• Jun 20 2021 | २०७८, आषाढ ६गते

२०७८, आषाढ ६गते

विभिन्न रोग निको पार्ने मरिच कसरी खाने ? यस्तो छ विधि र तरिका 

क्यानाडा नेपाल बैशाख २८ २०७८
  • 1.0K
    SHARES
  • विभिन्न रोग निको पार्ने मरिच कसरी खाने ? यस्तो छ विधि र तरिका 

    काठमाडौँ।  मरिच एक औषधीय गुण भएको मसला हो। यसलाई दुध, चिया, रोटी, तरकारी आदिमा मसलाको रुपमा पनि प्रयोग गरिन्छ। मरिचका विरुवाहरुको मूल स्थान दक्षिण भारत मानिन्छ। विशेषगरी भारतसहित दक्षिण एसियाली मुलुकमा यसको खेती गरिन्छ। विश्वप्रसिद्ध भारतीय गरम मसलाहरूमा, ऐतिहासिक र आर्थिक दुवै दृष्टिले, मरिचको धेरै नै महत्त्वपूर्ण स्थान छ। आयुर्वेदिक ग्रन्थहरूमा यसको वर्णन र उपयोग प्राचीन काल देखिनै चलि आइरहेको छ। 

    मरिच सुगन्धित, उत्तेजक र स्फूर्तिदायक खाद्य वस्तु हो। आयुर्वेद र यूनानी चिकित्साशास्त्रहरूमा यसको उपयोग कफ, वाथ, श्वास, अग्निमान्द्य उन्निद्र इत्यादि रोगहरूमा हुने भनिएको छ। भोक बढाउने र ज्वरो कम गर्नलाई दक्षिण भारतमा यसको विशेष प्रकारले प्रयोग गरिन्छ । भोजनमा मसलाको रूपमा यसको उपयोग सर्वत्र हुन्छ। पाश्चात्य देशहरूमा यसको विशिष्ट उपयोग विविध प्रकारको मासु, खाद्य पदार्थहरूमा पनि प्रयोग गरिन्छ।  

    मरिचका फाइदा 

    टाउको दुखेमा – गाईको घिउ पाँच चम्चा तताउनुहोस् र सात गेडा मरिच डडाउनु र छानेर राख्नु । टाउको दुखेको बेलामा घ्यू कंचटमा दल्नु टाउको दुखेको समस्यामा प्रभावकारी हुन्छ।  

    आधा टाउको दुखेमा – मरिचलाई पानीमा पिनेर लेप बनाउने र दाहिने पट्टिको टाउको दुखेको भए देब्रेपट्टिको कंचटमा लेप लगाउने र देब्रे पट्टीको टाउको दुखेको भए दाहिनेपट्टिको कंचटमा लेप लगाउने गरेमा ठीक हुन्छ ।

    रुघाखोकी लागेमा –  १०–१५ दाना फुराएको मरिच पिनेर फिटेर दैनिक सेवन गर्ने गरेमा बिग्रेको रुघाखोकी १ हप्तामै ठीक हुन्छ ।

    कफ र खोकी लागेमा – १ दाना फुराएको मरिच मसिनो गरी पिनेर १ चम्चा सख्खरमा मुछेर सानो–सानो गोली बनाउनुहोस् र दिनको तीन–चार वटा गोली चुस्ने गर्नुहोस्, यस्तो प्रक्रियाले कफ निकालेर खोकी ठीक गराउँछ ।

    धेरै बाडुल्की लागेमा – अत्याधिक बाडुल्की वा हिक्क आउने समस्या भएमा मरिचलाई डढाएर त्यसको धूँवा सुँघेमा एकै छिनमा ठिक हुन्छ ।

    कफ जमेर गाह्रो भएमा – फुराएको मरिचको धूलो १ चिम्टी १ चम्चा महमा फिटेर दिनको ३–४ पटक चाट्ने गरेमा केही दिनमै ठीक हुन्छ ।

    जाडोले कामज्वरो आएमा – एक डाडु घ्यूमा एक चम्चा मरिचको धूलो डढाएर, र खाने कपुरका २–४ पुरिया हालेर शरीर भरी मालिस गरेमा शरीर तातेर आउँछ र ठीक हुन्छ ।

