• Jun 17 2021 | २०७८, आषाढ ३गते

२०७८, आषाढ ३गते

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए पदबाट राजीनामा 

क्यानाडा नेपाल बैशाख २६ २०७८
  • 516
    SHARES
  • मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए पदबाट राजीनामा 

    कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् ।

    अविश्वासको प्रस्तावमाथि मतविभाजन हुने अघिल्लो दिन आइतबार मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुखसक्षम राजीनामा दिएका हुन् । 

    प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मुख्यमन्त्री गुरुङविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव पेस भएको छ ।

    सोमबार सो प्रस्तावमाथि मतदान हुने तयारी थियो । तर, यसको अघिल्लो दिन आइतबार नै मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा दिएका हुन् । 

    rajinama gurung.jpg


    बैशाख २६, २०७८ आइतवार १७:२१:२३ बजे : प्रकाशित

    अर्कोसमाचार

    झलनाथ खनाललाई भेट्न अस्पताल पुगे इश्वर पोखरेल, खनालले भने - पार्टी मिलाउनुस् कमरेड 

    आषाढ २

  • 250
    SHARES
  • झलनाथ खनाललाई भेट्न अस्पताल पुगे इश्वर पोखरेल, खनालले भने - पार्टी मिलाउनुस् कमरेड 

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल थप उपचारका लागि आज नयाँ दिल्ली लैजाने तयारी गरिएको छ ।

    केही दिन अघि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएर उपचाररत खनालको मिर्गौला फेलपछिको स्वास्थ्य समस्या देखिएको छ । स्वास्थ्यमा जटिलता देखिन थाले पछि उनलाई नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका लागि लैजाने तयारी गरिएको हो । 

    दिल्ली जानुअघि खनाललाई भेट गर्न एमाले महासचिव इश्वर पोखरेल अस्पताल पुगेका थिए। उक्त भेटमा खनालले पोखरेललाई पार्टी मिलाउन आग्रह गरेको बताइएको छ । खनालले पोखरेललाई 'पार्टी मिलाउनुस् कमरेड ...' भनेको बताइएको छ ।

    एमाले नेता झलनाथ खनाललाई थप उपचारका लागि दिल्ली लगिँदै एमाले नेता झलनाथ खनाललाई थप उपचारका लागि दिल्ली लगिँदै
     


    आषाढ २, २०७८ बुधवार १३:०५:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # झलनाथ खनाल
  • ओलीलाई अस्पतालको शैयाबाट खनालले भने– कमरेड, म फर्केर आउँछु कि आउँदिनँ, पार्टी बचाउनुहोस्

  • 1.6K
    SHARES
  • ओलीलाई अस्पतालको शैयाबाट खनालले भने– कमरेड, म फर्केर आउँछु कि आउँदिनँ, पार्टी बचाउनुहोस्

    काठमाडौं । थप उपचारका लागि भारतको दिल्ली प्रस्थान गर्नुअघि पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको एकता बचाउन आग्रह गरेका छन् । 

    लगातार उच्च ज्वरो र हेमोग्लोबिन कम भएपछि केही दिन अघि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएर उपचार गराइरहेका खनाल थप उपचारका लागि नयाँ दिल्लीस्थित एपोलो अस्पताल जाने तयारीमा छन् । 

    उनको स्वास्थ्य अवस्थाबारे सरकार र एमालेले चासो राखेको छ । पार्टीका महासचिव ईश्वर पोखरेलसहितका नेताहरु अस्पताल पुुगेर खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका छन् । 

    सोहीक्रममा अर्थमन्त्री विष्णु पौडेलले खनालसँग प्रधानमन्त्री ओलीको फोन सम्पर्क गराएका छन् । बुधबार भएको फोन सम्पर्कमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले खनालको स्वास्थ्य लाभको कामना गरेका छन् । 

    अन्ततः ओली गले  अन्ततः ओली गले 

    दिल्ली लैजानुअघि टेलफोनमार्फत स्वास्थ्यलाभको कामना गरेका प्रधानमन्त्री ओलीले खनालको उपचारका लागि सरकारले सहयोग गर्ने वचन पनि दिएका छन् । 

