएको छ ।

    नयाँ दिल्ली प्रस्थान गर्नुअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टीका महासचिव ईश्वर पोखरेललगायतका नेताहरुले स्वास्थ्य लाभको कामना गरेका थिए । 

    अध्यक्ष ओलीले टेलिफोनमार्फत स्वास्थ्य लाभको कामना गर्दा खनालले पाटीलाई एकताबद्ध गर्न आग्रह गरेका थिए । भावुकशैलीमा खनालले अध्यक्ष ओलीसँग एमालेको एकताको लागि काम गर्न आग्रह गरेका थिए । दिल्ली जानुअघि प्रेस विज्ञप्ति जारी गरेर पनि खनालले पार्टी एकताका लागि नेताहरुलाई आह्वान गरेका थिए । 

    press note jhalanath.jpg


    आषाढ २, २०७८ बुधवार २०:११:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # झलनाथ खनाल
  • माधव नेपाल र डा. बाबुराम भट्टराईबीच भेटवार्ता

    आषाढ २

  • 316
    SHARES
  • माधव नेपाल र डा. बाबुराम भट्टराईबीच भेटवार्ता

    काठमाडौं - नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी ९जसपा० का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। 

    बुधबार डा. भट्टराई नेता नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका हुन् । उनीहरुबीच के बिषयमा छलफल भयो भन्ने खुलेको छैन । नेपाल र भट्टराईबीच भेटवाता हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

    यसअघि सोमबार नेता नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि पुगेका थिए । 

    उनीहरुबीच लोकतान्त्रिक गठबन्धनलाई कसरी कसिलो बनाएर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वसत्तावाद रोक्ने भन्ने बिषयमा छलफल भएको थियो । यस्तै कोरोना न्यूनीकरणका लागि सरकारको प्रयास फितलो भएको र नागरिकले खोप नपाएको विषयमा छलफल भएको थियो। 
     


    आषाढ २, २०७८ बुधवार २०:५८:४७ बजे : प्रकाशित