    आँखामा रतन्धो भएमा – दहीमा फुराएको मरिच पिनेर सुत्ने बेलामा आँखामा लगाउने गरेमा एक–दुई हप्तामा ठीक हुन्छ ।

    घाँटी सुन्निएको वा टन्सिल बढेको अवस्थामा – पानीमा मरिच पिनेर लेप बनाएर घाँटीमा लगाउने गरेमा घाँटी सुन्निएको, टन्सिल बढेको आदि रोग निको हुँदै जान्छ। 

    दम खोकी लागेमा – आधा चम्चा दालचिनीको धूलो, एक चिम्टी मरिचको धूलो, आधा चम्चा जेठीमधुको धुलो, चारवटा कण्ठकारीको फल, दुई चम्चा मिश्री एक माना पानीमा पकाउने र एक चौथाई भएपछि छानेर शिशीमा राख्ने र दिनको तीन पटक विहान दिउँसो बेलुका खाने गरेमा ठीक हुन्छ । अथवा १ चम्चा मनतातो भाङको रसमा १ चिम्टी मरिच र मिश्री फिटेर खाने गरेमा दमको रोग कम हुदै जान्छ ।

    दाँत कीराले खाएमा – दाँतको प्वालमा कपुर हाल्नाले दाँत दुख्न बन्द हुन्छ र कीरा पनि ठीक हुन्छ । अथवा मरिचको धूलो, खयर, कपुर बराबर पिधेर दाँत माज्ने गरेमा गिजापाक्ने, दाँत हल्लिने, कीराले खाएको लगायतका रोगहरु ठीक हुँदै जान्छ।


    बैशाख २८, २०७८ मंगलवार १६:४१:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मरिच
  • # मरिच एक औषधीय गुण

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    यस्ता व्यक्तिहरूले भुलेर पनि नखानुहोस् काजुुु, नत्र हुनेछ क्षति

  • 1.6K
    SHARES
  • यस्ता व्यक्तिहरूले भुलेर पनि नखानुहोस् काजुुु, नत्र हुनेछ क्षति

    काठमाडौँ। काजुुु एक प्रकारको राम्रो ड्राई फ्रुट हो। जुन प्रायः सबै व्यक्तिहरुले खान मन पराउँछन्। यसलाई विभिन्न पकवान तथा मिठाइ बनाउन पनि मसलाको रुपमा प्रयोग गरिन्छ। यो स्वास्थ्यको लागि पनि धेरै फाइदाजनक छ। यसमा पाइने भिटामिन, म्याग्नीशियम, पोटाशियम, कपर, जिंक, आइरन, म्याग्निज र सेलेनियमले काजुुुलाई खान योग्य र गुणकारी ड्राई फ्रुटको रुपमा चिनाउँछ।

    मुटु रोगीका लागि फाइदाजनक – काजुुमा अन्य ड्राई फ्रुटस् भन्दा कम फ्याट हुन्छ । र यसमा फोलिक एसिडको अधिक मात्रा हुन्छ, त्यसैले यसको सेवनले मुटुको स्वास्थ्यलाई फाइदा गर्नुको साथै यसमा पाइने एन्टिअक्सीडन्टहरूले मुटुरोग लाग्नबाट बचाउँदछ।

    रक्तचापलाई नियन्त्रणमा राख्छ – काजुुमा सोडियमको मात्रा कम हुने र यसमा पोटासियम र म्याग्नेसियम अधिक मात्रामा पाइन्छ, जसले रक्तचाप नियन्त्रणमा राख्छ। सीमित र उचित मात्रामा यसको सेवन गर्दा स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ।

    हड्डीहरू बलियो बनाउने – काजुुमा म्याग्नेसियम साथै क्याल्सियम पनि पर्याप्त मात्रामा पाइन्छ। जसले हड्डीको स्वास्थ्यका लागि महत्त्वपूर्ण भूमिका खेल्द छ। यसमा रहेको म्याग्नेसियमले हड्डीहरूलाई भित्रै देखि बलियो बनाउँछ।

    काजुुले कति बेला नोक्सान गर्छ ?