    सोही क्रममा नेता खनालले अध्यक्ष ओलीलाई एमालेको एकता जोगाउन भावुकशैलीमा आग्रह गरेका छन् । यसअघिका घटनाहरुलाई बिर्सिएर पार्टी एकता गर्न ओलीलाई आग्रह गर्दै एमालेका पूर्व अध्यक्षसमेत रहेका खनालले भने, ‘कमरेड, म फर्केर आउँछु कि आउँदिन, त्यो पनि थाहा छैन । पार्टी एकतावद्ध बनाउनुहोस्, मेरो यही चाहना छ ।’

    एकतावद्ध एमालेको चाहना आफ्नो रहेको भन्दै खनालले पार्टीलाई एकतावद्ध बनाउने स्थानमा ओली रहेकालाई आग्रह गरेको बताएका छन् । जवाफ अध्यक्ष ओलीले पार्टीलाई एकताबद्ध बनाउन आफू लचिलो भएर प्रस्तुत हुने बताएका छन् । 

    अध्यक्ष ओलीलाई जस्तै आफूलाई हेट्न आएका महासचिव पोखरेललाई पनि खनालले पार्टी एकताको पक्षमा काम गर्न आग्रह गरेका थिए ।  खनालमा मिर्गौला फेलपछि देखिने स्वास्थ्य जटिलता देखिएको नर्भिक अस्पताल स्रोतले जानकारी दिएको छ । 


    आषाढ २, २०७८ बुधवार १४:३३:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # झलनाथ खनाल

  • क्यानाडा नेपाल

    पार्टी एकताको सन्देश छाडेर उपचारका लागि खनाल दिल्ली प्रस्थान 

  • 244
    SHARES
  • पार्टी एकताको सन्देश छाडेर उपचारका लागि खनाल दिल्ली प्रस्थान 

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल थप उपचारका लागि बुधबार दिउँसो भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

    लगातार उच्च ज्वरो र हेमोग्लोबिन कम भएपछि केही दिन अघि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएर उपचार गराइरहेका खनालको थप उपचारका लागि नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा लगिएको हो । 

    नर्भिक अस्पतालमा रहँदा स्वास्थ्य अवस्थ स्थिर रहेको खनाललाई नेपाल एयरलाइन्सको फ्लाइटबाट उनलाई नयाँ दिल्ली लगिएको हो । 

    गत सोमबार नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएर उपचार गराएका खनाललाई उच्च ज्वरो, फोक्सोमा पानी जमेको, अक्सिजनको मात्रा शरीरमा कम देखिएको तथा सास फेर्न गाह्रो भएपछि थप उपचारका लागि भारत लगिएको हो । 

    पिसाब तथा रगतमा समेत इन्फेक्सन देखिएको थियो। नेता खनालमा मिर्गाैलाको समस्याबाट हुने लक्षण र कोभिडपछि देखिने लक्षणहरुसमेत देखिएको छ । 

    ओलीलाई अस्पतालको शैयाबाट खनालले भने– कमरेड, म फर्केर आउँछु कि आउँदिनँ, पार्टी बचाउनुहोस् ओलीलाई अस्पतालको शैयाबाट खनालले भने– कमरेड, म फर्केर आउँछु कि आउँदिनँ, पार्टी बचाउनुहोस्

    नयाँ दिल्ली प्रस्थान गर्नुअघि पार्टीका महासचिव ईश्वर पोखरेललगायतका नेताहरुले भेटेर उनको स्वास्थ्य लाभको कामना गरेका थिए ।

    प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि खनालको स्वास्थ्य लाभको कामना गर्दै उपचारको व्यवस्था गर्ने वचन दिएका थिए ।

    अध्यक्ष ओलीले टेलिफोनमार्फत स्वास्थ्य लाभको कामना गर्दा खनालले पाटीलार्ई एकताबद्ध गर्न आग्रह गरेका थिए । भावुकशैलीमा खनालले अध्यक्ष ओलीसँग एमालेको एकताको लागि काम गर्न आग्रह गरेका थिए । 

    साथै दिल्ली जानुअघि प्रेस विज्ञप्ति जारी गरेर पनि खनालले पार्टी एकताका लागि नेताहरुलाई आह्वान गरेका छन् । 

    दिल्ली प्रस्थान गर्नुअघि खनालले दिएको पार्टी एकताको सन्देशसहितको प्रेस विज्ञप्तिको पूर्णपाठ :

