• Jun 17 2021 | २०७८, आषाढ ३गते

२०७८, आषाढ ३गते

माल्दिभ्सका पूर्व राष्ट्रपति नाशीदमाथि आक्रमण गरेको आरोपमा तेस्रो व्यक्ति पक्राउ

बैशाख २६ २०७८
  • 400
    SHARES
  • माल्दिभ्सका पूर्व राष्ट्रपति नाशीदमाथि आक्रमण गरेको आरोपमा तेस्रो व्यक्ति पक्राउ

    माले - माल्दिभ्स प्रहरीले आइतबार पूर्व राष्ट्रपति तथा सभामुख मोहम्मद नशीदमाथिको आक्रमणमा सम्लग्नता रहेको भनी आरोपित तेस्रो व्यक्ति पक्राउ गरेको छ । आक्रमणमा सम्लग्नता रहेका भनिएका दुई आरोपितलाई प्रहरीले शनिवार पक्राउ गरी अनुसन्धान सुरू गरेको बताइएको छ । 

    “मे ३ मा पूर्व राष्ट्रपतिमाथि भएको आक्रमणका तेस्रो योजनाकारलाई आइतबार बिहान पक्राऊ गरिएको छ,” माल्दिभ्सको प्रहरीले ट्वीट गरी जानकारी गराएको छ । आज पक्राउ परेका आरोपित उक्त आक्रमणको ‘प्रमुख’ योजनाकारसमेत रहेको विश्वास प्रहरीले गरेको छ । 

    राजधानी मालेमा बिहीबार बम बिष्फोटनमा ५३ वर्षीय नशीद घाइते भएका थिए । उनी अस्पतालमा उपचाररत छन् भने स्वास्थ्यमा क्रमशः सुधार आएको बताइएको छ । नशीदको घरनजिकै भएको उक्त घटनामा दुई अन्य व्यक्ति घाइते भएका थिए । 

    घाइते हुनेमा नशीदका अङ्गरक्षक र जसलाई एक विदेशी नागरिक पैदल यात्री घाइते भएका थिए । प्रहरीले नशीदमाथि भएको आक्रमणलाई आतङ्कवादी आक्रमण बताएको छ ।एएनआई

     


    बैशाख २६, २०७८ आइतवार १९:५२:३२ बजे : प्रकाशित

    अर्कोसमाचार

    विश्वभर १६ करोड १८ लाख कोरोना संक्रमित निको भए, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?

    आषाढ २

  • 250
    SHARES
  • विश्वभर १६ करोड १८ लाख कोरोना संक्रमित निको भए, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?

    काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय देखिएको नयाँ भेरियन्टसहितको कोरोनाभाइरसको संक्रमण विस्तारै घट्न थालेको छ ।  

    कोरोना संक्रमणका बीच विभिन्न देशमा कोरोना खोप पनि लगाइएको छ । वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले केही देशमा मात्र संक्रमितको संख्या बढेको देखिन्छ ।

    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमितको संख्या १७ करोड ७४ लाख १४ हजार ४ सय ७१ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३८ लाख ३८ हजार ५ सय ६ पुगेको छ ।

    त्यस्तै हालसम्म विश्वमा १६ करोड १८ लाख ५९ हजार १६८ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् । त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ६ लाख १५ हजार ७ सय १७ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ३ करोड ४३ लाख ५२ हजार १ सय ८५ पुगेको छ । यस्तै अमेरिकामा २ करोड ८५ लाख ७८हजार ७ सय १ कोरोना संक्रमित निको भइसकेका छन् । 

    त्यस्तै ब्राजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ४ लाख ९१ हजार १ सय ६४ पुगेको छ भने संक्रमितको संख्या १ करोड ७५ लाख ४३ हजार ८ सय ५३ पुगेको छ ।  

    sl.PNG


    आषाढ २, २०७८ बुधवार १०:३३:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • इन्डोनेसियामा गयो शक्तिशाली भूकम्प

    आषाढ २

  • 186
    SHARES
  • इन्डोनेसियामा गयो शक्तिशाली भूकम्प

    जाकार्ता – इन्डोनेसियामा बुधबार शक्तिशाली भूकम्प गएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने मालुकु प्रान्तमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्प गएपछि सुनामीको खतरा भने नरहेको अधिकारीहरुले बताएका छन् ।

    भूकम्पले गरेको क्षतिका बारेमा पनि कुनै विवरण प्राप्त नभएको जनाइएको छ । स्थानीय समय अनुसार बुधबार बिहान ११.४३ मा भूकम्प गएको थियो । 

    भूकम्पले पारेको असरका बारेमा विवरण संकलन गर्ने कार्य भइरहेको अधिकारीहरुले जनाएका छन् । इन्डोनेसियामा बर्सेनि दर्जनौं पटक भूकम्प आउने र ठूलो धनजनको क्षति हुने गरेको छ ।सिन्ह्वा