    काजुु खानु एकदमै लाभदायक छ, तर यसको अधिक सेवनले यसले हानि पनि गर्न सक्छ। काजुुको अत्यधिक सेवनले उच्च रक्तचाप निम्त्याउन सक्छ। यस बाहेक यसले तौल पनि बढाउन सक्छ। किनभने यसमा क्यालोरीहरू उच्च मात्रामा पाइन्छ। यसैगरी, काजुुुको अत्याधिक सेवनले पेट सम्बन्धी समस्याहरू पनि निम्त्याउन सक्छ। यदि टाउको दुख्ने, माइग्रेन र मोटोपनाबाट पीडित हुनुहुन्छ भने, काजुुलाई मध्यम मात्रामा वा उचित मात्रामा मात्रै सेवन गर्न विज्ञहरुले सुझाव दिन्छन्।


    जेठ ११, २०७८ मंगलवार १२:५२:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काजुुु
  • # ड्राई फ्रुट

  • क्यानाडा नेपाल

    उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर लगायतका रोगबाट बच्न खानुहोस् फर्सीका मुन्टा

    जेठ १६

  • 1.1K
    SHARES
  • उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर लगायतका रोगबाट बच्न खानुहोस् फर्सीका मुन्टा

    काठमाडौँ - करेसावारी र बजारमा विभिन्न प्रजातीका सागहरु सजिलै पाइन्छ। सबै प्रजातीका सागहरु स्वास्थ्यको लागि फाइदाजनक नै हुन्छन् । तर फर्सीको पातको सागबाट हामिले धेरै तत्वहरु प्राप्त गर्न सकिन्छ । 

    फर्सीको मुन्टोमा भिटामिन ई, सी, ए, बी ६, पोटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन, म्याग्नेशियम, आइरन, फाइबर, फस्फोरस लगायतका खनिज पदार्थ पाइन्छ । युएसडीए नेशनल न्युट्रिएन्टको अध्ययन अनुसार फर्सीको पातमा यति धेरै गुणहरु हुन्छ र यसले विभिन्न खतरनाक रोग हुनबाट पनि बचाउँछ । 

    तपाईले फर्सीको पातलाई नियमित भोजनमा समावेश गर्नु भएमा उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर जस्ता खतरनाक रोगबाट सुरक्षीत रहन सकिन्छ ।फर्सीको पातमा एन्टी–अक्सीडेन्ट पाइन्छ । फर्सीको पातमा भिटामिन ए प्रसस्त मात्रामा पाइन्छ । 

    जसले आँखालाई स्वस्थ राख्न सहयोग गर्छ । फर्सीको पातमा पाइने फाइबरले शरीरमा भएको क्यान्सर कोषीकाहरुलाई रोक्न सहयोग पुर्याउँछ । यसको सेवनले प्रजनन क्षमतामा वृद्धि गर्छ । 

    फर्सीको पातमा पाइने पोटासियमले तपाईको पाचन प्रणालीलाई स्वस्थ राख्छ । यस्तै उच्च रक्तचापलाई पनि नियन्त्रण गर्छ । यसमा पर्याप्त मात्रामा भिटामीन सी पाइने भएकाले छालाको सुन्दरता बढाउछ । मधुमेह रोगबाट राहत पाउनका लागि फर्सीको पातको साग खानु राम्रो हुन्छ । 


    जेठ १६, २०७८ आइतवार २२:१२:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # फर्सीका मुन्टा
  • कोरोना कहरमा कसरी सुरक्षित रहने दीर्घरोगी र मुटुलाई स्वास्थ राख्ने ?

  • 644
    SHARES
  • कोरोना कहरमा कसरी सुरक्षित रहने दीर्घरोगी र मुटुलाई स्वास्थ राख्ने ?

