• Jun 17 2021 | २०७८, आषाढ ३गते

२०७८, आषाढ ३गते

नेपालको भूउपग्रह अध्ययन गर्न चार कम्पनीको प्रस्ताव

बैशाख २६ २०७८
  • 434
    SHARES
  • नेपालको भूउपग्रह अध्ययन गर्न चार कम्पनीको प्रस्ताव

    काठमाडौँ – नेपालको आफ्नै भूउपग्रह राख्न आवश्यक अध्ययनका लागि चार कम्पनीले प्रस्ताव गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले गत मङ्सिरमा पुरानो प्रस्ताव रद्द गरेर भूउपग्रह स्थापनाको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन ढाँचाको नीति तय गर्न नयाँ प्रस्ताव आह्वान गरेको हो । प्राधिकरणको प्रस्तावानुसार गत पुसमा देशका नौ कम्पनीले आशयपत्र बुझाएका थिए ।

    आशयपत्र पेश गरेका कम्पनीमध्ये प्राधिकरणले पाँचलाई प्राविधि रुपमा योग्य ठहर गर्दै आर्थिक प्रस्ताव माग गरेको थियो । पाँच कम्पनीसँग प्रस्ताव माग गरिएकामा चारले प्रस्ताव पेश गरेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो ।

    उहाँका अनुसार भारतको केपिएमजी असुरेन्स एन्ड कन्सल्टिङ सर्भिस एलएलपी, बेलायतको लन्डन इकोनोमिक्स लिमिटेड, फ्रान्सको युरो कन्सल्ट र संयुक्त अरब इमिरेटसको एसथ्री टेल इन्टरनेशनलले आर्थिक प्रस्ताव पठाएका छन् । आर्थिक प्रस्ताव पेश नगर्नेमा अमेरिकाको स्पेस पार्टनरसिप इन्टरनेशनल छ । यसअघि चीनको बेइजिङ स्पेसकी टेक्नोलोजी कम्पनी लिमिटेड, फ्रान्सको युरो कन्सल्ट, बेलायतको लण्डन इकोनिमिक्स लिमिटेड र भारतको केपीएमजी–एग्रोस्याटले आशयपत्र बुझाएका थिए ।

    यसैगरी अमेरिकाको स्पेस, युएईको एसथ्रिटेल, बेलायतको किस्पे स्पेस सिस्टम लिमिटेडको जेभी किस्पे टिम, सिंगापुरको सेलिस्टियल कन्सल्टिङ सर्भिस र जर्मनीको स्पेस टेक पार्टनर छन् । आर्थिक प्रस्ताव पेश गरेका चार कम्पनीमध्येबाट प्रतिस्पर्धाका आधारमा एक कम्पनी छनोट हुनेछ । चालीस प्रतिशत कम्पनीको योग्यता, ५० प्रतिशत अनुभव र १० प्रतिशत क्षमताका आधारमा कम्पनी छनोट गरिनेछ ।

    प्रवक्ता पौडेलका अनुसार छनोटमा परेका चार कम्पनीसँग पहिलो चरणमा प्राविधिक र वित्तीय प्रस्ताव माग गरिने छ । उनीहरुबाट आएको प्रस्ताव अध्ययन गरी प्राधिकरणले भूउपग्रह स्थापनासम्बन्धी आधारभूत कामको जिम्मा एक कम्पनीलाई दिनेछ । सन् २०२२ भित्र आफ्नै स्याटेलाइट सञ्चालनमा ल्याउन गत असारमा भूउपग्रहसम्बन्धी नीति सार्वजनिक गरिएको थियो । यसअघि नेपालको आफ्नै भूउपग्रह राख्ने गरी प्राधिकरणले २०७३ साल असोज २० गते आह्वान गरेको आशयपत्रमा १२ देशका २२ कम्पनीले स्याटेलाइट राख्न रुचि देखाएका थिए ।