    आदरणीय दिदि बहिनी तथा दाजुभाईहरु, 

    उपचारको क्रममा आएका एकपछि अर्को स्वास्थ्य समस्याको कारण डाक्टरहरुको सल्लाहमा म आज केहि दिनका लागि देश बाहिर जाँदैछु । मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पुर्णमा आभार व्यक्त गर्न चाहान्छु । सफल उपचार पछि म स्वदेश फर्केर यहाँहरुमाझ पुनः हुनेछु भन्ने विश्वास लिएको छु । 

    देशको विथोलिएको वर्तमान राजनैतिक अवस्थाले मलाई धेरै चिन्तित बनाएको छ । राजनैतिक दलहरु विवाद र ध्रुविकरणले विभाजन उन्मुख भएका छन् । त्यही अन्तर संघर्षको पराकम्पन हाम्रो तत्कालिन पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पर्यो र अहिले नेकपा (एमाले) मा परिरहेको छ ।

    राष्ट्रिय एकता–अखण्डता लोकतन्त्र र स्थायीत्वको खम्बाको रुपमा रहेका दलहरुभित्र यस्तो हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ती दुर्भाग्यपुर्ण अवस्था हो । त्यसैले देशका प्रमुख दलहरु र तिनका नेताहरु विचको अनावश्यक टकराव, महत्वकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनु पर्दछ । हामि सबै एकजुट भएर मुलुकका मुलभुत समस्याहरु हल गर्नु पर्दछ भन्ने कुरा म सबैलाई आग्रह गर्न चाहान्छु । 

    हाम्रो पार्टी नेकपा (एमाले) सयौँ सहिदहरुको वलिदान, हजारौं योद्धाहरुको रगत पसिना, कैयौँको प्रवास, जेल, भुमिगत जिवनको संघर्ष, त्याग र तपस्याको कारण सफलताको यो विन्दु सम्म आइपुगेको हो । सो त्यागले यो पार्टी देशको नेतृत्वदायी पार्टी बनोस, राष्ट्र र जनताको हित तथा विकास र समृद्धिको बाहक बनोस र बन्नेछ भन्ने अपेक्षा राखेको छ । तर त्यो जनताको चाहना र अपेक्षा विपरित हामिमा देखिएको अनेकौं गलत प्रवृत्तिहरु, बदलाको भाव र अनावश्यक ईगोका कारण पार्टी जिवनमा यतिखेर गम्भीर संकट उत्पन्न भएको छ ।

    देश, लोकतन्त्र र पार्टीको यो अवस्थाले मलाई अत्यन्तै चिन्तित बनाएको छ । विगतमा हामि सबै मिलेर ठुलाठुला सफलताहरु प्राप्त गरेको स्मरण गरौं । एकता सफलताको बाटो हो भने फुट बिनासको । त्यसैले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टिका बैधानिक प्रकृया अन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता कार्यकर्ताहरुलाई विशेष आह्वान गर्न चहान्छु । पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्यौ भने मात्र हामि सफल हुन सक्छौँ र सिङ्गो राष्ट्रको नेतृत्व गर्न सक्छौं । त्यसैले टुट–फुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडी बढौं भन्ने सबैमा आह्वान गर्न चहान्छु । 
    धन्यवाद !

    press note jhalanath.jpg


    आषाढ २, २०७८ बुधवार १६:२९:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौँ

  • क्यानाडा नेपाल

    झलनाथ खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा शुरु, पार्टीको लागि छोडे यस्तो सन्देश  

    आषाढ २

  • 384
    SHARES
  • झलनाथ खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा शुरु, पार्टीको लागि छोडे यस्तो सन्देश  

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा शुरु भएको छ । थप उपचारका लागि बुधबार दिउँसो भारतको नयाँ दिल्ली प्रस्थान गरेका खनालको अहिले एपोलो अस्पतालमा उपचार शुरु भएको हो । 

    भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले अस्पतालमा खनालको उपचार शुरु भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले खनाल र उनको उपचारको नेतृत्व गरिरहेका डाक्टरसित भेटघाट र स्वास्थ्यस्थितिबारे कुराकानी भएको बताएका छन् ।

    nil.PNG

    लगातार उच्च ज्वरो र हेमोग्लोबिन कम भएपछि केही दिन अघि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएर उपचार गराइरहेका खनालको थप उपचारका लागि नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा लगिएको हो । 

