• Sep 29 2021 | २०७८, आश्विन १३गते

२०७८, आश्विन १३गते

बायर्न लगातार नवौं सिजन बुन्डेसलिगा च्याम्पियन

बैशाख २६ २०७८
  • 914
    SHARES
  • बायर्न लगातार नवौं सिजन बुन्डेसलिगा च्याम्पियन

    काठमाडौं - बायर्न म्युनिख बुन्डेसलिगा च्याम्पियन बनेको छ । गए राति बुन्डेसलिगा अन्तर्गत भएको खेलमा बायर्न म्युनिखले मोन्चेनग्लाडवाकलाई ६–० गोलले पराजित गरेको हो । 

    images

    निकै रोमान्चक बनेको उक्त खेलमा बायर्नकोलागि पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक रे भने  थोमस मुलर, किङ्सले कोमान र लिरोए सानेले एक एक गोल गरे । 

    उक्त खेलको दोस्रो मिनेटमा रोबर्ट लेवान्डोस्कीको गोल गरी बायर्नलाई अग्रता दिला । त्यसपछि खेलको २३औं मिनेटमा थोमस मुलरले, ३४औं मिनेटमा लेवान्डोस्कीले, ४४औं मिनेटमा किङ्सले कोमानले र ६६औं मिनेटमा लेवान्डोस्कीले गोल गरे । 

    त्यसपछि खेलको ८६औं मिनेटमा लिरोए सानेले गोल गरे । जितसँगै बायर्न लगातार नवौं सिजन बुन्डेसलिगा च्याम्पियन बनेको छ । 


    बैशाख २६, २०७८ आइतवार ०८:१४:४५ बजे : प्रकाशित

    images
  • सम्बन्धित विषय:

  • # बुन्डेसलिगा
  • अर्कोसमाचार

    वर्षाका कारण पोखरा र भैरहवाको खेल रोकियो

  • 212
    SHARES
  • वर्षाका कारण पोखरा र भैरहवाको खेल रोकियो

    काठमाडौं - एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि ट्वान्टी क्रिकेटअन्तर्गत दोस्रो दिनको दोस्रो खेलमा बर्षा भएपछि पोखरा राइनोज र भैरहवा ग्ल्याडियटर्सबीचको खेल रोकिएको छ  ।

    images

    जारी खेलमा १० ओभरको समाप्तीमा पोखराले ७ विकेट गुमाएर ५९ रन बनाएर खेलिरहेको छ । पोखराले टस जितेर ब्याटिङ रोजेको हो ।न्युज कारखाना


    आश्विन १०, २०७८ आइतवार १५:१२:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आईपीएल

  • क्यानाडा नेपाल

    टोटेनहममाथि आर्सनलको जित

  • 198
    SHARES
  • टोटेनहममाथि आर्सनलको जित

    काठमाडौं - गए राति इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा आर्सनलले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा आर्सनलले टोटेनहम हटस्परलाई ३–१ गोलले पराजित गरेको हो । 

    images

    उक्त खेलको १२औं मिनेटमा आर्सनलका इमिल स्मिथ रोवीले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको २७औं मिनेटमा आर्सनलका कप्तान पिएरे इमिरिक औवामियाङले गोल गरी टिमलाई अग्रता दोब्बर बनाए । 

    त्यसपछि खेलको ३४औं मिनेटमा बुकायो साकाले गोल गरी आर्सनललाई अग्रता तेब्बर बनाए । त्यसपछि खेलको ७९औं मिनेटमा टोटेनहमका ह्युङ मिन सनले एक गोल फर्काए । जितसँगै आर्सनल ६ खेलबाट ९ अंकसहित शीर्ष १० मा र टोटेनहमले ७ औं स्थानमा रहेको छ ।


    आश्विन ११, २०७८ सोमवार ०७:३१:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इंग्लिस प्रिमियर लिग

  • क्यानाडा नेपाल

    लेभान्तेमाथि बार्सिलोनाको सहज जित

  • 164
    SHARES
  • लेभान्तेमाथि बार्सिलोनाको सहज जित

    काठमाडौं - स्पेनिस ला लिगामा क्याटलन क्लब बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार भएको खेलमा बार्सिलोनाले लेभान्तेलाई ३-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा मेम्फिस डिपाए, जुक डी होङ र अंशु फातीको १/१ गोल गरे ।  

    images

    डिपेले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएको बार्सिलोनाका लागि डी होङले १४औँ मिनेटमा दोस्रो गोल गरे । डि होङले सेर्जिनो डेस्टको पासमा गोल गरेका थिए ।  फातीले इन्जुरी समयमा अर्को गोल गर्दै जित अन्तर फराकिलो पारे । 

    जितपछि बार्सिलोना ६ खेलमा १२ अंक जोड्दै स्पेनिस ला लिगा अंकतालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।  पराजित लेभान्ते  चार अंकका साथ १७औँ स्थानमा छ । स्पेनिस ला लिगामा आइतबारै भएकाे अर्को खेलमा ओसासुनाले रियाल मायोर्कामाथि ३-२ को जित दर्ता गरायो । 