    चीन, भारत, जापान, दक्षिण कोरिया, थाइल्यान्ड, सिंगापुर, सउदी अरब, क्यानडा, अमेरिका, फ्रान्स, रुस र इजरायलका गरी २२ कम्पनीले नेपालका लागि स्याटेलाइट राखिदिने रुचिसहित प्रस्ताव पेश गरेका थिए । दूरसञ्चार सेवा प्रदायक रेडियो तथा टेलिभिजन विदेशी भूउपग्रहबाट सञ्चालन हुँदै आएकामा आफ्नै जडान गरेर रेडियो तथा टेलिभिजन सञ्चालन गर्ने सरकारको लक्ष्य रहेको छ ।रासस 


    बैशाख २६, २०७८ आइतवार १४:४८:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भूउपग्रह
  • अर्कोसमाचार

    चितवनमा थप एक साता निषेधाज्ञा  

    आषाढ २

  • 242
    SHARES
  • चितवनमा थप एक साता निषेधाज्ञा  

    काठमाडौं - चितवनमा निषेधाज्ञा थप एक साता गरिएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय चितवनले एक सुचना जारि गर्दै निषेधाज्ञा असार १० गतेसम्मका लागि थप गरिएको जानकारी गराएको हो । 

    यसअघि जारी गरिएको निषेधाज्ञा बुधबार राति सकिदैछ । कोरोना संक्रमित घट्दै गए पनि युसको जोखिम अझै रहेको भन्दै चितवनमा असार १० गतेसम्म निषेधाज्ञा थप गरिएको हो । 

    यस्तै निषेधाज्ञामा स्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्ने गरी केही खुकुलो बनाउने निर्णय गरिएको छ । खाद्यान्न, तरकारी तथा फलफूल, दुध, डेरी लगायतका पसलहरु बिहान ६ देखि १० बजेसम्म खुला गर्न पाइने भएको छ । 


    आषाढ २, २०७८ बुधवार १८:५५:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चितवन
  • # निषेधाज्ञा
  • गोरखामा बाढीले ४ घर बगायो, थप सात घर उच्च जोखिममा 

    आषाढ २

  • 190
    SHARES
  • गोरखामा बाढीले ४ घर बगायो, थप सात घर उच्च जोखिममा 

    काठमाडौं - गोरखामा अविरल बर्षापछि आएको बाढीले ४ घर बगाएको छ । आइतबार रातिदेखि परेको वर्षापछि नदीमा आएको बाढीले चुमनुव्री गाउँपालिका-२ स्थित सल्लेरीमा बुढीगण्डकी नदीले ४ घर बगाएको हो । 

    बाढी सल्लेरी गाउँमा पसेर घर बगाएको जनाएको छ । नदीले स्थानीयबासी सूर्यबहादुर गुरुङ, सुन्दर गुरुङ, थरपती गुरुङ र लक्ष्मण गुरुङको घर बगाएको प्रहरीले जनाएको छ । 

    विस्थापित चारै परिवारलाई स्थानीय आमा समूहको भवनमा राखिएको छ । नदीमा आएको बाढीले सल्लेरी गाउँका थप सात घर उच्च जोखिममा परेको छ । 


    आषाढ २, २०७८ बुधवार १९:५३:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बाढी
  • मेलम्ची खानेपानी आयोजनाका ८ जना कामदार सम्पर्कविहीन

    आषाढ २

  • 222
    SHARES
  • मेलम्ची खानेपानी आयोजनाका ८ जना कामदार सम्पर्कविहीन

    काठमाडौं - अविरल बर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत ८ जना सम्पर्कविहीन भएका छन् । 

    सम्पर्कविहीन हुनेहरुमा ३ जना चिनियाँ, ३ जना भारतीय र २ जना नेपालीसहित ८ कामदार रहेका छन् । बेपत्ता भएको ८ जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा खोजी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । 

    आयोजनाका अनुसार निर्माणस्थलमा रहेका ७६ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ र धुलिखेल ल्याइएको छ भने उद्धार भएका सबैको अवस्था सामान्य रहेको छ । 

    आयोजनाको मुख्य सुरुङ, पानी प्रशोधन केन्द्र र मुख्य बाँधमा क्षति नपुगेको विवरण प्राप्त भएको आयोजनाले जनाएको छ । आयोजनाको क्याम्पहरु, उपकरणहरु, निर्माण सामग्री, पहुँच सडक र पुल बाढीले बगाएको छ ।  