     


    आषाढ २, २०७८ बुधवार १८:१४:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भूकम्प
  • अमेरिकी राष्ट्रपति बाइडेन र रुसी राष्ट्रपति पुटिनबीच बहुप्रतिक्षित भेटवार्ता आज

    आषाढ २

  • 180
    SHARES
  • अमेरिकी राष्ट्रपति बाइडेन र रुसी राष्ट्रपति पुटिनबीच बहुप्रतिक्षित भेटवार्ता आज

    जेनेभा – अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज बुधबार स्वीट्जरल्यान्डको राजधानी जेनेभामा पहिलो प्रत्यक्ष भेटवार्ता हुँदैछ । अमेरिका–रुस सम्बन्ध निकै तल्लो स्तरमा पुगेकै समयमा यो बहुप्रतिक्षित भेटवार्ता हुन लागेको हो । 

    विगत चार महिनादेखि दुबै नेताले एकअर्का विरुद्ध तिखा व्यङ्ग्य र धम्कीपूर्ण भाषा प्रयोग गर्दै आएका थिए । राष्ट्रपति बाइडेनले अमेरिकी चासोका क्षेत्रमा रुसी संरक्षणप्राप्त ह्याकरहरुले द्वेषपूर्ण साइबर आक्रमण गर्न रुसी राष्ट्रपतिले उक्साएको आरोप लगाउनु भएको छ । साथै उहाँले रसियाका अग्रणी विपक्षी नेतालाई अलोकतान्त्रिक विधिबाट जेलमा राखेको तथा अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको बताउनु भएको छ ।

    तर रुसी राष्ट्रपति पुटिनले अमेरिकी आरोपहरुको खण्डन गरिरहनु भएको छ । अमेरिकी संसदमा गत जनवरी ६ मा भएको घटनालाई दृष्टान्त बनाउँदै राष्ट्रपति पुटिनले अमेरिकाले लोकतान्त्रिक मूल्यमान्यतालाई लिएर अरुलाई पाठ नपढाएको बेश हुने बताउनु भएको छ । 

    उहाँले अमेरिकी गुप्तचर निकायहरुले जेसुकै देखाए पनि अमेरिकी कुनै पनि चुनावलाई लक्षित गरेर आफूहरुले हस्तक्षेप वा साइबर आक्रमण नगरेको स्पष्ट गर्नु भएको छ ।

    अहिले, दुबै नेता जेनेभामा प्रत्यक्ष भेटवार्ताका लागि तयार हुनु भएको छ । यो वार्ता चार देखि पाँच घण्टा चल्ने अनुमान गरिएको छ । तर वार्ताबाट तत्कालै कुनै निश्कर्ष निस्कनेमा दुबै नेता विश्वस्त छैनन्, तर वार्ता र संवादको ढोका यस भेटवार्ताले शुरु गर्नेछ ।

    राष्ट्रपति बाइडेनले यो भेटवार्ता दुबै देशबीच सम्बन्ध सामान्यीकरणमा एउटा महत्वपूर्ण कदम हुने बताउनु भएको छ । संयुक्तराज्य अमेरिका र रुस दुबैले आपसी सम्बन्धमा “स्थायित्व र अनुमानयोग्य” हुने विश्वास लिएको पनि राष्ट्रपति बाइडेनले बताउनु भएको छ । 

    बाइडेनले गत अप्रिलमा रुसी राष्ट्रपति पुटिनलाई टेलिफोन गरी अमेरिकी चुनावलाई प्रभावित तुल्याउन सक्रिय अमेरिकामा रहेका धेरै जना रुसी कुटनीतिज्ञलाई देश निकाला गर्ने तथा रुसी केही दर्जन व्यक्ति एवं कम्पनीमाथि प्रतिबन्ध लगाउने जनाउ दिनु भएको थियो ।अमेरिकी यस कदमको विरोधमा रुसले समेत प्रतिशोधपूर्ण कारबाही गरेको थियो ।  

    तर अहिले रुसी राष्ट्रपति र उहाँको टोली बाइडेनसँगको शिखर वार्ताका लागि जेनेभास्थित सम्मेलन स्थल भिल्ला ला ग्रान्जेमा आइपुग्न लागेको छ । त्यसलगत्तै बाइडेन र उहाँको टोली सम्मेलन स्थलमा पुग्नेछ । स्वीट्जरल्यान्डका राष्ट्रपति गाए पार्मिलिनले दुबै नेतालाई स्वागत गर्नु हुनेछ । 

    बाइडेन र पुटिनबीच संक्षिप्त भेटघाट पछि अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र रुसी विदेश मन्त्री सर्गेई लाभरोभ पनि सहभागी हुनु हुनेछ । त्यसपछि दुई पक्षीय भेटवार्तामा दुबै पक्षका वरिष्ट अधिकारीहरु संलग्न हुनु हुनेछ । एपी