    रियल बेटिसले गेटाफेलाई २-० गोल अन्तरले पराजित गरेकाे छ । रायो भालेकानोले काडिजलाई ३-१ तथा रियल सोसाइडले इल्चेलाई समेत १-० गोल अन्तरले पराजित गरेकाे छ । ओसासुनाले मारोक्कालाई ३-२ गोल अन्तरले हरायो । न्युज कारखाना 


    आश्विन ११, २०७८ सोमवार ०७:५३:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्पेनिस ला लिगा

  • क्यानाडा नेपाल

    इपिएल क्रिकेटमा आज दुई खेल : अफ्रिदी अन्तिम खेल खेल्दै

  • 280
    SHARES
  • इपिएल क्रिकेटमा आज दुई खेल : अफ्रिदी अन्तिम खेल खेल्दै

    काठमाडौं - एभरेस्ट प्रिमियर लिग (इपिएल) को तेस्रो दिन आज सोमबार दुई खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा  काठमाडौं किङ्स इलेभेन र विराटनगर वारिवर्स भिड्ने छन् । दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्स भिड्नेछन् ।

    images

    काठमाडौं र विराटनगरबीचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ । करण केसीको कप्तानीमा रहेको विराटनगर भने पहिलो जितको खोजीमा हुनेछ । 

    काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रियट्सलाई हराएको थियो । विराटनगर भने चितवनसँग पहिलो खेलमा पराजित भएको थियो। इपिएलमा मुख्य आकर्षक बनेका साहिद अफ्रिदीको आज अन्तिम खेल हुनेछ । पाकिस्तानका पूर्वकप्तान समेत रहेका अफ्रिदी इपिएलमा दुई खेल खेल्न आएका थिए । 

    आजकाे दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ ।  भैरहवा र चितवनबीचको खेल दिउँसो साढे १ बजे सुरु हुनेछ ।

    शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने भैरहवा पहिलो जित निकाल्न चाहन्छ । सोमपालको कप्तानीमा रहेको चितवन दोस्रो जितको खोजिमा हुनेछ । यसअघि आइतबार वर्षाले प्रभावित  खेलमा भैरहवाले पोखरा राइनोजसँग अंक बाडेको थियो ।न्युज कारखाना 


    आश्विन ११, २०७८ सोमवार ०८:२५:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इपिएल

  • क्यानाडा नेपाल

    मेस्सीको गोलमा पीएसजीको सानदार जित, उक्लियो शीर्षस्थानमा

  • 92
    SHARES
  • मेस्सीको गोलमा पीएसजीको सानदार जित, उक्लियो शीर्षस्थानमा

    काठमाडौं - गए राति युइएफए च्याम्पियन्स लिग अन्तर्गत भएको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सानदार जित निकालेको छ । 

    images

    निकै रोमान्चक बनेको उक्त खेलमा पीएसजीले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई २–० गोलले पराजित गरेको हो । उक्त खेलमा अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले गोल गरेपछि पीएसजीले जित निकाल्द सफल भयो । 

    psg.jpg

    उक्त खेलको आठौं मिनेटमा पीएसजीका इड्रिसा गाना गुआईले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ७४औं मिनेटमा मेस्सीले गोल गरी पीएसजीलाई जित दिलाए । 

    messi nyamar.jpg

    यसअघि खेलको ६४औं मिनेटमा नेयमारले गोल गर्ने अवसर खेर फाले । जितसँगै पीएसजी दुई खेलबाट ४ अंकसहित शीर्षस्थानमा रहेको छ भने पराजित सिटी ३ अंकसहित तेस्रो स्थानमा रहेको छ । 


    आश्विन १३, २०७८ बुधवार ०७:१८:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # यूईएफए च्याम्पियन्स लिग

  • क्यानाडा नेपाल

    च्याम्पियन्स लिग : एफसीसँग रियल मड्रिड पराजित

  • 86
    SHARES
  • च्याम्पियन्स लिग : एफसीसँग रियल मड्रिड पराजित

    काठमाडौं - यूईएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल मड्रिड पराजित भएको छ । मंगलबार राति भएको खेलमा रियल मोल्डेभाको एफसी सेरिफसँग २-१ गोल अन्तरले पराजित भएको हो  ।

    images

    खेलको २५औँ मिनेटमा जासुरबेक याख्सिबोभले गोल गर्दै सेरिफलाई असुरुवती अग्रता दिलाए । ६५औँ मिनेटमा करिम बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा फर्काए । तर, खेलको ८९औँ मिनेटमा सेबास्टियन थिलले गोल गर्दै सेरिफलाई २-१ को जित दिलाए ।

    जितसँगै समूह 'डी'को सेरिफले दुई खेमा ६ अंक जोडेको छ । र, शीर्ष स्थानमा रहेको छ । रियल तीन अंक जोडेर दोस्रो स्थानमा छ ।

    समूह 'डी'को अर्को खेलमा इन्टर मिलानले शाख्तर डोनेक्ट्ससँग गोलरहीत बराबरी खेलेको छ । इन्टर एक अंक जोडेर तेस्रो र शाख्तर एक अंक जोडेर पुछारमा छ ।न्युज कारखाना 


    आश्विन १३, २०७८ बुधवार ०७:३४:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # यूईएफए च्याम्पियन्स लिग

  • क्यानाडा नेपाल