    काठमाडौँ। कोरोनाभाइरसले दोस्रो लहर चलेपछि अहिले थुप्रै मानिसहरुको फोक्सोलाई क्षति पु¥याइरहेको छ। यो भाइरसले फोक्सोलाई मात्र नभई मुटुलाई पनि थुप्रै प्रत्यक्ष वा अप्रत्यक्षरुपमा असर पु¥याइरहेको हुन्छ। नेपालमा पनि हजारौँ संख्यामा मानिसहरु मुटुरोगबाट ग्रस्त छन्। यस्तो अवस्थामा उनीहरु संक्रमणको उच्च जोखिम रहने गर्दछन्। जसकारण, उनीहरुलाई संक्रमित व्यक्तिबाट टाढा रहन विज्ञद्वारा रहन सल्लाह दिइन्छ।

    कोरोनाको समय यस्ता धेरै बिरामीहरु थिए होला, जसको मुटुको शल्यक्रिया गर्नुपर्ने थियो । तर, तिनीहरूको कोरोनाका कारण उपचार हुन पाएन । अब, यस्तो समयमा आफ्नो मुटुको स्वास्थ्यलाई कसरी सुरक्षित राख्ने र कस्तो सावधानी अपनाउनु पर्ने बारेमा यहाँ प्रस्तुत गरिएको छ।

    अहिलेको अवस्थामा मुटुको शल्यक्रिया रोकिएको छ भने के गर्ने ?

    चिकित्सकहरुका अनुसार अहिलेको अवस्थामा जसरी कोरोनाका बिरामीहरु बढिरहेका छन्। यस अवस्थामा अरु बिरामीहरु छायाँमा परेका छन्। तर, यस्तो अवस्थामा आफ्नो स्वास्थ्यमा केहि जटिलता आउन साथ चिकित्सकसँग उचित परामर्श लिन आवश्यक हुन्छ। यसले मुटुको शल्यक्रिया वा ट्रान्सप्लान्ट नभएसम्म के गर्ने भन्ने जानकारी दिन्छ। अहिले यस्तो होइन कि मुटु रोगी तथा अन्य रोगीहरुको अस्पतालमा उपचार भएको छैन ।

    यदि कसैलाई धेरै पीडा महसुस हुन्छ र आपतकालीन सहयोगको आवश्यक छ भने अस्पतालहरुमा कोरोना बाहेकका अन्य बिरामीहरुका लागि पनि शय्या राखिएको छ। त्यसैले, स्वास्थ्यमा जटिलता आउँछ भने चिकित्सकको उचित परामर्श आवश्यक हुन्छ।

    पल्स अक्सिमिटरमा मुटुको चाल १०० भन्दा बढी छ, यसलाई कसरी बुझ्ने ?

    चिकित्सकहरुका अनुसार सामान्यतय मानिसको मुटुको चाल ६० देखि ९० हुने गर्दछ। जब यो ६० भन्दा कम भएको छ भने यसले मुटुको गतिमा कमि आएको मानिन्छ भने जब यो ९० भन्दा माथि छ भने यसलाई हृदयगति छिटो भएको मानिन्छ। तर, यतिबेला मानिसलाई कोरोना संक्रमण भयो र उनीहरुलाई ज्वरो आयो भने उनीहरुको मुटुको चाल अधिक हुन्छ। यसैगरी, यदि अक्सिजन स्याचुरेसनमा पनि कमी छ भने यो कहिले काहिँ बढ्न सक्छ। यदि थोरै वृद्धि हुन्छ भने यसमा धेरै आत्तिनु आवश्यक छैन।

    मुटुको दर के कारणले वृद्धि भएको त्यसले पनि महत्त्वपूर्ण भूमिका खेल्छ। किनभने, भेन्ट्रिकुलर ट्याकिआर्डिया भएका मानिसको पनि मुटुको चाल द्रुत गतिमा चल्ने गर्छ। जसमा मुटुको चाल १०० नभएर १७० देखि १८० सम्म पुग्छ। यस्तो अवस्थामा मुटुको ईसीजी गर्न निकै आवश्यक हुन्छ। जसकारण रोगको पत्ता लाग्छ।

    कोरोना अवधिमा आफ्नो मुटुलाई स्वास्थ कसरी राख्ने ?