    आषाढ २, २०७८ बुधवार १९:४६:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जो बाइडेन
  • कोरोनाभाइरस चीनको ल्याबबाट ‘लिक’ भएजस्तो लाग्दैन– बेलायती प्रधानमन्त्री

    आषाढ २

  • 192
    SHARES
  • कोरोनाभाइरस चीनको ल्याबबाट ‘लिक’ भएजस्तो लाग्दैन– बेलायती प्रधानमन्त्री

    लन्डन - बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड १९ को भाइरस चीनको ल्याबबाट लिक भएजस्तो आफूलाई नलागेको बताउनुभएको छ । बेलायतका प्रधानमन्त्री जोन्सनले ग्रुप अफ सेभेन (जि७) को पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको बताइएको छ ।

    उहाँले सो पत्रकार सम्मेलनमा भन्नुभएको थियो– शुरुमा चीनको वुहान शहरको एक ल्याबबाट कोरोना भाइरसको किटाणु लिग भएर निस्किएको भन्ने सुनिएको थियो, तर अहिले आएर हेर्दा त्यो हो जस्तो लाग्दैन ।सन् २०१९ को डिसेम्बरको अन्त्यतिर आएको एक समाचारमा यसको किटाणु उक्त ल्याबाट निस्किएको भनिएको थियो । विशेष गरेर अमेरिकाले सो कुरा बताएको थियो ।

    तर चीनले भने अमेरिकाको यो दोषारोपण मात्र हो भनेको थियो । विश्व स्वास्थ्य संगठनले पनि चीनमा पुगेरै यस विषयमा अनुसन्धान गरेको थियो । उता केही समय अघि बेलायतका विदेश मन्त्री डोमिनिक राबले कोरोना भाइरस जनावरबाट मानिसमा सरेको देखिएको बताउनुभएको थियो ।

    उहाँले यस विषयमा बेलायतका बैज्ञानिकहरुले गरेको एक विशेष अनुसन्धानबाट कोरोना भाइरस जनावरबाट मानिसमा सरेको पाइएको बताउनुभएको थियो ।सिन्ह्वा


    आषाढ २, २०७८ बुधवार २१:३२:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • भारतमा कोरोना संक्रमण दर घट्दै, एकैदिन ६७ हजार २९४ संक्रमित फेला

    आषाढ ३

  • 168
    SHARES
  • भारतमा कोरोना संक्रमण दर घट्दै, एकैदिन ६७ हजार २९४ संक्रमित फेला

    काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण दर घट्दै गइरहेको छ। दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा पछिल्लो समय संक्रमितको दर घट्दै गइरहेको छ ।  

    भारतमा पछिल्लो २४ घण्टामा १ हजार ४११ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ८१ हजार ९३१ पुगेको छ ।  

    पछिल्लो २४ घण्टामा ६७ हजार २९४ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ करोड ९६ लाख ९९ हजार ५ सय ५५ जना पुगेको छ । हालसम्म २ करोड ८४ लाख ८४ हजार ५ सय ४४ कोरोना संक्रमित निको भइसकेका छन् । 

    भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ । 
    ।  

     


    आषाढ ३, २०७८ बिहिवार ०९:२५:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३८ लाख ४८ हजार नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?

    आषाढ ३

  • 116
    SHARES
  • विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३८ लाख ४८ हजार नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?

    काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय देखिएको नयाँ भेरियन्टसहितको कोरोनाभाइरसको संक्रमण विस्तारै घट्न थालेको छ ।  

    कोरोना संक्रमणका बीच विभिन्न देशमा कोरोना खोप पनि लगाइएको छ । वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले केही देशमा मात्र संक्रमितको संख्या बढेको देखिन्छ ।

    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमितको संख्या १७ करोड ७८ लाख १३ हजार ९ सय ५३ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३८ लाख ४८ हजार ८ सय ७६ पुगेको छ ।

    त्यस्तै हालसम्म विश्वमा १६ करोड २३ लाख १७ हजार ४४० कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् । त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ६ लाख १६ हजार १ सय ५०  जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ३ करोड ४३ लाख ६५ हजार ९ सय ८५ पुगेको छ । यस्तै अमेरिकामा २ करोड ८६ लाख १६ हजार ४ सय ९५ कोरोना संक्रमित निको भइसकेका छन् । 

    त्यस्तै ब्राजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ४ लाख ९३ हजार ८ सय ३७ पुगेको छ भने संक्रमितको संख्या १ करोड ७६ लाख २९ हजार ७ सय १४ पुगेको छ ।  

    cu.PNG


    आषाढ ३, २०७८ बिहिवार १०:१०:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • images
    images
    ताजा खबर