    आषाढ २, २०७८ बुधवार २०:३०:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मेलम्ची खानेपानी
  • कोरोनामुक्त भएको तिन दिनपछि एमाले नेता रोकायाको निधन

    आषाढ २

  • 178
    SHARES
  • कोरोनामुक्त भएको तिन दिनपछि एमाले नेता रोकायाको निधन

    बझाङ - नेकपा (एमाले)का बझाङ जिल्ला कमिटी सदस्य तथा खप्तड पर्यटन विकास समितिका सदस्य मिश्र रोकायाको निधन भएको छ । 

    खप्तडछान्ना गाउँपालिका–५ माझी गाउँका रोकायालाई दुई हप्ता अघि जिल्ला अस्पताल सिमखेतमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि जिल्ला अस्पताल सिमखेत र पछि थप उपचारको लागि डडेलधुरा प्रादेशिक अस्पताल लगिएको थियो ।

    पछिल्लो समयमा कोरोना रिपोर्ट नेगेटिभ आएको तिन दिनपछि उनको निधन भएको छ । थप उपचारका लागि काठमाडौँ लाने तयारी भए पनि मौसमले साथ नदिएको परिवारले जनाएको छ । विसं २०७४ को चुनावमा खप्तडछान्ना गाउँपालिका अध्यक्षका उम्मेदवार समेत भएका थिए । 

    उनको निधनले खप्तड छान्ना गाउँपालिकाले एक अशल अभिभावक गुमाएको रोकाया आफन्त समेत रहेका वडाध्यक्ष भीम रोकायाले बताए । रोकायाका श्रीमती, दुई छोरा र एक छोरी छन् । रोकायाको निधनमा एमाले सुदूरपश्चिमका नेता तथा पूर्वमन्त्री भानुभक्त जोशीले श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।रासस

     
     


    आषाढ २, २०७८ बुधवार २०:४०:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # निधन
  • आज देशका यी स्थानमा मेघगर्जनसहित ठुलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह

    आषाढ ३

  • 192
    SHARES
  • आज देशका यी स्थानमा मेघगर्जनसहित ठुलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । बिहीबार देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा पानी परिरहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरी मनसुनी वायुको प्रभाव रहेको देखिन्छ । 

    आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै  स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, लुम्बिनी प्रदेशका र प्रदेश १ का एक-दुई स्थानमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ।

    त्यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै  स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, वागमती प्रदेश र प्रदेश १ को  एक-दुई स्थानमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ । 

    देशका विभिन्न स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेकोले पहाडी भू-भागमा पहिरोको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन मौसम विभागले अनुरोध गरेको छ। 
     


    आषाढ ३, २०७८ बिहिवार ०७:३५:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मौसम
  • काठमाडौं उपत्यकामा अर्को साताबाट स्मार्ट लकडाउन, खाडी मुलुकमा फेरि हवाई उडान गरिने

    आषाढ ३

  • 244
    SHARES
  • काठमाडौं उपत्यकामा अर्को साताबाट स्मार्ट लकडाउन, खाडी मुलुकमा फेरि हवाई उडान गरिने

    काठमाडौं - काठमाडौं उपत्यकामा अर्को सातादेखि स्मार्ट लकडाउन गरिने भएको छ । 

    बुधबार राती प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोभिड व्यवस्थापन निर्देशन समितिको बैठकले सो निर्णय गरेको हो । 

    उक्त बैठकले काठमाडौं उपत्यकामा स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुकुलो बनाउने निर्णय गरेको हो । 

    यस्तै बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई ,जापान र मलेसिया जस्ता देशहरुमा हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको छ ।

    बैठकमा प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणको सबैभन्दा अनिवार्य तत्व खोप नै भएको भन्दै ४० लाख डोज खोप ल्याउन गृहकार्य भइरहेको बताए । 


      


    आषाढ ३, २०७८ बिहिवार ०७:५७:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौं उपत्यका