    चिकित्सकहरुकाअनुसार यदि कसैलाई कोरोना हुनु अगावै मुटुरोग, मधुमेह, उच्च रक्तचाप, पक्षघात वा कार्डियोभास्कुलर जस्तो अन्य समस्या छ भने उनीहरुको यस कोरोना कालमा मृत्युदर बढी रहेको छ। अमेरिकाको एक १४ हजार कार्डियोभास्कुलर बिरामीको अध्ययनमा अस्पतालमा भर्ना भएका करिब २६ देखि ३८ प्रतिशत मृत्युदर थियो।

    यस्तो अवस्थामा यदि कसैलाई यस्तो किसिमको बिरामी वा रोग छ भने मृत्युदर निकै उच्च रहने सम्भावना हुन्छ। तर, यिनीहरुलाई कोरोना नै हुनु पर्छ भन्ने छैन। तसर्थ, यस्तो अवस्थामा आफ्नो औषधिलाई नियमित सेवन गर्नु, जीवनशैलीमा विशेष ध्यान राख्नु र खानपिनमा पनि ध्यान पुर्याउन आवश्यक हुन्छ।


    जेठ १७, २०७८ सोमवार १६:२४:१३ बजे : प्रकाशित

    फलको राजा आँपका यस्ता छन् फाइदै फाइदा, यौन क्षमता बढाउनेदेखि क्यान्सरबाट छुटकारा

    जेठ १८

  • 1.5K
    SHARES
  • फलको राजा आँपका यस्ता छन् फाइदै फाइदा, यौन क्षमता बढाउनेदेखि क्यान्सरबाट छुटकारा

    काठमाडौं - गर्मी मौसममा सजिलै पाइने फल हो हाँप । यसलाई स्वाद र स्वास्थ्यका दृष्टिले फलको राजा पनि भन्ने गरिन्छ । आँपमा प्रशस्त पानी पाइन्छ । 

    एउटा आँपमा मात्र ८६ प्रतिशत पानी पाइन्छ । यस्तै यसमा भिटामिन ए, भिटामिन सी का साथै कपर, जिंक, मिनरल्स, फाइबर लगायतका धेरै तत्वहरु पनि पाइन्छ । 

    पोको आँपमा सोडियम, पोटासियम, ताम्र, गन्धक, म्याग्नेसियम, क्लोरोन तथा नियासिन पनि पाइन्छ । हामिले आँपको नियमित सेवन गरेमा शरीरलाई धेरै फाइदा गर्छ । आँप एन्टिअक्सिडेन्टयुक्त हुने भएकाले विभिन्न राृगबाट बच्न यसले सहयोग पुर्याउछ ।

    aap.jpg

    आँप खानुका यस्ता छन् फाइदाहरु

    एन्टिअक्सिडेन्टयुक्त - आँपमा एन्टिअक्सिडेन्टयुक्त हसन्छ । जसले कोषलाई पुनजीर्वन दिन सहयोग गर्छ।  

    कोलेस्ट्रेरोल नियन्त्रण - आँपमा फाइबर र भिटामिन सी पाइन्छ । जसले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न सहयोग गर्छ । 

    रोगप्रतिरोधी - आँपमा रोगप्रतिरोधी पनि हुन्छ । यसमा २५ प्रकारका क्यारोटेनोइड्स हुन्छन् र तिनीहरुमा उच्च मात्रामा भिटामिन सि हुन्५ । 

    आँखा तेजिलो - आँपमा भिटामिन ए पाइने हुनाले आँखाको लागि फाइदाजनक हुन्छ । यसको सेवनले आँखा तेजिलो हुन्छ भने आँखाको समस्या पनि हुँदैन । 

    यौन क्षमता बढाउने - आँपले यौन क्षमता बढाउन सहयोग गर्छ । यसमा भिटामिन ई पाइने हुनाले यसले मानिसमा यौनक्षमता बढाउन मद्दत गर्छ। 

    शरीरमा रगत बढाउन - आँपको सेवनले शरिरमा रगत पनि बढ्छ । यसमा प्रशस्त मात्रामा आइरन पाइने हुनाले शरीरमा रगत बढाउनुका साथै एनिमियाको समस्याबाट टाढा राख्छ । 

    क्यान्सरबाट बचाउछ - आँप एन्टिअक्सिडेन्टयुक्त हुने हुनाले विभिन्न क्यान्सरबाट बचाउँछ । यसको सेवनले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर कोलोन क्यान्सर तथा ल्युकेमियाबाट बचाउछ।

    अन्य फाइदाहरु - आँपको सेवनले मधुमेह रोक्न मद्दत गर्छ। पेटमा हुने कब्जियत, एसिडिटी तथा ग्याँस्ट्राइटिसको समस्याबाट छुटकारा मिल्छ। मुटु सम्बन्धी समस्याबाट बच्न सकिन्छ।
     
     


    जेठ १८, २०७८ मंगलवार २२:१८:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आँप
  • पुरुषका लागि कपाल झर्नबाट बचाउने यी हुन् प्रभावकारी उपाय  

  • 784
    SHARES
  • पुरुषका लागि कपाल झर्नबाट बचाउने यी हुन् प्रभावकारी उपाय  

    काठमाडौँ। व्यस्त जीवन र आधुनिक जीवनशैलीका कारण मानिसमा थुप्रै किसिमका समस्याहरु आइरहेका छन्। अत्याधुनिक जीवनशैलीकै कारण महिला तथा पुरुषमा धेरै किसीमका स्वास्थ्य समस्या निम्तिएको छ। महिलाहरुमा सौन्दर्यताको ज्ञान भएका कारण पनि धेरैजसो महिलाहरु आफ्नो शरीरका हरेक अंगको विशेष ख्याल राख्ने गर्दछन्।
     
    यद्यपि, केहि स्वास्थ्य अवस्थाका कारण उनीहरुमा पनि थुप्रै नकारात्मक प्रभावहरु देखिन्छन्।  तर, पुरुषहरुमा त्यस्तो ज्ञान र आलस्यपन नभएका कारण आफ्नो शरीरको ख्याल राख्न पूर्णरुपमा चुक्दछन्। धेरै समस्याहरुका बीच पुरुषहरुमा देखिने मूल समस्या भनेको कपाल झर्ने समस्या हो। जुन आधिकांश पुरुषहरुले शुरुवातमा ध्यान दिदैनन् र पछि आएर आफ्नो जवानीप्रति बिलौना गर्न थाल्छन्।   

    यसैगरी, धेरैजसो पुरुषहरूले आलस्यका कारण लामो समयसम्म एउटै किसिमको उत्पादनहरु प्रयोग गरिरहने  र उक्त उत्पादनको अत्याधिक प्रयोगले कपालमा नयाँ किसिमका समस्याहरु देखिन थाल्छन्। जसका कारण, कपाल सुख्खा हुने, टुक्रिने  र कपाल झर्न्ने समस्या उत्पन्न हुन थाल्छ।  

    यसरी कपाललाई ध्यान राख्नुहोस् 

    १. तोरीको र जैतुनको तेल मिलाइ कपालमा मसाज गर्ने – तोरीको र जैतुनको तेल मिलाइ कपालमा हल्का हातले मालिस गर्दा टाउकोलाई आराम हुनुका साथै कपाल झर्ने समस्या पनि बिस्तारै निदान हुन्छ। यसैगरी, हत्केलामा उक्त तेल लिएर तालुमा ठोक्नुहोस्, जसले गर्दा कपालमा चायाँ पर्ने समस्या पनि निर्मुल हुँदै जान्छ। कपालमा मज्जाले तेल लगाइसकेपछि तौलियालाई तातो पानीमा भिजाउने र त्यस तौलियाको बाफले टाउकोलाई सक्ने, यसो गर्दा टाउकोको सबै प्वालहरु खुल्छ र तेल कपालको जरासम्म पुग्दछ। जसले गर्दा कपाल मजबुद हुने गर्छ।  

    २. अण्डा लगाउनुहोस् – सर्वप्रथम एउटा अण्डा लिनुहोस् र त्यस अण्डाबाट पहेँलो भागलाई निकाल्नुहोस्, र त्यसलाई मजाले फिटेर कपालमा राम्रोसँग लगाउनुहोस्। आधा घण्टा पश्चात श्याम्पु लगाई राम्रोसँग धुनुहोस्। हप्तामा एक वा दुई पटक सम्म यस प्रक्रियालाई गर्नाले कपाल बलियो हुँदै जान्छ।  

    ३. भिजेको कपालमा काइँयो नलगाउनुहोस् –  भिजेको कपालमा  कहिल्यै पनि काइँयो नलगाउनुहोस्। यदि भिजेको कपाल कोर्ने परे लामो दाँत भएको काइयो प्रयोग गर्नुहोस्। यद्यपि भिजेको कपालमा काइँयो प्रयोग नगरे पनि सुख्खा कपालमा २–४ पटकसम्म काइँयोले कपाल कोर्न सकिन्छ।  यसो गर्दा, कपालमा जमेका फोहोर तथा चिल्लोपाना निस्किन्छ र नयाँ कपाल आउन मद्दत मिल्छ।  

    ४. जेल र हेयर स्प्रे नलगाउनुहोस् – रसायानिक पदार्थयुक्त जेल र  हेयरस्प्रे कपालमा लगाउँदा निकै नोक्सानी हुन्छ।  रसयानिक पदार्थ कपालको भित्री जरामा छिरी कपाललाई जरैबाट मार्न सक्छ।  

    यसैगरी, टाउकोमा अधिकांश समय क्याप, टोपी वा ह्याट पनि लगाउनु हुँदैन।  यसो गर्नाले पसिना, कीटाणु र फोहोर टाउकोमा जम्ने गर्छन् र कपाल जरैबाट मर्ने सम्भावना हुन्छ।


    जेठ २०, २०७८ बिहिवार १४:२६:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कपाल
  • # पुरुषका
  • # सौन्दर्यता

  • क्यानाडा नेपाल

    भुलेर पनि पुन: तताएर नखानुहोस् यी खानेकुरा, हुन्छ क्यान्सर लगायतका रोगको खतरा

    आषाढ ६

  • 260
    SHARES
  • भुलेर पनि पुन: तताएर नखानुहोस् यी खानेकुरा, हुन्छ क्यान्सर लगायतका रोगको खतरा

    काठमाडौं - हामिले दैनिक विभिन्न परिकारका खानेकुराहरु खाने गर्छौं । खाना खाने क्रममा खना रहेमा भोलिपल्ट वा केही समयपछि तताएर खाने गर्छौं । तर हामिले खाना तताएर खाएमा स्वास्थ्यका लागी हानीकारक हुन्छ।

    यो कुरा हामिलाई थाहाँ छ, तर थाहा हुदा हुदै पनि कहिलेकही बढी भएको खाना तताएर खानु निकै हानिकारक हुन्छ । कतिपय यस्ता खानेकुरा पनि छन, जुन पुनःतताएर खाँदा क्यान्सर लगायतका विभिन्न रोगको खतरा हुन्छ । 

    कुखुराको मासु - हामिले कखुराको मासुलाई फेरि तताएर खानु हुँदैन । फेरि तताएर मासु खानु हानिकारक हुन्छ किननी यसमा पाइने प्रोटिन कम्पोजिशन फेरि तताउँदा बदलिन्छ र पाचन सम्बन्धी समस्या हुन्छ ।

    आलु – आलुलाई पनि हामिले पुन तताएर खानुहुँदैन । आलु दोहोर्याएर तताएमा त्यसमा भएको सबै पोषक तत्व नास हुन्छ र पेटमा विभिन्न समस्याहर देखिन्छ । 

    च्याउ - च्याउ पनि हामिले सकेसम्म सधैँ ताजा खानु राम्रो हुन्छ । च्याउलाई प्रोटिन धेरै हुने गर्छ । पकाएको च्याउलाई फेरि तताएर खाँदा यसमा पाइने प्रोटिनको कम्पोजिसन फेरिन्छ जुन स्वास्थ्यलाई हानि गर्छ । 

    पालुंगो साग – पालुंगोको सागको तरकारी पनि पुन तताएर खानुहुँदैन । यसलाई दोहोर्याएर तताएमा यसमा भएको सबै पोषक तत्व नास हुन्छ । 

    हामिले अण्डा, खाना लगायतका विभिन्न खानाहरु सकेसम्म फेरि तताएर नखाएकै राम्रो हुन्छ ।  


    आषाढ ६, २०७८ आइतवार २१:३३:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # खानेकुरा
  • # रोगको खतरा