    गत सोमबार नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएर उपचार गराएका खनाललाई उच्च ज्वरो, फोक्सोमा पानी जमेको, अक्सिजनको मात्रा शरीरमा कम देखिएको तथा सास फेर्न गाह्रो भएपछि थप उपचारका लागि भारत लगिएको हो । 

    jhalnath.jpg

    पिसाब तथा रगतमा समेत इन्फेक्सन देखिएको थियो। नेता खनालमा मिर्गौलाको समस्याबाट हुने लक्षण र कोभिडपछि देखिने लक्षणहरुसमेत देखिएको छ ।

    नयाँ दिल्ली प्रस्थान गर्नुअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टीका महासचिव ईश्वर पोखरेललगायतका नेताहरुले स्वास्थ्य लाभको कामना गरेका थिए । 

    अध्यक्ष ओलीले टेलिफोनमार्फत स्वास्थ्य लाभको कामना गर्दा खनालले पाटीलाई एकताबद्ध गर्न आग्रह गरेका थिए । भावुकशैलीमा खनालले अध्यक्ष ओलीसँग एमालेको एकताको लागि काम गर्न आग्रह गरेका थिए । दिल्ली जानुअघि प्रेस विज्ञप्ति जारी गरेर पनि खनालले पार्टी एकताका लागि नेताहरुलाई आह्वान गरेका थिए । 

    press note jhalanath.jpg


    आषाढ २, २०७८ बुधवार २०:११:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # झलनाथ खनाल
  • माधव नेपाल र डा. बाबुराम भट्टराईबीच भेटवार्ता

    आषाढ २

  • 322
    SHARES
  • माधव नेपाल र डा. बाबुराम भट्टराईबीच भेटवार्ता

    काठमाडौं - नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी ९जसपा० का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। 

    बुधबार डा. भट्टराई नेता नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका हुन् । उनीहरुबीच के बिषयमा छलफल भयो भन्ने खुलेको छैन । नेपाल र भट्टराईबीच भेटवाता हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

    यसअघि सोमबार नेता नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि पुगेका थिए । 

    उनीहरुबीच लोकतान्त्रिक गठबन्धनलाई कसरी कसिलो बनाएर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वसत्तावाद रोक्ने भन्ने बिषयमा छलफल भएको थियो । यस्तै कोरोना न्यूनीकरणका लागि सरकारको प्रयास फितलो भएको र नागरिकले खोप नपाएको विषयमा छलफल भएको थियो। 
     


    आषाढ २, २०७८ बुधवार २०:५८:४७ बजे : प्रकाशित

    थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न प्रधानमन्त्री ओलीको निर्देशन

    आषाढ ३

  • 94
    SHARES
  • थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न प्रधानमन्त्री ओलीको निर्देशन

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण उत्पन बाढी पहिरोबाट थप जनधनको क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । 

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौं बैठकलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रभावित क्षेत्रमा तत्काल खाध्यान्न, लत्ता कपडा, औषधि र पानीको व्यवस्था गर्न पनि सम्बद्ध निकायलाई निर्देशन दिए । उनले सरकारले विपद्पूर्व नै सम्भावित जोखिमको आँकलन गरी तयारी गरिरहेको र हाल सोही नुरुप कार्य भइरहेको बताए। 

    प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न उक्त बैठकमा प्रधानमन्त्रीले उद्धार र राहतकार्यमा अपाङ्गता भएका, ज्येष्ठ नागरिक, बालबालिका र महिलालाई विशेष ध्यान दिन पनि निर्देशन दिए। उनले ठूलो संख्यामा जनताालाई सुरक्षित स्थानमा सार्दा उनीहरुमै कोभिड १९ संक्रमणको जोखिमलाई समेत ध्यानमा राख्नु पर्ने बताए। उद्धारका लागि विभिन्न प्रविधिका पानीमा चल्ने साधनका साथै स्थानीयस्तरमा बन्ने साधन प्रयोग गर्न पनि उनले जोड दिए। 

    राहत वितरणमा अनियमितता हुन नदिनका लागि अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने धारणा प्रधानमन्त्री ओलीको थियो । यसैगरी उनले तराईमा डुबानको सम्भावना भएका स्थानमा संयुक्त सिमावर्ती टोलीसँग कुरा गरी तत्काल आवश्यक कार्य गर्न तथा पहाडी भेगमा नयाँ स्थानमा बाटो खन्ने वा डोजर लगाउने कार्य तत्काल रोक्न निर्देशन दिए ।रासस


    आषाढ ३, २०७८ बिहिवार ०८:२६:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली